सभासद्को भत्तासत्ता, घटाई दिए भो अब(भिडियो गजल)
कालोमोसो दली डांडा, कटाई दिए भो अब
सभासद्को भत्तासत्ता, घटाई दिए भो अब
धेरै भए नेताहरु, राजधानी शहरमा
लखेटेर रोल्पा तिरै, खटाई दिए भो अब
खै टेरेको? जे गरेनी, जनताको कुराहरु
नांगै पारि सिस्नुपानी, ठटाई दिए भो अब
खानु खाए देशलाई, बाँकि छैन केहि खान
कोचरेरै अलकत्रा, चटाई दिए भो अब
थोरै मात्र राम्रा यहाँ, बदमास लाखौं भए
छानीछानी पद बाटै, हटाई दिए भो अब
छैन कुनै इज्जत नै, जिउदैमा मरीसक्यौ
फाँसी दिई यमलोक, पठाई दिए भो अब
sahi ho sahi.........