मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जापानमा न्युज ब्रेक गर्ने होडबाजी






नेपाल भित्रको पत्रपत्रिकाहरुमा हुने समाचार ब्रेक गर्ने होडबाजी जस्तै अहिले जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित  ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा  गएको ज्वालामुखी विस्फोटको बारेमा जापानमा रहेका प्रतिष्ठित नेपाली अनलाईन पत्रपत्रिकाले गलत समाचार ब्रेक गरिरहेका छन् ।

 जापानी समाचारहरुमा पनि पुष्टि भै नसकेका, नलेखिएका समाचारलाइ पनि नेपाली अनलाईन पत्रपत्रिकाले खै के कारणले हो ? गलत समाचार सम्प्रेसन गरीरहेका छन् । न्युज ब्रेक गर्दा कम्तिमा पनि समाचारलाई भाषा परिबर्तन गरेर हेर्नु पर्ने हो तर, सबै भन्दा पहिले न्युज ब्रेक गर्ने होडबाजीमा गलत समाचार लेखिरहेका छन्  तर यो नै पहिलो पटक भने होइन, यस्तै समाचार हरु धेरै पटक सम्प्रेषित भएका थिए । यसमा सुधार हुनु अति आबस्यक छ ।

आज, सेप्टेम्बर २९ तारिख दिउसो  ३ बजेर ३६ मिनेटमा आसाही सिन्बुनले लेखेको समाचार अनुशार, ज्वालामुखी बिस्फोट बाट मात्र ४ जनाको मृत्यु, ३२ जना अचेत अवस्थामा रहेको जनाएको छ ।

यसैगरी NHK ले पनि सेप्टेम्बर २९ तारिख बिहान ३ बजेर १९ मिनेट जादा लेखेको समाचारमा पनि ज्वालामुखी बिस्फोटबाट  ४ जनाको मृत्यु र ३२ जना(जुन मृत्यु भएको पुस्टि गरेको छैन) अचेत अवस्थामा रहेको जनाएको छ ।

तर हाम्रा जापानका केहि नेपाली प्रतिष्ठित अनलाइन मेडियाहरुले  भने ज्वालामुखी गएकै दिन देखि यातिजनाको मृत्यु भनेर लेख्दै आएको छ । त्यसका केहि उदाहरण यहाँ हेर्नोस ।

१. जापानमा ज्वालामुखी विस्फोट ,३१ जनाको मृत्यु
एजेन्सी ,१२ असोज । जापानमा माउण्ट ओन्टेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु र एक चिकित्सकसहित ३१ को मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने ३ हजार ६७ मिटर अग्लो त्यस क्षेत्रमा फसेका अन्य २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।

२. जापानको ज्वालामुखी विस्फोटमा ३१ जनाको मृत्यु (फोटो फिचर)
September 28, 2014२३४८ पटक
टोकियो । जापानको माउण्ट ओतांकोमा ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
शनिबार भएको शक्तिशाली ज्वालामुखी विस्फोटमा परी अचेत अवस्थामा भेटिएका ३१ जना सबैलाई चिकित्सकहरुले मृत घोषित गरेका हुन् । ज्वालामुखी विष्फोट भएको समयमा उक्त क्षेत्रमा यात्रा गरिरहेका करिब २५० जनालाई उद्दार गरिएको थियो ।

ज्वालामुखी विस्फोटपछि बगेको लाभा र म्याग्माका कारण बढी प्रभावित बनेका थिए । यसप्रकारको ज्वालामुखी विस्फोट भएको यो ७ वर्षपछि कै पहिलो भएको अधिकारीहरुले जनाएका छन् । नोट : पछिल्लो जानकारी अनुसार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जापानको माउन्ट ओन्टेक ज्वालामुखी विस्फोट
३० जनाको मृत्यु भएको आशंका
सेप्टेम्बर, टोकियो । जापानमा शनिवार अचानक माउन्ट ओन्टेक ज्वालामुखी सक्रिय भएको स्थाननजिक ३० यात्री अचेत अवस्थामा भेटिएका छन् । ज्वालामुखी सक्रिय भएपछि बचाउ अभियानमा गएको टोलीले ज्वालामुखीको नजिक उनीहरुलाई अचेत अवस्थामा भेटाएको बीबीसीले जनाएको छ ।
श्वास नलिएको तथा धड्कनसमेत बन्द भइसकेको अवस्थामा उनीहरुलाई भेटिएको समाचारमा जनाइएको छ । यद्यपी जापानमा चिकित्सकहरुले भने उनीहरु सवैलाई मृत घोषित गरिदिएका छन् ।
ज्वालामुखी भएको स्थान नजिकको भवनमा दुई सय ५० जना नागरिक फसेका थिए । उनीहरु मध्ये अधिकांश सुरक्षित तरिकाले निस्कन सफल भएका छन् ।
शनिवार दिउँसो अचानक टोक्योबाट दुई सय किलोमिटर टाढा रहेको माउन्ट ओंटेक ज्वालामुखी सक्रिए भएपछि ठूलो मात्रामा चट्टान उछिट्टिएको थियो । उक्त ज्वालामुखी स्थानमा आइतवार गरिएको खोजतलासको क्रममा सात जनालाई सुरक्षित उद्धार गरिएको छ । उक्त ज्वालामुखी अहिले सम्म पनि पूर्ण रुपमा निष्क्रिय भइनसकेको बताइएको छ ।

४. जापानमा शक्तिशालि ज्वालामुखी(भिडीयो)
27 September 2014 18:52
शनिबार बिहान माउन्ट ओन्टाके, जापानमा शक्तिशाली ज्वालामुखी बिष्फोटन भएको छ | यो नै पछिल्लो सात बर्षमा आएको सबै भन्दा ठुलो ज्वालामुखी बिष्फोटन हो |
बिष्फोटनका कारण कम्तिमा ७ जनाको निधन भएको र कयौं व्यक्ति तातो लाभाले पुरिएको अनुमान गरिएको  द जापान न्युजले जनाएको छ | नागानो र जिफुको बिचमा रहेको उक्त माउन्टेनमा बिहान ११ :५३ बजे बिष्फोट भएको जापान मिटेरोलोजी एजेन्सीले जनाएको छ |

5. जापानमा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

29 September 2014 18:24 

जापानमा शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ
 र जापानको यो समाचार पनि हेर्नुहोस अनि कति सम्म सहि हो या गलत? मुल्यांकन गर्नुहोस |

 御嶽山頂、新たに5人心肺停止 有毒ガスで捜索打ち切り
20149291536

 御嶽山の噴火で、長野県警は29日午後、山頂付近で新たに心肺停止状態の5人を確認したと明らかにした。これまでに登山者4人の死亡が確認されており、心肺停止状態の人は計32人となった。

御嶽山 山頂付近 新たに5人心肺停止
929 1519
御嶽山 山頂付近 新たに5人心肺停止

長野と岐阜の県境にある御嶽山の噴火で、警察によりますと山頂付近で新たに5人が心肺停止の状態で倒れているのが見つかりました。
今回の噴火では、これまでに4人が死亡、27人が心肺停止になっていて、これで心肺停止の人は合わせて32人となりました。

At least 36 people are believed to have died when Mt Ontake erupted unexpectedly on Saturday.

आशा छ पछिपछि यस्ता गल्तिहरु नदोहोरिओस यहि चाहन्छौ हामी पाठक हरु ।

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan