Showing posts with label आफ्नै कुरा. Show all posts
Showing posts with label आफ्नै कुरा. Show all posts
लोकप्रिय
गज़ल कार्यक्रम "यो साँझ यो सुबाश" को गज़ल प्रतियोगिताको
लागि छनोटमा परेको मेरो यो गजल सुन्नु भइ तपाईहरुलाई मन परेमा LIKE गरेर सहयोग गरिदिनु
हुन अनुरोध गर्दछु ।
LIKE गर्नको लागि तल दिएको link
मा click गरेर
KRISHNA K SHRESTHA”KAALS”
प्रतियोगी
गजल नं १५ मा भएको भिडियो मुनिको facebook ko like button मा click गर्नुहोला
।
http://www.facebook.com/YoSanjhYoSubashWithPradipGiri
आरोह अवरोह.....
मैले ब्लग लेख्न सुरु गरेको पनि दुइबर्ष बितिसकेछ । सुरुसुरुमा धेरै कठिन प्रयास गरि जानीनजानी ब्लग चलाउन सुरुगरेको थिएँ मैले । ब्लगको मुहार राम्रो बनाउनको लागि मैले रातारात नसुतेर पनि बनाउने गर्थे । ती मेरा सुरुका दिनहरु सम्झदा अहिले यो मेरो ब्लगलाइ मेरो जिन्दगि भरिनै समय दिन्छु जस्तो लागेर आउँछ, जस्तो सुकै बाधाहरु आइपरेपनि । हेरौं अब कति सम्म अघि बढ्न सकुँला ?
![]() |
| ब्लगको नयाँ डिजाइन |
लेख्ने कुराहरु धेरै छन् , तर यो बिदेशी व्यस्तताले गर्दा मैले चाहेर पनि ब्लगलाई त्यति धेरै समय दिन सकिरहेको छैन । फुर्सदको बेलामा केहि गजल, कविता, कथा, स्थान परिचय लगायतका सामाग्रीहरु लेखेर पस्कने गरेको छु । सायद मेरा यी रचनाहरु त्यति राम्रा त छैनन् होला तर पनि मैले लेख्ने काम भने छोड्न सक्दिन । त्यसैले निरन्तर लेखि रहने विश्वास दिलाउन चाहन्छु ।
धेरै समय बितिसकेपछि आफुलाई मन पर्ने यहि ब्लगको डिजाइनमा अलिकति चित्त बुझेन जस्तो महसुस भयो मलाई, त्यसैले मैले मेरो ब्लगको डिजाइनमा केहि फेरबदल गर्ने कोसिस गरेकोछु । अनि ब्लगको टाईटल पनि परिबर्तन गरेर आरोह अवरोह राखेको छु । तपाईहरुलाई कस्तो लाग्यो मेरो यो नयाँ ब्लगको डिजाइन? के गर्दा राम्रो हुन्छ होला? सल्लाह सुझाब दिनुभयो भने म आभारी हुनेथिएँ ।
बाँकि अर्को भेटमा ........
तीस तला माथी बाट
मंगलबार अस्तिको दिन केहि काम बिशेषले गर्दा जापानको अति ब्यस्त रेल स्टेसन सिन्ज्युकु र सिबुयामा अबस्थित योयोगी पार्कमा म र मेरा साथीहरुसंग गएको थिएँ । त्यहि मौका पारेर ३० तला अग्लो बिल्डिङबाट केहि दृश्य हरु कैद गर्ने मौका पाएको थिए । हुन त यस बिल्डिङभन्दा अग्लो बिल्डिङबाट पनि फोटो खिच्ने चाहना त थियो तर केहि समस्याले गर्दा सकिरहेको थिइन । आज त्यहि फोटोहरु यहाँ राख्ने कोसिस गरेकोछु ।
| ३० तला माथि बाट देखिएको सिन्ज्युकु बजार |
| फोटो खिच्न लाग्दै मेरा साथी बिमल |
| बाहिर नियाल्दै(म ) |
| बाहिरी दृश्य |
| बिकसित घरहरु |
| लडिएला कि ? थोरै डर |
| ब्यस्त शहर बीचमा यस्तो सुन्दर पार्क |
हरियो बृक्ष |
| फोटो खिच्न पोज दिदै |
| आहा ! कति राम्रो हरियाली ..... |
म किन लेख्छु ?
बिदेशी मरुभूमिमा कुनै फूल फुल्दैन अनि कुनै कुरा पनि उम्रिदैन भन्थे तर ठिक उल्टो रहेछ यहाँको यथार्थता म आफै विदेश आइहेर्दा । यहाँ माया, ममता जस्ता कुरा हैन यहाँ बिदेशी पिडा, दुख अनि तडपाईका धेरै कविता, गजल, गीत कथा अनि यस्तै यस्तै अन्य धेरै साहित्यिक सृजनाका राम्रा राम्रा फूलहरु फूल्दारहेछन अनि फस्टाउदा रहेछन हलहल्ति । र म पनि कोपिलारुपी गजलको रुपमा फुल्न थालेछु थाहै नपाई यो प्रवासी भूमिमा ।
सायद म यदि परदेशीएको नभए आज मैले मेरो गजलसंग्रह "धन कमाउने सपना" प्रकासन गर्न सक्ने पनि थिइन् होला जस्तो मलाई लाग्छ । हुनत नेपाल छँदा पनि मैले साहित्यमा धेरथोर कलम नचलाएको भने होइन, लेखिन्थ्यो त केहि मायाप्रेमका कविता, गजल, फुटकर कविताहरु अनि कथाहरु मात्र, त्यो पनि रहरै रहरमा । तर नेपाल अनि नेपालको माया, देशप्रेमका भावनामा डुबेर लेखिएका सृजनाहरु मैले कमै मात्र लेखेको हुँला त्यसैले यसमा म देश प्रति अहिले क्षमा माग्न चाहन्छु । तर जव म परदेशीए अनि अरुलाई जस्तै मलाई पनि देश प्रतिको माया र सम्झानाहरुले सताईनै रह्यो र हरप्रहर याद दिलाईरह्यो । अनि मलाई देशप्रेम, बिदेशिनुका पिडा, रोदनका गजल, कथा अनि कविता लेख्न जबर्जस्ति कर गरिरह्यो र गरिरहेको छ अझै पनि ।
साथै जब जब नेपाली चाडपर्बहरु आउँछन तब झन् नेपालको माया अनि सम्झनाले पिरोलिदिन्छ हामीलाई । र आफ्नो मन थाम्नको लागिनै भए पनि मनमा उब्जेका भावनालाई नपोखी बस्ने सक्दैनौ हामी बिदेशी भुमिमा बस्नेहरु । अनि लाग्छ हामीलाई नेपाली चाडपर्व कहिल्यै पनि नआओसकी हामीलाई झन् देशको माया अनि सम्झनाले तडपाएर हामीलाई दुखि नबनाओस ।
त्यसो त बिदेशमा पिडा अनि दुख मात्र छ भन्न खोजेको पनि होइन मैले । यहाँ धेरै राम्रा काम लाग्ने कुराहरु पनि छन् , जुन हाम्रो देश नेपालमा हामीले देख्न अनि अनुभब गर्न पनि सक्दैनौ । यहा बिकासको त कुरै नगरौ, अतिविकसित सडकहरु, अग्ला अग्ला महलहरु अनि यहाका मान्छेहरुको विश्वास र इमान्दारिताहरुको यहाका सबैथोक हाम्रालागि प्रसंसनिय छन । त्यसैले कहिले कहीं त लाग्छ यदि आफ्नो देशमै यस्तो भैदिएको भए यो बिदेशी भूमिमा आफ्नो परिवार अनि देश छोडेर मरीमरी काम गर्नु पर्दैनथियो होला, स्वोर्गरुपी नेपालमै हलो कोदालो खनेर आफ्नै नेपाली जिन्दगिमा रम्थ्यौ होला । अनि पुकार्छौँ नेपाली आमालाई छिटै नेपालमा सुख शान्ति आओस । अनि म जस्तै लाखौ बिदेशिएका नेपालीहरु नेपालमै फर्केर नेपाली भुमि मै परिश्रम गर्ने प्रण पनि गर्छौ । तर अपशोच हाम्रो देशको विकास, उन्नति कहिले पनि उभो लाग्न सकेन । न राम्रो सरकार बन्छ न त विकास हुन्छ देशको? सधै आन्दोलन र कुर्सिको तानातान मै देश अल्झीरहेको छ । यसमा हामीलाई झन् दुख लागेर आउँछ ।
आशा छ, छिटै देशको अवस्था राम्रो होस् अनि नेपालमै रोजगारीको अवसर बढ्दै जाओस अनि नेपालबाट बाहिर हैन की विदेशबाट बिदेशीहरु काम गर्नको लागि नेपाल आउने वातावरन बन्न सकोस । अनि म लगायत बिदेशिनुभएका लाखौं नेपालीहरु नेपालमै फर्केर काम गर्ने अवस्था सिर्जना होस । मेरो प्रकाशित गजल संग्रहमा यस्तै यस्तै चाहना, आग्रह भनौ या बिदेशी पीडा, खुसि, प्रेम बिछोड आदि परिवेशहरुमा मेरा गजलहरु बोल्ने कोसिस गरेकोछ जस्तो लाग्छ मलाई ।
खैर, फेरी पनि म त थाहै नपाई भावनामा डुबेर बिदेशी भूमिको बारेमा लेख लेख्नपो थालेछु । भो अब चाहन्न म यस्ता लेख लेखेर झन् मेरो मन बडी दुखि बनाउन ।
गजल लेख्न सिक्दैछु त्यसैले यस भित्रका मेरा गजलहरु गजल बन्न सकेको छ या छैन? मेरो गजलमा कस्ताकस्ता कुराहरु बोलेका छन? राम्रा छन या छैनन्? मुल्यांकन गर्ने अनि प्रतिक्रिया दिने जिम्मा तपाईहरुलाई ।
अन्तमा म, मलाई सबै भन्दा पहिले गजल लेख्नको लागि उत्प्रेरित गर्ने गजल सम्बन्धि कार्यक्रम बुलबुललाई आभार प्रकट गर्दै मेरो यो गजल संग्रह निकाल्नको लागि साथसहयोग, उत्प्रेरणा दिनुहुने सम्पूर्ण मेरा साथीहरुलाई, मेरो सम्पूर्ण परिवार, लगायत मेरा सम्पूर्ण दोलखाली साथीहरु, फेसबुकका मित्रहरु, ब्लगका मित्रहरु अनि तपाइलाई धेरै धेरै धन्यवाद दिदै मेरा गजल पढ्नु भइ मेरा त्रुटि, अनि सुधार गर्नुपर्ने कुरा अनि राम्रा कुराहरु औलाई दिनुहुन् अनुरोध गर्दै बिदा हुन चाहन्छु ।
प्रस्तुत लेख "धन कमाउने सपना" मा लेखिएको लेखकीय हो ।
बुलबुल संग बोल्दा
मैले बुलबुलमा गजल सुन्न थालेको पनि झन्डै ८ बर्ष भैसकेको रहेछ । सुरुसुरुमा HBC बाट बज्ने बुलबुल कार्यक्रम केहि बर्ष बन्द भएपश्चात उज्यालो एफएम बाट पुन प्रशारण भएपछी मैले जापानबाटै अनलाइन मार्फतनै सुन्दै आएको छु । मलाई बुलबुल अझ भन्नुपर्दा अच्युत दाईकै गजल बाचनगर्ने शैलीलेनै गजल लेख्न सिकाएको भन्दा अत्युक्ति नहोला ।
मेरा धेरै गजलहरु बुलबुल मार्फत बजेका छन्, जुन मलाई जति सुनेपनि सुनुसुनु लागिरहन्छ अच्युत दाइको मिठो स्वरमा । त्यसैले मलाई धेरैबर्ष अघि देखिनै अच्युत दाईलाइ भेटेर कुरागर्ने रहर लागिरहेको थियो ।
संयोगबस मेरो यो पटकको नेपाल फर्कने क्रममा मेरो गजल संग्रह "धन कमाउने संग्रह" निकाल्ने जमर्को गरेको थिएँ । र मैले बिमोचन समारोहमा उपस्थितिको लागि अच्युत दाईलाइ फोन गरेको थिए । उहाले मलाई भेट्नको लागि बोलाउनुभयो , अनि मैले भेट्ने समय ठिक गरिहालें । त्यसको केहि समय पश्चातनै उहाले फेरी फोन गरेर मलाई बुलबुल कार्यक्रमको लागि अन्तरबार्ता लिने कुरा बताउनुभयो, जुनबेला म खुसीले धेरै हर्षित भएको थिएँ ।
march 9 तारिख बुधबारको दिन थियो म हतारहतार अन्तरबार्ताको लागि उज्यालो एफएमको स्टुडियो तिर दौडिएँ, मनमा धेरै डर अनि खुसि बोकेर उहाँसंग बोल्नको लागि । तर म अलि छिटो पुगेछु जापान भन्ठानेर ३० मिनेट अघाडीनै ।
केहि छिनको पर्खाईपछी उहाँ आउनुभयो चियासिया खाईओरि अन्तर्वार्ताको लागि तयारी भयौं हामी । मेरो जिन्दगीमै दोस्रो पटकको अन्तर्वार्ता भएर होला मलाई केहि अप्ठ्यारो महसुस भएको थियो । तर सोचे भन्दा कार्यक्रम रमाइलो भयो । बीच बिचमा बजेका गजल पनि धेरै राम्रा थिए । झन् उहाको बाचनशैलीको त बयान गर्ने सक्दिन म । अन्तर्वार्ताको क्रममा भने प्रेम प्रसङ्गका कुराहरुले मलाई रातो पिरो पार्नुभाको थियो उहाँले ।
करिब ४५ मिनेटको गजल अनि अन्तर्वार्ताको कार्यक्रम मेरो लागि नयाँ र रमाइलो अनुभब भयो । अनि अबिश्मरनिय क्षण पनि बन्यो । आज त्यहि अन्तर्वार्ता कार्यक्रम यहाँ राख्दैछु यहाहरुको लागि धेरैपछी भए पनि । सुन्नको लागि तल थिच्नुहोस ।
धन कमाउने सपना (गजल संग्रह)
मेरो बाल्यकाल देखिको कुनै एउटा किताब निकाल्ने सपना अव केहि महिना पछि पूरा हुने भएको छ । सयादै मार्च महिनाको दोस्रो हप्तामा मेरो गजल संग्रह "धन कमाउने सपना" बिमोचन गर्ने तयारीमा अहिले रातदिन लागिरहेको छु । त्यसैले ब्लगमा केहि नयाँकुरा लेख्न समय मिलिरहेको छैन ।
यो गजल संग्रहको लागि मेरा गजलहरु सबै तयार भैसकेका छन भने अहिले टाईपिंग कार्य र सम्पादनको कार्य भैरहेकोछ । सम्पादन कार्य सकी प्रकाशनको सम्पूर्ण तयारी भए पश्चात बिमोचनको मिति तय गर्नेछु । बिमोचनमा चाहि सबै मित्रहरु आइदिनुहुन को लागि अनुरोध गर्दछु । बिमोचनको मिति अनि स्थानको बारेमा केहि दिन पछि फेरी लेख्ने बचा गर्दछु ।
यस गजल संग्रहमा ७६ वटा मेरा बिदेशी पीड़ा ,देशप्रेम र माया प्रेमका गजलहरु रहनेछ्न भने कभर भने अहिले देखिराख्नु भएको फोटोलाई राख्ने बिचार गरेको छु । तपाईहरुको बिचारमा कस्तो होला यो फोटो कभरको लागि ? अनि कस्तो छ संग्रहको शीर्षक? प्रतिक्रिया लेखिदिनु भए म आभारी हुन्थेंकी ?
यो गजल संग्रहको लागि मेरा गजलहरु सबै तयार भैसकेका छन भने अहिले टाईपिंग कार्य र सम्पादनको कार्य भैरहेकोछ । सम्पादन कार्य सकी प्रकाशनको सम्पूर्ण तयारी भए पश्चात बिमोचनको मिति तय गर्नेछु । बिमोचनमा चाहि सबै मित्रहरु आइदिनुहुन को लागि अनुरोध गर्दछु । बिमोचनको मिति अनि स्थानको बारेमा केहि दिन पछि फेरी लेख्ने बचा गर्दछु ।
यस गजल संग्रहमा ७६ वटा मेरा बिदेशी पीड़ा ,देशप्रेम र माया प्रेमका गजलहरु रहनेछ्न भने कभर भने अहिले देखिराख्नु भएको फोटोलाई राख्ने बिचार गरेको छु । तपाईहरुको बिचारमा कस्तो होला यो फोटो कभरको लागि ? अनि कस्तो छ संग्रहको शीर्षक? प्रतिक्रिया लेखिदिनु भए म आभारी हुन्थेंकी ?
हिउँसंगका चार दिन
यहि डिसेम्बरको पहिलो हप्ता जापानको उत्तरी भेग अर्थात होख्खाईदोउ (प्राय हिउँ परिराख्ने ठाउं)को भ्रमणमा जाने मौका मिलेको थियो मलाई । चार दिनको भ्रमणमा कलेजका साथीहरु अनि टिचर गरि जम्मा ३७ जनाको समूह थियो । भ्रमणको पहिलो दिन जापानको अति व्यस्त हानादा विमानस्थलबाट हामी डेड घन्टे आकाशे यात्रा पुरा गरि सिन्चितोसे बिमानस्थल पुगेका थियौं । त्यतिबेला त्यहाको मौसम निकै जाडो थियो । त्यसैले बाक्लो लुगा, टोपी लगाएर हाम्रो यात्राको सुरुवात गर्यौं ।
त्यहाँ हामीलाई लिनको लागि गाडी आएको रहेछ, त्यसैले हावाको चिसो सिरेटोसंगै गाडीको यात्रा सुरुगर्यौं । बाटो बाटोमा धेरै रमाइला ठाउँहरुको अबलोकन गर्दै बिहानको खाना रेस्टुरेन्टमा खाईवरी हामी अर्को स्पोटको यात्राको लागि निस्कियौं । करिब आधा घन्टाको यात्रापछि भालुको मुर्ति कुदने ठाउंमा पुग्यौं । डेड घण्टा जति लगाएर हामीले काठको मुर्ति बनाउने कोसिस गरेका थियौं ।
यस्तै यस्तै रमाइला ठाउँहरुको अबलोकन गरि हामी जापानको हिउँ संग लडिबुडी गर्दै ४ दिनको यात्राका क्रममा खिचिएका केहि रमाइला फोटोहरु राख्ने जमर्को गरेकोछु । आफुलाई मन परेका धेरै फोटोहरु खिच्ने कोसिस गरेको थिएँ त्यसैले यहाँ त्यस्ता केहि रमाइला, अविस्मरनिय जुन मलाई मन परेका फोटोहरु राख्ने कोसिस गर्दैछु ।यात्राको पहिलो दिन:
| काठको भालु बनाउने मेरो प्रयास |
| जापानी पोसाकमा मेरा टिचर साथी बिमल अनि म |
| जापानी खानाको परिकारहरु |
दोश्रो दिन:
| जापानी ठिटीहरुसंग हिउँमा खेल्दै |
| दिउसोको खाजा चाइनिजहरु संग |
| Whisky बनाउने कारखानाको अबलोकन |
| Whisky को चुस्की लिदै |
| मेरो साथीको फोटो खिच्ने खुबी |
| टिचरसंग बिहानको खाना खादै |
| जापानी घण्टाघर |
| क्रिसमसको चहलपहल |
| टिचरहरु संग घुमघाम |
| बाटोमा देखिएका सेताम्मे हिउँका दृश्य |
| सिसाको गिलास बनाउदै |
| जमेको हिउँ फालेर मजा लिदै |
| हिउँले पुरिएको गाडी |
| चिडियाखानामा देखिएको जिराफ |
| सेतो भालु |
| सिंह |
| पेन्गुइन |
| बाटोमा देखिएका घरहरु |
अंग्रेजी मेरो जिरो
ENGLISH -JIRO
मेरो जापानको यो लामो चारबर्षे बसाईपछि मेरो अंग्रेजी अहिले जिरोमा झरिसकेको छ भन्दा तपाईहरुलाई बिश्वास नलाग्ला । तर यथार्थमा अहिले म सामान्य किसिमको अंग्रेजी बोल्न नसक्ने भैसकेको रहेछु पत्तोनै नपाई । तर खुसीको कुरा पढ्दा र सुन्दाखेरि भने अलिअलि अर्थ सम्म बुझ्न भने सक्छु धेरै बलगरेर ।
उफ ! यो जापानको जापानी भाषाले गर्दा त्यतिका बर्ष पढेको मेरो अंग्रेजीलाई खाइदियो मानौ सर्पले मुसो खाएझै गरि खाइसक्यो । नेपालमा छदा त, जता गएपनि जहाँ काम गरेपनि प्रायसबै ठाउँमा अंग्रेजी भाषाको प्रयोग अनिवार्य हुने भएकोले नेपालीहरुमा सामान्य अंग्रेजी नबुझ्ने कमै हुन्थे यसैगरि मेरो अंग्रेजी पनि राम्रो भएको थियो र राम्रो संग बोल्न सक्थें मैले बिदेशीहरुसंग पनि तर अहिले.......................
अचेल मैले मेरा पूराना नेपाली साथीहरुको फेसबुकमा लेखिएका स्टाटस , कमेन्टहरु हेर्छु अनि अंग्रेजी लेखहरु पढ्छु अनि मलाई दुख लागेर आउँछ आफ्नो भाषा देखेर । अनि यो जापानमा व्यर्थ आएर आफुले त्यतिका बर्ष नेपालमा पढिएको अंग्रेजी अहिले जिरो भएको कुरामा पश्चाताप लागेर आउँछ । अनि सोच्छु यदि अंग्रेजी जानें भने म नेपाल फर्केरपनि केहि गर्न सक्छु तर यो जापानी जति जाने पनि नेपाल फर्केर गाइड गर्ने काम बाहेक अरु कुनै काममा पनि प्रयोग नै हुदैन अनि के गर्ने भनेर ।
जापान यस्तो देश हो की ,जहाँ जापानिज भाषा बाहेक अरुभाषा बोलिदैन । जसले गर्दा मेरो अंग्रेजी दिनदिनै बिग्रदै गएकोछ । जसको बिपरित मेरो जापानिज भने अंग्रेजी भाषा भन्दा सप्रिदै गैरहेकोछ । यति सम्मकी कोहि नेपालीहरु संग कुरागर्दा पनि बिचबिचमा जापानी मिसिदिन्छ । अनि कोहि अमेरिकन हरुसंग कुरागर्दा पनि yes को ठाउँमा जापानी हाई भन्ने बानी भैसकेको छ मेरो ।
रमाइलो कुरा कुनै जापानीलाई what is your name ? भनेर कसैले सोध्यो भने पनि सहि उत्तर दिन नसक्ने जापानीहरु धेरै छन । सायद यसो भन्दा तपाइहरुलाई विश्वास नलाग्ला तर यो जापानको यथार्थता हो । तर यीनीहरु good morning अनि hello र one , two three भन्न भने सिपालु छन । यसो भनेर मैले जापानलाई गिज्याउन खोजेको चाहि पक्कै पनि होइन ।
पढ्न त ६ कक्षा सम्म यिनीहरु पनि अनिवार्य अंग्रेजी बिषय पढ्छन तर यिनीहरु आफ्नो जापानी भाषालाई मात्र प्राथमिकता दिनेभएर अंग्रेजी बुझ्ने अनि बोल्न जान्ने जापानीहरु ज्यादै न्यून छन । तर हालआएर अंग्रेजी बोल्न र सिक्न चाहने जापानीहरु भने अनगिन्ति छन् त्यसैले अंग्रेजी बोल्नसक्ने जापानीहरु दिनदिनै बढ्दै गइरहेको छ ।
जे होस जापानीभाषा बोल्न सिकिएकोछ , अनि धेरै नम्र र सभ्य भएर बोल्नपनि जानिएकोछ, यसैमा खुसि मान्नु परेकोछ मैले । अब हेरौँ कस्तो हुदै जान्छ मेरो अंग्रेजी ? कतै नेपाल फर्कदा सम्ममा my name is krishna सम्म पनि भन्न नसक्ने पो हो की ? मलाई चिन्ता लाग्न थालिसकेको छ ।
जय जापान ! जय जापानी भाषा !!
धेरै पछिको फुर्सद
धेरै पछि बल्ल आज (september 4)फुर्सद मिल्यो मलाई घुम्नजान । कयौं महिना वितिसकेका थिए मेरा दिनहरू जापानमा घुम्न जान्छु भन्दा भन्दै । कहिले कलेज बिदा हुदैन, कहिले काम बिदा हुदैन त कहिले कोही जाने साथी हुदैन । त्यसैले मेरो जापानको रमाइला ठाऊँहरु घुम्ने रहर अपूरोनै थिए आज सम्म । जापान आएर घुम्न गएको भनेकै कलेजले कहिलेकाँही घुमाउन लादा खेरी मात्र हो । त्यसैले आज भने घुम्न गएरै छाडछु भनेर एक महिना अघि काम बिदा लिएको थिए । अनि साथिहरुलाई पनि बिदा लिन लगाएको थिए, तर दुखको कुरा साथिहरु सबै जना गरेर हामी ३ जना मात्र भइयो, जापानको ब्यस्तताले गर्दा । तैपनी जाने निधो गरियो योकोहामा नजिकैको हाकोने(रास्ट्रीय निकुन्ज )
बिहानको ८ बजे हाम्रो यात्रा सुरुभयो । रेलमा करीब डेड घण्टा लाग्यो हामीलाई गन्तब्य पुग्नको लागि । बाटोमा धेरै हाम्रा नेपालको जस्तै पहाड़ , खेतबारि पनि देखियो । मेरो साथी बिकास त्यों देखेर ”जापान पनि मेरो चितवन जस्तै रहेछ, अचम्मै लाग्यो जापान मा पनि यस्तो छ भनेर भन्दै थियो । हुन पनिहो यहाँ अलिकति शहर छोडेर जाने हो भने धानका फाँट , सखरखण्डको बारि अनि आलुबारि देख्न पाइन्छ । डेड घण्टाको यात्रा पछि हामी पहाड़ चड़ने रेलमा सफ़र गर्यौँ त्यहाको घना जंगल भित्र । यात्रामा खोला, फूलहरुको रमाईला अनि घना जंगलको दृश्य हेर्ने मौका मिल्यो हामीलाई त्यहाँ ।
अनि अनौठो प्रकारको केबलकार चढ्न तिर लाग्यौं हामी । हेर्दाखेरी ठ्याक्कै रेल जस्तो देखिने यो केबल कार झन्डै ३० देखि ४० डिग्रीको ठाडै उकालो माथि चढ़ने रहेछ । यसलाई पनि डोरीले नै तानेको हुदोरहेछ केबल कार लाई जस्तै ।
त्यसपछि हाम्रो नेपालको जस्तै केबलकार चढ़न तर्फ लाग्यौं , दुरुस्तै मनकामनाको जस्तो केबलकार रहेछ । यहाँ पनि चढ़ने ठाऊँ उस्तै , अनि आकार पनि उस्तै । तर यहाको केवलकार भने जमीन बाट नजिकै माथि बाट गुडदो रहेछ । सायद यहाँको बनजंगल देखाउनको लागि त्यसो गरिएको हुनसक्छ । धेरै सुन्दर देखिन्छ बनजंगल, पहाड तालहरु केबलकारबाट हेर्दाखेरी । अर्को कुरा यहाका कुनै रुख काटिएको पनि हुन्न रहेछ, अत्यन्तै घना जंगल ।
केबलकारको यात्राको क्रममा एउटा डांडां मा पुगेपछि भने धेरैनै माथि पुगिन्छ , तल तिर खतरनाख मरुभूमि देखिन्छ (नक्कली) तर पनि अलिअलि डर लाग्दो रहेछ त्यहा पुग्दा किनकि मरुभूमिबाट डरलाग्दो नक्कली धुवा पनि उडिराहेको देखिने भएकोले ।
ओर्लेर हामी कालो अण्डा पकाउने ठाऊँ हेर्नगयौ, निकै तातो थियो पोखरीको वरीपरी ८० डिग्री जति । रमाइलो कुरा यो कालो अण्डा खाइयो भने धेरै लामो बाचिन्छ रे यिनिहरुका अनुसार ।
फेरी हामी पानीजहाजमा ताल परिक्रमा गर्नको लागि केबलकार बाटै तल झर्यौ, ताल निकै ठुलो रहेछ । बीचमा पानीजहाज रोकिएको थियो । अनि हामी केहिछिन त्यहा फोटो खिच्नतिर लाग्यौं । वरिपरीका रमाइलो दृश्य हरु क्यामरामा कैद पनि गर्योऊ । अनि पानीजहाज चल्ने समय भएपछि जहाज माथी बसेर समुन्द्री हावा खादै, रमाइलो दृश्य हेर्दै अनि फोटो खिच्दै रमायौं हामी सबै जना । दुखको कुरा बादल लागेको कारणले फूजी हिमाल भने हामीले देख्न पाईएन ।
आजको यात्रा रमाइलो भयो हाम्रो, प्रकृति संग रमाउने मौका मिल्यो जस्तो अनुभब भयो हामी तीन जनालाई पनि । अनि फुर्सद निकल्नु पर्दों रहेछ जस्तो लाग्यो कहिले कही घुम्नको लागि पनि । तर घुम्दा घुम्दा धेरै थाकिएछ अनि भोक पनि लागेछ क्यार । खानासाना खाएर हामी बिस्तारै आफ्नो गन्तब्य फर्कने निधो गरि रेलमा भित्र छिर्योऊ । निंद्रा झुपुझुपु लागेको थियो सिटमा बसेको केही क्षणमै भुसुक्कै पो निदाईएछ ..............................
| बाटोमा देखिएका दृश्य |
![]() |
| जंगलमा देखिएको दृश्य |
![]() |
| अनौठो केबलकार |
| केबलकार स्टेसन |
| केबलकार |
| नक्कली मरुभूमि |
![]() |
| कालो अण्डा |
| हामी तीनजना (बिकास , पिटर अनि म कृष्ण ) |
| म अनि पानी जहाज |
| तालको बीचमा पानी जहाज |
आजको यात्रा रमाइलो भयो हाम्रो, प्रकृति संग रमाउने मौका मिल्यो जस्तो अनुभब भयो हामी तीन जनालाई पनि । अनि फुर्सद निकल्नु पर्दों रहेछ जस्तो लाग्यो कहिले कही घुम्नको लागि पनि । तर घुम्दा घुम्दा धेरै थाकिएछ अनि भोक पनि लागेछ क्यार । खानासाना खाएर हामी बिस्तारै आफ्नो गन्तब्य फर्कने निधो गरि रेलमा भित्र छिर्योऊ । निंद्रा झुपुझुपु लागेको थियो सिटमा बसेको केही क्षणमै भुसुक्कै पो निदाईएछ ..............................
Subscribe to:
Posts (Atom)







