मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

युद्धको नक्कल गर्दै निकालिने जात्रा(खड्गजात्राको रौनक)

राजेन्द्र मानन्धर



Khadga
दोलखा, आश्विन १९ - दानवलाई परास्त गर्न भनेर ऐतिहासिक नेवारी वस्तीका मानिसहरु देवदेवी र सेनाको भेषमा एकादशीको विहानदेखि युद्धको अभिनय गर्दै निस्किए । राजकुलबाट निस्किएको खड्गधारी समूहले कसैलाई प्रहार गरेजस्तो गर्दै अघि बढेको दृष्य रोचक थियो । प्राचीन नेवारी संस्कृतिक सहर दोलखा बजारमा प्रधानसेनापति र अन्य लडाकुहरु क्रुद शैलीमा दानवहरु खोजेर बध गर्दै अघि बढ्दै विजया दशमीको भोलीपल्ट खड्गजात्रा मनाइएको छ ।

किंवदन्तीमा देवता र मन्दिरहरुको वासस्थल दोलखामा दानवले कष्ट दिएपछि दानवलाई परास्त गर्न युद्ध भएको विश्वास गर्दै खड्गजात्रा मनाइने गरिन्छ । परम्पराले युद्धका निम्ती याकरगण खलकका मुख्य व्यक्तिले दीक्षा प्राप्त गरेपछि सेनापतिको उपाधी पाउछन् । दिक्षाप्राप्त यज्ञकुमार प्रधानले त्यो भूमिकामा १८ बर्षदेखि नाच्दै आएका छन् । मुल व्यक्ति विरामी परेमा वा मृत्य भएमा मात्र अर्कोले त्यो भूमिका निर्वाह गर्नुपर्छ ।

राजकुलबाट सगुन ग्रहणपछि युद्धको नक्कल गर्दै निकालिएको जात्रामा भीमबली बोक्ने अघि लाग्छन् । यो भूमिका भीमेश्वर मन्दिरको टहलुवाले मात्र गर्नुपर्छ । त्यसपछि याकरगण बंशजका सेनापति मन्त्रीहरु तथा चेलीवेटीले पठाएकाहरु नाच्दै हिड्छन् । जात्राको अर्को आकर्षण ढाल बोक्ने भगवतीको स्वरुपमा नाच्नेलाई देखिन्छ ।
युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा राजकुल, श्यामसुन्दर, नक्छे र टसिचा टोलमा युद्ध अभिनय गरेको दृष्य देखाइन्छ । त्यसपछि गम्भीरखर्कमा गएर थप शक्ति जुटाएर ल्याएको दृष्य झन रोमाञ्चक हुन्छ । रास्नीमा भने फरक खालको दृष्य देखाइने चलन छ ।

खड्ग जात्रामा छातबेहार्छे र कोतबेहार्छेको कुनाकुना पस्दै खड्गधारीहरु पालो गर्दै नाच्छन् । भीमशेन डोबरमा नाचिसकेपछि भीमेश्वर मन्दिरअघि पुग्छन । त्यहाँ रहेको रागालाई खड्ग प्रहार गर्नुको मतलब महिषासुर गणको बध गरेको मानिन्छ । यसलाई स्थानीय भाषामा 'हामिल्ठो - लिमिल्ठो' भनिने जात्राबारे जानकार यज्ञकुमार प्रधानले बताए ।

भीमेश्वर मूर्तिछेऊ र परिसरमा नाचेपछि त्रिपुरासुन्दरी मन्दिरमा जात्रा प्रवेश गर्छ । युद्धमा आफु कमजोर भएको महशुस भएपछि बटुक भैरबसँग साहयता मागेको दृष्य देखाइन्छ । बटुकले आफ्नो कलिलो छोरा युद्धमा सामेल गराउन ब्रतबन्धको विधि हुन्छ । भैरबले छोरा बटिङखाडालाई रागाको आन्द्रको माला, चारहातमा डमरु र घण्टा थमाउदै पठाएको दृष्य देखाइन्छ । युद्धमा देवतापक्षका सुराकीको भूमिका निर्वाह गर्ने 'हिपाथामी'लाई  त्रिपुरासुन्दरीमा राखिएको रागाको टाउको थमाइन्छ । उक्त टाउको मारिएको राक्षसको प्रतीक ठानिन्छ ।

बटुकका छोरा बटिङखाडाको शक्ति प्राप्त भएपछि युद्ध जित्ने विश्वासले सेनाहरु दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान पुग्छ । चक्रडबली हुदै छेरप्वामा हिपाथामीले बोकेर ल्याएको टाउकोमा खड्गले हान्दै युद्ध विजय भएको उद्घोष गरिन्छ । लडाइँमा निम्ता गरिएका चेलीबेटी र भैरबको छोरालाई विदा गरेपछि राजकुलमा याकरगणले कुभिण्डो काटेर जात्रा टुङ्गन्छ ।



साभार: ईकान्तिपुर
तस्बिरः राजेन्द्र मानन्धर/

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture