मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बुलबुल संग बोल्दा



         मैले बुलबुलमा गजल सुन्न थालेको पनि झन्डै ८ बर्ष भैसकेको रहेछ । सुरुसुरुमा HBC बाट बज्ने बुलबुल कार्यक्रम केहि बर्ष बन्द भएपश्चात उज्यालो एफएम बाट पुन प्रशारण भएपछी मैले जापानबाटै अनलाइन मार्फतनै सुन्दै आएको छु । मलाई बुलबुल अझ भन्नुपर्दा अच्युत दाईकै गजल बाचनगर्ने शैलीलेनै गजल लेख्न सिकाएको भन्दा अत्युक्ति नहोला ।

मेरा धेरै गजलहरु बुलबुल मार्फत बजेका छन्, जुन मलाई जति सुनेपनि सुनुसुनु लागिरहन्छ अच्युत दाइको मिठो स्वरमा । त्यसैले मलाई धेरैबर्ष अघि देखिनै अच्युत दाईलाइ भेटेर कुरागर्ने रहर लागिरहेको थियो । 

संयोगबस मेरो यो पटकको नेपाल फर्कने क्रममा मेरो गजल संग्रह "धन कमाउने संग्रह" निकाल्ने जमर्को गरेको थिएँ । र मैले बिमोचन समारोहमा उपस्थितिको लागि अच्युत दाईलाइ फोन गरेको थिए ।  उहाले मलाई भेट्नको लागि बोलाउनुभयो , अनि मैले भेट्ने समय ठिक गरिहालें । त्यसको केहि समय पश्चातनै उहाले फेरी फोन गरेर मलाई बुलबुल कार्यक्रमको लागि अन्तरबार्ता लिने कुरा बताउनुभयो, जुनबेला म खुसीले धेरै हर्षित भएको थिएँ  ।

march 9 तारिख बुधबारको दिन थियो म हतारहतार अन्तरबार्ताको लागि उज्यालो एफएमको स्टुडियो तिर दौडिएँ, मनमा धेरै डर अनि खुसि बोकेर उहाँसंग बोल्नको लागि । तर म अलि छिटो पुगेछु जापान भन्ठानेर ३० मिनेट अघाडीनै ।

केहि छिनको पर्खाईपछी उहाँ आउनुभयो चियासिया खाईओरि अन्तर्वार्ताको लागि तयारी भयौं हामी । मेरो जिन्दगीमै दोस्रो पटकको अन्तर्वार्ता भएर होला मलाई केहि अप्ठ्यारो महसुस भएको थियो । तर सोचे भन्दा कार्यक्रम रमाइलो भयो । बीच बिचमा बजेका गजल पनि धेरै राम्रा थिए । झन् उहाको बाचनशैलीको त बयान गर्ने सक्दिन म । अन्तर्वार्ताको क्रममा भने प्रेम प्रसङ्गका कुराहरुले मलाई रातो पिरो पार्नुभाको थियो उहाँले ।

करिब ४५ मिनेटको गजल अनि अन्तर्वार्ताको कार्यक्रम मेरो लागि नयाँ र रमाइलो अनुभब भयो । अनि अबिश्मरनिय क्षण पनि बन्यो । आज त्यहि अन्तर्वार्ता कार्यक्रम यहाँ राख्दैछु यहाहरुको लागि धेरैपछी भए पनि । सुन्नको लागि तल थिच्नुहोस ।


0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan