मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

सभासद्को भत्तासत्ता, घटाई दिए भो अब(भिडियो गजल)


 गजल 


कालोमोसो दली डांडा, कटाई दिए भो अब
सभासद्को भत्तासत्ता, घटाई दिए भो  अब

धेरै भए नेताहरु, राजधानी शहरमा
लखेटेर रोल्पा तिरै, खटाई दिए भो अब

खै टेरेको? जे गरेनी, जनताको कुराहरु
नांगै पारि सिस्नुपानी, ठटाई दिए भो अब

खानु खाए देशलाई, बाँकि छैन केहि खान
कोचरेरै अलकत्रा, चटाई दिए भो अब

थोरै मात्र राम्रा यहाँ, बदमास लाखौं भए
छानीछानी  पद बाटै, हटाई दिए भो अब

छैन कुनै इज्जत नै, जिउदैमा मरीसक्यौ
फाँसी दिई यमलोक, पठाई दिए भो अब

1 comments:

  1. vidfootie said...
     

    sahi ho sahi.........

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan