मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

त्याग

 कथा (दशैं बिशेष)

कृष्ण के श्रेष्ठ"काल्स"

        "बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनि दिनु न ल , अनि खसी पनि काट्नु पर्छनी यो पाली त ।" दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिड्दै गरेको बेला भन्छिन ।  सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको  देखेर होला उनलाई पनि यो दशैंमा नयाँ लुगा लागाउने रहर लागेको ।

"हुन्छ बाबा हुन्छ म किनी दिऊँला सबैथोक" कपाल सुम्सुम्याउदै रामे उत्तर दिन्छन, आफ्नो  छोरीको खुसिको लागि भएपनि  । किनकि पोहरसालको दशैंमा एकसरो लुगा किनी नदिदा सपना कति रात खानै नखाई रोइ बसेकी थिइन । अनि कति आफ्नो मन रोएको थियो छोरीको त्यो रोदनले गर्दा । त्यसैले यो पटक भने किनी दिने पक्का गर्छ ।

सायद दशैमा सबैका छोराछोरी नयाँ लुगा लगाएको देख्दा उनलाई पनि लगाउन मन लाग्दो होला, अनि सधैं खोले, गुन्द्रुक खाई खाई वाक्क लागेर मासु खाने रहर लागेको होला उनलाई पनि ।

तर रामेको वास्तविक आर्थिक स्थिति यति नाजुक हुन्छ की? उनको कमाइले परिवारको दैनिक हातमुख जोड्न पनि धौधौ हुन्छ बिहान खाए बेलुका पुग्दैन, अनि बेलुका खाए बिहान पुग्दैन । रातदिन भोकभोकै मरीमरी भारि बोकेर कमाएको तलबले जेनतेन ५ जना परिवारको जीवन मुस्किलले धान्न पुग्छ उनको । त्यसैले उनको परिवारको लागि यस्ता दशैँ, तिहार जस्ता चाडपर्व आउनु भनेको ठूलो समस्याको रुपमा उभिएको हुन्छ ।

रामे फसाद मा पर्छ त्यसैले  "कसरि किनी दिने छोरिलाई नयाँ लुगा अनि खसी भनेर?" अनि सोच्न थाल्छ "त्यति धेरै पैसा कसरि जम्मा गर्ने? कोसंग सापटि  लिने?" भनेर । पैसाको लागि उनले झन बढि काम गर्न थाल्छ । यति सम्म की रामे कति दिन खानै नखाई, अनि कति रातहरु सुत्दै नसुति आफ्नो छोरीको खुसिको लागि मरी मेटछन ।

दशैं नजिकीसकेको हुन्छ , सकीनसकी उनले लुगा किन्ने पैसा र खसी किन्ने पैसा कमाउनसकेको  हुन्छ । घटस्थापना को दिन थियो बुबाछोरी दुबैजना दशैंको लुगा किन्न बजार जान्छन । बजारभाऊ छोईसक्नु हुदैन,  त्यसैले सस्तोमा किन्नको लागि  धेरै ठाउँ डुलेपछी बल्ल सस्तोमा लुगा किनेर घर फर्कंछ्न ।

भोलिपल्ट छोरी नयाँ लुगा लगाउन पाएकोमा धेरै खुसि हुन्छिन । उनमा  खुसीको कुनै  सिमा हुदैन । सपना रमाएर फुरुक्क फुरुक्क उफ्रेर नाच्छे त कहिले के गर्छे ? भनेर साद्धेनै हुदैन  । कहिले बजार निस्केर आफ्ना साथीलाई "यी हेर मेरो दशैं को लुगा"भनेर देखाऊँछिन त कहिले कस्लाई । खुसिको कुनै सीमा नै हुदैन ऊनमा ।

अब टेन्सन बाँकि थियो खसी किन्ने कुराको । रामे खसी किन्नको लागि बजार निस्कन्छन । बाटो बीचमा एक्लै घुम्दा घुम्दै उनलाई केहि अफ्ठ्यारो  भएको महसुस हुन्छ । उनको मुटुमा चस्स घोचेको जस्तो भान हुन्छ । "सायद काम धेरै गरेकोले होला दुखेको" मन मनै सोच्छ  । तर पनि छोरीको खुसिको लागि सहेरै भएपनि धेरैठाउँ सकीनसकी खोज्न जान्छ । धेरै महँगो खसी मात्र फेला पार्छ उनले । अनि  फेरी अर्को ठाउँ खोज्न हिड्छ । खोज्दा खोज्दै रात परिसकेको हुन्छ हिड्न पनि नसक्ने अबस्थामा हुन्छ थकाइले गर्दा ।

रामे थकित भएर घर फर्कि खाना नखाएरै सुत्न खोज्छ । खान मन लाग्दैन , उनलाई दिउँसो को भन्दा झन गाह्रो भएको महसुस हुन्छ । छाति दुख्न थाल्छ तर आफ्नो परिवारलाई आफु बिरामी भएको कुरा भन्दैनन, किनकि यदि आफु बिरामी भाको छु भनेर थाहा दिईयो  भने "अस्पताल जानुपर्छ अनि खसी किन्न राखेको पैसा सबै खर्च हुन्छ र यो दशैं मा पनि छोरी फेरी रुन्छे । खसी किन्ने खसी किन्ने भनी " भनेर त्यो रात जबरजस्ती सहेरै सुत्छ । उनलाई रातभर पनि खसी कै चिन्ता हुन्छ । बरु उनलाई आफ्नो रोगको बारेमा चिन्ता लाग्दैन । अनि भोली पल्टपनि बिहानै उठेर खोज्न हिड्ने निधो गरि निधाऊछ दिनभरको थकाईले ।

भाले बास्नु अघि नै निंद्रा खुल्छ रामेको । उठ्न खोज्छ, उठ्न सक्दैन चल्न खोज्छ सक्दैन । अब भने आफुलाई सारै गाह्रो भएको महसूस हुन्छ  उनलाई । त्यतिबेला उनको मुटु अनौठो तरिकाले धडकिएको हुन्छ  । ऊ छट्पटीन्छ अनि कराउन थाल्छ बेहोसिमै । अनि उनको स्वर सुनेर सबै जना बिउझिन्छ्न ।
उठेर "के भयो तपाइलाई"नको श्रीमतीले सोध्छे
"हैन केहि भाको छैन मलाई" रामेले बास्तबिकता लुकाउन  खोच्छ ।
"त्यसो भए के भयो नि त " सबैले सोध्छन  ।
आत्तिएर  "अस्पताल  जाउँ त्यसो भए "
उनि मान्दैनन अस्पताल जान को लागि ।
मलिन अनि थकित आवाजमा  "मलाई ठीक छ अलीकति हिजो हिडेकोले थाकेको होला ।  म ठीक हुन्छु, केहि बेर आराम गरेपछि  । बरु आज आमाछोरी पल्लो गाऊँको मोहनलाई मैले खसी भनेको थिएँ  हिजो । आज हेर्न जाऊ, म जान सक्दिन होला । 
औंलाले कोटलाई देखाऊँदै " ऊ त्यो खल्तिमा पैसा छ लिएर जाऊ । अनि अलिकती मोलमोलाई गरेर मिलाएर लिएर आऊ" ।
भने जस्तै आमाछोरी सबेरै निस्कन्छन खसी किन्नको लागि बिरामी घरमा एक्लो छाडेर । दिनभर  डुलेर खसी पाऊँछन , खसी पाएपछि सपना धेरै खुसि हुन्छे । सकीनसकि आफैले खसीलाई डोरयाएर घर सम्म ल्याऊँछे । उन्मा खुसिको कुनै सीमा हुदैन त्यो दिन । बाटो बाटोमा खसी संग कुरा गर्छे त  कहिले खसी माथी चढ्छे सपना । केहि छिनमा घर पुग्छन,  सपना डोरी समातेरै आफ्नो बाबालाई खसी देखाउन भनेर कोठामा जान्छे ।

उफ्री उफ्री "बाबा बाबा हेर्नु त कति ठूलो खसी है?" सपना ठूलो स्वरले भन्छे कोठाको ढोकामा छिर्ने बित्तिकै ।
रामे केहि बोल्दैनन ।
सपना नजिक गएर फेरी "बाबा हेर्नु न दशैंको खसी भन्या" हात समाएर भन्छे । तर केहि बोल्दैनन मात्र टोलाएर रहन्छ रामे ।
अनि संगै रहेकी सपनाकी आमा त्यो अबस्था देखेर डराऊँछिन ।
"हजूर लाई के भयो ? पानी खानुहुन्छ? हामीले खसी किनेर ल्यायौं हजूर उठ्नु न भन्या"आँत्तिएर भन्छे ।
तर पनि केहि बोल्दैनन ।
पानी खुवाऊँछे करुवाले, रामे अनि अलि चलमलाउन थालेको जस्तो देखिन्छ । यस्सो खसीलाई हेरेको जस्तो गर्छ  त्यातिकैमा उनको दुबै आँखा बन्द हुन्छ अनौठो तरिकाले ।

रामेको मुटु छाम्छे, मुटु चल्न छोडिसकेको हुन्छ, नाडि छाम्छे रगत बग्न रोकीसकेको हुन्छ । शरीर पुरै  चिसीसकेको हुन्छ । यो अबस्थामा रहेको आफ्नो श्रीमान, परिवार र संसार छोडेर गएको हो भन्ने कुरा थाहा पाऊँछे उनले । ऊनी  डाँको छोडेर रुन थाल्छे अनि मूर्छा पर्छे पछारिएर भुइंमा । अनि आमा संगसंगै सपना पनि आफ्नो खुसि (दशैको खसी) समाती रहेको डोरी छोडेर आमा संगै रुन थाल्छे । सिंगो घर स्तब्द हुन्छ  अनि घरमा रुवावासी चल्छ । यो पालिको दशैं पनि पोहरको दशैं जस्तै भयो सपनाको लागि उही रोदन खसी अनि नयाँ लुगा भएरै पनि । सपना त्यसैले रोई रहिन दिनभर  कहिले खसीको मुख हेर्दै त कहिले आफ्नो प्यारो बाबाको मुख हेर्दै ।

 आज सपनालाई खसी हैन आफ्नो बुबा प्यारो लागेको छ । यदि उनले आफ्नो बाबुको अबस्था बुझेकी भए अनि दशैको लागि खसी किन्न कर नगरेकी भए छोरीको खुसिको लागि ज्यानको माया मारेर रामेले काम गर्ने थिएन होला । अनि यो ठूलो घटना हुने थिएन होला ।  तर बिचरीलाई के थाहा? उनलाई त अरु जस्तै दशैं मनाउनु छ अनि राम्रो लगाउनु छ भन्ने कुरा मात्र थाहा छ, किनकी ऊनि  सानै थीई अनि अबोध बच्ची थीई  ।


अन्त्यमा, बिजयादशमी २०६७ को उपलक्ष्यमा सम्पुर्ण मेरा परिवार, आफन्तजन, सम्पुर्ण दोलाखाली ,ब्लगका मित्रहरु, फेसबुक अनि ट्विटरका मित्रहरु , लगायत मलाई कृष्ण के श्रेष्ठ"काल्स" भनेर चिन्नु हुने सम्पुर्णलाई हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छु ।

1 comments:

  1. Yumesh Pulami said...
     

    कृष्ण जी ... मिठो कथाको लागि धन्यबाद !
    यहाँ लाइ विजय दशमी र तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना छ !

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan