Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts
मेरी आमा, म संग संगै रुनु भाथ्यो, डाँको छाडेर
थाम्नै नसक्ने गरी
क्वाँ! क्वाँ! गरेर, निकै बेर सम्म
यति सम्मकी,
मैले आमा तिर फर्केर, विदाईको हात सम्म पनि हल्लाउन सकेको थिइन ।
तर, हाम्री आमा अर्थात् नेपाल आमा
अँह, खै किन हो? बुझिन मैले
“एक थोपा” आँसु झारेर कत्ति पनि रुनु भएन ।
“तँ, नजा!” भनेर रोक्ने कष्ट सम्म पनि गर्नु भएन ।
सायद,
उहाँ भित्रि मनले नदेख्ने गरी रुनुभयो होला
तर, त्यो रुवाई न देख्न सकें? न अनुभव गर्न सकें मैले
अथवा, उहाँ
आफ्नो छोरो विदेश गएर, पैसा कमाएर, राम्रा राम्रा कुरा सिकेर
देश फर्कन्छ ।
अनि देश बनाउंछ, र आमालाइ पनि पाल्नेछ भनेर
नरोएको पनि हुन सक्छ, नतड्पेको पनि हुन सक्छ
नत्र किन?
आफ्नो छोरो संग विछोडीदा पनि, कत्ति पनि दुख लागेको छैन?
नत्र किन मेरी आमा जस्तै भक्कानेर रुनु नभाको?
तर,
तर, एक दिन
हाम्री आमा अर्थात नेपाल आमा पनि
मेरी आमा जस्तै डाँको छाडेर रुनेछिन, तड्पिनेछिन छोरा संगको विछोडीमा ।
“मलाई छाडेर तँ, नजा” भनेर पक्कै पनि बिमानस्थलमा रोक्न आउनेछिन ।
अनि म पनि,
थाम्नै नसकेर दुइटै आमा संग संगै रुनेछु, भक्कानिएर ।
त्यो दिन,
जुन दिन नेपाल “सुन्दर” हुनेछ ।
जुन दिन नेपाल “शान्त” हुनेछ ।
जुन दिन नेपाल “विशाल” हुनेछ ।
Subscribe to:
Posts (Atom)

