मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

Showing posts with label व्यंग्य. Show all posts
Showing posts with label व्यंग्य. Show all posts

टोकियोमा पनि आणविक भट्टी बिस्फोटन(भिडियो सहित)


जापानमा यहि मार्च ११ मा आएको ९ रेक्टरस्केलको भूकम्प अनि लगतै सुनामीले तहसनहस पारेको सेन्दाई र फुकुसिमा अझै पनि लगातार ४ पटक सम्मको आणविक भट्टी बिस्फोटनको कारणले अझै पनि ग्रस्त अनि आतंकित छ । बिस्फोटनबाट निस्केको आणविक विकिरणले मानिसको स्वास्थमा प्रतिकुल असर पर्ने हुनाले अहिले फुकुसिमा अनाबिक भट्टीबाट ३० किलोमिटर वरपर मानिसहरुलाई बस्न दिइएको छैन । त्यहाँ बसिरहेका लाखौं नागरिकहरुलाई उद्दार गरि टोकियो, ओओसाका, योकोहामा  लगयत अन्य सुरक्षित स्थानहरुमा सारिदै गरेको अबस्थामा, जापानी समय अनुशार हिजो राती १० बजे र २९ मिनेट जादा ५.७ रेक्टर स्केलको भूकम्प आए पश्चात टोकियोको आसकुसामा अबस्थित आणविक भट्टी बिस्फोटन भएको कुरा याहू जापानले आफ्नो वेबसाइट मार्फत जनाएको छ ।

९ रेक्टर स्केलको भूकम्पले सानातिना क्षति पुर्याएको उक्त भट्टीमा मर्मत सम्भार गरिरहेकै अबस्थामा पुन भूकम्पको धक्काको कारण बिस्फोट भएको कुरा उक्त भट्टीमा कार्यरत कार्यकारी प्रमुख हिगुची सातोउले याहु जापानलाई बताएका छन् । विस्फोटनका कारण कुनै पनि मानविय क्षति भने हुन नसकेको कुरापनि जारी बिज्ञप्तिमा जनाईएको छ । बिज्ञप्तिमा केहि दिन अघाडी देखिनै प्लान्टबाट थोरै मात्रामा धुँवा आइरहेको र त्यसको समाधानको लागि ८० जना इन्जिनियरहरु कार्यरत खटिरहेको कुरापनि उल्लेख गरिएको छ। तर जापानकै ठुलो जनघनत्व भएको शहर टोकियोमा यदि भट्टीमा यस्तो समस्या आएको समाचार बाहिर जनमानसमा पुगेको खण्डमा जनतामा आतंक फैलिनसक्ने प्रबल सम्भावना भएको कारणले कुनै पनि मेडियामा समाचार बाहिर नल्याएको कुरापनि खुलाई त्यसको लागि जापान सरकारको तर्फबाट क्षमा याचना पनि ब्यक्त गरिएको छ ।

यो विस्फोटनले गर्दा अब टोकियो र योकोहामा लगायत अन्य क्षत्रमा पनि निस्कने आणविक विकिरणले असर पार्ने बताउछन । जापान सरकार लेख्दै थियो अब देशकै आधा जनसंख्या ओघटेको टोकियोमा बसोबास गरिरहेका सबैलाई अब कुन ठाउमा ओसार्ने, अनि कसरि ब्यबस्थापन गर्ने? यस बारे भने भोलि दिउसो बस्ने संसद्को बैठकमा छलफल गरिने जानकारी समेत उक्त बिज्ञप्तिमा खुलाइएको छ, साथै टोकियो वरपर बसोबास गरिरहेका नागरिकहरुलाई पानीमा नभिझ्न र घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिएकोछ ।

३० लाख जति नागरिकलाई सेन्दाई र फुकुसिमाबाट उद्दार गरि टोकियो बल्ल बल्ल ओसार्न नसक्दै फेरी यो आपत् आइलाग्दा जापानलाई चिन्ता लाग्नु कुनै नौलो कुरा होइन । बिश्वोकै तेस्रो ठुलो अर्थतन्त्र बोकेको जापानमा आएको यो बर्षको भूकम्प, सुनामी र आणविक भट्टीको बिस्फोटनको आपत्तिले यहाको अर्थतन्त्र तहसनहस परिसकेको छ, जुन पुर्बाधार पुन निर्माण गर्नको लागि जापानलाई दशौँ बर्ष लाग्नेछ ।
यो समाचार सुनेर जापानमा बस्ने सबैलाइ अनि मलाई पनि सारै डर लागिरहेकोछ । अस्ति मात्र मलाई नेपाल फर्केको बेला सबैले "तँ जापान नजा" भनेर भन्नुहुन्थ्यो, व्यर्थै आइएछ फर्केर जापान । तर आशा छ जापानले केहि सुधार गर्नेछ ।

अहिले म बन्द कोठामा बसेर यो समाचार लेख्न बाध्य छु । खाने पानी पनि खान डर लागिरहेको छ , बाहिर निस्कन पनि सकिरहेको छुइन बस् अर्को राम्रो समाचार सुन्ने आशामा छु म आज ।





सन्दर्भ स्रोत: याहु जापान
फोटो: बिबिसी




यस्तो पो नगरपालिका

     
       नेपाल आएपछि एउटा नगरपालिका घुम्ने मौका मिलेको थियो मेरो एकजना साथी संग । त्यति बेला मैले एउटा नगरपालिकाको अनौठो अवस्था देख्ने मौका पाएको थिए । जहाँ बाख्राहरु अनि केहि कुखुराहरु चौर मा चरिरहेका थिए । अनि सम्झनाको लागि मेरो मोबाइल बाटै झट्ट क्यामरामा उतार्ने कोसिस गरें एउटा रमाइलो अनि दुख लाग्दो यथार्थता ।
लौ ! अब तपाईहरु आफै भन्नुहोस त,  हाम्रो नगरपालिको गति कस्तो छ भनेर?
फोटो हेर्नुहोस अनि धिक्कार्नुहोस कि जो आफै नगरको विकास गर्छु भनेर लागेको छ उसकै अवस्था यस्तो देखेर.....

सुताहा जापानीहरु

लेख/ब्यंग्य 
कृष्ण के श्रेष्ठ"काल्स "

               सुन्दा पनि अचम्म लाग्ने कुरा, यस्तो अति बिकसित रास्ट्र जापनका मानिसहरु हामी नेपाली भन्दा पनि धेरै सुत्छन भन्दा । तर यथार्थमा जापनीहरू हामी नेपाली भन्दा धेरै सुत्न चाहन्छन, किनकी यिनीहरु नेपालीले भन्दा धेरै कम गर्ने गर्दछ्न, दिनहु । अनि त्यों पनि उभिएर । यिनीहरु दिनभर बस्न कत्तिको पनि फुर्सद हुदैन कामको बेलामा र बस्न पाउदैनन पनि यहाको नियम अनुशार । अनि पुरै दिन उभिएरै बिताउनु पर्छ  । काममा बिहान सबेरै निस्कियो अनि बेलुका ढिलो घर आयो अनि सुत्ने समय हुदैन प्राय कोही कसैसँग पनि , सबै आ आफ्नो काममा ब्यस्त हुन्छन । त्यसैले यिनीहरु रेलमा यात्रा गर्दा होस, या  पढ्दाखेरी होस, या  टिफिनको समय होस या कुनै पार्कतिर घुम्न जादाखेरी झुपुझुपु  निदाउन बाध्य हुन्छन् । आशा गरौ नेपाल पनि यस्तै बिकसित होस अनि हामी पनि यिनीहरु जस्तै टेम्पू चढ़दा, रत्नपार्कमा घुम्न जांदा अनि पढ्दाखेरी यसरिनै सुत्नु पर्ने दिन आओस ।



एकछिन हेरौ जापानीहरु कसरी सुत्दा रहेछन भनेर तलका फोटोहरु :

म आफै Speech contest मा उदघोषण गरि थाकेर घर  फर्किने क्रममा भुसुक्कै:

यहाँ हेर्नुहोस रेलमा यात्रा गर्दा खेरीको दृश्यहरु :
dormido 

dormido 
dormido 
dormido 

अली भिन्न तरिकाको सुताई:
dormido 

dormido 

पार्कमा सुत्दाखेरीको दृश्य :
dormido 
Durmiendo 

रेल स्टेशन  खुल्ने समय कुर्दाखेरीको सुताई :
Durmiendo 

 रेल पर्खादाखेरीको सुताई:
 

 

 

 कक्षा कोठामा जापानी बिध्यार्थीहरु:

त्यसैले जापानमा रहेका नेपाली हरुलाई पनि यही वानी परिसकेको छ ।

मुक्तक:पूर्व राजा ज्ञानेन्द्र शाह

मुक्तक


                                    मुक्तककार: पूर्व राजा ज्ञानेन्द्र शाह


बिग्रिदैछ झन् झन् देश मलाई के मतलव

नेताहरुको भाछ चेस मलाई के मतलव

नरेश बाट देशले रास्ट्रपति पाएपनि खै?

फेर्न सक्या छैन फेस मलाई के मतलव


प्रस्तुत मुक्तक नेपाल राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा प्रथम हुन सफल पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा रचित रचानाहो । यस मुक्तकमा उहाको नेपाल प्रतिको माया ममता र राष्ट्रियताको भावना झल्किएको देखिन्छ त्यसैले पनि होला यस रचना नेपाल अधिराज्य भरिमा उत्कृस्ट हुन सफल भएको हो । यहाँ सायद जिशाहको यथार्थता झल्किएको छ । साँचै उहाले अहिले देशको अवस्था झन् झन् बिग्रिएको देखेर यस्तो मुक्तक लेख्ने जमर्को गरेको हुनु पर्छ । देशको लागि आफुले नसके पनि अरुले सक्लाकी भनेर देश सुम्पेपनि केहि गर्न नसकेको भावना प्रस्टै झल्किएको छ । हुन पनि हो गणतन्त्र आको यतिको बर्ष बितिसक्दा पनि देश एउटा संबिधानमै अल्झिएको छ, अनि नेताहरु बीच कुर्सिको तानातान बाहेक केहि विकास हुन सकेको छैन । त्यसैले पनि यो भावना सायदै उहाले हाम्रा नेताहरुलाई पनि लक्षित गरेर लेखिएको हुनसक्छ । त्यसो त उहा पनि आफ्नो देशको गति देखेर निराश हुनुभएको कुरा यस मुक्तक बाट बुझ्न सकिन्छ । अनि आफुले पनि देशलाइ केहि गर्न चाहेर पनि नसकेको कुरामा सहमति हुनुहुन्छ ।
यस मुक्तकमा उहाँले हाम्रा नेताहरुलाई पनि व्यंग्य गर्ने कोसिस गर्नुभाको छ ।
"नरेश बाट देशले रास्ट्रपति पाएपनि खै?
फेर्न सक्या छैन फेस मलाई के मतलव"
त्यसैले यो मुक्तक नेताहरुको वर्तमान संग पनि मेल खान गएको छ । अर्को अर्थमा भन्ने हो भने यो मुक्तक हाम्रा देशका नेताले रचना गरेको भन्दा पनि अत्युक्ति नहोला । किनकी "बिग्रिदैछ झन् झन् देश मलाई के मतलव" यो भावना संयोगबस ठ्याक्कै हाम्रा नेताहरुको व्यबहारसंग मिल्न पुगेको छ । यथार्थमा भन्ने हो भने केहि वास्ता छैन देशको हाम्रा नेता भनाउदाहरुलाई , सबै माथि जान मात्र तम्सिरहेका छन, देश बनाउनको साटो आफ्नो पेट बनाउनमै लागि परेका देखिन्छन । देश महंगी भ्रस्टाचार, आन्दोलनले ग्रस्त हुदा पनि केहि गर्दैनन् या गर्न चाहदैनन् कुनै मतलव छैन देशको । जे होस, जीशाह ले आफु र हाम्रा देशका नेताहरुको लागि एउटा राम्रो मुक्तकको रचना गरेर ठुलो काम गर्नुभो । उहालाई धेरै धेरै धन्यवाद छ सम्पुर्ण नेपालीको तर्फबाट ।
हामी सम्पूर्ण नेपाली को चाहना यो मुक्तक को बिपरित होस सबैले देशको माया गरुन सबैले देशको मतलव राखून अनि सबैले देशको विकास गरुन यहि नै हाम्रो चाहनाको सुन्दर नेपाल हुनेछ । हामी सबै मिलेर राम्रो नेपाल, शान्त र सुन्दर नेपालको निर्माण गरौ ।

लेखक :
कृष्ण के श्रेष्ठ "काल्स"

यो एउटा व्यंग्य मात्र हो ।

व्यंग्य

मिटिङ
कृष्ण के. श्रेष्ठ“काल्स”


अचेल सवैजसो ठाउँमा मिटिङको रौनक छाएको पाइन्छ । यता जाउ मिटिङ छ त्यता जाउँ मिटिङ, माथी जाउ वैठक तल आऊ वैठक सवैतिर मिटिङै मिटिङ । चाहे गाउँ होस चाहे सहर । जहाँ गएपनि, जुनसुकै सानो कुरालाइ पनि वढ्याइचढ्याईकन मिटिङ बसेकै हामी देख्न सक्दछौ, यो कुनै नौलो कुरा नै हैन । ठूला कुरा मा मिटिङ बस्नु त ठिक ठिकै हो तर ती साना, झिना, मसिना कुरा मा मिटिङ बसेको देख्दा मलाई मन नलागेरै पनि एकछिन भएपनि हाँस्न मन लागेर आउँछ । यत्रो विध्न मिटिङ परिमार्जित भएको देखेर मलाई नेपालमा सामानको भाउ वडेझैं हलक्कै बढेको क्षण झल्झली याद आउँछ ।
नानाभाते कुरा, अर्थहिन कार्ययोजना, रक्सि पार्टि त मिटिङको पर्याय जस्तै भैसकेको छ । रामेको कुकुर मरेको कुरा देखि लिएर ट्वामेको छोरि व्याएको कुरामा पनि मिटिङ बसेकै हुन्छन् । डवली, चौतारि, पाँचतारे होटेल, झुपडि देखिलिएर कान्छनानीको भट्टिपसलहरु मिटिङस्थलको रुपमा परिचित नै छ ।
रामेको कुकुर म¥यो, कसरि मर्यो ?, किन मर्यो?, कसले मार्यो ?, कहा मार्यो ?, इज्जत वानि स्वभाव मर्ने कारण र अन्तेष्टि सम्मको व्याख्या विश्लेषण विस्तृत छलफल हुन्छ र अन्त्यमा निष्कर्षमा पुगि चियापानसहित मिटिङको विसर्जन हुन्छ । आश्चर्य छ, विसर्जन मा त झन दोव्वर महानुभावहरुले भरिएको हुन्छ, कारण........ । कस्तो चलन यो वेकाम अर्थ न वर्थ गोविन्दे गाई भनेझैं, घरमा भात पकाउनको गाह्रोले श्रीमति छक्याउन आएका छक्याहाहरु ।
यदि कान्छिनानीको भट्टीमा मिटिङ भयो भने मिटिङमा भन्दा पनि कान्छिनानीतिर ध्यानमग्न स्त्रीलम्पट धेरै देखिन्छ । अनि नर्तकी हरुको तिघ्रे नाचको रौनकमै उनिहरु ध्यानमग्न हुन्छन् । यदि पाँचतारे होटेलमा भयो भने हात हातमा ल्यावटप साथमा चुरोट ट्याप र हार्डड्रिङक्स भन्दा अरु कुनै मिटिङ नै हुँदैन् । यदि गाउँघर तिर भए लोकल ठर्रा वाहेक क्यै हुन्न । यदि कसैले मिटिङस्थल मन्दिर वा कुनै एकान्त ठाउँ(वन, पार्क) वताएमा त्यहा दुइजना जोडि बाहेक अरु कोहि हुन्न, त्यहाँ मिटिङ को साटो डेटिङ हुन्छ । अनि कुनै साथी साथी बीच मिटिङको आयोजना भए त्यहाँ जाँड पार्टि र जुवा तास बाहेक अरु काम हुदैन भनि जाने हुृन्छ । त्यसैले पाठकवृन्द हो यदि कसैले मिटिङमा निमन्त्रणा गरे पहिल्यै सतर्क रहनुहोला कतै तपाई पनि कुनै भट्टिपसलको अघिल्लो वाटोमा लडिरहेको मैले भेट्टाउनु नपरोस, मेरो यहि शुभकामना तपाईलाई ।
अझ कोहि कोहि त दिनभर मिटिङकै खोजिमा लागिपरेका हुन्छन । कहिँकतै मिटिङका समाचार सुनिन्छन की, कतै मिटिङको निमन्त्रणा सम्बन्धि सूचना भित्तामा टाँसिएका पो छन की यहि खोजि मै धौडधुप गर्नेको संख्या नवढेको पनि हैन । अझ मेरो एकजना साथीले त भेट्टाएका सूचना संकलन गर्नका साथै विभिन्न कवि गोष्ठि, सम्मेलन मा समेत उपस्थित भएकै हुन्छ । मैले किन तिमी मिटिङमा जान्छौ भन्ने प्रश्नमा उनले ‘धेरैजना ठूल्ठुला व्यक्ति चिनिन्छ, कुरा गर्ने क्षमतामा सुधार हुन्छ, ज्ञानगुणका कुरा जानिन्छ अनि कहिँ कतै त पेट भरि खान र ..........को प्यास मेटाउन पनि पाईन्छ, तँलाइ था’छ मेरा गर्ल फ्रेन्ड सवै मिटिङ मै पट्टिएको ।’ मैले कुनै प्रतिक्रिया नजनाई उनको कुरा जायजै माने, आफू त कहिल्यै त्यस्तो मिटिङमा सहभागि भएको भएपो थाहाहुन्थ्यो । मलाइ त्यसै दिन देखिनै मिटिङ मा जाने ईच्छा जागेर आयो ।
दाजुले मलाई एकदिन मिटिङ जाउँ भन्नुभो । मिटिङमा जान हतारिदै नयाँ लुगा लगाउन खोज्दा मलाई दाजुले लुगा नलगाउ भन्नुभो, अचम्म लाग्यो त्यत्रो मिटिङका किन त्यसै पाखेझैं जाने ? तैपनि मैले दाजुको कुरा मानेँ । म खुसि थिएँ मिटिङ आज ठूलै हलमा हुँदो होला, धेरै ठुला दार्शनिक आउलान, अनि ज्ञानगुणका कुरा होलान । दाजुले केहि पर पुगेपछि सर्ट तान्दै मलाई खै कुन्चाहिँ छाप्रो हो त्यो चैं मैले देखिन, तानेर भित्र लानुभो । सवैजना आ–आफ्नैतालमा मस्तथिए सवैका हातहातमा वियर, लोकल ठर्रा, अनि हातमा चुरोट थिए, त्यस्तो देखेर म झन हच्किएँ । दाजु तिनिहरुसंगै गएर धमाधम लगातार चुस्कि लिनथाले, साहुनिले फेरि अर्को वोतल हाजिर गरिन । सर्वजना मातिसकेका थिए, कोहि त्यहि लडन थाले, कोहि वान्तागर्न थाले, कोहि साहूनिलाई जिस्क्याउनथाले त कोहि ट्वाइलेट भित्रै सुत्न थाले । ‘हरे कस्तो विजोग!’ मैले सोचें, ‘अनि पो मलाई लुगा नलगाउ भन्नुभा रैछ’ । मैले केहि प्रतिकार जनाइन खालि मिटिङकारको मिटिङ हेरिमात्र रहें । म घर फर्कें त्यसपछि के भयो मलाई थाहा भएन झन अरुलाई त के थाहा र ? दाई बिहानै आउनुभयो आँखा रात्तिएका थिए, टाउको फुटेको थियो, मुख फूलिएको थियो, लुगामा माटो लत्पतिएको थियो । मैले यहि बुझें मिटिङको विपरित अर्थअर्थ डायरि, कलम, चिया, छलफल त केवल साना तिना मिटिङ रहेछ । सायद यहि नै होला आजको शब्दकोशमा मिटिङको अर्थ र परिभाषा मैलै जान्नै सकिन बुझ्नै सकिन । मलाई मिटिङको यो चाला, देखेर घृणा लागेर आयो, तर खै के गर्न सकिन्छ र यो मोडिफाइड मिटिङलाई ।

व्यंग्य

एक दूरदशी गीत – हट्ने हैन डटी लड्ने.....
(व्यंग)
– श्रेष्ठ सत्य
दोलखा, नेपाल

हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शीर उभिएको नेपालीको बानी हुन्छ
विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ ।

सानैदेखि विद्यालयको प्रांगणमा गाइने यो गीत अझै पनि जिब्रोमै झुण्डिरहेको छ । अझै पनि कहिलेकाहिं ओंठबाट अनायासै फुस्किन जान्छ । संयोग एक दिन म खाना पकाउँदै यही गीत गुनगुनाउँदै थिएँ । कुमार दाइ अचानक भान्साकोठामा पस्दै भन्नुभयो – सत्यजी यो गीत अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक छैन । तपाइँ चाहिं किन अझै योपुरानो र प्रतिगामी गीत गाइरहनुहुन्छ ?

म कुमार दाइलाई यो गीत सान्दर्भिक भएर होइन लत भएर गाएको भनी स्पष्टिकरण दिन खोज्दै थिएँ, सँगै आलु ताछिरहनुभएको सुन्दर दाइले भन्नुभयो – होइन बच्छुजी यो गीत अहिले झनै सान्दर्भिक छ । यस गीतका गीतकार पक्कै पनि दूरदर्शी हुनुपर्छ किनकी यो गीत झन् झनै सान्दर्भिक र यथार्थपरक बन्दै गइरहेको छ ।

होइन सुन्दरजी तपाइँले भन्न खोज्नुभएको के हो ? त्यो गीत अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा कसरी सान्दर्भिक हुन्छ ? तपाइँ पनि जे पायो त्यही बोल्नुहुन्छ ।

सुन्नुहोस् बच्छुजी, हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ – भन्ने वाक्य कति यथार्थ र व्यवहारिक छ अहिले? हामी नेपाली हट्न र झुक्न त जानेकै छैनौं । इतिहाँसमा दरबारको भाइभारदारमा मात्र सीमित लडाइ, २०३६ सालमा राजा र जनताबीच विस्तार भयो त्यही लडाइँ २०६६ सालमा आइपुग्दा गाउँगाउँमा बस्ती बस्तीमा विस्तार भइसकेको छ । जातीयता, क्षेत्रीयताको नाममा, धर्म र भाषाको नाममा हेर्नुहोस् नेपालीको नेपालीबीचको लडाइँ । पहिले विदेशीहरुलाई खेद्न सीपालु नेपालीहरु अहिले आफ्नै देशवाशीलाई एक ठाउँबाट अर्को ठाउँमा खेद्न र नसके ज्यानै लिन कम्मर कसेर लागिपरेका छन् नेपालीहरु । यहाँ झुक्न त कोही जानेकै छैनन् सबै डटी लड्न र मर्न मार्न तयार छन, पछि हट्न कोही तयार छैनन् । अहिले जस्तो डटी लड्ने नेपालीहरु इतिहाँसको कुनै पनि पन्नामा पहिले कहिल्यै पाएका थियौ त हामीले ? अब त लड्नु,लडाउनु मर्नु, मार्नु हामी नेपालीहरुको जन्मजात बानी नै भइसकेको छ । हेर्नुहोस् त बच्छुजी गीतकारले कति मज्जाले हाम्रो वर्तमान अवस्थालाई छर्लंगै चित्रित गरेका छन् यस गीतमा ?

कुमार दाइले उहाँको कुरालाई खण्डन गर्न त सक्नुभएन उहाँले फेरि सुन्दर दाइसँग अर्को प्रश्न गर्नुभयो

ल तपाइको त्यो राय त ठिकै छ तर त्यस पछिको पंक्ति– त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ भन्ने वाक्यांश त अहिले बकवास नै होइन त, सुन्दरजी ? यो त गीतकारको अन्ध राजभक्त मात्र होइन र ? अब त राजारानी त रहेनन् नि । यसमा चाहिं तपाइको के तर्क छ त , मेरो प्यारो राजावादी मित्रज्यू ?

सुन्दर दाइले आफ्नो तर्क यसरी राख्नुभयो –

यो वाक्यांश त नेपालको वर्तमान र भविष्यसँग झनै ठ्याक्कै मेल खान्छ, । गीतकारको आफ्नो दूरदर्शी क्षमता यो हरफमा अझै निखारिएर प्रस्फुटन भएको छ । विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँराजारानी हुन्छ यही होइन त त्यसपछिको हरफ ?

यसमा गीतकारले के भन्न खोजेका हुन् भने नेपाल त अब जात, धर्म, क्षेत्रीयताको नाममा टुक्रिने नै भयो, बाइसे र चौबिसे देशहरुमा, त्यसबेला नेपाल भन्ने एउटा सिंगै राष्ट थियो भन्ने कुरा विश्वको कतै कतै कुनाकाप्चामा कसै कसैलाई मात्र थाहा हुनेछ तर टुक्रा टुक्रामा विभाजित नेपालमा रहने सारा नेपालीहरुको मुटुमा भने एक जमानामा नेपाल सिंगै थियो भन्ने भावना रहिरहनेछ । अब कुरो रहयो राजारानीको , नेपालमा गणतन्त्र आएर शाहवंशीय राजतन्त्रको त अन्त्य भयो तर के साँच्चै जनताको लोकतन्त्र, जनताको गणतन्त्र आयो त ? गणतन्त्रको आगमन पछि पनि नेपाली जनताहरुलाई यहाँका तथाकथित राष्टपति, प्रधानमन्त्रीहरुले रैती र दास बाहेक केही देखे त ? उनीहरुका प्रत्येक कदमहरु राजाका भन्दा पनि निरंकुश, स्वेच्छारी र व्यक्तिवादी ठहरिएका छन् । त्यर्सले कहाँ आयो यहाँ लोकतन्त्र कहाँ आयो जनताको शासन, पार्टिभित्र, सरकार भित्र नेताहरुको योगदान र बलिदानको आधारमा नभई नातावाद र फरियावादको आधारमा पदोन्नति भइरहेको छ । यही हो राजतन्त्र र यही नातावाद र फरियावादलाई नै गीतकारले रानी भन्न खोजेका हुन् , कि कसो सत्यजी ?

मैले स्वीकारात्मक टाउको हल्लाएँर मलाई त्यही गीतको अर्कोहरफको बारेमा सुन्दर दाइसँग जिज्ञासा राखें– अनि दाइ, गीतकारले हामे मादल शान्तिको लागी मरुभूमिमा परेड खेल्छ भन्नुको अर्थ चाहिं के हो नि ? शान्तिको लागी हाम्रो मादल मरुभूमिमै गएर परेड खेल्नुपर्ने किन ? आफ्नै डाँडाकाँडा र फाँटमा परेड खेले हुन्न र ?

यो वाक्यले त झनै हामे वर्तमान अवस्थालाई छर्लंगै उतार्न सफल भएको छ । हाम्रो देशमा गरिबी, बेरोजगारी बढेकै कारण लडाइँ झगडा र अशान्ति व्याप्त छ । त्यसैकारण लाखौं नेपालीहरु प्रत्येक वर्ष विदेशिन बाध्य छन् । मरुभूमि भनेर गीतकारले खाडी क्षेत्र र विदेशिने नेपालीहरुको अवस्थालाई भन्न खोजेका हुन् । नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि मरुभूमितुल्य जीवन बिताउन विवश छन् नपत्याए हामी बेलायतमै बस्नेहरुको जीवन हेरौं के हामीले मूरुभूमिमा भन्दा कम सास्ती झेलिरहेका छौं त ? जहाँ गए पनि नेपालीले मादलै बन्नुपर्ने मादलले जस्तै चोट पाउनुपर्ने भएको छ । जति इमान्दार र परिश्रमी भए पनि नेपालीहरुले सहनै पर्नेर आफ्नो अधिकारको लागी लड्नैपर्ने कुरालाई त भर्खरै सफल भएको भुपू सैनिकहरुको आन्दोलनले पनि पुष्टि गरिसकेको छ नि ।

त्यसैले यस गीतका गीतकारले गीतका प्रत्येक हरफहरुमा मार्मिक रुपमा नेपालको वर्तमान र भविष्यको कुशल चित्रण गरेका छन् । गीतकार निश्चित रुपमा राष्टप्रेमी र दूरदर्शी सावित भएका छन ।

यो कुरा सुनेर कुमार दाइ हाँस्दै बाहिर निस्किनुभयो भने सुन्दर दाइ र म भान्साकोठामै बसेर त्यही मर्मस्पर्शी गीत गाउन थाल्यौं

हटने हैन डटी लड्ने .................



–समाप्त–
 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan