मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

APEC Japan 2010 in Yokohama

What is APEC 

  Asia-Pacific Economic Cooperation (APEC) is an economic forum promoting the liberalization and facilitation of trade and investments, economic and technical cooperation, and related issues. It strives for voluntary cooperative activity between its 21 member economies, based on the principles of sustainable growth in the Asia-Pacific region and contributing to world economic growth. APEC is the world’s largest regional cooperative, in a region which accounts for approximately 40% of the world’s population and nearly half of world GDP.

 
* APEC’s 21 member economies are: 
Australia; Brunei Darussalam; Canada; Chile; People's Republic of China; Hong Kong, China; Indonesia; Japan; Republic of Korea; Malaysia; Mexico; New Zealand; Papua New Guinea; Peru; Republic of the Philippines; The Russian Federation; Singapore; Chinese Taipei; Thailand; The United States; Viet Nam

Overview of APEC Japan 2010 in Yokohama 

Over the eight-day period from November 7 to 14, around 8,000 people will visit Yokohama in conjunction with the APEC meetings, including APEC member leaders and ministers. In addition to the APEC Economic Leaders’ Meeting and APEC Ministerial Meeting, there will also be other assemblies held, including one for the private committee of business leaders comprising the APEC Business Advisory Council (ABAC).

 
Scene at APEC Peru 2008  
(photo courtesy of the APEC Secretariat, Singapore www.apec.org)
Venue:Pacifico Yokohama

Sourse:http://apec2010yokohama.com





तिहार गजल

-    श्रेष्ठ सत्य
                                                     दोलखा, नेपाल, हाल बेलायत


दशैं गयो फेरि पनि आइसक्यो तिहार दिदी ।
यसपाली नि खालि नै हुने भो निधार दिदी ।।

गोदावरीको माला लिई सबैजना माइत जाँदा,
तिमीलाई नि त्यसै गर्ने लाग्ला नि रहर दिदी ।

देउसी भैलो खेल्न नपा भैसक्यो वर्षौं वर्ष
विदेशमा धेरै बस्ने छैन अब विचार दिदी ।

मखमली र सयपत्री गावैंभरि सजिंदा,
तिम्रो आँखामा बग्ने होलान् आँसुका नहर दिदी ।

के गर्नु परदेशको यस्तै छ कथा व्यथा,
भन्नै म सक्दिन कति छु म लाचार दिदी ।

शैलुङ : रमणीय पर्यटकीय स्थल

 



समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहिआएको छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा  मात्र नभएर धार्मिक स्थलको  रुपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला  जस्ता चाडमा धेरै दर्शनार्थीहरुको भीड़ लाग्ने  गर्दछ । साथै शैलुङ डाँडा यस अर्थमा पनि  प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र  होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरुले जोडिएर वनेको छ ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो  । जसको अर्थ हुन्छ तामाङ भाषमा "शै" भनेको सय र "लुङ" भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल , सगरमाथा, माछापुछ्रे हिमाल, गणेश हिमाल लगायत काठमान्डौ उपत्यका र तराईका केहि भागहरु समेत देखिने भएकोले  यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ ।

साथै, यहाँ  महादेवको मन्दिर,  १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अबस्थित छ । चारैतिर  देखिने मनोरम हिमशिखरहरु, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरीङ्गी एंव जंगली जनावरहरुले  शैलुङ डाँडा धार्मिक एबम पर्यटकिय महत्व बोकेको स्थानको रुपमा चिरपरिचित रहदै आएकोछ ।  साथै थुम्कामा हिउँद महिनामा  सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरुको धेरै भीड लाग्ने गर्दछ । त्यतिबेला हिउँमा खेल्नको लागि धेरै ठाऊँबाट पर्यटकहरु आई हिउँमा खेल्ने र सेताम्मे  शैलुङको प्राकृतिक स्वाद लिने गर्दछ्न ।

शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाको चौंरीको दूधबाट बन्ने बिभिन्न प्रकारका परिकारहरु पनि पर्दछन  । यहाँका बासिन्दाहरू प्राय सबैले चौंरीपालन गर्नेगर्छन् र उत्पादित चौंरीको दूधबाट उनीहरू मिठा छुर्पी,  चिज बनाएर बिभिन्न ठाउँमा लगेर बिक्रिबितरण गर्नेगर्दछन । साथै शैलुङका १०० वटा थुम्कामा बिभिन्न किसिमका खानि हुनसक्ने कुरापनि स्थानीयबासीहरुमा जनविश्वास  रहिआएको छ । तर अनुसन्धान र उत्खननको आर्थिक र प्रबिधिक अभाबले त्यो सम्भावना एउटा सपनामा मात्र सिमित रहेकोछ  । यहाँ यसको अलावा बहुमुल्य जंगली जडिबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत अन्य धेरै जडिबुटीहरु पनि प्रशस्तै मात्रामा  पाइन्छ । जसबाट स्थानीयबासीहरुलाई आर्थिक राहत मिल्न पुगेको छ । 

यसरी पर्यटन क्षेत्रमा सम्भावना वोकेको दोलखाको महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा रहदारहदै पनि यहाँ सम्म जानको लागि राम्रो सडक व्यवस्था, बस्ने होटेलको अभाव लगायत अन्य धेरै समस्याहरुले गर्दा शैलुङ डाँडा नेपालकै एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा चिनिनबाट पछि परि दोलखाको पर्यटन व्यवसाय अलिकति भएपनि ओझेलमा पर्न बाध्य भएको छ । यदि भविस्यमा राम्रो यातायात व्यवस्था , बस्ने  सुबिधा अनि राम्रो प्रबर्धन हुनसकेको खण्डमा दोलखाको पर्यटन विकासमा शैलुङ डाँडाको धेरै महत्वपूर्ण भुमिका रहने कुरामा कुनै दुइमतनै छैन ।

अब, एकछिन शैलुङ डाँडालाई फोटोको माध्यम बाट नियालेर हेर्ने पो हो की?

 शैलुङ डाँडा छिर्ने बाटो

शैलुङ डाँडाको मनोरम दृश्यहरु





शैलुङ डाँडा पृष्ठभूमिमा हिमाल





 
शैलुङको थुम्को


 शैलुङबाट देखिने गौरीशंकर हिमाल

फोटोको लागि DOLKHA, INTRODUCING. Proud to Be Dolkhali लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

तिहारमा आउँला दिदी




सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी
दशैंमा त  आइन म तिहारमा आउँला दिदी

साथीसंगी सबै मिलि गाउँ शहर डुलिडुलि
देउशी भैलो रमाएर तिहारमा गाउँला दिदी


तेलझैं नसुकियोस अनि लामो आयु होस
भन्ने आशिष धेरै तिहारमा पाउँला दिदी

मिठामिठा मिठाईसंगै सेलरोटि पकाईकन
अघाइने गरि सबले तिहारमा खाउँला दिदी

“चाचाहुईया” “चाचाहुईया” पिङ खेल्न परिवार
मिलिजुली बजारतिर तिहारमा धाउँला दिदी

बर्षौं भयो परदेशमा जुवातास नखेल्या पनि
साइतमा च्याखा हाल्न तिहारमा जाउँला दिदी

केहिगरि फेरी पनि आईन भने भाई “कृष्ण”
रुँदै रुँदै चिठी लेखि तिहारमा पठाउँला दिदी

तीन हाइकु

 आज मैले पहिलो हाइकु लेख्ने प्रयास गरेको छु
थाहा छैन हाइकु बन्न सकेको छ या छैन ?
सल्लाह र सुझाबको आशा गर्दछु

 १
जोख्न सकिन
सामान जस्तै मैले
उनको  माया


जोतिएको छु
गोरु भन्दानी बढि
जापानी काम

 ३
सपना  देख्छु
पैसामाथी सुतेको 
जापानी  ऐन

चोट ताजै छ

   

ब्लगमा केहि दिन यता नयाँ लेख लेख्ने भनेको तर समयको अभाबले हो? या के ले हो ? सबै मेरा लेखहरु अपूरो नै छन । आशा छ केहि दिन पछि समय मिलाएर पस्कनेछु  तपाईहरु माझ  । त्यसैले, आज मैले लेखेको धेरै पुरानो गजल तपाईहरुमाझ राख्ने जमर्को गरेको छु । जुन गजल HBC FM मा सन २००५/६/२७ तारीख को दिन बुलबुल कार्यक्रममा प्रशारित भएको मेरो पहिलो गजल हो । यो गजल मलाई मन पर्ने गजल मध्य एकमा पर्छ  ।

 गजल 

छाडन त छाड्यौ प्रिय, चोट ताजै छ
म माथी गरेको त्यो, खोट ताजै छ

खै किन अचम्मैले, टाडिन खोज्दै थियौ
माया मारि त्यागेको, विछोड ताजै छ

जति माया वडदै गयो उति झन माया गाढा
मायारुपि गुलाव केा, वोट ताजै छ

अझै पनि माया मेरो मेटिएको कहाँ छ र?
साइत हेरि छानेको, छनोट ताजै छ

आखिरीमा तिमीले धोका दिइ छाड्यौ
जीवन साथी वनाउने, अठोट ताजै छ

अघाएँ आमा

गजल

- श्रेष्ठ सत्य
दोलखा, नेपाल, 
हाल बेलायत

बेलायत र लण्डनदेखि अब त अघाएँ आमा ।
स्वदेशको मायाँ के हो बल्ल थाहा पाएँ आमा ।।

दिन, रात, जाडो, गर्मी, भोक, प्यास भन्न पाइँन,
कसरी भनुँ तिमीलाई कति हण्डर खाएँ आमा ।

अक्सफोर्ड र पिकाडिल्ली घुम्ने अब रहर छैन,
आँखाबाट धेरै धेरै थेम्सहरु बगाएँ आमा ।

नेपाल नै हो महार्स्वर्ग विश्वको मानचित्रमा,
सुख पाउने आशामा व्यर्थै देश विदेश धाएँ आमा ।

फर्किन्छु म त फेरि तिम्रै  न्यानो काखमा आजै,
अन्ततः राष्ट्रियताको सत्य गजल गाएँ आमा ।

Dashain Special Bulbul Oct 13 2010

गुन्द्रुक हैन मासु

               बिदेशीएको पनि  झंडै चार बर्षपो  हुन लागिसकेछ, कुनै पत्तो नपाई यो ब्यस्त जापानमा । सायद यो  बिदेशी ब्यस्तताले गर्दाहोला । अनि दशैं मनाउन नपाएको र आमाको हातबाट टिका र आशीष नथापेको पनि ४ पटक हुन्छ यो पालि, त्यसैले यो पटकको दशैं मा मेरी आमा मलाई सम्झीरहनुभएको होला । दुख लाग्छ मलाई यो बिदेशी भूमिमा आईएकोमा । किनकी, न यहाँ कुनै आफ्नो चाड मनाउन पाइन्छ?  न त कुनै रमाइलो गर्न पाइन्छ? चाहे दशैं आओस चाहे तिहार? कुनै अर्थ हुदैन यहाँ । त्यसैले जब नेपाली चाड आउँछ, नेपालको सम्झनाले पिरोलेर बिरक्त लागेर नेपाल फर्कुं फर्कुं लाग्ने बनाईदिन्छ ।
त्यसैले आज त्यहि परदेशीएको पीडामा दशैं सम्बन्धि गजल लेखेकोछु  ।

 गजल

कृष्ण के श्रेष्ठ "काल्स"

दशैंमा घर फर्की आईने पो होकी होईन?
गुन्द्रुक हैन मासु खाईने पो होकी होईन?

युद्ध बल्ल रोकेपछि आमाको हात बाट
रातोटिका लगाउन पाईने पो होकी होईन?

फाटिएर लुगासबै लाउन मिल्ने एकसरो
नयाँ लुगा "आमा" लाईने पो होकी होईन?

वर्ष भरिका दु:ख विर्सेर परिवार सबले
हाँसी खुसि गीत गाईने पो होकी होईन?

चुहिएका झुपडी त्यो दशैंको यो मौकामा
जेनतेन गरि छानो छाईने पो होकी होईन?

आशिष थाप्न सबको अनि पैसा बटुल्नलाई 
आफन्तको घर घर धाईने पो होकी होईन?


बिजया दशमीको उपलक्ष्यमा  हार्दिक मंगलमय शुभ कामना !

त्याग

 कथा (दशैं बिशेष)

कृष्ण के श्रेष्ठ"काल्स"

        "बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनि दिनु न ल , अनि खसी पनि काट्नु पर्छनी यो पाली त ।" दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिड्दै गरेको बेला भन्छिन ।  सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको  देखेर होला उनलाई पनि यो दशैंमा नयाँ लुगा लागाउने रहर लागेको ।

"हुन्छ बाबा हुन्छ म किनी दिऊँला सबैथोक" कपाल सुम्सुम्याउदै रामे उत्तर दिन्छन, आफ्नो  छोरीको खुसिको लागि भएपनि  । किनकि पोहरसालको दशैंमा एकसरो लुगा किनी नदिदा सपना कति रात खानै नखाई रोइ बसेकी थिइन । अनि कति आफ्नो मन रोएको थियो छोरीको त्यो रोदनले गर्दा । त्यसैले यो पटक भने किनी दिने पक्का गर्छ ।

सायद दशैमा सबैका छोराछोरी नयाँ लुगा लगाएको देख्दा उनलाई पनि लगाउन मन लाग्दो होला, अनि सधैं खोले, गुन्द्रुक खाई खाई वाक्क लागेर मासु खाने रहर लागेको होला उनलाई पनि ।

तर रामेको वास्तविक आर्थिक स्थिति यति नाजुक हुन्छ की? उनको कमाइले परिवारको दैनिक हातमुख जोड्न पनि धौधौ हुन्छ बिहान खाए बेलुका पुग्दैन, अनि बेलुका खाए बिहान पुग्दैन । रातदिन भोकभोकै मरीमरी भारि बोकेर कमाएको तलबले जेनतेन ५ जना परिवारको जीवन मुस्किलले धान्न पुग्छ उनको । त्यसैले उनको परिवारको लागि यस्ता दशैँ, तिहार जस्ता चाडपर्व आउनु भनेको ठूलो समस्याको रुपमा उभिएको हुन्छ ।

रामे फसाद मा पर्छ त्यसैले  "कसरि किनी दिने छोरिलाई नयाँ लुगा अनि खसी भनेर?" अनि सोच्न थाल्छ "त्यति धेरै पैसा कसरि जम्मा गर्ने? कोसंग सापटि  लिने?" भनेर । पैसाको लागि उनले झन बढि काम गर्न थाल्छ । यति सम्म की रामे कति दिन खानै नखाई, अनि कति रातहरु सुत्दै नसुति आफ्नो छोरीको खुसिको लागि मरी मेटछन ।

दशैं नजिकीसकेको हुन्छ , सकीनसकी उनले लुगा किन्ने पैसा र खसी किन्ने पैसा कमाउनसकेको  हुन्छ । घटस्थापना को दिन थियो बुबाछोरी दुबैजना दशैंको लुगा किन्न बजार जान्छन । बजारभाऊ छोईसक्नु हुदैन,  त्यसैले सस्तोमा किन्नको लागि  धेरै ठाउँ डुलेपछी बल्ल सस्तोमा लुगा किनेर घर फर्कंछ्न ।

भोलिपल्ट छोरी नयाँ लुगा लगाउन पाएकोमा धेरै खुसि हुन्छिन । उनमा  खुसीको कुनै  सिमा हुदैन । सपना रमाएर फुरुक्क फुरुक्क उफ्रेर नाच्छे त कहिले के गर्छे ? भनेर साद्धेनै हुदैन  । कहिले बजार निस्केर आफ्ना साथीलाई "यी हेर मेरो दशैं को लुगा"भनेर देखाऊँछिन त कहिले कस्लाई । खुसिको कुनै सीमा नै हुदैन ऊनमा ।

अब टेन्सन बाँकि थियो खसी किन्ने कुराको । रामे खसी किन्नको लागि बजार निस्कन्छन । बाटो बीचमा एक्लै घुम्दा घुम्दै उनलाई केहि अफ्ठ्यारो  भएको महसुस हुन्छ । उनको मुटुमा चस्स घोचेको जस्तो भान हुन्छ । "सायद काम धेरै गरेकोले होला दुखेको" मन मनै सोच्छ  । तर पनि छोरीको खुसिको लागि सहेरै भएपनि धेरैठाउँ सकीनसकी खोज्न जान्छ । धेरै महँगो खसी मात्र फेला पार्छ उनले । अनि  फेरी अर्को ठाउँ खोज्न हिड्छ । खोज्दा खोज्दै रात परिसकेको हुन्छ हिड्न पनि नसक्ने अबस्थामा हुन्छ थकाइले गर्दा ।

रामे थकित भएर घर फर्कि खाना नखाएरै सुत्न खोज्छ । खान मन लाग्दैन , उनलाई दिउँसो को भन्दा झन गाह्रो भएको महसुस हुन्छ । छाति दुख्न थाल्छ तर आफ्नो परिवारलाई आफु बिरामी भएको कुरा भन्दैनन, किनकि यदि आफु बिरामी भाको छु भनेर थाहा दिईयो  भने "अस्पताल जानुपर्छ अनि खसी किन्न राखेको पैसा सबै खर्च हुन्छ र यो दशैं मा पनि छोरी फेरी रुन्छे । खसी किन्ने खसी किन्ने भनी " भनेर त्यो रात जबरजस्ती सहेरै सुत्छ । उनलाई रातभर पनि खसी कै चिन्ता हुन्छ । बरु उनलाई आफ्नो रोगको बारेमा चिन्ता लाग्दैन । अनि भोली पल्टपनि बिहानै उठेर खोज्न हिड्ने निधो गरि निधाऊछ दिनभरको थकाईले ।

भाले बास्नु अघि नै निंद्रा खुल्छ रामेको । उठ्न खोज्छ, उठ्न सक्दैन चल्न खोज्छ सक्दैन । अब भने आफुलाई सारै गाह्रो भएको महसूस हुन्छ  उनलाई । त्यतिबेला उनको मुटु अनौठो तरिकाले धडकिएको हुन्छ  । ऊ छट्पटीन्छ अनि कराउन थाल्छ बेहोसिमै । अनि उनको स्वर सुनेर सबै जना बिउझिन्छ्न ।
उठेर "के भयो तपाइलाई"नको श्रीमतीले सोध्छे
"हैन केहि भाको छैन मलाई" रामेले बास्तबिकता लुकाउन  खोच्छ ।
"त्यसो भए के भयो नि त " सबैले सोध्छन  ।
आत्तिएर  "अस्पताल  जाउँ त्यसो भए "
उनि मान्दैनन अस्पताल जान को लागि ।
मलिन अनि थकित आवाजमा  "मलाई ठीक छ अलीकति हिजो हिडेकोले थाकेको होला ।  म ठीक हुन्छु, केहि बेर आराम गरेपछि  । बरु आज आमाछोरी पल्लो गाऊँको मोहनलाई मैले खसी भनेको थिएँ  हिजो । आज हेर्न जाऊ, म जान सक्दिन होला । 
औंलाले कोटलाई देखाऊँदै " ऊ त्यो खल्तिमा पैसा छ लिएर जाऊ । अनि अलिकती मोलमोलाई गरेर मिलाएर लिएर आऊ" ।
भने जस्तै आमाछोरी सबेरै निस्कन्छन खसी किन्नको लागि बिरामी घरमा एक्लो छाडेर । दिनभर  डुलेर खसी पाऊँछन , खसी पाएपछि सपना धेरै खुसि हुन्छे । सकीनसकि आफैले खसीलाई डोरयाएर घर सम्म ल्याऊँछे । उन्मा खुसिको कुनै सीमा हुदैन त्यो दिन । बाटो बाटोमा खसी संग कुरा गर्छे त  कहिले खसी माथी चढ्छे सपना । केहि छिनमा घर पुग्छन,  सपना डोरी समातेरै आफ्नो बाबालाई खसी देखाउन भनेर कोठामा जान्छे ।

उफ्री उफ्री "बाबा बाबा हेर्नु त कति ठूलो खसी है?" सपना ठूलो स्वरले भन्छे कोठाको ढोकामा छिर्ने बित्तिकै ।
रामे केहि बोल्दैनन ।
सपना नजिक गएर फेरी "बाबा हेर्नु न दशैंको खसी भन्या" हात समाएर भन्छे । तर केहि बोल्दैनन मात्र टोलाएर रहन्छ रामे ।
अनि संगै रहेकी सपनाकी आमा त्यो अबस्था देखेर डराऊँछिन ।
"हजूर लाई के भयो ? पानी खानुहुन्छ? हामीले खसी किनेर ल्यायौं हजूर उठ्नु न भन्या"आँत्तिएर भन्छे ।
तर पनि केहि बोल्दैनन ।
पानी खुवाऊँछे करुवाले, रामे अनि अलि चलमलाउन थालेको जस्तो देखिन्छ । यस्सो खसीलाई हेरेको जस्तो गर्छ  त्यातिकैमा उनको दुबै आँखा बन्द हुन्छ अनौठो तरिकाले ।

रामेको मुटु छाम्छे, मुटु चल्न छोडिसकेको हुन्छ, नाडि छाम्छे रगत बग्न रोकीसकेको हुन्छ । शरीर पुरै  चिसीसकेको हुन्छ । यो अबस्थामा रहेको आफ्नो श्रीमान, परिवार र संसार छोडेर गएको हो भन्ने कुरा थाहा पाऊँछे उनले । ऊनी  डाँको छोडेर रुन थाल्छे अनि मूर्छा पर्छे पछारिएर भुइंमा । अनि आमा संगसंगै सपना पनि आफ्नो खुसि (दशैको खसी) समाती रहेको डोरी छोडेर आमा संगै रुन थाल्छे । सिंगो घर स्तब्द हुन्छ  अनि घरमा रुवावासी चल्छ । यो पालिको दशैं पनि पोहरको दशैं जस्तै भयो सपनाको लागि उही रोदन खसी अनि नयाँ लुगा भएरै पनि । सपना त्यसैले रोई रहिन दिनभर  कहिले खसीको मुख हेर्दै त कहिले आफ्नो प्यारो बाबाको मुख हेर्दै ।

 आज सपनालाई खसी हैन आफ्नो बुबा प्यारो लागेको छ । यदि उनले आफ्नो बाबुको अबस्था बुझेकी भए अनि दशैको लागि खसी किन्न कर नगरेकी भए छोरीको खुसिको लागि ज्यानको माया मारेर रामेले काम गर्ने थिएन होला । अनि यो ठूलो घटना हुने थिएन होला ।  तर बिचरीलाई के थाहा? उनलाई त अरु जस्तै दशैं मनाउनु छ अनि राम्रो लगाउनु छ भन्ने कुरा मात्र थाहा छ, किनकी ऊनि  सानै थीई अनि अबोध बच्ची थीई  ।


अन्त्यमा, बिजयादशमी २०६७ को उपलक्ष्यमा सम्पुर्ण मेरा परिवार, आफन्तजन, सम्पुर्ण दोलाखाली ,ब्लगका मित्रहरु, फेसबुक अनि ट्विटरका मित्रहरु , लगायत मलाई कृष्ण के श्रेष्ठ"काल्स" भनेर चिन्नु हुने सम्पुर्णलाई हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छु ।

हिजोआज

गजल 

सगुन श्रेष्ठ 


क्रान्तिले शान्तिको बिगुल फुक्यो रे हिजोआज
कौरबतंत्र अट्टहांसी मुहान ठप्प सुक्यो रे हिजोआज

अश्रु ग्यास र डंडाहरुमा सपना बुन्नेहरू पनि
खुल्ला धरतीमा लज्जितभै नग्न लुक्यो रे हिजोआज

सामंती र चाकड़ीबाद्को धारमा खेती गर्नेहरु पनि
 शक्ति र निति सहित मस्त झुक्यो रे हिजोआज

बांझोपनको आभास गर्ने गरीबको दुखमा परेड खेल्ने
निसंतानको संग  प्रति कुकुरनि भूक्यो रे हिजोआज

राजनीतिको कठिन खेलमा गट्ठेहरूले साथ नदिदा
"सगुन" हैन गद्धी पनि झट्ट चुक्यो रे हिजो आज

द्धाल्खा नेपाल भाषाको स्वाहा कहिले सम्म ?

  
    -व्यङ्गयात्मक रचना

सगुन श्रेष्ठ
        भी.न.पा-२, दोलखा
    '
      "बाबु मेरो दुबै आँखा गुम्यो । अस्ति भर्खरै हो, जन आन्दोलन भाग २ को क्षण मैले आँखा गुमाउन पुगें  । तपाईंलाई थाहा छ, मेरो आँखा भएको भए मैले के-के देख्थें ?  संसार पाउथें, खुसि पाउथें र यसैको तरङ्गमा वयलि  खेल्थें
।' म रत्नपार्कको शान्ति वाटिकामा कसैलाई र्कुदै थिएं त्यतिनै खेर मैले कोही एउटा महिलालाई भेटें जो एउटा सेतो छडिको स
हाराबाट चलायमान थियो । हो, यिनै महिलाको आवाज हो यो । एउटा अन्धोको लागी आँखा कति प्यारो हुँदो रहेछ । त्यो

लभ गर्न हुन्न नानी हो

गजल

कृष्ण के श्रेष्ठ "काल्स"


यो उमेरमा आँखा तर्न हुन्न नानी हो
कुर्कुरे बैंसमा लभ गर्न हुन्न नानी हो

फसाउन प्रेमजालमा रोपिएका चरणमा
लोभिएर वरिपरी चर्न हुन्न नानी हो

"तिमीलाई" कहिलेनी धोका दिन्न भन्ने
जाली मायाको  भर पर्न हुन्न नानी हो

अविश्वास र घातले भरिएका मनहरमा
चोखो मायाको बिऊ छर्न हुन्न नानी हो

पापै पापको पोको पुरुष पाऊँन नारीहरु
झुन्डिएर आवेशमा मर्न हुन्न नानी हो


 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan