

किन नमस्कार खोज्छ मान्छे?
गजल
बेग्लै परिस्कार खोज्छ मान्छे
किन नमस्कार खोज्छ मान्छे?
कालो हुंदाहुदै हाम्रो भाग्य
कालै अन्धकार खोज्छ मान्छे
हार हुँदापनि आज हेर
ठूला पुरस्कार खोज्छ मान्छे
भोग्दा जापानले त्यत्रो क्षती
अझै आविस्कार खोज्छ मान्छे
यौटै मान्छे भित्र जात भन्दै
आज तिरस्कार खोज्छ मान्छे
गल्ति जानाजानी गर्दै जाऊ
पक्कै बहिस्कार खोज्छ मान्छे

फरक यत्ति हो .....
भिमेश्वोर नगरपालिका ३ मा अबस्थित यो पशुपतिको मन्दिर हालसालै दोलखाली चेलीबेटीहरुको पहलमा पुन निर्माण कार्य सम्पन्न गरिएको छ ।
यस कार्यको लागी सम्पूर्ण दोलाखाबासि हरुले दोलखाली चेलीबेटीहरुलाई धन्यबाद दिने पर्ने हुन्छ किनकि जसको पुन निर्माण कार्यको लागी सरकारी तबरबाट एउटा सानो पहल सम्म पनि गरिएको थिएन । त्यसो त यदि यो मन्दिर सरकारी योजनामा बनाईएकै भए पनि अहिलेको जस्तो मन्दिर नहुन पनि सक्थ्यो होला...........
![]() |
| जिर्ण अबस्थामा रहेको मन्दिर (निर्माण अघि) |
निर्माण पछीको मन्दिर
![]() | ||||||
| निजि लगानीमा निर्मित पशुपति मन्दिर |
तस्बिर: शिवजी प्रधान

मेरो आफ्नै पहिचान भएन
गजल
भन्या जस्तो वर्तमान भएन
मेरो आफ्नै पहिचान भएन
सक्ने जति गरिसकें संघर्ष
कुनै कुरा समाधान भएन
सच्चा कर्म गर्नुसम्म गरियो
खै त मेरो गुनगान भएन
धेरै राम्रो बनाकोथें योजना
पुरा मेरो अभियान भएन
उस्कै थियो गल्तिहरु आखिर
गल्ति कस्को? छिनोफान भएन
सब्का लागि साथदिने समय
मेरो लागि बलवान भएन
हुन्छन् कोहि नमरेरै सहिद
मेरो त्याग बलिदान भएन
बाँच्न "कृष्ण" नचाहँदा लोकमा
किन आज अबसान भएन?
भन्या जस्तो वर्तमान भएन
मेरो आफ्नै पहिचान भएन
सक्ने जति गरिसकें संघर्ष
कुनै कुरा समाधान भएन
सच्चा कर्म गर्नुसम्म गरियो
खै त मेरो गुनगान भएन
धेरै राम्रो बनाकोथें योजना
पुरा मेरो अभियान भएन
उस्कै थियो गल्तिहरु आखिर
गल्ति कस्को? छिनोफान भएन
सब्का लागि साथदिने समय
मेरो लागि बलवान भएन
हुन्छन् कोहि नमरेरै सहिद
मेरो त्याग बलिदान भएन
बाँच्न "कृष्ण" नचाहँदा लोकमा
किन आज अबसान भएन?

ओस्यौगाचु お正月
(ओस्यौगाचु सिन नेन) जनवरी १ तारिख जापानी नयाँ बर्ष एउटा जापानको लागी महत्वोपूर्ण दिनको रुपमा लिइने गरिन्छ । त्यसैले यस दिनलाई नेपालको दशै भन्दा पनि केहि फरक नपर्ला, किनकि जापानी नया बर्षमा प्राय सबै जसो आ आफ्नो जन्म घर फर्केर दशैमा जस्तै परिवारहरु संग रमाइलो गरि धुमधाम संग मनाउने गर्दछन भने प्राय सबै सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा पनि गरिएको हुन्छ ।
यस दिन आफ्ना साथीभाई, परिवारहरु मिलेर रमझम गर्ने चाड भएको कारणले गर्दा नयाँ बर्षका दिन प्राय सबै जस्तो स्थानहरु ब्यस्त नै हुने गर्दछन । जापानीहरु यस दिन ओसेची रयौरी (जापानी विभिन्न परिकार) खाने गर्दछन । ओसेची खाना हरुमा कालो भटमास, आलु लगायत सुपहरु खाने गर्दछन । यसका अलाबा मोची चामलबाट बनेको एक किसिमको खाना पनि खाने गरिन्छ ।
नेपालको दशैमा जस्तै यहाँ पनि जापानी गुम्बा, मन्दिरहरुमा दर्शनार्थीहरुको ठुलै भीड लाग्ने गर्दछ । बिषेस त नयाँ बर्षको अघिल्लो दिन कावासाकी को कावासाकी दाइसी र सिबुयाको गुम्बामा निकै घुइंचो लाग्ने गर्दछ । साथै अघिल्लो दिन ठुलाठुला मनोरन्जनात्मक कार्यक्रम बिंगो, काउन्ट डाउन सो लगायत ओहानाबी(fire works) हरुको समेत आयोजना गर्ने गरिन्छ ।
अनि नयाँ बर्षको सुरुवात संगै आफ्ना साथी ... परिवार हरुलाई पोस्ट कार्ड पठाएर नयाँ बर्षको सुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ, भने आ आफ्ना घरको ढोकामा एक किसिमको सल्लाको पात बाट बनेको रुख राखेर नयाँ बर्षको स्वागत गर्ने गरिन्छ ।
जस्तो जे सुकै भए पनि अब आउँदो नयाँ बर्ष सुखद. रमाइलो संग बितोस यहिनै मेरो शुभकामना यहाहरुलाई ।
यहाँहरुको २०१२ साल सुभ रहोस । happy new year 2011..............
良いお年を。。。。。。。。。。。。

छि गिथि नास जुर्मुन्
गजल (दोलखा नेवारी भाषा)
सोम कृष्ण श्रेष्ठ
हाबि जन मिखाकु, छि बाँलस्के पास जुर्मुन्
आउ लिखन् परैजुर्मुन्, छि गिथि नास जुर्मुन्?
निन् थिमा मिसा हिलेन्, चोङ्गुन् छि ङिलेन्
मखे थिगर छें जुकुन्, हरेक छेंकु बास जुर्मुन्
लिङारन् टुटिनु मोचुके, ख्वाल दोखुनु वँचके
ऐराक न बेहोस् जुयन्, छि म्वाकु लास जुर्मुन्
ढ्यावाय लागिन् छिन्, जिउ मजिउ जे यतन्
खिङौ छेंरि रस्तार्मुन्, थनु नर पिचास जुर्मुन्
नेतापे लिखन् जुयन्, अपे तुङ् झोला बुयन्
छि वा थनु केसी, आपेन् मेथय तास जुर्मुन्
थौ छें हात्त मदकेन्, मेबे छें त पियन् चोनन्
थौ न थौ तु नास जुर्मुन्, दुनियाय दास जुर्मुन्
छिन् मेविस्त लुरी हङन्, हार्मुन् सिं ग्वार्मुङन्
मेवु त पाप टोन्मुन्, थौ तु न्होलुय रास जुर्मुन्
Subscribe to:
Posts (Atom)


















