मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जापानमा ज्वालामुखी बिष्फोट



जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित  ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा  ज्वालामुखी विस्फोट भएको छ ।  सन् २००७ मार्च महिना पछि भएको यो ज्वालामुखी बिस्फोट मा अहिले राती १० बजे सम्ममा एक जनाको मृत्यु, २७ जना घाइते र १०  जना अचेत अबस्थामा रहेको कुरा आसाही सिन्बुन्ले जनाएको छ  । साथै करिब २५० जना भन्दा बढी पहाड चढीरहेका हरु पनि सुरक्षित स्थल तिर झरिरहेको कुरा पनि उल्लेख गरिएको छ ।

कसरि गएको थियो त ज्वालामुखी बिस्फोट भिडियो हेर्नुहोस....









कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan