मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

जापानमा ज्वालामुखी बिष्फोट



जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित  ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा  ज्वालामुखी विस्फोट भएको छ ।  सन् २००७ मार्च महिना पछि भएको यो ज्वालामुखी बिस्फोट मा अहिले राती १० बजे सम्ममा एक जनाको मृत्यु, २७ जना घाइते र १०  जना अचेत अबस्थामा रहेको कुरा आसाही सिन्बुन्ले जनाएको छ  । साथै करिब २५० जना भन्दा बढी पहाड चढीरहेका हरु पनि सुरक्षित स्थल तिर झरिरहेको कुरा पनि उल्लेख गरिएको छ ।

कसरि गएको थियो त ज्वालामुखी बिस्फोट भिडियो हेर्नुहोस....









कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान

अनेसास जापानद्वारा साहित्यिक गोष्ठी तथा चियापान कार्यक्रम सम्पन्न




 -कृष्ण के श्रेष्ठ काल्स
  योकोहामा जापान

१० अक्टुबर का दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा हामामाचुच्यो स्टेशनको समोसा रेष्टुरेन्टमा साहित्यिक गोष्ठी तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।



 उक्त कार्यक्रममा जापान भ्रमणमा आउनुभएका पत्रकार तथा साहित्यकार बिजय चालिसे र नेपाली साहित्य विकास परिषद लण्डनका सह-अध्यक्ष कोमल मल्लज्यू लाई जापानमा स्वागत गर्दै उहाँ हरुलाई सम्मान गरिएको थियो । साथै उहाहरुको साहित्यिक कृतिहरु उपहार स्वरूप अनेसास जापानका अध्यक्ष दिनेश राज ज्ञवालीलाई हस्तान्तरण गरिएको थियो भने उहाँ हरुलाई पनि जापानको चिनो प्रदान गरिएको थियो ।



कार्यक्रम मा २० साहित्यकार, पत्रकार, ब्यबसायी लगायत बिद्यार्थीहरुको सहभागिताको रहेको थियो । करिब २ घण्टा सम्म चलेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुले आ आफ्ना रचना, कविता, हाइकु र गजल प्रस्तुत गरि भरपुर मनोरजन लिइएको थियो। कार्यक्रमको अन्तमा सामुहिक रात्रीभोजको समेत आयोजना गरिएको थियो । 






योकोहामामा नेपाल जापान सेवा समाज द्वारा सामुहिक दशैँ मनाइयो



-कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान

हिन्दुहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा अक्टोबर ६ तारिखका दिन जापानको योकोहामा शहर स्थित कानागावा केनमिन सेन्टरमा कृष्ण के श्रेष्ठ काल्स को अध्यक्षतामा नेपाल जापान सेवा समाजको नौ सदस्यीय कार्यसमितिको गठन गरियो । कार्यक्रम विजयादशमीको शुभकामना आदानप्रदान बाट सुरु भइ सामुहिक टिका लगाएर सकिएको थियो  ।

सामुहिक तस्बिर खिचाउदै

(नेजासेस) कार्यसमितिको अध्यक्षमा कृष्ण के श्रेष्ठ काल्स , उपाध्यक्षमा हर्क सिंह सुनुवार , सचिवमा प्रकाश गुरुङ , कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ , प्रमोद अर्याल, मुना मुखिया, बिनोद सन्जेल र भावना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
सस्थाका अध्यक्ष (बाँया) उपादक्ष्य (दायाँ) छलफलका क्रममा

उक्त कार्यक्रममा योकोहामा लगाएत जापानका विभिन्न शहरमा बसोबास गरिरहेका करिब २० जना नेपाली बिद्यार्थी लगायत केहि ब्यबसायी हरुको सहभागिता पनि रहेको थियो ।

नेपाली कला संकृति र साहित्यलाई जापानिहरुमाझ चिनाउने उधेश्य लिएर गठन गरिएको उक्त समूहले जापानमा आफ्नो देश छाडी विभिन्न उधेश्य बोकेर बसोबास गरिरहेका नेपालीहरुको लागि नेपाली चाडपर्बहरुमा विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु  गरेर मनोरंजन प्रदान गर्ने कुरा पनि मन्तब्यका क्रममा संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

छलफल गर्दै सहभागीहरु 
कार्यक्रममा सहभागी हरुको एउटै मत थियो, हामी नेपाल छाडेर विदेशिएपछिको निराशापन लाई केहि भए पनि हल्का बनाउनको लागि हामीलाई समय समयमा विभिन्न मनोरंजनको आबश्यक हुन्छ । सधै काम मात्र कति गरि राख्ने हामीले? के हामीलाई नेपाली चाड मनाउने रहर छैन र? पक्कै पनि हामीलाई नेपाल अनि नेपाली संस्कृति को माया छ । हामीलाई पनि दशैं तिहार मनाउने रहर छ । त्यसैले यस्ता किसिमका सस्था हरुको आवश्यकता रहेको कुरा कार्यक्रमममा सहभागी हरुले बताउनुभएको थियो ।

मन्तब्य का क्रममा

साथै नेपालमा हुने कुनै पनि आपत विपतको बेलामा जापानमा रहेका नेपालीहरुले गर्न सक्ने आर्थिक, भौतिक सहयोगको लागि पहल गर्ने कुरा पनि समुहको अर्को महत्वपूर्ण उधेश्य रहेको कुरा पनि मन्तब्य क्रममा सस्थाका उपाध्यक्ष सुनुवार र सचिब गुरुङले बताउनु भयो ।
सामुहिक टिका लगाउदै
करिब २ घण्टा सम्म चलेको उक्त अन्तर्क्रिया कार्यक्रममा समुहको बारेमा बिबिध बिषय हरुमा अन्तर्क्रिया, संस्थाको बिषयमा विभिन्न बिषयमा निर्णय, लगायत संथाको भाबी योजना र कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । 
संस्थाको अर्को कार्यक्रम नोभेम्बर ३ तारिख को दिनमा गरिने जानकारी सहित संस्थाका अध्यक्ष र उपाध्यक्षको हातबाट सामुहिक टिका लगाएर कार्यक्रम सकिएको थियो ।  

सहभागीहरु

तामाकोसी आयोजना शिलान्यास 'आर्थिक क्रान्तिको सुरुआत'

 हिरिप्रसाद भट्टराई/सन्तोष कार्की 

दोलखा, जेठ ४ गते । प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोसी आयोजना नेपालको जलस्रोत इतिहासमै कोसेढुङ्गा भएको विचार व्यक्त गर्दै आयोजना शिलान्यासले आर्थिक क्रान्तिको सुरुआत भएको बताउनुभएको छ ।
बुधबार दोलखाको लामबगरस्थित गोङ्गरमा माथिल्लो तामाकोसी जलविद्यु्त् आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले सो कुरा बताउनुभयो । उहाँले मुलुकमा रहेको अपार जलस्रोतको भरपुर उपयोग गर्न सके नेपाल केही वर्षमै आर्थिक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजना समयमै सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजना समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबीचको सहमति र पहल आवश्यक रहेको उहाँले जोड दिनुभयो । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले माथिल्लो तामाकोसी आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि सबै दलहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । तामाकोसी आयोजनाले जलस्रोतमा नेपालीहरूकै स्वामित्व स्थापित गर्ने अभियानको सुरुआत भएको उहाँको भनाइ छ ।
रक्षामन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोसी जस्तै अन्य आयोजनाहरू पनि स्वदेशी लगानीमा बनाउनेतर्फ सरकारले ध्यान केन्दि्रत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यस्तै ऊर्जामन्त्री गोकर्ण विष्टले माथिल्लो तामाकोसी आयोजना मुुलुकको ऊर्जा सङ्कट समाधानको प्रमुख आधार भएकाले जलस्रोतमा नेपाली जनताको स्वामित्व स्थापित गर्ने प्रक्रियाको सुरुआत भएको धारणा राख्नुभयो ।
सञ्चारमन्त्री अग्नि सापकोटाले माथिल्लो तामाकोसी आयोजना बहुआयामिक महìवको भएकाले यसले नेपालीको स्वाभिमान बलियो बनाएको बताउनुभयो ।
आयोजनाका निमित्त कार्यकारी अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्काले तामाकोसीमा अझै पनि जल माफियाहरूको चलखेल कायम रहेको तर्फ सचेत गराउँदै यसतर्फ सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीमबहादुर तामाङले माथिल्लो तामाकोसी नेपालीका लागि गौरवको विषय भएकाले आयोजना निर्माण कार्य बिना अवरोध अघि बढाउन सबै राजनीतिक दलहरूको सहयोग र पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माथिल्लो तामाकोसी आयोजनाको प्रधानमन्त्री खनालले बुधबार भव्य समारोहका बीच शिलान्यास गर्नुभएको हो । आयोजना स्थल दोलखाको लामाबगरस्थित गोङ्गरमा भएको शिल्ाान्यास कार्यक्रममा सभासद्, राजनीतिक दलका प्रमुख सचेतक, जलस्रोतविद्, जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शिल्ाान्यास कार्यक्रमका लागि करिब ३० लाख रुपियाा खर्च भएको अनुमान छ ।
यसअघि आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तय गरिए पनि वित्तीय व्यवस्थापनबिना नै शिलान्यास गर्न लागिएको भन्दै सर्वत्र विरोध भएपछि स्थगित भएको थियो । आयोजनाको शिलान्यासपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको टोली राजधानी फर्किसकेको छ । तामाकोसी आयोजनामा कर्मचारी सञ्चयकोषको दस, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको दुई/दुई अर्ब रुपियाा ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनामा नेपाल सरकारको ११ अर्ब आठ करोड लगानी रहनेछ । आयोजनाले विद्युत् प्राधिकरणसाग भएको विद्युत् खरिद सम्झौता अनुसार व्यापारिक उत्पादन भएको वर्ष प्रतियुनिट बिजुली चार रुपियाा छ पैसामा प्राधिकरणलाई बिक्री गर्नेछ । आयोजनाको ६८ किलोमिटरको प्रवेश मार्ग चिनियाा कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सुधार गरिरहेको छ । ४५६ मेगावाट क्षमताको प्रथम चरणको यो आयोजना सन् २०१५ भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
त्यस्तै दोस्रो चरणमा सन् २०१७ सम्म र तेस्रो चरण सन् २०२० भित्र गरी उक्त आयोजनाअन्तर्गत कुल छसय मेगावाट विद्युत् उत्पादन गरिने जानकारी दिइएको छ । हाल ६८ कि.मि. प्रवेशमार्ग निर्माणको चरणमा रहेको र मुआब्जा वितरण लगायतका कार्य पूरा भइसकेको बताइएको छ ।
त्यस्तै स्थानीय बासिन्दालाई १० प्रतिशत, सञ्चयकोषमा कोष कट्टी गरेका सञ्चयकर्ता, प्राधिकरणलगायतलाई २४ प्रतिशत गरी शतप्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपियाा छ ।

साभार स्रोत : गोरखापत्र 

धन कमाउने सपना गजल संग्रह बिमोचित



आदर्श प्रधान
काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।



बलराम दाहालले संचालन गर्नु भएको उक्त बिमोचन कार्यक्रममा अनाममण्डलीका सदस्य जय गौरेलले स्वागत मनतब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गजलकार सरोज घिमिरेले धन कमाउने सपना गजल संग्रहको समिक्षा गर्नुभएको थियो । गजलकार घिमिरेले गजलमा बहरको हिसाबले केहि समस्या देखिएपनि गजल समय सान्दर्भिक लागेको बताउनुभयो । गजलकार ज्ञानु बिद्रोहीले पनि उक्त गजलको समिक्षा गर्नुभएको थियो । गजलकार बिद्रोहीले श्रेष्ठको पहिलो सृजना भएता पनि सारैनै स्तरिय लागेको र सरल शब्दमा मिठो गरि पस्केको बताउनु भयो । गजलकार कृष्ण के श्रेष्ठ “काल्स”ले आफ्नो गजलको बारेमा र एउटा गजलपनि बाचन गर्नु भयो । उक्त गजल संग्रहको एउटा गजल गायक दिपक स्वप्निलले गाउनु भएको थियो । उक्त संग्रहमा ६१ वटा गजलहरु समावेश छन ।

उक्त बिमोचन कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको गजल संग्रह ओभाएको छैन आँखा र अनाममण्डलीको अनाम पत्रिकाको पनि लोकार्पण गरिएको थियो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.दिपक खड्का लगायतले मनतब्य दिनु भएको थियो ।




आउनुहोस !



निमन्त्रणा !     निमन्त्रणा !!   निमन्त्रणा!!


          कृष्ण के श्रेष्ठ"काल्स" द्वारा सिर्जित अनाममण्डलीबाट प्रकासित गजलसंग्रह 
"धन कमाउने सपना"को विमोचन कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी साथीहरु, फेसबुकका साथीहरु, ब्लगका साथीहरु , दोलखाका सम्पूर्ण साथीहरुलाई लगायत मलाई कृष्ण के श्रेष्ठ"काल्स" भनेर चिन्नुहुने सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु ।


मिति:२०६७ फाल्गुन २८ शनिबार 
स्थान : पद्म कन्या क्याम्पस (डेनिस हल)
समय : दिनको २:३० बजे 


अन्य बिस्तृत जानकारीको लागि:
कृष्ण के श्रेष्ठ"काल्स"(फोन नं ९८४९४८७९९९)
घनेन्द्र ओझा(फोन नं ९८४१४३३१२८) सम्म


अनेसास जापानको साहित्य श्रृङ्खलाको १३ औं भाग सम्पन्न

कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा जापान


       अन्तरास्ट्रिय नेपाल साहित्य समाज जापानको नियमित साहित्य श्रृङ्खलाको १३ औं  भाग जनावरी २५ मंगलबारका दिन जापानको सिनोकुबो स्थित खाजाघरमा भब्यताकाका साथ समपन्न भयो । अनेसास जापानका अध्यक्ष देनेश राज ज्ञवालीको सभापतित्व मा संचालन भएको कार्यक्रममा कार्यक्रम संचालन छक्कु उदासीले गर्नुभएको थियो । करिब ३ घण्टा सम्म संचालन भएको सो कार्यक्रममा २५  जनाजति जापानमा रहनुहुने नेपालीहरु, बिभिन्न अनलाइन मेडियामा कार्यरत पत्रकार, NRN जापान, लोक तान्त्रिक मन्च, थकाली समाज, समाचार साप्ताहिक, जनप्रगतिशील मन्च ,काभ्रेली समाज, जनजाती महासंघ लगायत अन्य संघ संघठन र साहित्यमा रुची राख्ने साहित्यकारहरुको  राम्रै उपस्थिति रहेकोथियो । कार्यक्रममा उपस्थित सम्पूर्णले आआफूमा रहेका साहित्यलाई कविता, गजल, गीत, प्यारोडी, हाइकु, कथा ,मुक्तक, चुटकिला क्यारिकेचरका मध्यमबाट प्रस्तुतगरि चिसो मौसममा खाजाघरको हल तताउनुभएको थियो ।

सबैका रचनाहरु उतिकै सुनुसुनु लाग्ने उत्कृस्ट र रमाइलो थियो र त बाचन हुदा हुदै पनि वाह वाह र ताली कार्यक्रमको अन्त्य सम्म पनि उतिकै गुन्जिरहेको थियो । कार्यक्रम को सुरुवात सुष्मा आमताको (हाइकु) बाट सुरु भइ, जीवन अर्यालका (गजल), कृष्ण के श्रेष्ठ "काल्स"का  (तीन गजल), भुपाल मान श्रेष्ठका (कविता) , पिताम्बरका (मुक्तक र गजल), सरद गौचनका (छन्दकविता) ,शरद गौचन का (मुक्तक) , श्रवन कुमार सत्यालका (जादु,क्यारिकेचर, चुटकिला), अरुण कुमार श्रेष्ठका (प्यारोडी गीत), छक्कु उदासीका (लघुकथा, कविता ) , तिलक मल्लका (गजल) र अन्त्यमा दिनेशराज ज्ञवालीका (गजल) लगायत सम्पूर्ण उपस्थित सदस्यहरुले आफ्नो रचना बाचन गरेर सुनाउनुभएको  थियो । रचना हरु कुनै देशप्रेमका थिए त कुनै प्रेमका त कुनै व्यंग्य थिए । कुनै कुनै रचनामा उपस्थित सबै मित्र हरु भाबुक पनि हुनुभएका थिए भने कुनै मा मरिमरि हस्नुभएको थियो । 

समग्रमा हेर्दा सम्पूर्ण कार्यक्रम रमाइलो भएको थियो र सफल पनि , मन्तव्यका क्रममा अध्यक्ष दिनेश राज ज्ञवालीले छिटै जापानब्यापी कविता प्रतियोगिता गरिने पनि बताउनुभयो र अझै कार्यक्रमलाई आगामी दिनहरुमा सुधार गर्दै लैजाने , र नयाँनयाँ  साहित्यिक अनुहारको खोजि गर्ने कुरा पनि बताउनुभयो । साथै कार्यक्रम समिक्षक भुषण घिमिरे र तिलक मल्ल भन्दै हुनुहुन्थ्यो पहिलेका कार्यक्रमहरु प्राय कविता मै सिमित हुन्थे तर आजको कार्यक्रममा नयाँ आजि(स्वाद) पाइयो भन्दै हुनुहुन्थ्यो मुसुमुसु हाँसेर ।

कार्यक्रमका केहि झलकहरु :





फोटो स्रोत: नेपालजापान डटकम

हिमानी दोलखाका गाउँमा


राजेन्द्र मानन्धर  
दोलखा, मंसिर २ - विकासे योजना बोकेर पूर्वयुवराज्ञी हिमानी शाह अहिले दोलखाको गाउँवस्तीमा छिन् । साताव्यापी कार्यक्रम बनाएर पूर्व राजपरिवार सदस्यसहित आएकी उनले हिमानी ट्रष्टमार्फत सानासाना योजनाका लागि रकम र सामाग्री बाँड्दै हिडेकी छिन् ।
पूर्वयुवराजकुमारी प्रेरणा शाह, शीताष्मा, दीलाशाह राणा र पुजा शाहीसहित बुधबार साँझ आइपुगेकी उनीले बिहीबार दोलखाको तामाकोसी नदिकिनारको वस्तीलाई आकर्षित गर्न पुल बार्न तार जाली वितरण गरिन् । यसअघि भदौ १५ गते सामाजिक कार्यमा सक्रियता देखाउन आएका बेला उनीलाई तामाकोसीबाट नाम्दु गाविसतर्फ बढ्न माओवादीले अबरोध गरेका थिए । त्यसबेला तामाकोसी बजारबासीले अबरोध हटाइ कार्यक्रममा जान बाटो खुलाएपछि प्रभावित भइ हिमानीले सहयोग गर्ने बचन दिएकी थिइन् । उनले त्यहाँ डेढलाख बराबरको तार जाली दिइन् ।
औपचारिक कार्यक्रममा हिमानीले दोलखाबाट हिमानी ट्रष्टको काम थालनी भएको बताइन् । ट्रष्टको दर्ता हुनेवित्तिकै दोलखा आएकी उनीले नाम्दू गाविसभर शिक्षा, खानेपानी र सिंचाईमा सहयोग गर्ने योजना बनाएकी छिन् । नाम्दुको औपचारिक कार्यक्रममा नाम्दू गाउँलाई विशेष प्राथमिकतामा राखेकी उनीले बताइन् ।
भदौमा आएकी बेला पूर्वयुवराज्ञीले दोलखामा आउजाउ बढाउने बताएकी थिएन् । दोलखा तिखातलस्थित उद्योगपतिको निवासमा बसेकी हिमानी साताभर स्थानीय समाजिक संस्थाहरुसंग छलफल र भेटघाटमा विताउने उनीका सहयोगीले बताइन । ती सहयोगीले भनिन, 'हरेक दिनको कार्यक्रम प्रत्येक साँझ तय गरिने छ ।'

ट्रष्टमार्फत तारजाली वितरण कार्यक्रममा पुर्वयुवराज्ञी हिमानी । साथमा पूर्वराजकुमारी प्रेरणालगायत ट्रष्ट पदाधिकारीहरु ।



 

प्रकाशित मिति: २०६७ मंसिर २

साभार श्रोत :ekantipur.com

APEC Japan 2010 in Yokohama

What is APEC 

  Asia-Pacific Economic Cooperation (APEC) is an economic forum promoting the liberalization and facilitation of trade and investments, economic and technical cooperation, and related issues. It strives for voluntary cooperative activity between its 21 member economies, based on the principles of sustainable growth in the Asia-Pacific region and contributing to world economic growth. APEC is the world’s largest regional cooperative, in a region which accounts for approximately 40% of the world’s population and nearly half of world GDP.

 
* APEC’s 21 member economies are: 
Australia; Brunei Darussalam; Canada; Chile; People's Republic of China; Hong Kong, China; Indonesia; Japan; Republic of Korea; Malaysia; Mexico; New Zealand; Papua New Guinea; Peru; Republic of the Philippines; The Russian Federation; Singapore; Chinese Taipei; Thailand; The United States; Viet Nam

Overview of APEC Japan 2010 in Yokohama 

Over the eight-day period from November 7 to 14, around 8,000 people will visit Yokohama in conjunction with the APEC meetings, including APEC member leaders and ministers. In addition to the APEC Economic Leaders’ Meeting and APEC Ministerial Meeting, there will also be other assemblies held, including one for the private committee of business leaders comprising the APEC Business Advisory Council (ABAC).

 
Scene at APEC Peru 2008  
(photo courtesy of the APEC Secretariat, Singapore www.apec.org)
Venue:Pacifico Yokohama

Sourse:http://apec2010yokohama.com





पूर्व युवराज्ञी हिमानी दोलखामा


 
राजेन्द्र मानन्धर
दोलखा, भाद्र १४ - पूर्व युवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् ।

मंगलबार विहान दोलखाबजारस्थित त्रिपुरासुन्दरीको दर्शनपछि त्यही रहेको बालमन्दिर र चरिकोटमा रहेको गौरीशंकर बालगृह भ्रमण गरी वालवालिकालाई भेट्ने कार्यक्रम छ । उनी मंगलबार नै चरिकोटबाटा झन्डै २४ किलोमिटर टाढा नाम्दु गाविसस्थित खानेपानी आयोजनाको सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने आयोजक राष्ट्रिय सरोकार मन्च दोलखाले जनाएको छ । 

उनलाई स्वागत गर्न चरिघ्याङस्थित होटल जाने बाटोमा केही व्यक्ति भेला भएका थिए । काठमाडौंबाट उनका साथमा केही पत्रकार र सादा पोषाकका सुरक्षाकर्मीहरु थिए ।

साभार :ईकान्तिपुर

डा.भानु श्रेष्ठलाई यो बर्षको ब्यक्तित्व बाट सम्मान्

Dr. Bhanu Shrestha
भिमेश्वोर न पा २ दोलखा घरभै हाल कोरियाको सिउल स्थित क्वाङ्वून युनिवर्सिट्य्मा प्राध्यापन गर्नुहुने डा.भानु श्रेष्ठलाई अमेरिका बायोग्राफिकल इन्स्टिट्युट्ले यो बर्षकै ब्यक्तित्वको सम्मान दिएर हौशला प्रदान गरेको छ । आफ्नो क्षेत्रमा बिषेश अनुशन्धान गरी आफ्नो देशको लागी योगदान पुर्याउनु भएकोमा उक्त एबिआइ द्वारा सम्मानित हुनुभएको छ ।

डा. श्रेष्ठको यो भन्दा पहिला पनि अमेरिकाबाट प्रकाशित हुने मार्कुइस हुइज हु इन द वोर्ल्डमा पनि सन २००९ र २०१० आफ्नो प्रोफाइल समाबेश गर्न लगातार सफल हुनुभएको छ भने अर्को तिर अन्तरअस्तृय बायोग्राफिकल सेन्टर बेलाएतबाट प्रकाशित एक्कासौ शताब्दिको सर्बश्रेष्ठ बुद्धिजिबी बाट सम्मानको  लागी छनौट्मा पर्नु भएको छ ।

यो तीन वटा सस्था भनेको बिश्वमा नै सबभन्दा ठुलो अनि लोकप्रिय मानब शब्दकोश प्रकाशित गर्ने सस्था हो । यि तीन सस्थाहरुले बिश्वको बिभिन्न क्षेत्रमा उल्लेखनिय शोध कार्य गर्ने महान ब्यक्तित्वो बैज्ञानिक्, इन्जिनियर्, नेता आद लाई बिभिन्न किसिमको उपाधिले सम्मान गर्ने कार्य गर्दै आएको छ ।


Certificate

तामाकोसीमा परामर्शदाताद्वारा ५३ करोड बढी प्रस्ताव

विकास थापा
काठमाडौ, वैशाख ६ -

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्तिमा अनुमानित लागतभन्दा ५३ करोड रुपैयाँ बढी रकम कबोल गरिएको प्रस्ताव परेको छ ।
अनुमानित लागतभन्दा बढी कबोल गरिएको प्रस्ताव परेकाले आयोजनाले परामर्शदाता नियुक्त गर्न अप्ठ्यारो पर्ने भएको छ । आयोजनाले परामर्शदाताको प्राविधिक प्रस्ताव मूल्यांकन गरेर वित्तीय प्रस्ताव बिहीबार खोलेको थियो । आयोजनाले परामर्शदाता खर्चबापत १ करोड ४२ लाख अमेरिकी डलर -हालको मूल्यमा १ अर्ब ५ करोड रुपैयाँ) अनुमान गरेको थियो । परामर्शदाताका लागि तीन प्रतिस्पर्धी कम्पनीमध्ये नर्वे र जर्मनीको संयुक्त उद्यम नरकन्सल्टले २ करोड १४ लाख अमेरिकी डलर -हालको मूल्यमा १ अर्ब ५८ करोड रुपैयाँ) प्रस्ताव गरेको हो ।

आमाले डिस्टिङ्सनको अर्थ बुझिनन्

विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ‘
आमा मेरो डिस्टिङ्सन आयो,’ रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । ‘ए, तँ पास भइस् ?’ उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं ।
आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ । मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए । सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ?

जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सांघुरो,
  अध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथे ।
समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थे । ‘छोरीलाई पनि स्कुल पठाउने हो ?’ भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् ।
आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहु झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी ।
ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे ।
‘तिमेरू सबलाई मार्छु’ भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे ।
एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे ।
‘लौ रोटी खाउ,’ आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । ‘जथाभावी डुल्छेस्’ भन्दै बाले आमालाई गाली गर्न थाले ।
चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किए ।
आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, ‘छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।’
जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो ।
म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।
आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।
हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन ।बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं ।
आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भाडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं ।
म दश कक्षा पुगेा । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा ।
राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । ‘मै गर्छु ता पढ्’ भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो ।
कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला ।
आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।
मेरा अगाडि धेरै चुनौती छन् । ‘महिला र बालबालिकाको’ डाक्टर बन्नेे सपना । दुई बहिनीलाई धेरै पढाउने इच्छा । अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना । परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी । यी यस्तै सपनै सपनाका बीचमा उभिएकी म अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन । हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन । मेरो विचार छ, ‘बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।’
‘छोरी त पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्’
आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर खै के हुने हो !

'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'

पढ्न पाए केही गरेर देखाउँथें
भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् । समता शिक्षा निकेतन जोरपाटीमा कक्षा २ देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् । नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन् ।
"मैले पत्रिका पढेँ तिमीलाई बधाइ छ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, "म आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ र तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने र पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए ।
सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए । ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए ।
प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने ।
"यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, "म भेट गराउने व्यवस्था गर्छु।"
"हुन त कथा पढेपछि म शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो ।
"उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ र सफलताका लागि शुभकामना दिए ।

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

अनुहारभरी रौँ, कसले गरिदेला उपचार ?

-रमेश खतिवडा, खारेबाट फर्किएर/चरिकोट-

आफ्नो त यस्तो भयो नै छोराछोरी पनि यस्तै रुप लिएर जन्मन थाले के गर्ने? यिनिहरुको भविष्यदेखि चिन्ता लाग्छ । “सरहरुले केही पहल गरिदिए मेरा छोराछोरीको उपचार हुन सक्थ्यो कि? ”

नेपालकै सस्तो जलविद्युत आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका पत्रकारहरुको लागि राखेको आयोजना स्थल भ्रमण गर्न पुगेका संचारकर्मीहरुसँग खारे गाविस-४ कसेरीकी ३५ वर्षीया देवी बुढाथोकीले यसरी नै आफ्नो दुःख सुनाइन्।

सदरमुकाम चरिकोटबाट करिव ५० किलोमिटर उत्तरमा रहेको खारे-४ को यो बुढाथोकी परिवारमा आमादेखि छोराछोरीसम्म अनुहार र शरीरभरी रौं आउने समस्या बढ्दै गएपछि उनीहरु चिन्तित बन्न थालेका छन्।

जिल्लाको लामावगर गाविसमा रहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गरेर पत्रकारहरु फर्कदैं छन् भन्ने गाउँलेबाट थाहा पाएपछि पति नरबहादुर, अनुहारभरि कपाल उम्रिएकी आफ्ना छ महिनाकी छोरी मन्दिरा सहित अन्य दुई जना छोराछोरी लिएर उनीहरु दोवाटोमा आएर बसेका थिए ।

३५ वर्षीया देवीको अनुहारभरि रौं उम्रिएको छ । उनले भनिन् मेरो जन्मदेखि कै समस्या हो। धेरै ठाउँमा उपचारका लागि हारगुहार गर्यौं। आर्थिक अवस्था कमजोर भएकोले काँहिबाट पनि उपचारको सहयोग पाउन सकिनँ । अहिले छोराछोरीमा समेत यो समस्या देखिएपछि अलमल्लमा परेका छौं ।

देवीका पाँच जना छोराछोरी मध्ये तीन जनालाई अनुहारभरि र जिउमा रौं आउने समस्या छ । तर अचम्म उनीहरुका दुई जना एक छोरा र एक छोरीमा भने यो समस्या देखिएको छैन ।

एघार वर्षीया जेठी छोरी इन्दिरा र आठ वर्षीय माइलो छोरो सान्दाइमा यो रौं उम्रने समस्या नभएको उनीहरुले बताए । तर नौं वर्षीया माइली छोरी मन्जुरा, आठ वर्षीय जेठो छोरो निरज र छ महिनाकी कान्छी छोरी मन्दिरामा यो समस्या देखिएको छ ।

नरबहादुरले भने “तीनै जनाको अनुहारभरि र शरिरमा पनि रौं उम्रिएको छ।” छोराछोरीको यो जन्मेदेखिकै समस्या भएको पनि उनले बताए । अझ छ महिनाकी काखकी छोरी मन्दिराको अनुहारभरि धेरै रौं देखिन्छ ।

रौं उम्रिएका तीनजना छोराछोरी मध्ये दुई जना गाउँमै नजिकको विद्यालयमा पढछन् । विद्यालयमा पढ्दा साथीहरुले अनेक शव्दले जिस्क्याउँदा आफ्ना छोराछोरी रुँदै आफूकहाँ आउने गरेको र कहिलेकाँही विद्यालय समेत जान नमान्ने गरेको देवीले बताइन् ।

देवीका पति नरबहादुरले भने- यिनीहरुलाई राम्रै ठाउँमा लगेर उपचार गराउने इच्छा त छ तर के गर्ने आर्थिक अवस्थाले भ्याउँदैन। उनको परिवार गाउँमा अरुको जग्गा कमाएर खाने गरेको स्थानीय बासिन्दा रामकुमार खड्काले बताए।

परिवारमा नै समस्या देखिएपछि चिन्तित बनेको परिवारको उद्धार कसले गरिदेला ? तपाईँहरु मध्ये कसैलाई यस्तो किन भयो अनि यसको उपचार कसरी हुन्छ भन्ने कुरा थाहा छ कि ?

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

भर्जिन गौरीशंकर देखाउन महोत्सव

दोलखा जिल्लामा पर्यटकीय गन्तब्यहरुको अथाह श्रोत भएर पनि उचित प्रचार नहुदाँ भीमेश्वर मन्दिर बाहेकका अरु स्थानमा पर्यटन गतिबिधि बढ्न सकेको छैन। जिल्लामा आगामी चैत २० गते देखि २४ गते सम्म दोश्रो दोलखा महोत्सब हुने भएको छ। दोलखामा ग्रामीण पर्यटनको बिकासको लागि स्थानीयबासीहरु सक्रिय भएर लागेका छन। जिल्लालाई पर्यटकीय गन्तब्यको रुपमा पहिचान दिन घरेलु उद्योग संघ दोलखा महोत्सबको आयोजना गर्न लागेको हो। दोलखालाई चिनाउन पर्यटक स्थलहरुलाई प्राकृतिक र सास्कृतिक गरी दुई बर्गमा बिभाजन गरिएको छ। दोलखाका सम्पदा देखाउन आयोजकले बिबिध कार्यक्रमको ब्यबस्था गरेका छन्।
काठमाण्डांैमा अवस्थित भगवान पशुपतिनाथ तथा गुह्ेश्वरी भगवती पनि गौरीशकर हिमालबाट उत्पति भएको जनश्रुति रहेको छ। यस हिमाल नै नेपालको आधिकारीक समय मानको लागि प्रयोग गरिएको छ। त्यसैले पनि यो हिमाल चढ्न हाल सम्म कुनै पनि ब्यक्तिलाई नेपाल सरकारले अनुमति दिएको छैन। आरोहण नगरिएको यस हिमाललाई कुमारी अथवा भर्जिन मानिएको छ। देशमा आपत बिपत आइ पर्दा पसिना आउने भीमसेनले यो ठाउँ धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गरिसकेको छ।
नेपालमा पहिलो पटक चाँदीका सिक्का प्रचलनमा ल्याएको राज्यको रुपमा यस ठाउँको ऐतिहासिक महत्व रहदै आएको छ। नेवार जाति र भाषा यसै ठाउँमा बिकास भएको त्यहाँका बुद्धिजिबी हरी रत्न श्रेष्ठले बताए। श्रेष्ठका अनुसार नेवार संस्कृतिको अध्ययनको लागि दोलखा उपयुक्त स्थल हो।
बिश्व बिख्यात गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ। नेपालको ज्युरीक भनेर दोलखाबासीले चिनाएको जिरी बजार पनि औधी मनमोहक छ। सगरमाथा बेसक्याम्पमा पुग्ने पैदल मार्ग मध्ये जिरी पनि एक हो। नेपालको सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने शेर्पाहरु जन्मेको गाउँ बेदिङग पनि यही जिल्लामा हुनाले भबिष्यमा यहाँ साहसिक पर्यटनको अध्ययन गर्न केन्द्र अबस्था रहेको बेदिङग गाउँका शेर्पाहरु बताउँछन। यहाँ रहेको कालिञ्चोक मन्दिर ३,८४२ मिटरको उचाइमा रहेको छ। हिमफेदी नामको डाडाँमा रहेको यस मन्दिर क्षेत्र धार्मिक आस्था राख्नेहरुलाई मात्र नभएर प्रकृति प्रेमीहरुको लागि स्वर्गको रुपमा रहेको छ। बहुला पोखरी भनेर नामाङकण गरिएको पोखरी निकै रमाइलो ठाउँ हो। आमाबा मारे नामको पर्बतको काखमा रहेको यस पोखरीमा ऋषि तर्पणीका दिन भब्य मेला लाग्ने गर्दछ।
चरीकोटमा चरीग्याङ गुम्बा रहेको छ। यहाँबाट सुर्योदय र सुर्यास्तको मनमोहक दृष्याबलोकन गर्न सकिन्छ। जनकपुरदेखि तिब्बतसम्म रमणीय बाताबरणको यहाँबाट देख्न सकिन्छ।
सय थुम्कोको शैलुङगेश्वर डाडाँ चढ्दाको मज्जा नै बेग्लै हुन्छ। बिगु गुम्वा र लप्ची ध्यान केन्द्र जस्ता महत्वपुर्ण स्थलहरुमा पर्यटकको त्यति आगमन छैन। पर्यटकहरुको आगमनको हिसाबमा दोलखाको धेरै गन्तब्यहरु भर्जिन नै रहेका छन। नयाँ नयाँ गन्तब्यको खोजी गर्ने यात्रीहरुको लागि दोलखा एउटा उपयोगी ठाउँ हो। ग्रामिण पर्यटनको मार्फत यहाँ बासिन्दाको जनस्तर उठने देखेर नै त्यहाँ होटेल लज सञ्चालन गर्नेहरु बढेका छन। देशबिदेशका अतिथिहरुको सत्कारको लागि तिनीहरु तयार भएर बसेका छन। यी क्षेत्रहरुको भ्रमण गरी स्वर्गीय आनन्दा पाउन आयोजकले समस्त नेपालीलाई अनुरोध गरेका छन्।

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali:

Nepalese ex-leader Girija Prasad Koirala dies:news from bbc

Mr Koirala, 86, served four terms as PM with the Nepali Congress Party and led protests that brought down King Gyanendra's authoritarian rule.

Thousands of supporters had gathered outside his daughter's house where he was taken after being in hospital for several days.

Mr Koirala's political career spanned seven decades.

He first came to prominence as a union leader in the late 1940s, and he was imprisoned, exiled or detained on numerous occasions for championing the cause of democracy against various autocratic regimes.

Leadership stints

In 1960, he was jailed for eight years for his pro-democracy views.

G P Koirala, as he was popularly known, first became prime minister in the country's first democratic elections in 1991.

His government lasted three years, and collapsed after a no-confidence vote.

He played a key role in public demonstrations in the early 1990s to end the absolute powers of the king.

In 2000 he returned as prime minister, heading the ninth government in 10 years.

It was during that term that in 2001, King Birendra was murdered by his son - along with nine members of his family.

By July 2001 Maoist rebels had stepped up a campaign of violence, prompting Prime Minister Koirala to quit over the violence.

Peace agreement

Five years later he was appointed prime minister by King Gyanendra who reinstated parliament following weeks of violent strikes and protests against direct royal rule.


Koirala was a mass leader and a statesman, whose knowledge and wisdom guided the polity of Nepal in the right direction at critical junctures in the country's history
Manmohan Singh
Indian Prime Minister

Your memories and tributes

He was too sick to attend rallies celebrating the resumption of parliament, having suffered from respiratory problems for years.

In May 2006 Parliament voted unanimously to curtail the king's political powers.

The same month, the government and Maoist rebels began peace talks, the first in nearly three years, resulting in a peace accord by November 2006.

The Comprehensive Peace Agreement (CPA) declared a formal end to a 10-year rebel insurgency.

Mr Koirala was also acting head of state in 2008 before the election of Nepal's first president.

Mr Koirala's body will lie in state at the national stadium on Sunday, with his funeral later in the day at the Pashupatinath Hindu temple in Kathmandu, his aide Gokarna Poudel said, according to AFP news agency.

Indian Prime Minister Manmohan Singh expressed condolences.

"Koirala spent his entire political life championing the cause of the people..." Mr Singh said.

"Koirala was a mass leader and a statesman, whose knowledge and wisdom guided the polity of Nepal in the right direction at critical junctures in the country's history."

copied from bbc.co.uk

जापानमा नेपाली बिध्यार्थी

गत २ हप्ता यता अस्ट्रेलिया अनि बेलायतमा भएका नेपाली बिध्यार्थीहरुको अवस्थाको बारेमा प्रकासित समाचारहरुले नेपाल छाडी बिदेसिएका नेपालीहरुको साँचो यथार्थलाई बाहिर ल्याएको छ | यस्ता समाचार धेरै पहिलेनै नेपालीहरुले थाहापाउनुपर्ने थियो | यदि बिदेसमा बिध्यर्थिको वास्तविक जीबन, रोजगारीको अवस्था अनि कामको कठिनता को बारेमा पहिलेनै जानकारी पाएको भए नेपाली हरु ठगिनु अनि बिदेसिनु बाट सतर्क हुन्थ्यो होला | अहिले अस्ट्रेलिया, बेलायत मात्र हैन बिश्वोका सबै प्राय देशहरुमा रोजगारीको अवस्था अत्यन्त नाजुक बन्दै गैरहेको छ | बिकसित राष्ट्रहरुमा पढ्न, काम गर्न लगायत विभिन्न कारणले बिदेसिने देशहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको छ | जसकारण काम पाउने समस्याले बिद्यार्थीहरु पिरोलीरहेकाछन | त्यसमाथि आर्थिक मन्दीको कारण पनि प्रमुख कारण बन्नपुगेको छ | अहिले सायद जुनसुकै देशमा गएका प्राय नेपालीबिध्यर्थिहरु, काम नपाएर जस्तोसुकै कठिन काम गर्न पनि बाध्य छन् | न्यूनतम पाउनुपर्ने काम पाउन पनि मुस्किल छ, अहिले बिदेशमा | त्यसमा पनि विदेशको महंगीले आफ्नो लगानी उठाउन पनि मुस्किल छ | १०-२० घण्टा हप्तामा काम गर्यो अनि त्यो कलेजलाई तिर्दा अनि खादै ठिक हुन्छ, बचतको त कुरै नगरौ | न सुत्नु छ , न समयमा खानु छ? न परिवार छ, न जीबन छ ...............| तर पढ्नको लागि हो भने विदेश, यो संसार भन्दा भिन्न छ | यदि पढ्न हो भने विदेश राम्रो छनोट हनसक्छ | तर कामको लागि हो भने जाने देशको बारेमा राम्रो संग बुझी, त्यहाको अबस्थाबारेमा जान्नु जरुरि छ | मात्र दलाल को लहैलहैमा विदेशिए हतारको निर्णय फुर्सदमा पछुताई भन्ने भनाइले सार्थकता पाउने कुरामा दुइमत नहोला भन्न सकिन्न |
अहिले म जापानमा पढ्दै अनि काम पनि गर्दैछु | ३ वर्ष बित्नालाग्यो विदेशिएको पनि | केहि बर्ष त राम्रै थियो जापानमा कामको अवस्था, हप्तामा ४० घण्टा जति काम गर्यो भने कलेजलाई तिर्न, खान अनि अलि अलि बचत हुन्थ्यो, आर्थिक मन्दीयता जापानका धेरै कम्पनिहरु बन्द हुदै गइराखेकाछन् | फलस्वोरूप प्रतक्ष्य असर हामी बिदेसिहरुको रोजीरोटीमा पर्न गएको छ | भाषा भयो भने त काम टन्नै पाइन्छ तर जानिएन त काम पाउन गारो छ अहिले | गरिराखेका काम पनि दिनदिनै घट्दै गैरहेको छ | यस्तै हो भने जापानको समाचार पनि नेपाली समाचारमा प्रकासित हुने दिन पनि नआउला भन्न सकिन्न |
बिदेशिनको लागि तयार तपाई नेपालमा रहनुभएकाहरु हो, पहिले आफ्नो जाने देशको अबस्थाको बारेमा आजै बुझ्नुहोला र बिदेशमा पछुताउन बाट जोगिनुहोला |

kfc opened in nepal

 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan