Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts
कथा
म आज के गर्दैछु - मेरो जीवनमा यस्तो असोचनीय परिवर्तन कसरी आयो - दोष शायद मेरै थियो होला । मलाई त थाहै थिएन, हाम्रो देश नेपालमा नेपालीहरु मात्र नभई त्यस भित्र पनि केबल जन्मकै आधारमा मात्र ठूला र साना मान्छेहरु पनि छन् भनेर । जसको स्थान उसको काम र व्यवहारको आधारमा नगरिएर ऊ जन्मेको गर्भको आधारमा तय गरिन्छ । यो अवैधानिक र अवैज्ञानिक प्रणाली आधुनिक नेपालमा अझै पनि विद्यमान छ भन्ने कुरो मलाई त पत्तै भएनछ । नेपालबाटै नर्सिङसम्मको अध्ययन काठमाडौंमै बसेर पढेको भए तापनि नेपालमा जातभातको छुवाछुतको अमानवीय चलन अझै पनि जिउँदो छ भन्ने कुरो मलाई त थाहै थिएन । मलाई आर्श्चर्य त यस कुरामा लाग्दछ की शिक्षित, सभ्य र आधुनिक भनाउँदो मेरै परिवार पनि यस अन्ध विभेदलाई हृदयदेखि नै अंगाल्छन् भनेर । किन उनीहरुले एक स्वस्थ, स्वच्छ अनि पढेलेखेको, सबल र सक्षम व्यक्तिलाई पनि आफ्नो ज्वाइँको रुपमा स्वीकार्न तयार भएनन् केबल उसको नामको पछाडि झुण्डिएको थरको कारण - यो प्रश्न मेरो मानसपटमा बारम्बार खेलिरहन्छ ।
बेलायतको मध्य लण्डन अवस्थित कलेजमा डिप्लोमा पढ्न गएको दिनदेखि नै कवि परियारसँग मेरो नियमित देखभेट हुन थालेको थियो । हँसिलो, सहयोगी र मिजासिलो स्वभावका कारण कक्षामा शिक्षकदेखि अन्य साथीहरु सबैका माझ ऊ अत्यन्तै प्रिय थियो । मैले कविलाई लिएर कुनै पनि रंगीन सपनाहरु बुन्न थालेको थिइन नि । त्यसबेला त मेरो एउटै लक्ष्य थियो कि जसरी पनि स्नातकोत्तर उतिर्ण गरेपछि मात्र प्रेम र विवाहको बारेमा सोचौंला भन्ने । मेरा बुबा आमा र एक मात्र दिदीले पनि मलाई सदैव पढाइमा नै केन्द्रित रहने प्रेरणा दिनुहुन्थ्यो । तर विस्तारै मलाई पनि लण्डनको हावाले छुन थालेछ क्यारे । लण्डन गएको छ महिनाभित्रै आफूले चिनेका जति प्राय सबैजसो साथीहरु गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड बनाई जोडी जोडीमा बाँधिइसकेका थिए । त्यस्तैमा मलाई मात्र एक्लै एक्लै रहन कठिनाइ महशूस हुँदै गएको थियो । विदेशको ठाउँमा आफ्नो भन्ने कोही नभएको र आफ्नो दुख सुख बाँड्नका लागि पनि मैले कसैको आवश्यकताको महशूस गरेको थिएँ । यसै वातावरणको प्रभावमा परेर हो या साँच्चै प्रेममा परेर हो, कविले एक दिन मलाई प्रेम प्रस्ताव राखेको थियो । कविले मरिहत्ते गरेर मेरो पछि लाग्न थालेको र आफूलाई पनि कसैको आवश्यकताको महशूस भएको अवस्थामा मैले उसको प्रस्तावलाई स्वीकारेको थिएँ । यसरी लण्डन पुगेको एक वर्षपनि पूरा नहुँदै म पनि कसैको प्रेममा परिसकेको थिएँ । केही समयपछि नै हामी दुवैजना सँगै बस्न थालेका थियौं ।
प्रतिक्षा मृत्युको
कथा
- श्रेष्ठ सत्य
नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चार्ल्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाँले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै ऊ बोल्न सक्दैनथ्यो । मस्तिष्क सम्बन्धी जटिल रोगका कारण चार्लीले आफ्नो बोल्ने र बुझ्ने सामर्थ्य गुमाएको थियो । त्यसो त उसको व्यक्तिगत फाइलमा पनि विगत ५ वर्षा विस्तार विस्तार गर्दै अन्ततः उसले आफ्नो सम्पुर्ण वाक् क्षमता गुमाउन पुगेको विवरण उल्लेख थियो । शुरुमा यस नर्सिङ होममा भर्ना हुँदा चार्लीको बानी व्यवहार पनि अन्य बिरामीहरुको जस्तै सामान्य लाग्दथ्यो । उसका दुइवटै आँखाहरु हृमेशा बन्द नै रहने गथ्र्यो भने संचारको लागि सांकेतिक भाषाको प्रयोग गर्दथ्यो त्यो पनि अत्ति नै अनिवार्य भए मात्रै । नत्र त ऊ सधैं चुपचाप नै रहने गर्दथ्यो । अन्य बिरामीहरु प्रायजसो समय टिभी हेरेर या रेडियो, गीत सुनेर बस्थे भने चार्ली भने सुनसान र एकान्तमा नै बस्न रुचाउँथ्यो । रेडियो, टिभी खोलेकी रिसाइहाल्थ्यो ।
चार्ली आएको दुइ महिना पनि पूरा नबित्दै नर्सिङ होमका प्राय सबैजसो नयाँ कर्मचारीहरु उसको कोठामा जान डराउन थाले । तिनीहरु कसैलाई चार्लीको कोठामा जानु परेकी केही बहाना बनाएर अन्तैतिर लागिहाल्थे । त्यस अवस्थामा अलि पुरानो कर्मचारी भएको नाताले म नै धेरैपटक चार्लीसँग जानुपर्ने भयो । त्यस क्रममा मैले के कुरा थाहा पाएँ भने चार्ली उसको कोठामा कोही आएको पटक्कै मन नपराउने र कोही उसको नजिक गएकी रिसाएर हात खुट्टा जे पायो त्यसैले हिर्काउने गर्दथ्यो । उसको अनुहार र हाउभाउ देख्दा जोसुकैलाई पनि उसको नजिक पर्न डर लाग्ने गर्दथ्यो । त्यसो त मैले पनि कैयौं पटक उसको लात र मुड्कीको शिकार हुनुपरेको थियो । तर पनि उसको रोगै त्यस्तो हो भनेर म धैर्यपुर्बक उसकोमा जाने गर्दथें । म उसले बुझ्दैन भन्ने जानकारी भए पनि उसँग कुरा गर्दै र आफूले के गर्न लागेको उसलाई जानकारी दिंदै आफ्नो काम गर्थें । बिस्तारै चार्लीले मप्रतिको अत्याचार कम गर्दै जान थालेको थियो ।
अलच्छिनी कि लच्छिनी?
कथा
अनिता श्रेष्ठ 'अर्पिता'
उन्केा जीवन कति संर्घष्ाको थियो । विहान खाए पछि वेलुका खान सजिलै पुग्दैनथ्यो । सानोमा उनी चार वर्षहुँदा वुवाकेा मृत्यु भएको थियो भने ५ वर्षहुदा ठूलो वुवाको मृत्यु, ६ वर्षहुदा माइली फुपुको, ७ वर्षहुदा कान्छि फुपुको मृत्यु । प्रत्येक वर्षसबैजना क्रमैसँग मरेकेाले उन्लाई गाउँले सवैले अलच्छिनीको संकेत दिएका थिए । तर्सथ उन्केा नातेदारहरु सवैले भेटेकी टाउकेामा कुटेर अलच्छिनी तिमी अनुहार नदेखाऊ भन्थे । उनलाई भेटेकी सवैले अलच्छिनी नै भन्थे । धारामा पानी लिन जाँदा पनि कसैले उनकेा अनुहार हेर्दैनथे । सवैको टाउको खाने हाम्रा पनि टाउको खालास् भन्थे । त्यसैले धारामा पानी लिन जाँदा पनि मुख छोपेर सबैले पानी थापेपछि मात्र अन्तिममा पानी थाप्थी । घरमा पानी ल्याउन ढिलो भयो, फेरि कता खेल्न गयो भनेर हजुर आमा, आमा र भाइ मिलेर भर्यागंमा वाँधेर पाता फर्काएर दुईवटा हात वाँधेर सिस्नु र पानीले कुट्थे । उनको भाई जन्मेको एक वर्षहुँदा सवैकेा मृत्यु भएको थियो तर दोष जति सवै अलच्छिनीलाई गएको थियो । त्यसमा त भाई अलच्छिन हुनुपर्ने होइन र - तर कसरी उनी भइन् - स्कुलमा पनि सवैले उनलाई अलच्छिनी भनेर बोलाउँथे । तर्सथ उनकेा नाम नै स्कुलमा अलच्छिनीको रुपमा दर्ता भयो ।
को पाखे ?
कथा
आज समिता यति रोई कि त्यसको वारेमा साध्य छैन् विगतमा जुन सम्वन्ध दाजु सँग थियो त्येा सम्वन्ध टुटेपछि उन्केा मन चिन्ताले रन्थनिएकेा थियो । पहिला जति सम्वन्ध थियो अहिले त्यो सम्वन्ध दाजु सँग टुटिसकेको थियो किनकी दाजु र वहिनी विच धेरै कुराले पनि होइन सानो कुराले सम्वन्ध टुटेको थियो । त्यही भएर विगत १० वर्षदेखि न त समिता नेपालमा आइन न त दाजुले नै वोलाएको थियो । तर्सथ मन जति फुटेपनि विगतको मिलनको कुरा पनि समिताको नजरमा वारम्वार आउने गर्दथ्यो भने दाजुको नजरमा पनि आएकेा थियो । समिता, विगतमा कति दाजु सँग मिलनसार थिइन । दाजुले पनि कम्ति पुल पुलाएर पालेकि थिइनन् त? त्यसकेा सिमाना नै छ्रैन् । गाउँमा हुर्केर, वढेर पढेर यी दुईजनाको जिन्दगी वडो राम्रो सँग वितेको थियो । दाजुले खन्थे भने वहिनीले कोदो रोप्थे । दुवैजनाले जहिले पनि एउटा विषयमा छलफल गर्थे दाजु मान्छेहरु पढेपछि किन गाउँमा वस्दैन होला हगि - दाजु जवाफ दिन्थे "होइन नानु त्रि्रो दाजु म त वसेको छु नि त्यसैमा ढुक्क मानन् वरु तिमी चाँही नवस्ने होला -" अँ दाजु पनि त्यस्तो त म कहिले गर्दिन । भनेर समिता पुल पुलिएर दाजुलाई जवाफ दिन्थिन् ।
विदेशी समय
कथा
कृष्ण के श्रेष्ठ "काल्स"
"ल त गएँ है, फेरी भेटौला नी पछि"
म साथी संग बाईबाई गर्दै काममा जान हतारहतार गरि रेल चढ्नको लागि हस्यांगफस्यांग गर्दै ट्रेन स्टेसन तिर लम्किन्छु ।
दौडदै हातको घडी हेर्छु, झन्डै १५ मिनेट जति ढिलो भैसकेको हुन्छु म । अनि काममा ढिलो पुगिन्छ भनेर मलाई एकदमै डर लागेर आउँछ र आतिएर दौडको रफ्तार बडाउदै लैजान्छु मैले ।
स्याँ स्याँ गर्दै केहि क्षणमा म स्टेसन पुग्छु तर ट्रेन आउन पनि अझै ३ -४ मिनेट बाँकि हुन्छ । म सोच्छु " कतै मलाई कामबाट निकाल्ने पो होकी ढिलो भयो भनेर? धेरै गाली पो गर्ने हो की ?" "हैन, यति सानो कुरामा त किन मलाई कामबाटै निकालि हाल्ला र ? एकचोटी लाई त माफ गरिदिन्छ होला नी" यस्तै यस्तै मनोबादहरु मेरा मनमा खेलिरहे । केहि क्षणको पर्खाई पछि ट्रेनमा चढेर काममा जान्छु हतारिदै, हतारमै लुगसुगा लगाएर करिब ५ मिनेट जति ढिलो म काममा छिर्न सफल हुन्छु ।
काममा छिर्ने बित्तिकै ग्राहकहरुको निकै लामो लाइन लागिसकेको देक्छु । मेरो सट्टामा मेनेजर आफै काम गरिरहेको हुन्छ ।
मेनेजर अलि थाकिएको अनि रिसाएको अनुहारमा काम गरिरहेको जस्तो मैले अनुमान गर्छु । जापानी भाषामा मैले "नमस्कार" गरें । उत्तरमा उनले टाउको मात्र हल्लाए । अनि मैले डराएर सानो स्वरमा "ढिलो भएकोमा माफ गर्नुहोला सर एकछिन बाटोमा काम पर्यो त्यसैले ।" "एकछिन पर्ख" उनले भने ।
केहि क्षण पछि ग्राहक हरु सबै फर्किए , अनि मलाई कुरा गर्न अफिस कोठामा लगेर गए । अनि सोधे ढिलो हुनुको कारण । "साथीसंग भेट्दा अलिकति ढिलो भयो सर "मैले बताएँ । "तिमीलाई साथी ठूलो की काम ठूलो ? अनि किन ढिलो हुन्छ भनेर फोन नगरेको यहाँ ?" अलि रिसाएझै गरि प्रश्न सोध्यो । "सरि सर एकचोटी को लागि माफ गर्नुहोला, अब आइन्दा यो घटना फेरी दोहोर्याउने छैन । मलाई त नेपालमा जस्तै ५ मिनेट जति ढिलो हुदा केहि हुदैन जस्तो लाग्यो, त्यसैले फोन नगरेको सर ।"
"अहँ यस्तो कुरा चल्दैन जापानमा । समय भनेको समय हो , जसले समयको पालना गर्दैन, त्यो यहाँको लागि काम छैन । अहिले तिमीले गर्दा यहाँ धेरै ग्राहकहरुलाई पर्खाउनु पर्यो । ग्राहक भनेको देबता हो हाम्रो ।" "हैन सर , मलाई यहाँको सिस्टमको बारेमा त्यति थाहा थिएन त्यसैले .................।" "सरि कृष्णजी आजै बाट कामबाट बाईबाई ........................"हातले बाईबाई गर्दै भन्यो ।
मेरा आँखाबाट आँसुका धारा बगे , छाँगाबाट खसे जस्तै भयो मलाई । रुँदैरुँदै हात जोडेर धेरै बिन्ति गर्छु मैले, तर अफसोच, ऊनको कठोर मन मेरो आँसुले पगाल्न सकिन । अन्तमा मलाई कामबाट निकालेरै छाडे । म केहि नबोलेर बाहिर निस्कन्छु, मेरा आँखामा आँसु छ्चाल्कीरहेको हुन्छ । अनि मैले आफ्नो नेपाली काम सम्झन्छु त्यसबेला, नेपालीको कमलो मन पनि सम्झन्छु । अनि धिक्कार्छु नेपालीको कामगर्ने शैली, अनि समयलाई वास्ता नगर्ने वानिलाई ।
र अन्तमा अबदेखि कहिल्यै पनि समयलाई हेलचेक्र्याई नगर्ने प्रण गर्दै नयाँ कामको खोजीमा लाग्दछु.........................
त्याग
कथा (दशैं बिशेष)
कृष्ण के श्रेष्ठ"काल्स"
"बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनि दिनु न ल , अनि खसी पनि काट्नु पर्छनी यो पाली त ।" दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिड्दै गरेको बेला भन्छिन । सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको देखेर होला उनलाई पनि यो दशैंमा नयाँ लुगा लागाउने रहर लागेको ।
"हुन्छ बाबा हुन्छ म किनी दिऊँला सबैथोक" कपाल सुम्सुम्याउदै रामे उत्तर दिन्छन, आफ्नो छोरीको खुसिको लागि भएपनि । किनकि पोहरसालको दशैंमा एकसरो लुगा किनी नदिदा सपना कति रात खानै नखाई रोइ बसेकी थिइन । अनि कति आफ्नो मन रोएको थियो छोरीको त्यो रोदनले गर्दा । त्यसैले यो पटक भने किनी दिने पक्का गर्छ ।
सायद दशैमा सबैका छोराछोरी नयाँ लुगा लगाएको देख्दा उनलाई पनि लगाउन मन लाग्दो होला, अनि सधैं खोले, गुन्द्रुक खाई खाई वाक्क लागेर मासु खाने रहर लागेको होला उनलाई पनि ।
तर रामेको वास्तविक आर्थिक स्थिति यति नाजुक हुन्छ की? उनको कमाइले परिवारको दैनिक हातमुख जोड्न पनि धौधौ हुन्छ बिहान खाए बेलुका पुग्दैन, अनि बेलुका खाए बिहान पुग्दैन । रातदिन भोकभोकै मरीमरी भारि बोकेर कमाएको तलबले जेनतेन ५ जना परिवारको जीवन मुस्किलले धान्न पुग्छ उनको । त्यसैले उनको परिवारको लागि यस्ता दशैँ, तिहार जस्ता चाडपर्व आउनु भनेको ठूलो समस्याको रुपमा उभिएको हुन्छ ।
रामे फसाद मा पर्छ त्यसैले "कसरि किनी दिने छोरिलाई नयाँ लुगा अनि खसी भनेर?" अनि सोच्न थाल्छ "त्यति धेरै पैसा कसरि जम्मा गर्ने? कोसंग सापटि लिने?" भनेर । पैसाको लागि उनले झन बढि काम गर्न थाल्छ । यति सम्म की रामे कति दिन खानै नखाई, अनि कति रातहरु सुत्दै नसुति आफ्नो छोरीको खुसिको लागि मरी मेटछन ।
दशैं नजिकीसकेको हुन्छ , सकीनसकी उनले लुगा किन्ने पैसा र खसी किन्ने पैसा कमाउनसकेको हुन्छ । घटस्थापना को दिन थियो बुबाछोरी दुबैजना दशैंको लुगा किन्न बजार जान्छन । बजारभाऊ छोईसक्नु हुदैन, त्यसैले सस्तोमा किन्नको लागि धेरै ठाउँ डुलेपछी बल्ल सस्तोमा लुगा किनेर घर फर्कंछ्न ।
भोलिपल्ट छोरी नयाँ लुगा लगाउन पाएकोमा धेरै खुसि हुन्छिन । उनमा खुसीको कुनै सिमा हुदैन । सपना रमाएर फुरुक्क फुरुक्क उफ्रेर नाच्छे त कहिले के गर्छे ? भनेर साद्धेनै हुदैन । कहिले बजार निस्केर आफ्ना साथीलाई "यी हेर मेरो दशैं को लुगा"भनेर देखाऊँछिन त कहिले कस्लाई । खुसिको कुनै सीमा नै हुदैन ऊनमा ।
अब टेन्सन बाँकि थियो खसी किन्ने कुराको । रामे खसी किन्नको लागि बजार निस्कन्छन । बाटो बीचमा एक्लै घुम्दा घुम्दै उनलाई केहि अफ्ठ्यारो भएको महसुस हुन्छ । उनको मुटुमा चस्स घोचेको जस्तो भान हुन्छ । "सायद काम धेरै गरेकोले होला दुखेको" मन मनै सोच्छ । तर पनि छोरीको खुसिको लागि सहेरै भएपनि धेरैठाउँ सकीनसकी खोज्न जान्छ । धेरै महँगो खसी मात्र फेला पार्छ उनले । अनि फेरी अर्को ठाउँ खोज्न हिड्छ । खोज्दा खोज्दै रात परिसकेको हुन्छ हिड्न पनि नसक्ने अबस्थामा हुन्छ थकाइले गर्दा ।
रामे थकित भएर घर फर्कि खाना नखाएरै सुत्न खोज्छ । खान मन लाग्दैन , उनलाई दिउँसो को भन्दा झन गाह्रो भएको महसुस हुन्छ । छाति दुख्न थाल्छ तर आफ्नो परिवारलाई आफु बिरामी भएको कुरा भन्दैनन, किनकि यदि आफु बिरामी भाको छु भनेर थाहा दिईयो भने "अस्पताल जानुपर्छ अनि खसी किन्न राखेको पैसा सबै खर्च हुन्छ र यो दशैं मा पनि छोरी फेरी रुन्छे । खसी किन्ने खसी किन्ने भनी " भनेर त्यो रात जबरजस्ती सहेरै सुत्छ । उनलाई रातभर पनि खसी कै चिन्ता हुन्छ । बरु उनलाई आफ्नो रोगको बारेमा चिन्ता लाग्दैन । अनि भोली पल्टपनि बिहानै उठेर खोज्न हिड्ने निधो गरि निधाऊछ दिनभरको थकाईले ।
भाले बास्नु अघि नै निंद्रा खुल्छ रामेको । उठ्न खोज्छ, उठ्न सक्दैन चल्न खोज्छ सक्दैन । अब भने आफुलाई सारै गाह्रो भएको महसूस हुन्छ उनलाई । त्यतिबेला उनको मुटु अनौठो तरिकाले धडकिएको हुन्छ । ऊ छट्पटीन्छ अनि कराउन थाल्छ बेहोसिमै । अनि उनको स्वर सुनेर सबै जना बिउझिन्छ्न ।
उठेर "के भयो तपाइलाई" उनको श्रीमतीले सोध्छे
"हैन केहि भाको छैन मलाई" रामेले बास्तबिकता लुकाउन खोच्छ ।
"त्यसो भए के भयो नि त " सबैले सोध्छन ।
आत्तिएर "अस्पताल जाउँ त्यसो भए "
उनि मान्दैनन अस्पताल जान को लागि ।
मलिन अनि थकित आवाजमा "मलाई ठीक छ अलीकति हिजो हिडेकोले थाकेको होला । म ठीक हुन्छु, केहि बेर आराम गरेपछि । बरु आज आमाछोरी पल्लो गाऊँको मोहनलाई मैले खसी भनेको थिएँ हिजो । आज हेर्न जाऊ, म जान सक्दिन होला ।
औंलाले कोटलाई देखाऊँदै " ऊ त्यो खल्तिमा पैसा छ लिएर जाऊ । अनि अलिकती मोलमोलाई गरेर मिलाएर लिएर आऊ" ।
भने जस्तै आमाछोरी सबेरै निस्कन्छन खसी किन्नको लागि बिरामी घरमा एक्लो छाडेर । दिनभर डुलेर खसी पाऊँछन , खसी पाएपछि सपना धेरै खुसि हुन्छे । सकीनसकि आफैले खसीलाई डोरयाएर घर सम्म ल्याऊँछे । उन्मा खुसिको कुनै सीमा हुदैन त्यो दिन । बाटो बाटोमा खसी संग कुरा गर्छे त कहिले खसी माथी चढ्छे सपना । केहि छिनमा घर पुग्छन, सपना डोरी समातेरै आफ्नो बाबालाई खसी देखाउन भनेर कोठामा जान्छे ।
उफ्री उफ्री "बाबा बाबा हेर्नु त कति ठूलो खसी है?" सपना ठूलो स्वरले भन्छे कोठाको ढोकामा छिर्ने बित्तिकै ।
रामे केहि बोल्दैनन ।
सपना नजिक गएर फेरी "बाबा हेर्नु न दशैंको खसी भन्या" हात समाएर भन्छे । तर केहि बोल्दैनन मात्र टोलाएर रहन्छ रामे ।
अनि संगै रहेकी सपनाकी आमा त्यो अबस्था देखेर डराऊँछिन ।
"हजूर लाई के भयो ? पानी खानुहुन्छ? हामीले खसी किनेर ल्यायौं हजूर उठ्नु न भन्या"आँत्तिएर भन्छे ।
तर पनि केहि बोल्दैनन ।
पानी खुवाऊँछे करुवाले, रामे अनि अलि चलमलाउन थालेको जस्तो देखिन्छ । यस्सो खसीलाई हेरेको जस्तो गर्छ त्यातिकैमा उनको दुबै आँखा बन्द हुन्छ अनौठो तरिकाले ।
रामेको मुटु छाम्छे, मुटु चल्न छोडिसकेको हुन्छ, नाडि छाम्छे रगत बग्न रोकीसकेको हुन्छ । शरीर पुरै चिसीसकेको हुन्छ । यो अबस्थामा रहेको आफ्नो श्रीमान, परिवार र संसार छोडेर गएको हो भन्ने कुरा थाहा पाऊँछे उनले । ऊनी डाँको छोडेर रुन थाल्छे अनि मूर्छा पर्छे पछारिएर भुइंमा । अनि आमा संगसंगै सपना पनि आफ्नो खुसि (दशैको खसी) समाती रहेको डोरी छोडेर आमा संगै रुन थाल्छे । सिंगो घर स्तब्द हुन्छ अनि घरमा रुवावासी चल्छ । यो पालिको दशैं पनि पोहरको दशैं जस्तै भयो सपनाको लागि उही रोदन खसी अनि नयाँ लुगा भएरै पनि । सपना त्यसैले रोई रहिन दिनभर कहिले खसीको मुख हेर्दै त कहिले आफ्नो प्यारो बाबाको मुख हेर्दै ।
आज सपनालाई खसी हैन आफ्नो बुबा प्यारो लागेको छ । यदि उनले आफ्नो बाबुको अबस्था बुझेकी भए अनि दशैको लागि खसी किन्न कर नगरेकी भए छोरीको खुसिको लागि ज्यानको माया मारेर रामेले काम गर्ने थिएन होला । अनि यो ठूलो घटना हुने थिएन होला । तर बिचरीलाई के थाहा? उनलाई त अरु जस्तै दशैं मनाउनु छ अनि राम्रो लगाउनु छ भन्ने कुरा मात्र थाहा छ, किनकी ऊनि सानै थीई अनि अबोध बच्ची थीई ।
अन्त्यमा, बिजयादशमी २०६७ को उपलक्ष्यमा सम्पुर्ण मेरा परिवार, आफन्तजन, सम्पुर्ण दोलाखाली ,ब्लगका मित्रहरु, फेसबुक अनि ट्विटरका मित्रहरु , लगायत मलाई कृष्ण के श्रेष्ठ"काल्स" भनेर चिन्नु हुने सम्पुर्णलाई हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छु ।
कालो मान्छे
कथा
श्रेष्ठ सत्य
दोलखा, नेपाल
"यहाँ कालाहरु मात्र खतरनाक हुन्छन् । कालाहरु नै चोर, डाका, ठग तथा अपराधी हुन्छन् । त्यसैले कालाहरुसँग होशियार रहनू । "बेलायतमा नवप्रवेशीहरुलाई सबैजनाले दिने सन्देश यही हुन्छ । कालाहरुसँग म पनि त्रशित थिएँ । त्यसैले त काम थालेकै दिनदेखि म आफ्नो म्यानेजरसँग पनि निकै भयभीत थिएँ । किनकी ऊ पनि कालो नै थियो ।
"तिम्रो काम गर्ने ठाउँमा पनि कालाहरु छन् भने तिनीहरु आफू बसी बसी तिमीलाई मात्र काम लगाउनेछन्, कार्यालयका सामानहरु हिनामिना गर्नेछन् ................................त्यसैले उनीहरुसँग धेरै समय नबिताउनू, धेरै हेलमेल नगर्नू । "
एकजना नेपाली साथीले मलाई यो पनि बताएको थियो ।
म आफ्नो म्यानेजर शाद्रासँग प्राय तर्किन खोज्थें । ऊ भने मसँग बोल्न र जिस्किन खोज्थ्यो ।
"सत्य, तपाइँको भाषामा तपाइको नामको अर्थ के हुन्छ -" ऊ मलाई सोध्ने गथ्र्यो ।
"कहिल्यै नढाँट्ने मान्छे ।"
यति जवाफ दिएर म अन्यत्रै भागी हाल्थें ।
फेरि पछि भेट हुँदा सबैजना कर्मचारीको अगाडि ऊ मलाई देखाउँदै भन्ने गथ्र्यो -
"सत्यको नामको अर्थ तपाइहरुलाई थाहा छ - कहिल्यै नढाँट्ने मान्छे रे, हा हा हा ........ । "
अट्टहाँसले भवन थर्कन्थ्यो । म भने रातो पिरो भएर भाग्थें या काममै व्यस्त भए झैं गर्थें ।
यस्तै यस्तैमा शाद्रा मलाई रमाइलो लाग्न थाल्यो । पछि पछि म पनि उसँग सोध्न थालें - "तपाइको भाषामा तपाइको नाम शाद्राको अर्थ चाहिं के हो नि -"
रगतको नाता
अनिता श्रेष्ठ "अर्पिता"
राती १ वजे जन्मेकी जिनाकी आमा घरपरिवारको राम्रो स्याहार सुसार रेखदेख राम्रो नभएको कारणले गर्दा अपसोच जिना जन्मेको केहि समयमानै मृत्यु भयो । अनि त्यस वच्चालाई २ घण्टाको अन्तराल सम्म पनि नाभी नकाटी रगतमा डुवाएर राखे । परिवारको केहि सदस्यले "आमा खाने मुल्याहा यसलाई पनि लगेर गाडीदेऊ " भन्ने भाषा प्रयोग भएपछि गाँउकै कुनै मानिसले सास भएको वच्चा भनेर नाभी काटी थाङ्नामा गुडुल्काएर राखे र विहान उज्यालो भए पछि आमालाई दाहासस्कार गर्न लगे । अनि जिनालाई गाईको दूध खानदिएर दश -वार दिन सम्म पालेर राखेछन् ।
यो कुरा रमाले सुनेपछि वच्चाको घरमा उनी गइन । त्यति बेला वच्चाको हालत साह्रै विग्रिएको रहेछ । आँखा सुन्निएर ठूलो ठूलो र चाकमा पनि घाउनै घाउ भएको रहेछ । रमाको मनमा दयाको भावना जागृत भयो अनि वच्चाको परिवारसंग यो वच्चा मलाई दिनुस् भन्ने कुरा गरिन । उसको वावा,दिदि, दाई, भाउजु सवैको सहमतमा कोक्रोमा वच्चा वोकेर लगे । रमा पनि वच्चा पाएपछि सारै खुशि भइन किनकि उन्केा वीहे भएको १५ वर्षभन्दा वढी हुँदा पनि वच्चा भएकेा थिएन । तर्सथ त्यो वच्चा पाउँदा श्रीमान श्रीमति दुवै खुशी भएका थिए ।
त्यस वच्चालाई स्याहार सुसारको निम्ति धेरै ध्यान दिएर कोक्रो वोकि वोकि विधालयको प्राङ्गणमा रमा पुग्थे । वच्चा सन्तोकी भएको कारणले गर्दा दिउँसोको समयमा धेरै सजिलो हुन्थ्यो । जव रात पथ्र्यो जिनाले झगडा गर्न सुरु गर्थि र उसलाई लिटो दुध खान दिएर सुताउँथि । रातको समयमा कुनै समयमा रातभरिनै सुत्दैन थिई र कुनै समयमा चार ,पाँच पटक उठेर थर्मसमा राखेको दुध खुवाउदै सुताउथे र वच्चाको खोपको लागि कहिले कता पुर्याउथे कहिले कता पुर्याउथे । वच्चा हटिलो मोटिलो हेर्न लायकको भई । तैपनि रमाले मनमा अनेक कुरा खेलाउँथ्यो कतै वच्चा फेरि उसकेा वुवाले पो लाने हो कि भनेर ।
जिनासंग रमाउदाको क्षण र जिनासंग समय विताउदा रमा र उसकेा श्रीमानले सारा दुःख , पिडा सवैनै भुल्ने गर्दथे । एक छिन नदेख्दा पनि के हरायो के हरायो भन्ने भान भई रहन्थ्यो उनीहरुमा । अनि कहिले कहिँ यी दुवै दम्पतीले जिनाको वारेमा यस्तो किसिमको भावना लेख्ने अनि गाउने गर्दथे :
मेरो जिना सानो छ ।
लडि लडि खेल्द छ ।
वुवुमाम खान्छ ।
ताता तुतु वोल्दछ ।
अहिले जिना सानो छ ।
पछि ठूलो हुने छ ।
समाजसेवी वन्ने छ ।
यसरी जीना सँग जति दुःख हुँदा पनि खुशी रहन्थे । जीनाकेा प्रवेश सँगै त्यो घरमा एउटा रमाइलोपन छाएको थिए । दुवैले जीनालाई राम्रो वोडिगंमा पढाउनकेा लागि सल्लाह सरसल्लाह गरिरहन्थे । तर्सथ जिनालाई पढाउनकेा लागि दुवै दम्पतीले आफनो जागिर काठमाण्डौमा सारेर उतै घर वनाउँछन् ।
जिना पनि पढेर ६ कक्षा पुगिसकेको हुन्छ । एकदिन स्कुलवाट र्फकदै गर्दा एकजना गाउँका छिमेकिले जिनालाई भेट्दा "तिम्रो भाग्य ठूलो रहेछ यस्तो ठाउँमा पढ्ने तेरो काँहाको भाग्य थियो र - तिमी त एउटा गरिवको छोरी त हौ नि , तिम्रो आमा मरेर यता ल्याएको" भनिन । त्येा सुन्ने वितिकै वच्चीले शुरुमा त होइन होइन भनिन् । तर, जव उनी स्कुल जान्थे त्यहाँ पनि सवैले तिमी अर्काको छोरी हेा भन्थे त्यसैले हो कि जस्तो उनलाई लागेर आमा वुवालाई सोधिन उनले । तर आमा वुवाले अर्काकेा कुरा पत्याउनु हुँदैन भनेर थामथुम गर्थे ।
एकदिन वेलुका रमा अफिसवाट फर्किइन् । जिनालाई ज्वरो आएकेा थियो । रमा आँतिएर हस्पिटल जान्छ । हस्पिटलमा पुगेपछि जीनाले मेरो वावा सँग लगिदेउ भन्छे । त्यसपछि अति नै ज्वरो आएकोले रमाले श्रीमानलाई वोलाउँछे । जव श्रीमान आइपुग्छे उनी कराउँछिन........मेरो आफनै वुवा.....................। यो सुनेर रमाले भन्छिन "छोरी यही त तिम्रो वुवा हो नि "। तर उनी जोरका साथ रुन्छिन मलाई मेरै वुवा चाहिन्छ ............।
अपसोच, अस्पताल राखेको ६ महिना हुँदा पनि बिरामी ठिक भएन । तर्सथ डाक्टरले उन्केा वुवालाई गाउँवाट वोलाउनकेा लागि अनुरोध गर्दछन् । रमाले गाउँवाट उन्को वुवालाई वोलाउन लाउँछ । वुवा पनि अस्पतालमा आइपुग्छ । त्यसपछि रमाले नानु "तिम्रो वुवा आइपुग्यो" भन्नसाथ जिनाले आँखा उगार्दछे र "वावा" भनेर आफनो वावालाई अँगालो हाल्दछ । अनि वावालाई मलाई पनि सँगै लैजाउ भन्छिन् । तर वावाले भन्छ "नानु तिमी यही वस याँहा कस्तो राम्रो छ । जुँका लाग्दैन् त्याँहा त एकदम दुःख छ । जुका लाग्छ घाँस काटनु पर्दछ । अर्काको भनिभुतो गर्नुपर्दछ । फेरि १२ जना त तिम्रै अरु दिदि वहिनीहरु छन् । तर्सथ याँहा भए रमा म्याडमले कस्तो राम्रो माया गर्नुभएकेा छ । छेारी यही वस याँहा सुख पाउँछ ।" भनेर सम्झाउन खोज्छ, तर छोरी मान्दिनन । उनि रुदै भन्छे "वावा तपाईले जे गर्नुहुन्छ म पनि त्यही गर्दछु । जे खानुहुन्छ त्यही खान्छु । तपाईलाई जुकाले टोकेमा मलाई पनि टोक्छ ...तर्सथ मलाई लानुहोस् बाबा, म गाउँ मै जान्छु तपाई संग ।" डाक्टर लगायत सवैले सम्झाउँदा पनि केही लागेन ....................................। उन्लाई आफनै रगतकेा मायाले तानिरहेको थियो होला । तर्सथ वावासँग पछि पछि लागिन हात छोड्ने मानिनन उनले । उन्लाई रोक्नेका लागि रमा गइन तर अहँ सकेन । रमा र रमाको श्रीमान मुर्छा परेर रोइरहिन.................रोइरहिन ।
नाथ गुरु
कथा
अनीता श्रेष्ठ
के विगत के वर्तमान यी सव कुरा के हो रमाले भन्न खोजेको के हो ? म मनमनै सोचे र रमाले मलाई चर्कन गालामा हानेर भनिन र वेसरी रोइन । समी अव नाथ गुरु यो संसारमा रहेन ? म आँतितै भने र मलाई एक्कासी रिंगाटा चलेर आयो र दुवै रोयौ ? रोएपछि विगतको घटनाहरु सम्झिन वाध्य तुल्यायो ।
समी जो विगतमा वुवा आमा नभएको केटीलाई पालन पोषण गरेर नाथ गुरुले हुर्काएको थियो । नाथ गुरु जो असल व्यक्तित्व, वहु प्रतिभाशाली व्यक्तित्वको धनी थियो । त्यस्ता व्यक्तिले लालन पोषण गरेर समीलाई हुर्काएको थियो । नाथ गुरुको सहयोगले नै उसले क्याम्पस स्तरको पढाई सकेपछि कृषी विषय लिएर माष्टर डिग्री सकाएर वैज्ञानिक हुन सफल भएको थियो । वैज्ञानिक भएपछि आफैले नाथ गुरुलाई पालन पोषण गर्ने भनेर समीले कति चोटि गाउँमा लिन जाँदा पनि सफल हुन सकेन । नाथ गुरु आउन नै मान्नु भएन वारम्वार भन्ने गर्नुहुन्थ्यो । आफनो छोरा छोरीको कमाइ खानुहुन्न तिमी ठूलो मान्छे भ गर्यौ त्यही मेरो लागि काफी छ । त्यो पनि मेरो छोरी यत्रो वैज्ञानिक त्यही छ ठूलो कुरा मेरो लागि भन्ने गर्दथ्यो । समीले नाथ गुरुलाई अनेक उपहार दिदा पनि कहिले मान्दैन्थ्यो । मात्र भन्थ्यो अँ हँ यी उपहार भन्ने चिज लिनुहुँदैन । यसरी नाथ गुरु कहिले पनि समीको केही पनि लिएन न काठमाण्डौंमा आउँदा समेत समीको पस्थे न त फोन नै गर्दथे ,। अचम्मको गुरु थियो । गाडीमा पनि कहिले पनि समीलाई पैंसा तिर्न लाउँदैन थे । एकदिन नाथ गुरु विमारी छ भन्ने सुनेर समीले गाउँमा फोन गरिन तर फोन स्विच अफ रहेछ । फेरि अन्त सोधे ? उठन सक्नुहुन्न भनेर भने । समी हतपत विदा मिलाएर गाउँमा गइन गाउँमा जाँदा वरिपरि विद्यार्थीको हुलमा नाथ गुरु हाँस्दै रहेछ । समीले सोधिन गुरु हजुर सन्चो हुनुहुन्नन भनेर आएको ? सारै पीर लागेको थियो । समीको जवाफ सुनेर गुरुले भन्यो ठिकै छ नानी मलाई के भएको छ र ? सवै राम्रै छ ।
समी ३ ४ दिन वसेर फेरि काठमाण्डौ जान लाग्दा गुरुले सोधे के नयाँ आविस्कार गर्यौ त? समीले भनिन अलि नयाँ प्रजातीहरु थोरै जग्गामा हुने जसवाट गरिवको जीविकोपार्जन होस् । धन्य मेरी छोरी राम्रो सँग गर है गरिव किसानको जीवन स्तर सुध्रोस ? फेरि अनुसन्धान गर्दा गाउँमा चाँही जान नविर्स है । अरुले ल्याएको तथ्यांकमा मात्र विश्वास नगर । किसानको मर्का वुझ नि ? फेरि हाइफाइ नदेखाउ है छोरी । त्यही नै मेरो लागि उपहार हो ? पैंसाले मान्छे कहिले किन्न सक्दैन् तिमीले दिनमा कम्तिमा एकजना किसानलाई भेटेर खुशी पार्न सकेमा त्यही नै मेरो ठुलो उपलव्धि र उपहार हुनेछ । यति गुरुले भनेपछि समीको आँखावाट आँसु झर्यो र हुन्छ गुरु भनेर हिड्यो ।
समी छक्क पर्थिन गुरुले किन कहिले विमारी नभनेको होला भनेर । फेरि एकदिन गुरु काठमाण्डौंमा आउनुभएछ । समीले फेरि मोवाइलमा फोन गरे मोवाइल अफ थियो । समी छक्क पर्थिन होइन अचम्मको मान्छे किन यस्तो भयो होला ? उहाँ फेरि साकाहारी होटलमा वस्दथ्यो । त्यही फोन गरिन त्याँहा पनि आएको रहेनछ ? उ दिक्क मान्थिन किन यो गुरु एकदिन पनि मेरो घरमा नआउने होला ? कस्तो दिक्क ? फेरि अफिस जाँदै गर्दा गाडीमा गुरुको छोरालाई देख्यो छोराले भन्यो वुवालाई वीर अस्पतालमा भर्ना गरेको छ । फेरि समी त्याँहा गइन् र रुम नम्वरमा जाँदा गुरु थिएन । उनी फेरि फर्किए र घरमा फोन गरिन घरमा गुरुले उठाउनु भयो उनी खुशी हुँदै "गुरु "भनिन् । गुरुलाई सोधिन के भयो ? हँ केही भएको छैन सवै ठिकै छ नानी ।
अनि तपाई विमारी भएर वीर अस्पतालमा लगेको होइन र ? त्यतिखेर गुरुले मात्र मुस्कुराउँदै हँ ठिक छ मलाई केही भएको छैन् ।
समी तीन दंग पर्थिन होइन यो गुरुले किन कहिले पनि विमारी छ भन्दैन् त्यसको कारण वारे सोध्न मन लाग्दथ्यो तर सोध्न सक्दैनथि ? र जोडले चिच्याएर कराउन मन लाग्दथ्यो तपाई किन जहिले पनि मोवाइल स्विच अफ तर किन हो किन गुरुलाई भन्ने आँट नै आउँदैन्थ्यो ।
यसरी जहिले पनि नाथ गुरुलाई सम्झेकि विमारी, फोन स्विच अफ र विमारी नभएको भनि मुस्कुरहाट सम्झिन्थिन र मनमा जहिले पनि यी तीन कुरालाई सम्झन्थिन । अव त अति भयो सकरात्मक सोचाई लिएर गुरु विमारी छैन भनेर फोन गर्दछु भनेर फोन गरिन फेरि पनि फोन स्विच अफ थियो समीको टाउको रिंग्यायो र दिक्क लागेर गुरुको मिल्ने साथीलाई फोन गरेर गुरुको वारेमा सोधिन गुरु संचै छ भनेर साथीले वताउनु भयो र घरको फोन नं अर्को फेरिएको रहेछ भनेर दियो । उनले फोन गरिन त्यसमा छोराले भने वावा त धेरै ज्वरो आएर विमारी छ र भोलि मात्र फोन गर्नुस । समीले भन्यो समी दिदिले फोन गरेको छ भन्नु है ।
त्यसपछि न त गुरुले मलाई फोन गर्यो न त मैले नै गरे आखिर आज आएर तिमीले यो कुरा भन्यौ यो पनि सत्य हो कि होइन म अलमलिए होला । म भोलि नै गाउँ जान्छु म यति भाग्यमानी छु कि त्यस्तो गुरु पाउँदा तर म यति अभागि छु कि गुरुले म वाट केही लिन चाहानु भएन.......................भन्दै समी भोलि गाउँमा जान झोला प्याक गर्न थालिन ।
वरपिपलको माया
कथा
अनिता श्रेष्ठ "अर्पिता"
फोनको घण्टी टिनिनि बज्छ । यसो फोन उठाउँछु त 'अनु चिन्यौं - ' भन्ने मधुर आवाज आउँछ । 'ए मुर्ख चिनेनौं र ' मलाई ठम्याउन गाह्रो हुन्छ । कता कता बाट चिनेको जस्तो पनि कता कताबाट एकदम मेरो मिल्ने साथीको स्वर ........। फेरि भन्छु 'ओहो ठम्याउँन गाह्रो भयो ।' फेरि जिस्काएर भन्छिन् 'लौ मुर्ख भनन मेरो त्यो स्यानो हुदाँको साथी वरपिपलको खबर के छ -' त्यसपछि भने म झस्किन्छु र भन्छु ' ए मेरी भनेर चिच्याउँछु । अनि त रामेछाप डाँडाको वरपीपल हेर्न आँउने योजना मलाई बताउछिन् । 'अनु म बैककको एआइटी कलेजमा विश्व बैंकको स्कलरसीपमा एमएस्सीमा पढ्दैछु , काठमाडौं आएको एक हप्ता भयो , तर रामेछाप आएर मैले रोपेको वरपिपल हेर्ने खुव इच्छा छ तर्सथ म एक हप्तापछि रामेछाप आउँछु है फेरि समय मिलाउनु नि मुर्ख ।' मैले पनि हुन्छ भने ।
ओ हो मेरिना न त रामेछापमा जन्मेको होस न त उनको पुर्खा नै रामेछापको हो । तर किन यति साह्रो रामेछापलाई माया गरेको होला उनीले । वास्तवमा मेरी र मेरो भेट काठमाडौं विश्वविद्यालयमा विएस्सी वातावरण विज्ञान पढ्दा आज भन्दा छ वर्षअगाडि भएको थियो । त्यतिखेर मैले छात्रबृत्ति पाउँदा उनी खूव खुशी भएकी थिइन् । किन हो कुन्नी मेरी मसँग खूव मिल्थिन र मलाई हरेक कुरा सिकाउँथिन । साथै उनको बुवा उनी सानी हुँदा रामेछापमा इञ्जिनियरको रुपमा काम गर्नु हुँदा मेरी पनि आएर विदाको बेलामा रामेछापमा बिताएकी रहिछिन् । साथै बुवासँग रमाउदै घोडा चढेर विभिन्न ठाउँमा घुम्दो रहिछिन् । प्रत्येक चोटी आउँदा रामेछापको मन्थलीको वरपिपलमा (जिल्ला प्रहरी कार्यालयको) अगाडी बसेर वरपिपलसँग गफ गर्दै खेल्दी पनि रहिछिन् र वरपीपललाई 'म मेरी साथीलाई माया गर्छु भनी कुरा पनि गर्दिरहिछिन । ' त्यही भएर उन्ले वरपिपललाई कहिल्यै विर्सन सकेनन् । म र उनी क्याम्पस पढ्दा दिनको एकचोटी त्यही वरपिपललाई संझन्थिन् ।
विश्वविद्यालयको पर्ढाई पश्चात भने उनीसँग मेरो भेट हुन सकेन । त्यसपछि मेरी रामेछापमा आउने प्रतिक्षामा म रहे । आफूले पाएको छात्रवृत्तिको केही पैसा जोगाएर मोटर रिजर्भ गरेर मेरी र उनको बाबा रामेछाप आउनु भयो । म पनि बिदा लिई मेरीसँग त्यो दिन बिताए । उनी रामेछापको परिवर्तनदेखि सार्है खुसी भइन र उनको साथी वरपिपललाई बैककदेखि कोसेली ल्याएकी रहेछिन् । साथै विभिन्न खालको फलफूल पनि ल्याएकी रहिछिन । उनले रामेछाप रहँदाको बाल्यकालका सबैजसो चिनेको साथीहरुलाई फलफूल दिइन र गफ पनि गर्दै गइन् । मलाई त हाँसो पनि लाग्यो । यत्रो मास्टर ड्रि्री पढ्ने मान्छे पनि किन केटाकेटी जस्ती भएकी होला भनेर । खोइ ! वरपिपलले पनि उनीसँग कुरा गथ्र्यो कि कुन्नी उनले बुझेर जवाफ दिए जस्तै गर्थिन् । म त कुरै बुझिन । यसरी कुरा गर्दा गर्दा साँझ पर्न लागिसकेको थियो । त्यससपछि बाबा र मैले फकाएर उनलाई कोठामा लग्यौं । तर उनी त्यही वरपिपलको मायामा चूरर्लुम्म डुबेकी थिइन् । अँहँ मलाई त बर्णन गर्न पनि आँउदैन् । कसरी व्यक्त गरौं उनले बरपीपल प्रति गरेको माया ........। जबकी रामेछापवासी र रामेछाप भन्दा बाहिर बस्नेले पनि रामेछाप भनेकी आफ्नो जिल्ला भन्न रुचाउँदैन र फर्केर आउँन पनि मन गर्दैनन् । तर मेरी भने धुलीखेलमा जन्मेर पनि रामेछापको वरपिपलको यति सारो माया ।
भोलिपल्ट विहानै मेरी फेरि वरपिपलसँग एक घण्टा आलापालो गरी अंगालो मारेर रोइन् । मनले नमानी नमानी वरपिपलसँग छुट्टी लिएर कारमा चढिन् । मैले पनि नजाउँ भन्न सकिन किनकी आज जसरी पनि उनी काठमाडौं जानु थियो । भोलि त बैकक जाने टिकट छ उनको । जाने बेलामा मेरी र म अँगालो मारेर रोयौं । उनी कारमा बसेपछि "बाई" भनिन । म आँसु पुछ्दै उन्लाई बाई भने । उनको कार गुडीसकेकोले बाटोमा धुलो उडिरहेको थियो । .... धुलोले पनि रामेछापवासीको माया खोजिरहेको थियो ..............खोजिरहेको थियो ..............।

अधुरो प्रेम
कथा
-श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत
दोलखा, नेपाल
हाल, बेलायत
फेसबुकको नशाले आजकाल नराम्ररी च्यापेको छ । त्यसैले त कलेज र काममा जाने समय बाहेक अधिकांश मेरा समयहरु यसैमा बित्ने गर्दछन् । फेसबुकमा साथीहरुको संख्या बढि नै रहेको छ भने धेरै पुराना साथीहरु फेरि पनि संचारमा आउने गरेका छन् र नयाँ साथीहरु बन्ने क्रम पनि जारी नै छ ।
एक दिन अचानक मेरो फेसबुकमा एक अपरिचित व्यक्तिको मलाई साथी बन्नका लागि अनुरोध आएको थियो । उसलाई साथी स्वीकार गर्ने कि नगर्ने भन्नका लागि मैले उसको र मेरो साझा साथीहरु हेरें । मसँगै पढ्ने साथी खुशी लगायत अन्य ३ जना मसँगै पढ्ने साथीहरु देखेपछि मैले उनी पनि उनीहरु मध्यैकै कोही साथी होला भनेर उनलाई साथी स्वीकारेको थिएँ । उनको नाम थियो - तृष्णा दिवानी र उनको प्रोफाइल पिक्चर भने कुनै चाइनिज केटीको जस्तो देखिन्थ्यो । हाम्रो कलेज त्यस बेला जाडो बिदा भएकोले मैले उनको बारेमा मेरा ती साथीहरुसँग केही सोध्न सकिनँ । साथै कक्षामा उनीहरुसँग मेरो हेलो हाइ को सामान्य औपचारिक संचार मात्र हुने भएकोले पनि उनीहरुको अन्य कुनै सर्म्पर्क फोन नं आदि केही पनि थिएन । मैले तृष्णालाई उनको फेसबुकको इनबक्समा म्यासेज पठाएर सोधेको थिएँ - "के तिमी मलाई चिन्छ्यौ या म तिमीलाई चिन्छु -"
"म फेसबुकमा नयाँ हुँ र मैले नयाँ साथीहरु खोज्ने क्रममा तिमीहरुलाई एड गरेकी हुँ । मन छैन भने मलाई हटाइ दिए हुन्छ ।" उनको उत्तर थियो यो ।
उनले आफ्नो स्टाटसमा त्यसबेला एक प्रश्न लेखेकी थिई ।
"मानिसहरु प्रेमजालमा किन फँस्छन् -"
Momotaro the Peach Boy
Japanese Fairy Tales
When they came within sight of the island, they could see that the ogres had a very strong fort there. And there were many, many ogres. Some of them were red, some blue, and some black.
First the pheasant flew over the walls of the fort and began to peck at the ogres' heads. They all tried to hit the pheasant with their clubs, but he was very quick and dodged all their blows. And while the ogres weren't looking, the monkey slipped up and opened the gate of the fort. Then Momotaro and the spotted dog rushed into the fort and started fighting the ogres too.
It was a terrible battle! The pheasant pecked at the heads and eyes of the wicked ogres. And the monkey clawed at them. And the spotted dog bit them. And Momotaro cut them with his sword. At last the ogres were completely defeated. They all bowed down low before Momotaro and promised never to do wicked things again. Then they brought Momotaro all the treasure they had stored in the fort.
It was the most wonderful treasure you can imagine. There was much gold and silver and many precious jewels. There was an invisible coat and hat, arid a hammer that made a piece of gold every time you hit it on the ground, and many other wonderful things. Momotaro and his three helpers carried all this in their boat back to the land. Then they made a cart and put all the treasure in the cart and pulled it back to Momotaro's house.
How happy the old man and woman were when they saw their son return safely from Ogre IsIand! They were very rich now with all the treasure that Momotaro had brought, and they all lived together very, very, happily
ONCE upon a time there was an old man and his old wife living in the country in Japan. The old man was a woodcutter. He and his wife were very sad and lonely because they had no children.
One day the old man went into the mountains to cut firewood and the old woman went to the river to wash some clothes.
No sooner had the old woman begun her washing than she was very surprised to see a big peach come floating down the river. It was the biggest peach she'd ever seen in all her life. She pulled the peach out of the river and decided to take it home and give it to the old man for his supper that night.
Late in the afternoon the old man came home, and the old woman said to him: "Look what a wonderful peach I found for your supper." The old man said it was truly a beautiful peach. He was so hungry that he said: "Let's divide it and eat it right away."
So the old woman brought a big knife from the kitchen and was getting ready to cut the peach in half. But just then there was the sound of a human voice from inside the peach. "Wait! Don't cut me!" said the voice. Suddenly the peach split open, and a beautiful baby boy jumped out of the peach.
The old man and woman were astounded. But the baby said: "Don't be afraid. The God of Heaven saw how lonely you were without any children, so he sent me to be your son."
The old man and woman were very happy, and they took the baby to be their son. Since he was born from a peach, they named him Momotaro, which means Peach Boy. They loved Momotaro very much and raised him to be a fine boy.
When Momotaro was about fifteen years old, he went to his father and said: "Father, you have always been very kind to me. Now I am a big boy and I must do something to help my country. In a distant part of the sea there is an island named Ogre Island. Many wicked ogres live there, and they often come to our land and do bad things like carrying people away and stealing their things. So I'm going to go to Ogre Island and fight them and bring back the treasure which they have there. Please let me do this."
The old man was surprised to hear this, but he was also very proud of Momotaro for wanting to help other people. So he and the old woman helped Momotaro get ready for his journey to Ogre Island. The old man gave him a sword and armor, and the old woman fixed him a good lunch of millet dumplings. Then Momotaro began his journey, promising his parents that he would come back soon.
Momotaro went walking toward the sea. It was a long way. As he went along he met a spotted dog. The dog growled at Momotaro and was about to bite him, but then Momotaro gave him one of the dumplings. He told the spotted dog that he was going to fight the ogres on Ogre Island. So the dog said he'd go along too and help Momotaro.
Momotaro and the spotted dog kept on walking and soon they met a monkey. The spotted dog and the monkey started to have a fight. But Momotaro explained to the monkey that he and the spotted dog were going to fight the ogres on Ogre Island. Then the monkey asked if he couldn't go with them. So Momotaro gave the monkey a dumpling and let the monkey come with them.
Momotaro and the spotted dog and the monkey kept on walking. Suddenly they met a pheasant. The spotted dog and the monkey and the pheasant were about to start fighting. But when the pheasant heard that Momotaro was going to fight the ogres on Ogre Island, he asked if he could go too. So Momotaro gave the pheasant a dumpling and told him to come along.
So, with Momotaro as their general, the spotted dog and the monkey and the pheasant, who usually hated each other, all became good friends and followed Momotaro faithfully. They walked a long, long way, and finally reached the sea. At the edge of the sea Momotaro built a boat. They and all got in the boat and started across the sea toward Ogre Island.
When they came within sight of the island, they could see that the ogres had a very strong fort there. And there were many, many ogres. Some of them were red, some blue, and some black.
First the pheasant flew over the walls of the fort and began to peck at the ogres' heads. They all tried to hit the pheasant with their clubs, but he was very quick and dodged all their blows. And while the ogres weren't looking, the monkey slipped up and opened the gate of the fort. Then Momotaro and the spotted dog rushed into the fort and started fighting the ogres too.
It was a terrible battle! The pheasant pecked at the heads and eyes of the wicked ogres. And the monkey clawed at them. And the spotted dog bit them. And Momotaro cut them with his sword. At last the ogres were completely defeated. They all bowed down low before Momotaro and promised never to do wicked things again. Then they brought Momotaro all the treasure they had stored in the fort.
It was the most wonderful treasure you can imagine. There was much gold and silver and many precious jewels. There was an invisible coat and hat, arid a hammer that made a piece of gold every time you hit it on the ground, and many other wonderful things. Momotaro and his three helpers carried all this in their boat back to the land. Then they made a cart and put all the treasure in the cart and pulled it back to Momotaro's house.
How happy the old man and woman were when they saw their son return safely from Ogre IsIand! They were very rich now with all the treasure that Momotaro had brought, and they all lived together very, very, happily
कथा - राधेरामको विगत र वर्तमान
अनिता श्रेष्ठ “अर्पिता’
राधेरामको आफनो छोरा छोरीको पारा देख्दा यति रिस उठ्छ कि भनेर साध्य नै छैन् । आफू त सानोमा खोले मात्र खाएरु नांगै खुटामा पाठशाला गएर पढेको तर छोरा छोरी भने विहान देखि स्याण्डविस, केक खुवाउँदा पनि उल्टो पिजाको माग गरेको देखेर दिक्क लाग्छ । आफुले त सानोमा भात र मासु खान पनि दशै आउनुपर्दथ्यो नयाँ लुगा त पाँच वर्षको एकचोटि फेर्न पाइन्थ्यो । लुगा मैलो कालो जताततै प्वाल र लाज ढाक्न पनि गाहो हुन्थ्यो । पाठशाला जान पनि ३ घण्टा हिडेर जानु पर्दथ्यो तर छोरा छोरीलाई भने घर अगाडी गाडी आएर लगेता पनि कस्तो गाहो समय नै नपुग्ने भनेपछि एकैचोटि रिसले मुरमुरिएर श्रीमति, छोरा र छोरीलाई ठूलो स्वरले गाली गर्दथ्यो । तीनजना एकपक्ष भएर एकै स्वरमा कराउँथ्यो “कस्तो कन्जरभेटिभ हाउ व्याड इज आवर डयाड“राधेराम कार्यालयको उपसचिव भएता पनि सिम्पल लुगामा नै अफिस जान्थ्यो । अनि विगतमा आफू गोठमा सुतेर वति थिएन आगो वालेर पढ्दा टोपी जलेको र किताव पनि जलेको कहानी मनमा रहिरहेकोले हाइफाइ गर्न नै मन लाग्दैन्थ्यो भने उ वोर्डिगंमा छोराछोरीको कार्यक्रममा जाँदा माइ डयाड् इज कमिगं विथ पाखे भन्दा राधेरामलाई सहि नसक्नुको हुन्थ्यो । श्रीमति संग पार्टीमा जाँदा पनि सालीहरुले होइन भिनाजु अलिकति त परिवर्तन भएर दिदिको चित पनि वुझाउनु पर्यो नि कस्तो कन्जरभेटिभ भिनाजु यसो डिस्कोमा जाउँ भन्दा पनि नमान्ने कस्तो ...............
उ पुर्पुर्रामा हात राखेर सोच्थे जिन्दगी के हो के छक्क पर्दथे त्यही भएर दारी पनि कहिले काट्दैनथ्यो । श्रीमतिले दारी काट भन्दा भन्दा कहिले काट्दैन्थ्यो । यसरी वषौ देखि राधेराम हाइ स्ट्याण्डर घरमा गाडी सहित वसेता पनि उन्को मन कहिले खुशीका साथ रमाउन सकेन आफुले कम्प्युटर चलाउन थालेको भर्खर २ वर्ष भयो। दिसा पुछ्न नजान्ने छोराले ल्यावटपको माग गरेको देख्दा उन्को शीर देखि तातिएर आउँथ्यो ।
उ उपसचिव भएता पनि श्रीमति छोरा र छोरीहरुले चाहेको जति पैंसा कमाउन नसक्ने थियो । शुद्ध कमाईको कारणले पैंसा प्रयाप्त भने हुँदैन्थ्यो ।अनि श्रीमति फलाक्न थाल्थे फलानाले यति कमायो डिस्कानाले यति कमायो । त्यसमा पनि उ सोझो भएको देख्दा कहिले काँही त मरौ मरौ जस्तो पनि लाग्दथ्यो ।
उन्को श्रीमति आफनो साथी संगिनी र नाताहरु भने हुरुक्क हुन्थयो भने घरपरिवार नातागोता सँग भने जहिले पनि रिसाएको व्यवाहार देख्दा राधेराम मर्नु न वाँच्नुको दोसाधमा परेको थियो ।
एकदिन राधेरामको पुरानो मित्र अगस्थिराम भेट्न आउँछ मनभरि वह पोख्छ । राधेरामको कुरा सुनेर अगस्थिरामले राधेरामलाई सम्झाउछ र भन्छ यो सवै जनरेसन ग्याप हो वावु समय अनुसार चल्नुपर्दछ । उन्को साथीवाट पनि उसले उचित खालको जवाफ पाउन सक्दैन र फेरि दिक्क मानेर वेसरी कराउछ अगस्थि तिमी पनि किन परिवर्तन हँ ?
उनको हाँसो (कथा)
– श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत
तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै आभिया भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा हामीसँग बढी नै मिल्ने र हाम्रो समस्या बुझ्ने खाले थिई । उनी सबैजना कामदारहरुसँग अति नै मिलनसार र समझदार थिई । उनीसँग काम गर्न थालेको दुई हप्ता पछि एक राति उनी र मसँगै बेलुकीको खाजा खान थाल्यांै, खाजा खाइसकेपछि १० मीनेट जति समय अझै बाँकी भएकोले हामी त्यतिकै आराम गर्न लागेका थियौैै । अचानक उनी एक्लै खिलखिलाएर हाँस्न थाली । मैले आश्र्चयचकित हुँदै साधें – ”तपाइँ ठिकै त हुनुहुन्छ, आभिया ?“ उनी एकैछिनमा गम्भीर हुदै बोली—“सत्य मलाइ केहि पनि नसोध्नु । मलाइ म जस्तो छु , म जे गर्दैछु, त्यस्तै छाडिदिनुस् । कृपया मसँग केहि पनि नसोध्नुहोला । ” मलाइ यति भनेर उनी एकछिन चुपचाप रही र पूनः एक्लै खिलाखिलाएर हाँस्न थाली— “ हा..................हा ..........।”
मलाइ अचम्म लाग्यो उनको यो स्वभावप्रति तथापि म उनीसँग केही पनि बोल्न र सोध्न सक्दिनथें, उनले मेरो मुख पहिल्यै टालिदिइसकेकी थिई । भोलिपल्ट मैले दिउँसो काम गर्र्ने एकजना साथीलाई आभियाको बारेमा सोधें — उसले भन्यो — “ए, त्यो केटि पगली हो, उनको विरुद्धमा धेरै साथीहरुको गुनासो गएकोले उनीलाई रात्रीको काममा खटाइएको हो । उनी पगली हुन्, कहिले हास्ँछे, कहिले रुन्छे, उनको केही कुरा नपत्याउनु, ।” त्यो साथीले मलाई अभियाको बारेमा यस्तै कुराहरुले मेरो कान भरिदियो । त्यसदिन पछि पनि अरु सुपरभाईजरहरु वार्षिक विदामा भएकोले, म लगातार अभियासँग रात्री ड्युटीमा पर्न थाले । अभिया आफ्नो काम सम्पूर्णताका साथ गर्थी र फुर्सदको समय भयो कि एक्लै हाँसिरहन्थी । म उनलाई केहि सोध्न पनि सक्दिनथें । उनी म भएको नभएको केहि प्रवाह नगरी एक्लै हाँसिरहन्थी , मानौं कोठामा उनी नितान्त एक्लै छे । समय यसरी नै बितिरहयो, न मैले अभियालाई केही सोध्न नै सके न आभियाले उनको त्यो हाँसोको केही रहस्य बताउन चाही । बिस्तारै बिस्तारै राती काम गर्ने सहकर्मीे साथीहरुले पनि उनलाई “पगली” भन्न थाले । प्रायः म नै उनीसँग काम गर्नेमा पर्थे । उनीसँग काम गरुन्जेल त साह्रै आनन्द आउँथ्यो, उनी हरतरहले दत्तचित भएर काममा लीन हुन्थी तर जब ब्रेक हुन्थ्यो, उनी पूनः खिलखिलाउन थाल्थी । मसँग मूकदर्शक भएर रहनु भन्दा अन्य केही उपायै रहँदैनथ्यो ।
एक रात ब्रेकमा खाजा खाइसकेपछि उनी हाँस्न थाल्नुभन्दा अगाडि नै मैले उनलाई सोधें—आभिया, तपाइँलाई दिनमा काम गर्न मन पर्छ की रातमा?” आभियाले तत्कालै भनी —“सत्य, तपाइँ धेरै बाठो हुन थाले जस्तो लाग्यो मलाई, एकछिन पनि शान्त रहन सक्नुहुन्न, होइन त ? त्यसैले त चुप रहनुको सट्टा मसँग बोलेर यो अमूल्य समय कटाउन चाहनुहुन्छ, होइन त ? मानिसहरुलाई समय बिताउन कति गा¥हो ? यसको लागि कहिले पब जान्छन्, कहिले मूभी, कहिले थिएटर, कहिले बियर र रक्सीको शरणमा जान्छन् । कहिले घुमेर, साथीहरुसंग बोलेर समय बिताउँछन्, उनीहरुलाई थाहै छैन की यसो गरेर उनीहरुले आफूलाई छिटो छिटो मृत्युको मुखतिर धकेलिरहेका हुन्छन ्। हा— हा— हा । “ उनी पूनः एक्लै २ मिनेट जति हाँसिरही र फेरी बोली “मानिसहरु टाइम पास भन्दै के गरिरहेका छन् त ? आफ्नै जीवनलाई पास गरिरहेका छन्, जीवनका महत्वपूर्ण अनमोल क्षणहरुलाई गुमाइरहेका छन् । हा— हा— हा......टाईम पासको नाममा छिटो छिटो मृत्युको मुखमा पस्न हतारिरहेका छन् मानिसहरु... हा— हा— हा ।” उनले एक्लै हाँसेर बाँकी ब्रेकको समय कटाई । म चुपचाप उनलाई सुनिरहें । कमसेकम हाँसोसंगै आज उनी मसंग केही त बोली—म यसमा खुसी नै थिएँ ।
अर्को हप्ता पनि सदा जस्तै ब्रेकको समयमा खाजा खाँंदै मैले सोधें— “तपाईले अस्ती मैले सोधेको प्रश्नको जवाफ दिनुभएन नि ?” “के उत्तर कस्तो उत्तर ? म कसैलाई उत्तर दिने कसैको शिक्षिका होइन र तपाइँ जस्तो परिपक्व मानिसले आफ्नै जीवनबाट सबै प्रश्नको उत्तर खोज्नुपर्छ । कसैलाई सोधेर केही फाइदा ? अरुले दिएको उत्तरले तपाईको चित्त बुझ्ला ? त्यो अरुको उत्तरले तपाईको आफ्नो समस्या समाधान होला ?” मैले उनलाई हाँस्ने चेष्टा गर्दै भने “आभिया तपाइले गलत बुझ्नुभयो, मैले तपाईलार्ई त्यस्तो प्रश्न सोधेको होइन, तपाइँलाई दिनमा काम गर्न मन पर्छ कि रातमा ? भनेर मात्र सोधेको थिएँ ? आभिया फेरि कड्की —“यो मेरो नितान्त व्यक्तिगत कुरो हो । तपाइँलाई जवाफ दिनै पर्छ भन्ने छैन, म जरुरी ठान्दिनँ । फेरि रातमा र दिनमा के नै अन्तर छ र ? मानिसहरु किन यो दिन, यो रात भनेर मूल्यांकन गर्छन् ? के दिन र रात बीच त्यस्तो वृहत अन्तर छ र ? दिनकै निरन्तरता रात हो भने रातको निरन्तरता दिन हो । यिनीहरु एउटै धागोका २ छेउ हुन् भने यिनीहरु बीच अन्तर के नै छ र ? अनि मलाई दिन मन पर्नुपर्ने किन, रात मन नपर्नुपर्ने किन ? अथवा मलाई रात मन पर्नु पर्ने र दिन मन नपर्नुपर्ने किन ? फेरि यो मन पर्ने नपर्ने भन्ने पनि कुनै कुरा हुन्छ र ? मन पर्नु र नपर्नु बीच पनि म त केही भेद देख्दिन किनकि न त कुनै कुरा सधैं मन परिरहनै सक्छ न त कुनै कुरा सधैं मन नपरिरहनै सक्छ । त्यसैले यो रात, यो दिन , यो मनपर्छ यो मन पर्दैन भन्ने कुराहरु पूरै बकवास हुन् , मूर्खहरुले गर्ने कुरा हुन् तर यसो नगर्ने मानिसहरु कति जना नै होलान् र ? त्यसैले हेर्नुहोस् यहाँ सब मूर्खहरु छन् । हाम्रा यी तथाकथित म्यानेजर , डाइरेक्टरहरु आफूलाई जान्ने सुन्ने, पाको र परिपक्व ठान्छन् ती सबै जीवनका सत्यदेखि अपरिचत छन् । मलाई त तिनीहरु बच्चै जस्तो लाग्छन् । महामूर्खै लाग्छन् । सब मूर्खहरु . हा— हा— हा........।”
आभियाका कुराहरु म काट्नै सक्दिनथें । उनका कुराहरु पागलपन होइनन्, मलाई त दार्शनिक लाग्दै जान थाल्यो र उनको हाँसोभित्र पनि म गहिरो व्यँग्य र रहस्य छिपेको आभास पाउँथे । त्यस दिन त्यसपछि उनी अटूट हाँसोको श्रंखलासंगै काममा फर्की । मसँग अरु केही पनि बोलिनन् । त्यसै रात पछिको बिहान म कलेज जानुपर्ने भएकोले मैले आभिया घर जाने रेलमै आभियासँगै बीचसम्म जानुप¥यो । रेल स्टेसनमा मानिसहरुको अोइरो, रेलमा चढ्न र रेलबाट झरेर दगुरेको द्दृश्य देखिन्थ्यो । हामी रेलको सीटमा बस्नै बितिक्कै उनी पूनः मरीमरी हाँस्न थाली । म भने रेलका अन्य यात्रीहरुले हेरेर के भन्लान् भनी अप्ठेरो र संकोचले रातो पिरो भएको थिएँ । उनी अचानक बोली —“सत्य, धन्दा नमान्नू, यहाँ तपाइँ रोइ कराए पनि कसैले वास्ता गर्दैन । किनकी ती कसैलाई हाम्रो चिन्ता गरिरहने फुसर्द छैन । हामीले हेर्दा यी मानिसहरु शान्त र स्तब्ध देख्छांै तर यिनीहरुको चेतनामा मेरो हाँसो भन्दा भयंकर हाँसो — रोदन , तर्क —वितर्कको कोलाहल मच्चिरहेको छ त्यसैले म हाँसेको कसैले सुन्दैनन् यहाँ, तपाइँ केही अप्ठेरो नमान्नू ।” एक क्षण उनी चुप लागेर फेरि बोली —“यी मानिसहरु अघि कहाँ जान कुदिरहेका होलान् त्यसरी ? यहाँ पाँच पाँच मिनेटमा ट्रेन आउछ तापनि मानिसहरु कुदेका छन् कुदेकै छन्, थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् । ट्रेन चढनु अघि र ट्रेनबाट झरेपछि पनि यिनीहरु कुदेका कुदेकै हुन्छन् — थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् ? हरेक बिहान बेलुका यिनीहरुको दौड देख्दा मलाई अत्यन्तै हाँसो उठ्छ —हा—हा—हा ।”
उनको हाँसो रोकिएन । म रेलबाट उत्रिने ठाउँसम्म उनी निरन्तर एक्लै हाँसि नै रहेकी थिइन् ।
भोलिपल्टको रात्री ड्यूटीमा फेरि पनि उनी र म सदा झै काम संगै सुरु ग¥यौं । कामको बेला पनि अब उनी मसँग बोल्ने र हाँस्ने गर्न थालेकी थिई । शायद उनलाई म उनीलाई नराम्रो रुपमा हेर्दिन भन्ने पक्का भएर होला । उनले काम गर्दा गर्दै सोधी —“सत्य, तपाइँ पत्रिसालाई चिन्नुहुन्छ, होइन ? ” “मैले चिन्दिन” भनेपछि उनले भनी “उनी यहीं दिउसो काम गर्ने सुपरभाइजर हो तर हिंजो बेलुका काम सकेर घर फर्कंदा बाटोमै अचानक बेहोस भएर ढलिछन् र अस्पताल पु¥याउदा त उनी मरिसकेकी रहिछन् । —हा—हा—हा ।” उनी एक क्षण हाँसि सकेर बोल्न थाली —“ म उनी मरी भनेर खुशीले हाँसेको होइन । कसैको मृत्युमा रुनु र हाँस्नुपर्ने कही कारण छैन किनकी मेरो पनि बाटो त्यही नै हो । तर मलाई हाँसो त यस कारण उठ्छ कि मानिसले म पनि एक दिन सदाका लागी यस धर्तीबाट जानैपर्छ भन्ने सत्यलाई जीवनभर कहिल्यै पनि स्वीकार्दैन । यो पत्रिसाले गर्दा नै हाम्रो भेट भएको हो, यिनले नै मेरा भए नभएका कुरा म्यानेजरसंग गरेर मलाई रात्री काममा पठाइएको हो । मलाई आश्चर्य लाग्छ किन मानिसहरु यस्तो काम गर्छन् ,कार्यालय भित्र पनि मानौं सदैव जरा गाडेर बस्ने जस्तो पोलापोल, चुक्लाचुक्ली गर्छन्, खुट्टा ताना तान गर्छन, तर न त यो कार्यालय नै आफ्नौ हो, न त यो संसार नै ? किन मानिसहरु लुछाचँुडी गर्छन् , किन अर्काको नराम्रो गर्न चाहन्छन् । जीवन चाँडै ओइलिएर झर्छ भने किन मानिस सुबास छरेर मात्र बस्नुको सट्टा काडै काँडा लिएर अरुलाई घोच्छन् र आफू पनि छिया छिया भएर बाँच्छन् । त्यसैले त म हाँस्छु , मलाई हाँसो उठ्छ — यस्तै यस्तै कुरा सम्झेर । तर मानिस जस्तो मूर्ख, नीच र तुच्छ प्राणी अरु कोही पनि छैन । एक बाघले अर्को बाघको कहिल्यै पोल लगाउँछ ? एक सिंहले अर्को सिंहको खुट्टा कहिल्यै तान्छ ? एक गिद्घले अर्को गिद्घलाई कहिल्यै ठुंग्छ ? तर हेर त यी तथाकाथित “श्रेष्ठ” जीव मानिसले के कस्तो हर्कत देखाउछन् ? त्यसैले मलाई हाँसो उठ्छ, सत्य । जहाँसम्म लाग्छ — यो हाँसो एकदमै स्वभाविक पनि हो । मानिस अलिक जागरुक हुने हो भने यी यस्ता कुराहरु देखेर, सम्झेर जसलाई पनि हाँसो उठ्छ, हाँस्नुपर्ने कुरा नै हो यो ...हा...हा........ ।” उनी फरि हाँस्न थाली । आभियासंगको साथ मलाई निकै रमाइलो लाग्न थालेको थियो । उनको कुराहरु जीवनको यथार्थ र दर्शन झैं प्रत्याभूती हुन्थ्यो । उनको हाँसोले मानव जाती जो अहंकार र स्वार्थले अन्धो छ, उनीहरुलाई घोर व्यंग्य गरेको जस्तो लाग्दथ्यो । सदा झैं उनीसंगको सामीप्यतामा मैले जीवनको कुनै नयाँ पाठ सिकेको महशूस गर्दथे । विस्तार विस्तार म उनीसंग कुरा गर्दै जान थालें र उनी पनि मसंग खुल्दै जान थालेकी थिई । एक दिन उनी काम गर्दा गर्दै सदा झै खिलखिलाएर हाँस्न थाली । मैले सोधे “फेरि कुन जोक सम्झिनुभयो तपाईले ?” उनी बोल्न थाली – “यो संसार नै त जोक हो सत्य । मानिसहरु मृत्यु सुनिश्चित छ भनेर जान्दा जान्दै पनि किन यति विधि स्वार्थी र अन्धो छ ? आफ्नो अन्तिम गन्तब्य र भविष्य प्रति किन ऊ सदा अन्जान झैं रहन्छ । एक दिन मर्नु छ तापनि ऊ अर्काको नराम्रो चिताएर कहिल्यै थाक्दैन । इष्र्या र अहंकारले नै ऊ मदहोस, बेहोश छ । अन्य धेरै मानिसहरुको के कुरा गर्नु ? यहीं हेनुर्स् न —जसले मेरो बिरुद्घ म्यानेजरलाई पोल हाले, भए नभएको कुरो लगाए, के उनीहरु जीवनको सत्यसँग परिचित छन् त ? यति सानो कार्यक्षेत्रमा पनि रातदिन खुशामदी, पोलापोल गरिरहन्छन् । त्यसैले त मलाई हाँसो उठ्छ, सत्य । आफू , एक दिन जमीनमुनि भास्सिनु त छँदैछ फेरि पनि किन मानिसहरु यो अस्थायी र छोटो जीवनमा पनि सबैको भलो र राम्रो चिताएर बाँच्न उसलाई के को कठिनाई छ कुन्नि ? यसै कुराले त मलाई मरिमरि हँसाउछ नि, सत्य । हा—हा—हा” उनी हँािसरही, हाँसिरही, अविराम हाँसिरही । “जस जसले मेरो बारेमा म्यानेजरलाई कुरा सुनाएर मलाई कार्यवाहीको भागी बनाउन चाहे, यो ३ महिनाभित्र तिनीहरुले पनि यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । सबैले यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । यसको मतलब यो होइन की म चाहीं सधैं यहाँ रहिरहनेछु त्यो त म कदापि चाहन्न । तर उनीहरु भने यहाँ जमेर बस्न चाहेका थिए तर सा¥है नराम्रो भएर यहाँबाट बिदा हुनुप¥यो उनीहरुले । त्यसैले यसबाट के सिद्घ हुन्छ भने अर्काको कुभलो सोच्नेहरुको आफ्नै कुभलो हुन्छ । यो प्रकृतिको नियम हो तर यसमा म खुशी हुनुपर्ने केही पनि छैन न त उनीहरुको व्यवहारबाटै म दुःखित हुन नै जरुरी छ । म यसमा दुःखी छैन, कति पनि छैन । यी मूर्खहरु , यी भविष्य नसोच्ने, नदेख्ने अन्धोहरुको व्यवहारबाट दुःखी र खुशी हुनुपर्ने त म कुनै कारणै देख्दिनँ । तर मूर्ख मानिसहरु जीवनभरि नै अर्काले जे भन्यो त्यसैको पछाडि दगुरिरहेका छन् । अर्काले गाली ग¥यो रुन्छन्, अर्काले प्रशंसा ग¥यो मक्ख परेर हाँस्छ तर आफू वास्तवमै गाली या प्रशंसाको योग्य हो या होइन यो कहिल्यै जान्दैनन् । गजब त यो छ की ऊ यो जान्ने प्रयास पनि कदापि गर्दैन । गरोस् पनि कसरी ? मानिसहरु त म संधै एक किसिमको बेहोशीमै रहेको पाउँछु । बेहोशीहरुको चलाखी र धूर्तता देखेर मलाई हाँसो उठ्ने गर्दछ, सत्य मलाई , हा हा हा.....................” उनी हाँस्न थाली ।
उनको यस्तै कुरा र काममा सुसंचार, राम्रो सहयोग र समन्यवका कारण रात्री काम गर्ने स्टाफहरु बीच आभिया प्रिय हुँदै गई । रात्री स्टाफहरुबीच एक सुसम्बन्ध, राम्रो सहयोग र समन्वय कायम भएको थियो र सबैजनालाई काम गर्न धेरै सहज भएको थियो । हामी सबै स्टाफहरु त्यहाँ पारिवारिक सदस्यहरु झैं भएका थियौं । खाजाहरु बाँडेर एक आपसमा साटेर, खान थालेका थियौं । सबै कामहरु कोही एक एक जनालाई जिम्मा दिनुभन्दा सबै मिलेर गर्ने गथ्र्यौं भने प्रत्येक निर्णयमा आभियाले सबैजनालाई सहभागी गराउँदथी । हुन त प्राय सबैलाई काममा जान भनेकी कठिनता र विरक्त लागेर आउँछ । जुन पहिले मलाई पनि हुने गर्दथ्यो तर पछि आएर आभियाको शिफ्टमा काम गर्न सबै लालयित हुन्थे । बिहानै जब दिनमा काम गर्ने स्टाफहरुलाई रातभरिका काम र समस्याहरुको ह्ेण्ड ओभरका बेला हामी सबैलाई प्रसन्न र सक्रिय देख्थे शायद उनीहरु इष्र्याले भरिन्थे होलान् । कहिलेकाहीं आभिया हेण्ड ओभर सकिएकी आफ्ना सबै रात्री स्टाफहरुलाई बोलाएर भन्थी “काम त हामीले यसरी गर्ने हो – पारिवारिक वातावरणमा हाँस्दै, खेल्दै, आपसमा सघाउँदै । यी दिनका स्टाफहरु हम्रो केही रहस्य जान्न सकेकै छैनन्, रातभर नसुतेर काम गर्छन्, काममा त्रुटी पनि केही छैन तर सबै उर्जाशील र हँसिला देख्छन् । उनीहरुले यसको रहस्य जानेकै छैनन् । उनीहरु छक्क पर्दा हुन्, हाम्रो खुशी र समूह कार्यको जादू देखेर । तर के मतलव उनीहरुको हामीलाई ? हामी उनीहरुका लागी केही गर्दैछैनौं यहाँ । हामी सबै आ–आफ्नै बाध्यताका कारण यहाँ छौं । धन्यवाद सबै जनालाई मलाई रातभर सघाउनुभएकोमा ।”
यसरी नै आभिया सफल सुपरभाइजर र स्टाफहरुको असल साथी बनेकी थिई तर कम्पनि प्रशासनसमक्ष यो कुरा पुगेछ की आभिया सबै स्टाफसँग मिलेकोले रातीको काम राम्रो भएको छैन । फलस्वरुपः उनीहरुले हाम्रा लागी रात्री निरीक्षण पनि गरे तर केही खोट उनीहरुले पाउन सकेनन् । उनीहरु आउँदा हामी सबै आ आफ्नै काममा दत्तचित्त भएर लागि परेका थियौं । तर त्यो समाजमा राम्रो, छुट्टै र नयाँ शैलीले काम गर्नु नै आभियाको दोष ठहरियो क्यारे । त्यो निरीक्षणको ४ हप्तापछि नै आभियालाई कार्यवाही गरियो, उनलाई सुपरभाइजरबाट हामी सरह कामदारमा डिमोसन गरियो । आभियाले यो कार्यवाहीलाई कसरी लिई त्यो त थाहा पाउन सकिन । त्यसको लगत्तै आभिया वार्षिक बिदामा बस्न थाली । त्यस क्रममा मैले उनलाई मोबाइलमार्फत् सम्पर्क गर्ने कोशिस त गरें तर उनको मोबाइल कहिल्यै उठेन ।
काममा त्यत्ति जाँगर लाग्दैनथ्यो । आभिया बिना त्यो कार्यस्थल नै सुनसान र अभिभावकविहीन जस्तो लाग्न थालेको थियो । त्यो घर जस्तो लाग्ने ठाउँ नै अब बन्दी गृह जस्तो लाग्न थालेको थियो मलाई । आभिया फर्किनन्, उनी फर्किने आशामा मैले हप्तौं बिताएँ । सदा झैं ग¥हुँगो हृदय लिएर म लगातार दुइ दिनको विश्राम पछि काममा गएँ । हाम्रो स्टाफ रुममा एउटा ठूलो बिदाइ पोष्टकार्ड टाँसिएको थियो जसमा लेखिएको थियो “म जहाँ भए पनि जुनसुकै अवस्थामा भए पनि म तपाइँ मेरा सहकर्मी साथीहरु सबैलाई सम्झिरहनेछु । बिदाइ सबैलाई ” कार्डको पुछारमा आभियाको नाम र हस्ताक्षर थियो । म स्तब्ध भएँ, मैले केही सोच्नै सकिनँ । मैले दिउँसोको एकजना स्टाफसँग आभियाको बारे सोधें । उसले बतायो “ हिंजो बिहानभर आभिया यहीं थिई सबैलाई बिदाइको चकलेट दिएर गई । हिंजो बेलुकी उनको फ्लाइट थियो । आज त घर पुगिसकी होली । उनी अब सदाका लागी आफ्नै देश फर्किसकी । तर उनी दुखी देखिंदैनथी, उनी सदाझैं हर्षित नै देखिन्थी । जानु अघि हामीसँग धेरैबेर हाँसिरही......................।”
आभिया किन यत्ति कठोर होला मैले उनलाई पछि न भेट्न नै सकें न बिदाइ नै गर्न सकें । मलाई आभियाको यो स्वभावदेखि बेलाबेला रिस उठिरहन्छ तर उनको हाँसो भने सधैं मेरो कानमा गुन्जिरहन्छ ।
समाप्त

Subscribe to:
Posts (Atom)