मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

घुम्न जाने हैन कालिन्चोक मन्दिर ?

दोलखा जिल्लाको कालिन्चोक गाविसमा अबस्थित कालिन्चोक भगवती मन्दिर दोलखाको सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पर्दछ । चरिकोटबाट मन्दिर सम्म करिब ५ देखि ६ घन्टा जति पैदल हिडेर जानुपर्ने हुन्छ । त्यसैले यो मन्दिर पदयात्राको दृष्टिकोणले रमणीय स्थल को रुपमा परिचित रहिआएको छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती पनि रहेको छ । कालिन्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला, गौरीशंकर हिमालबाट देखिने सुर्योदय लगायत  अन्य मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सकिन्छ । त्यसैले यहाँ घुम्न आउने पर्यटक हरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कालिन्चोक मन्दिर समुद्री सतह बाट ३८४२ मी. को उचाईमा रहेको कारण यस क्षेत्रमा मङ्सिर महिना देखि माघ महिना सम्म हिउँ पर्ने गर्दछ । जुन बेला हिउंप्रेमी पर्यटक हरुको घुइंचो लाग्ने गर्दछ । यहाँ जानुले मनमा चिताएको कुरा पुग्छ भन्ने किंबदंती पनि रहिआएको छ ।
कालिन्चोक सम्मको पदयात्राका क्रममा बाटोमा देखिने रमणीय स्थल, डाँडा पाखा, पोखरी अनि सेतो लालिगुरास (चिमाल) लगायत विभिन्न जातका फूल  अनि विभिन्न प्रजातिका  रुखहरु हेर्दै प्रकृतिसंग खेल्ने मौका पनि पाइने भएकोले ठाडै उकालो हिड्दा पनि थकाइ को कुनै आभास हुदैन । हिड्दा हिड्दै अझै नपुगे पनि हुन्थ्यो जस्तो भावना जागेर आउछ । तर समुद्री सतह बाट धेरै माथि भएको हुनाले लेक लाग्न सक्ने सम्भावना भएकोले आराम गर्दै अनि पिउने कुरा साथमा बोकेर हिडियो भने लेक लाग्न बाट जोगिन सकिन्छ ।

६ घन्टाको लामो हिडाई पछी वास बसने  स्थान कुरी पुगिन्छ, जुन कालिन्चोक मन्दिर भन्दा २ ३ घण्टाको फरक मा छ । त्यहा पुगेपछि मन आनन्दित हुन्छ ।  वरिपरि को रमणीय दृश्य, चौरीको बथान अनि यस्तै यस्तैले अनि थकाई मार्दै होटेलमा वास बसिन्छ । अनि कालिन्चोक को परिचय बोक्ने लोकल कुखुराको मासु, ढिडो अनि छुर्पी खादै बिहान सुर्योदयको अबलोकन गर्ने मौका नगुमाउन छिटै सुतिन्छ । बिहान हुन्छ पुजाको लागि पुजासमान तयारी गर्दै थुम्को तिर पाइला लम्क्याउनु पर्छ । बिहानीको झुल्के घाम, डाडापाखा घामको लाली संगै मस्किरहेको हुन्छ गौरीसंकर लगायात अन्य हिमश्रंखला हरु मुस्कान छर्दै झुल्किरहेको मनोरम दृश्यको स्वाद लिदै पुगिन्छ मन्दिरको थुम्को फलामको भरयांग चढेर । मन खुसीले फुरुङ्ग हुन्छ, कुनै स्वोर्ग मा त पुगिन भन्ने भान हुन्छ । अनि अनौठो लाग्छ कस्तो ठाउं हो यो ? कस्तो प्राकृतिक बरदान हो यो? एउटा थुम्कोमा पनि भगवान पुग्दो रहेछ जस्तो लाग्छ अनि फेरी फेरी पनि आउँ आउँ लाग्ने भावना जागृत गराऊछ । पूजा सकेर अनि फर्किनु पर्ने बाध्यता हुन्छ । फेरी आउने बाचा गर्दै वा नगर्दै ओरालो लागिन्छ फेरी त्यहि मनोरम दृश्य त्यहि बन जंगल, त्यहि गोरेटो त्यहि सुन्दरता ले भरिएको कालिन्चोक मन्दिरको प्राकृतिक सुन्दरता ...................................



 मन्दिर जान बनाइएको भार्यांग

 मन्दिर

सेतो गुरास(चिमाल)
 
रमणीय दृश्यहरु 
बाटोमा देखिने सल्लाका रुख






बाटोमा देखिने पोखरी






                                                              

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan