आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली
नछुटिने नाता हाम्रो, कसौं हामी मिलिजुली
आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली
खुसी हुनु दुखी हुनु, जिन्दगीको नियति हो
जो रोएनी आँसु बनि, खसौं हामी मिलिजुली
केहि गरि छुट्नै परे, चोखो माया गर्दा गर्दै
खरानी यो निधारमा, घसौं हामी मिलिजुली
गहिरो यो प्रेम सागर, माया टिप्न पिध सम्मै
माछो जस्तै पौडिएर, पसौं हामी मिलिजुली
अन्धो हुन्छ माया जाल, भन्ने गर्छन् सबैजना
जानीजानी हाँसीखुसी, फसौं हामी मिलिजुली
भमरा झैं लठ्ठी हामी, माया चुस्दै मस्त हुँदा
भुलोस् बरु आफैलाई , रसौं हामी मिलिजुली
0 comments:
Post a Comment