मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

यस्ता नाथे सरकार आउँछ जान्छ




समात्छु भन्दै अख्तियार आउँछ जान्छ
यस्ता नाथे सरकार आउँछ जान्छ

आँसु झार्दै घरमा जति आमा रोउन
परदेशीलाई दशैँ तिहार आउँछ जान्छ

"गल्ति गर्नु गरें, अब राम्रो हुन्छु"
यस्तो राम्रो राम्रो विचार आउँछ जान्छ

"कुकुर देखि साबधान" देखेछु भने
नसोच "कृष्ण" बारम्बार आउँछ जान्छ

भर छैन कसैको


 गजल 

                                         सत्य श्रेष्ठ 

नमेटिने, नफेरिने थर छैन कसैको ।
मरि जाने जिन्दगिमा भर छैन कसैको ।।

चौतारी मात्रै हो संसार यो दुइ पलको,
दुनियाँमा चिरस्थायी घर छैन कसैको ।

मन्त्री, सेनापति, अरब र खरबपति,
कालको सामुन्नेमा पावर छैन कसैको ।

कर्मफल भोग्नै पर्छ जति धूर्त भए पनि,
चोरलाई साधु बन्न कर छैन कसैको ।

झुल्छन् सबै भूत र भविष्यको झोलुंगेमा,
वर्तमान क्षणमा नजर छैन कसैको ।

मृत्युलाई सहजै स्वीकार्नेहरुका लागि,
सत्यको बाहेक अरु डर छैन कसैको ।

यो दशैंमा पनि भयो ठूलै घात हजुर ।

                     

                     गजल
                               

 
                              

दिन पनि मेरा त भए नि रात हजुर,
यो दशैंमा पनि भयो ठूलै घात हजुर ।

अर्को वर्षत जान्छौ घर - फुल्याएथे साहुले
यसपाली फेरि पनि हान्दिए लात हजुर ।

गाली गलौंज मात्र मालिकका हजार,
कहिले पर्ला निधारमा बडाका हात हजुर ?

दाजुभाइ जम्मा भई गाउँमा पीङ खेल्दा,
आफ्नो भने जहिल्यै कामकै छ खात हजुर ।

दुःख जति भए पनि र्स्वर्गै हो मातृभूमि,
विदेशमा भइन्छ सधैं नै कुजात हजुर ।





 श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत ।


कसैले हातैमा गुलाव दिएर गए


 गजल 



कसैले नराम्रो तनाव दिएर गए
कसैले हातैमा गुलाव दिएर गए  

मान्दा मान्दै पनि भनेका सबै कुरा
"कुर्सि छोड" भन्ने दबाब दिएर गए 

जमाना नयाँ पिडीकै रैछ थाहा भो
जब छोराले त्यो किताब दिएर गए

यहाँ मिल्ने साथी भन्ने हरु ले आज   
सपार्न पो हो कि? सराव दिएर गए 

बेचेको थिएँ यो सिंगो जिन्दगि मैले
उल्टै पो उधारो  हिसाव दिएर गए 

राधा संग कृष्ण मख्ख भएरै होला
अब तँ सुध्रेस् है,सुझाब दिएर गए


मेरो देशको विकास, कहिले हुन्छ?






नांगो जिउमा कपास, कहिले हुन्छ?
मेरो देशको विकास, कहिले हुन्छ?

सच्चा प्रेमीहरु मलाई सोध्ने गर्छन्
काँडामा मिठो सुबास, कहिले हुन्छ?

फटाहाको राज्य चलेको दुनियामा   
सोझो मान्छेको विश्वास, कहिले हुन्छ?

जस्ले गर्यो पाप उस्कै फलिफाप भो
दैव! पापीको बिनास, कहिले हुन्छ?

सोध्ने गर्छु म मिठोमिठो बोल्नेलाइ 
साँच्चै बोलीमा मिठास, कहिले हुन्छ?

राधा बिनाको यो “कृष्ण”लाई थाहा छ
तड्पिदै मान्छे उदास, कहिले हुन्छ?

नेताजीको बोलीमा विश्वास हुन्न हेर




बिदेशी व्यस्तताको कारण महिनौ पो भैसकेछ केही नलेखेको पनि त्यसैले आफ यो पुरानो गजल राख्ने जमर्को गरेको छु

अब का दिन मा बिगतमा झैं लेखन कार्यमा निरन्तरता दिने कोसिस गर्नेछु



खहरे त्यो खोलिमा विश्वास हुन्न हेर
नेताजीको बोलीमा विश्वास हुन्न हेर

दिउसैमा मान्छेको हत्या भए पछी
अचेलको होलीमा विश्वास हुन्न हेर

जवानीको जोसमा मस्त हुन्छौ कति?
उध्रिएको चोलिमा विश्वास हुन्न हेर

संबिधान देशको "बन्छ" भने पनि
सभासद्को टोलीमा विश्वास हुन्न हेर

भाग भाग! चोर हो भागी हाल झट्टै
मैले हान्या गोलीमा विश्वास हुन्न हेर

कुर्सि मात्र खोज्ने सरकार भएपछी







कुर्सि मात्र खोज्ने सरकार भएपछी
राजा हुनेनै भो दरबार भएपछी

मरेकैपो रैछु बल्ल मैले पत्तो पाएँ
पत्रिकामा मेरै समाचार भएपछी

कस्ले दुख गर्छ ? दुइनंग्रा खियाएर
भ्रस्टाचार बाटै मारामार भएपछी

बाआमाले लाको काँडेतार को के काम?
भागिजाने तिम्रो सुरसार भएपछी

किन भोटेताल्चा बिनासित्ती झुन्डाउँछौ?
बोली बाटै खुल्ने कारगार भएपछी

खेल्न छाडिसकें त्यस्तो खेल जबदेखि
जीत हुँदा पनि मेरो हार भएपछी

भित्रि मन बाटै जति सक्छौ लेख्दै जाऊ
ताली बज्छ गजल् दमदार भएपछी

मेरा दुस्मन् हरु साले भन्दै थिए







मेरा दुस्मन् हरु साले भन्दै थिए
कोहि माया गर्दै काले भन्दै थिए

यस्तो चाला माला देखि नै त होला
"सारै बिग्रिस् छोरा" बाले भन्दै थिए

भने जति सबै काम मिले पछी
खानु पर्छ रातो भाले भन्दै थिए

मेरो यस्तो सोझो बानि जस्ले देखे
तिमि कस्तो कस्तो खाले भन्दै थिए

छेक्दै थिएँ जहाँ आफ्नै देश मैले
आफ्नै हरु आइ पाले भन्दै थिए

नेता हरु जस्तै चम्चे हुँदा "कृष्ण"
कोहि कांग्रेस् कोहि माले भन्दै थिए

मान्छे हरु बेच्ने पसल भेटियो





षड्यन्त्र  सबैको सफल भेटियो
मान्छे  हरु बेच्ने पसल भेटियो

जो चप्पल लगाएर हिड्ने गर्थे
शहरमा उसैको महल भेटियो

सिरानीमा मेरै फोटो छ भन्थ्यौ
रक्सिले भरेको बोतल भेटियो

हिजो सम्म जस्ले नक्सा कोर्दथ्यो
फेसबुकमा आज गजल भेटियो

रोइ कराई भिख माग्दै थियौ
भन्छन् रुवाइमा नक्कल भेटियो

तिमि पनि उस्तै, थाहा भो तब
जब त्यो बाटोमा खाडल भेटियो

किन नमस्कार खोज्छ मान्छे?


 गजल



बेग्लै परिस्कार खोज्छ मान्छे
किन नमस्कार खोज्छ मान्छे?

कालो हुंदाहुदै हाम्रो भाग्य
कालै अन्धकार खोज्छ मान्छे

हार हुँदापनि  आज हेर
ठूला पुरस्कार खोज्छ मान्छे

भोग्दा जापानले त्यत्रो क्षती
अझै आविस्कार खोज्छ मान्छे

यौटै मान्छे भित्र जात भन्दै
आज तिरस्कार खोज्छ मान्छे

गल्ति जानाजानी गर्दै जाऊ
पक्कै बहिस्कार खोज्छ मान्छे

मेरो आफ्नै पहिचान भएन

गजल


भन्या जस्तो वर्तमान भएन
मेरो आफ्नै पहिचान भएन

सक्ने जति गरिसकें संघर्ष
कुनै कुरा  समाधान भएन

सच्चा कर्म गर्नुसम्म गरियो
खै त मेरो गुनगान भएन

धेरै राम्रो बनाकोथें योजना
पुरा मेरो अभियान  भएन

उस्कै थियो गल्तिहरु आखिर
गल्ति कस्को? छिनोफान भएन

सब्का लागि साथदिने समय
मेरो लागि बलवान भएन

हुन्छन् कोहि नमरेरै सहिद
मेरो त्याग  बलिदान भएन

बाँच्न "कृष्ण" नचाहँदा लोकमा
किन आज अबसान भएन?

बिना पैसामा बेचिन्छौ तिमी





खसी बोकाझैं रेटिन्छौ तिमी
बिना पैसामा बेचिन्छौ तिमी

खोज्न नजाउ बाहिर शत्रु
आफ्नै हरुले हेपिन्छौ तिमी

गर्ने नगर असल कर्म
बाटो बाटोमा छेकिन्छौ तिमी

भए अस्थित्व मानब तिम्रो
किन घृणाले हेरिन्छौ तिमी?

आफु बलियो नठाने हुन्छ
दुब्लो पेलेझैं पेलिन्छौ तिमी

सज्जन् हरुको संगत गरे
एकै क्षणमा टेडिन्छौ तिमी

झुठा भाषण भट्टाऊ अझै
अनि नेताझैं फेरिन्छौ तिमी

चिल्लो गाडीमा चढेर देखा
आहा    !क्या राम्रो देखिन्छौ तिमी

याकर्चा जुर्गी



दोलखा नेवारी गजल

 सोम श्रेष्ठ 
ओमन


थनु छिन जन्त त्वार्त ओङन्ली जि याकर्चा जुर्गी
जन हा ली, गुनुङ् मोचोङन्ली जि याकर्चा जुर्गी

चोंउइ चित्त बुज्याङन्,पुनिसय नेम्ला त सोयन्
लुयन् चोङ्गु, नेम्ला डुङन्ली जि याकर्चा जुर्गी

म्वारी हकुंइ छन नाप, जन उ थिगुर जिन्दगिकु
मेबे नाप तु छि, डुलेंग खोङन्ली जि याकर्चा जुर्गी

जनङ् गुनुङ् दमु बार्पउइँ, छिन चाकउ खँ लार्न
छिन मेबुत तु, मनकु टोङन्ली जि याकर्चा जुर्गी

निस्मा नापङ् चोंइ हङन्, वप्तेचा छें दके तउइँ
छिन् मेले तु नया छें डोङन्ली जि याकर्चा जुर्गी

छन्त जन दकेइ हङन्, खोंउइ माङस बाँलकु
मेबे तु चिर्खुन् चुला जोङन्ली जि याकर्चा जुर्गी

सद्दे मान्छे बिग्रिन समय लाग्दैन





भ्रस्टाचार फैलिन  समय लाग्दैन
सद्दे मान्छे बिग्रिन समय लाग्दैन

 चोर डाँका को संगतमा परेपछि
मान्छेहरु  टेडिन समय लाग्दैन

भन्दै थिएँ "न उम्ल तिमि अझ धेरै"
उम्लिएर पोखिन समय लाग्दैन

बनाउदै जाऊ  गोला, बम, बारुद
यो पृथ्बी मासिन समय लाग्दैन

जति सक्छौ खाऊ अघाऊने गरेर
रित्तै देश रित्तिन समय लाग्दैन

 जनताको बोलि सुनेनौ भने हेर
तिम्रो आयु सिद्धिन समय लाग्दैन

बेचेपछी नेपालको सारा सम्पति
डाँडा पाखा नांगिन समय लाग्दैन

उपदेश अरुका सबै मान्ने भए
यो "कृष्ण" सुध्रिन समय लाग्दैन

हाम्रा नयाँ राजा पाल्नु भयो की?



गजल

झिलिमिली बत्ति बाल्नु भयो की?
हाम्रा नयाँ राजा पाल्नु भयो की?

ओहो! फर्की आए नेता गाउँमा
आगनीमा खसी ढाल्नु भयो की ?

सिंगापुर जस्तै बनाउन खै ?
एक कदम् अघि चाल्नु भयो की ?

भन्नु हुन्थ्यो उहाँ जिताई त हेर
भने जस्तै काम थाल्नु भयो की ?

अनि पो विकास हुन्छ





राम्रो काम गर अनि पो विकास हुन्छ
मर्नै परे मर अनि पो विकास हुन्छ

खेतबारी त्यत्रा बाँझो छाडी किन राख्छौ?
धान मकै छर अनि पो विकास हुन्छ

जान देउ माथि अरु हैन देश लाई
आफु तल झर अनि पो विकास हुन्छ

कहाँ देश बन्छ? सबै चुप चाप बसे
अघि अघि सर अनि पो विकास हुन्छ

अझै कति चल्ने? बिदेशीको इशारामा
आफ्नै भर पर अनि पो विकास हुन्छ

आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली


 गजल 




नछुटिने नाता हाम्रो, कसौं हामी मिलिजुली
आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली

खुसी हुनु दुखी हुनु, जिन्दगीको नियति हो
जो रोएनी आँसु बनि, खसौं हामी मिलिजुली

केहि गरि छुट्नै परे, चोखो माया गर्दा गर्दै
खरानी यो निधारमा, घसौं हामी मिलिजुली

गहिरो यो प्रेम सागर, माया टिप्न पिध सम्मै
माछो जस्तै पौडिएर, पसौं हामी मिलिजुली

अन्धो हुन्छ माया जाल, भन्ने  गर्छन् सबैजना
जानीजानी हाँसीखुसी, फसौं हामी मिलिजुली

भमरा झैं लठ्ठी हामी, माया चुस्दै मस्त हुँदा
भुलोस् बरु आफैलाई , रसौं हामी मिलिजुली

Dashain video gazal with mangal dhoon






पैसा भए कालो बोको, ढाल्ने थिएँ यो दशैंमा 
झुपडीको छानो पनि, टाल्ने  थिएँ यो दसैमा

कति कुट्नु गिट्टी मात्रै, खोलाको त्यो किनारामा
सुन खोज्दै बालुवा पो, चाल्ने थिएँ यो दसैमा

जीन्दगीको यात्रा मेरो, गरिबीमै बिती सक्यो
सक्ने भए नयाँ जीवन, थाल्ने थिएँ यो दसैमा

रोइराछन् लालाबाला, खान केहि नपाएर
भिखै मागी जसोतसो, पाल्ने थिएँ यो दसैमा

एकसरो नयाँ लुगा, किनिदिए आमा बाले
च्यातिएका भोटो मेरो, फाल्ने थिएँ यो दसैमा

भुटन् छैन तर्कारीमा, झिलिमिली केले पार्ने?
तेल भए टुकी बत्ति, बाल्ने थिएँ यो दसैमा

क ख ग घ पढ्न पनि, नसकेका छोराछोरी
भर्ना गरि बालमन्दिर, हाल्ने थिएँ यो दसैमा


happy bijaya dashami 2068 to all............

गजल





– श्रेष्ठ सत्य
सांसारिक मायाँदेखि अत्ती नै थाकिसकें ।
जीवनको गाडिलाई मृत्युतिरै हाँकिसकें ।।

शरिरसँगै यसै धर्तीमा छाडेर जानैपर्ने,
मिथ्या धनको पछि लाग्ने बानी त्यागिसकें ।

अलग छैन केही पनि त्याग र प्राप्तिमा,
संसारको दुख सुख धेरै नै चाखिसकें ।

नातागोता, आफन्त क्षणभरकै मात्र सारा,
सधैंको साथी मैले परमात्मा ताकिसकें ।

पर्दिन विचारको काल्पनिक खेलमा अब
चेतनाको ज्योतिले मनलाई ढाकिसकें ।

चाहिन्न कसैको शिक्षा दीक्षा पनि मलाई,
आफ्नै अनुभवले म त अत्ति पाकिसकें ।

सपना, भावना हो, नआऊ अब वरिपरि
सत्यलाई घरमा सदालाई डाकिसकें ।

दोलखा, नेपाल
हाल, बेलायत

मर्न पनि तयारै छु




गजल 


मान्छौ भने आजै बिहे, गर्न पनि तयारै छु           
तिम्रो लागि मर्नुपरे, मर्न पनि तयारै छु

तिमी खुसि हुन्छौ यदि, मेरो मन दुख्दा खेरी
आँखा बाट आँसु बनि, झर्न पनि तयारै छु

तिमी पाउने आशामा म, मायाको त्यो सागरमा
डुवेडुवेस आँखै चिम्ली, तर्न पनि तयारै छु

चोखो माया गर्छु भनि, देखाउन तिम्रो सिउँदो
हात काटी रगतैले, भर्न पनि तयारै छु

वास छैन मेरो लागि, भन्यौ  तिम्रो मुटु माझ
खालिगरी आफै बसाईं, सर्न पनि तयारै छु

लाखौं बिन्ति गरिसकें, राजीखुसी बिहे गरौँ
हुन्न भन्छौ अझै भने, हर्न पनि तयारै छु
 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan