नांगो जिउमा कपास,
कहिले हुन्छ?
मेरो देशको विकास, कहिले हुन्छ?
सच्चा प्रेमीहरु मलाई सोध्ने गर्छन्
काँडामा मिठो सुबास,
कहिले हुन्छ?
फटाहाको राज्य चलेको दुनियामा
सोझो मान्छेको विश्वास, कहिले हुन्छ?
जस्ले गर्यो पाप उस्कै फलिफाप भो
दैव! पापीको बिनास, कहिले हुन्छ?
सोध्ने गर्छु म मिठोमिठो बोल्नेलाइ
साँच्चै बोलीमा मिठास,
कहिले हुन्छ?
राधा बिनाको यो “कृष्ण”लाई थाहा छ
तड्पिदै मान्छे उदास,
कहिले हुन्छ?
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment