मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भिडियोमा हेर्नुहोस कालिन्चोक भगवती ....






Let's go Champuja Hariyali Park, Dolakha Nepal

Champuja Hariyali park
Champuja Hariyali(Greenery) park is the new and modern form of destination of Dolakha district. This is one of the most beautiful park in Dolakha, also known as Tripura Udhyan. This park is situated at Dolakha district, Bhimeshwor municipality-4, Dungal tole. It is about 5 km far from district head quarter Charikot and just ahead of most famous religious temple of Bhimeshwor & Kali Mandir. 
  
The park is located just beside the ancient Tripurasundari temple of Dolakha. This park is situated in the height of 1620 meters above sea level and absolute location of this park is 270 41’ north and 86002’ east.
you can view Gaurishankar Mountain
The most charming feature of thispark is to see RolwalingHimalayan Range with Mt.Gaurishanker, Mt. Malungse, Kang Nachu Go, Drangag Go, Ghugim Go and Bigphera Go etc; are smiling at you. Similarly the enormous hills Cherdung, Khawadanda, Hanumente, Ganesh Thumki, Kalinchwok and Sailungeshworare ready to embrace you at this point. 
gumtara view from champuja
Tamakosi River
 Very attractive snake shaped Tamakoshi River and Dolti khola crawling in between the beautiful Hills, humming you by their soothing voice. The most amazing scenario is the green Banarashi Kandal Community forest all around you to freshen up your eyes and breathes.
Location of Champuja
The Kamlati stream spiritually holywater of Banarashi temple always chanting with melodious voice. Similarly the different kinds of birds, wild animals Leopard, Jackal, Monkey, Den deer, Snakes, Lizards are trying to attract you through their own natural and miracle activities.
Do not delay, just have a visit to Champuja Hariyali Park and in the same time you can get the blessings of the goddess Tripurasundari symbol of power, god Bhimeshwor symbol of prosperity, Banarashi Mahadev symbol of holiness and different stupas of lord Buddha symbol of peace. Beautiful settlement of Sundrawati, Sunkhani, Kschetrapa, Namdu and more than 35 other VDCs of Dolakha always welcoming you by their seasonal color. The park is not only an ornament of beautiful Dolakha town, but also  precious treasures of Dolakha district.
Tripurasundari Temple
You can get more information about Champuja Hariyali Park with click this Facebook page! 
 
 
Visit Dolakha and Enjoy with Champuja Hariyali park and many others .......
 Information and photos by Tika Joshi/Satya /Krishna K Shrestha 

फेरी उही गल्ति "दोलखा बजारको ठाउँमा चरिकोट "

 कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा जापान


नागरिकमा प्रकासित गलत क्याप्सन, अहिले सच्याएर अर्को समाचार प्रकासित भएको छ

दोलखा जिल्ला आफैमा एउटा छुट्टै संस्कृति, संस्कार र छुटै इतिहास बोकेको जिल्लाको रुपमा नेपाल अधिराज्यमै परिचित छ । नेवार समुदायको बाक्लो बस्ति भएको दोलखाबजार, जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ४ किलोमिटर पूर्वमा अबस्थित छ ।  यो पनि अबगत गरौँ कि, दोलखा जिल्ला भित्र चरिकोट अबस्थित छ, न कि चरिकोट भित्र दोलखाबजार ।

दोलखामा हुने विभिन्न किसिमका चाड पर्ब र जात्राहरु भने बिशेष गरि नेवारी बस्ति बाक्लो भएको स्थान दोलखा बजारमानै हुने गर्दछ  । राष्ट्रिय समाचारपत्रहरुमा दोलखा जिल्लाको मठमन्दिर, चाडपर्ब हरुको बारेमा समाचार प्रकाशन हुनु धेरै राम्रो कुरा हो ।

तर, दोलखा बजारमा अबस्थित विभिन्न धार्मिक स्थानको बारेमा, या दोलखा बजारमा  हुने गरेका विभिन्न किसिमका जात्राहरुको बारेमा समाचारहरु राष्ट्रिय पत्रिकाहरुमा प्रकासन गर्ने  क्रममा धेरै पहिले देखि नै "दोलखाको चरिकोटमा" भएको भनेर गलत समाचार सम्प्रेषण गरेको पाइन्छ केहि पत्रकार हरुले जानेर हो या अन्जान मा । अन्जान मा भन्नु पनि कसरी ? त्यस्ता गल्तिहरु एकचोटी मात्र हैन, धेरै  चोटी दोहोराई रहेकाछन  । गल्ति सच्याउन पनि समय समयमा सुसुचित नगराएको पनि होइन पत्रकार मित्र हरुलाई ।

गलत समाचार प्रकासन गर्नु न्युज डेस्कको प्राबिधिक कमजोरी पनि हुन सक्छ कहिलेकाहीं । तर स्थानीय सम्बाददाताले पठाएको समाचारमा लेखिएको स्थानलाइ पुरै परिबर्तन गरेर अर्कै स्थानको नाम लेखेर प्रकाशन गर्ने अधिकार पनि न्युज डेस्कलाइ नहुनु पर्ने हो । यदि समाचरको बारेमा कन्फ्युज नै लागेको भए पनि सम्बाददाता संग सोधपुछ गरेर मात्र समाचार सम्प्रेषण गर्नु पर्ने हो । त्यसैले मलाई लाग्छ गल्ति जानाजानी या अन्जानमै स्थानीय सम्बाददाता बाटै भएको हुनु पर्छ होला ।

तर, एक पछि अर्को यस्तो गल्ति हुन्छ किन? दोलखा बजार लेख्नु पर्ने ठाउँमा चरिकोट लेखिन्छ किन? यसको उत्तर, दोलखाका पत्रकारहरुले दिन सक्नु पर्छ । दोलखा बजारलाई ओझेल पार्नको लागि यस्ता समाचार जानी जानी किन लेखिदैछ? कि गल्ति को कारण के हो ? स्पस्टिकरण दिनु पर्यो दोलखा बजारका स्थानीय बासिन्दाहरुलाई ।

हेरौं बिगतमा भएका केहि गल्तिहरु


सायद राजु बस्नेत जी पनि पत्रकार नै हुनुहुन्छ होला


रेडियो मिर्मिरे 





लोकप्रिय राष्ट्रिय कान्तिपुर पत्रिकामा प्रकासित गलत क्याप्सन

आशा छ अब आइन्दा यस्ता गल्ति नदोहोर्याउन दोलखाका पत्रकार हरुले ।

युद्धको नक्कल गर्दै निकालिने जात्रा(खड्गजात्राको रौनक)

राजेन्द्र मानन्धर



Khadga
दोलखा, आश्विन १९ - दानवलाई परास्त गर्न भनेर ऐतिहासिक नेवारी वस्तीका मानिसहरु देवदेवी र सेनाको भेषमा एकादशीको विहानदेखि युद्धको अभिनय गर्दै निस्किए । राजकुलबाट निस्किएको खड्गधारी समूहले कसैलाई प्रहार गरेजस्तो गर्दै अघि बढेको दृष्य रोचक थियो । प्राचीन नेवारी संस्कृतिक सहर दोलखा बजारमा प्रधानसेनापति र अन्य लडाकुहरु क्रुद शैलीमा दानवहरु खोजेर बध गर्दै अघि बढ्दै विजया दशमीको भोलीपल्ट खड्गजात्रा मनाइएको छ ।

किंवदन्तीमा देवता र मन्दिरहरुको वासस्थल दोलखामा दानवले कष्ट दिएपछि दानवलाई परास्त गर्न युद्ध भएको विश्वास गर्दै खड्गजात्रा मनाइने गरिन्छ । परम्पराले युद्धका निम्ती याकरगण खलकका मुख्य व्यक्तिले दीक्षा प्राप्त गरेपछि सेनापतिको उपाधी पाउछन् । दिक्षाप्राप्त यज्ञकुमार प्रधानले त्यो भूमिकामा १८ बर्षदेखि नाच्दै आएका छन् । मुल व्यक्ति विरामी परेमा वा मृत्य भएमा मात्र अर्कोले त्यो भूमिका निर्वाह गर्नुपर्छ ।

राजकुलबाट सगुन ग्रहणपछि युद्धको नक्कल गर्दै निकालिएको जात्रामा भीमबली बोक्ने अघि लाग्छन् । यो भूमिका भीमेश्वर मन्दिरको टहलुवाले मात्र गर्नुपर्छ । त्यसपछि याकरगण बंशजका सेनापति मन्त्रीहरु तथा चेलीवेटीले पठाएकाहरु नाच्दै हिड्छन् । जात्राको अर्को आकर्षण ढाल बोक्ने भगवतीको स्वरुपमा नाच्नेलाई देखिन्छ ।
युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा राजकुल, श्यामसुन्दर, नक्छे र टसिचा टोलमा युद्ध अभिनय गरेको दृष्य देखाइन्छ । त्यसपछि गम्भीरखर्कमा गएर थप शक्ति जुटाएर ल्याएको दृष्य झन रोमाञ्चक हुन्छ । रास्नीमा भने फरक खालको दृष्य देखाइने चलन छ ।

खड्ग जात्रामा छातबेहार्छे र कोतबेहार्छेको कुनाकुना पस्दै खड्गधारीहरु पालो गर्दै नाच्छन् । भीमशेन डोबरमा नाचिसकेपछि भीमेश्वर मन्दिरअघि पुग्छन । त्यहाँ रहेको रागालाई खड्ग प्रहार गर्नुको मतलब महिषासुर गणको बध गरेको मानिन्छ । यसलाई स्थानीय भाषामा 'हामिल्ठो - लिमिल्ठो' भनिने जात्राबारे जानकार यज्ञकुमार प्रधानले बताए ।

भीमेश्वर मूर्तिछेऊ र परिसरमा नाचेपछि त्रिपुरासुन्दरी मन्दिरमा जात्रा प्रवेश गर्छ । युद्धमा आफु कमजोर भएको महशुस भएपछि बटुक भैरबसँग साहयता मागेको दृष्य देखाइन्छ । बटुकले आफ्नो कलिलो छोरा युद्धमा सामेल गराउन ब्रतबन्धको विधि हुन्छ । भैरबले छोरा बटिङखाडालाई रागाको आन्द्रको माला, चारहातमा डमरु र घण्टा थमाउदै पठाएको दृष्य देखाइन्छ । युद्धमा देवतापक्षका सुराकीको भूमिका निर्वाह गर्ने 'हिपाथामी'लाई  त्रिपुरासुन्दरीमा राखिएको रागाको टाउको थमाइन्छ । उक्त टाउको मारिएको राक्षसको प्रतीक ठानिन्छ ।

बटुकका छोरा बटिङखाडाको शक्ति प्राप्त भएपछि युद्ध जित्ने विश्वासले सेनाहरु दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान पुग्छ । चक्रडबली हुदै छेरप्वामा हिपाथामीले बोकेर ल्याएको टाउकोमा खड्गले हान्दै युद्ध विजय भएको उद्घोष गरिन्छ । लडाइँमा निम्ता गरिएका चेलीबेटी र भैरबको छोरालाई विदा गरेपछि राजकुलमा याकरगणले कुभिण्डो काटेर जात्रा टुङ्गन्छ ।



साभार: ईकान्तिपुर
तस्बिरः राजेन्द्र मानन्धर/

जापानमा न्युज ब्रेक गर्ने होडबाजी






नेपाल भित्रको पत्रपत्रिकाहरुमा हुने समाचार ब्रेक गर्ने होडबाजी जस्तै अहिले जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित  ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा  गएको ज्वालामुखी विस्फोटको बारेमा जापानमा रहेका प्रतिष्ठित नेपाली अनलाईन पत्रपत्रिकाले गलत समाचार ब्रेक गरिरहेका छन् ।

 जापानी समाचारहरुमा पनि पुष्टि भै नसकेका, नलेखिएका समाचारलाइ पनि नेपाली अनलाईन पत्रपत्रिकाले खै के कारणले हो ? गलत समाचार सम्प्रेसन गरीरहेका छन् । न्युज ब्रेक गर्दा कम्तिमा पनि समाचारलाई भाषा परिबर्तन गरेर हेर्नु पर्ने हो तर, सबै भन्दा पहिले न्युज ब्रेक गर्ने होडबाजीमा गलत समाचार लेखिरहेका छन्  तर यो नै पहिलो पटक भने होइन, यस्तै समाचार हरु धेरै पटक सम्प्रेषित भएका थिए । यसमा सुधार हुनु अति आबस्यक छ ।

आज, सेप्टेम्बर २९ तारिख दिउसो  ३ बजेर ३६ मिनेटमा आसाही सिन्बुनले लेखेको समाचार अनुशार, ज्वालामुखी बिस्फोट बाट मात्र ४ जनाको मृत्यु, ३२ जना अचेत अवस्थामा रहेको जनाएको छ ।

यसैगरी NHK ले पनि सेप्टेम्बर २९ तारिख बिहान ३ बजेर १९ मिनेट जादा लेखेको समाचारमा पनि ज्वालामुखी बिस्फोटबाट  ४ जनाको मृत्यु र ३२ जना(जुन मृत्यु भएको पुस्टि गरेको छैन) अचेत अवस्थामा रहेको जनाएको छ ।

तर हाम्रा जापानका केहि नेपाली प्रतिष्ठित अनलाइन मेडियाहरुले  भने ज्वालामुखी गएकै दिन देखि यातिजनाको मृत्यु भनेर लेख्दै आएको छ । त्यसका केहि उदाहरण यहाँ हेर्नोस ।

१. जापानमा ज्वालामुखी विस्फोट ,३१ जनाको मृत्यु
एजेन्सी ,१२ असोज । जापानमा माउण्ट ओन्टेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु र एक चिकित्सकसहित ३१ को मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने ३ हजार ६७ मिटर अग्लो त्यस क्षेत्रमा फसेका अन्य २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।

२. जापानको ज्वालामुखी विस्फोटमा ३१ जनाको मृत्यु (फोटो फिचर)
September 28, 2014२३४८ पटक
टोकियो । जापानको माउण्ट ओतांकोमा ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
शनिबार भएको शक्तिशाली ज्वालामुखी विस्फोटमा परी अचेत अवस्थामा भेटिएका ३१ जना सबैलाई चिकित्सकहरुले मृत घोषित गरेका हुन् । ज्वालामुखी विष्फोट भएको समयमा उक्त क्षेत्रमा यात्रा गरिरहेका करिब २५० जनालाई उद्दार गरिएको थियो ।

ज्वालामुखी विस्फोटपछि बगेको लाभा र म्याग्माका कारण बढी प्रभावित बनेका थिए । यसप्रकारको ज्वालामुखी विस्फोट भएको यो ७ वर्षपछि कै पहिलो भएको अधिकारीहरुले जनाएका छन् । नोट : पछिल्लो जानकारी अनुसार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जापानको माउन्ट ओन्टेक ज्वालामुखी विस्फोट
३० जनाको मृत्यु भएको आशंका
सेप्टेम्बर, टोकियो । जापानमा शनिवार अचानक माउन्ट ओन्टेक ज्वालामुखी सक्रिय भएको स्थाननजिक ३० यात्री अचेत अवस्थामा भेटिएका छन् । ज्वालामुखी सक्रिय भएपछि बचाउ अभियानमा गएको टोलीले ज्वालामुखीको नजिक उनीहरुलाई अचेत अवस्थामा भेटाएको बीबीसीले जनाएको छ ।
श्वास नलिएको तथा धड्कनसमेत बन्द भइसकेको अवस्थामा उनीहरुलाई भेटिएको समाचारमा जनाइएको छ । यद्यपी जापानमा चिकित्सकहरुले भने उनीहरु सवैलाई मृत घोषित गरिदिएका छन् ।
ज्वालामुखी भएको स्थान नजिकको भवनमा दुई सय ५० जना नागरिक फसेका थिए । उनीहरु मध्ये अधिकांश सुरक्षित तरिकाले निस्कन सफल भएका छन् ।
शनिवार दिउँसो अचानक टोक्योबाट दुई सय किलोमिटर टाढा रहेको माउन्ट ओंटेक ज्वालामुखी सक्रिए भएपछि ठूलो मात्रामा चट्टान उछिट्टिएको थियो । उक्त ज्वालामुखी स्थानमा आइतवार गरिएको खोजतलासको क्रममा सात जनालाई सुरक्षित उद्धार गरिएको छ । उक्त ज्वालामुखी अहिले सम्म पनि पूर्ण रुपमा निष्क्रिय भइनसकेको बताइएको छ ।

४. जापानमा शक्तिशालि ज्वालामुखी(भिडीयो)
27 September 2014 18:52
शनिबार बिहान माउन्ट ओन्टाके, जापानमा शक्तिशाली ज्वालामुखी बिष्फोटन भएको छ | यो नै पछिल्लो सात बर्षमा आएको सबै भन्दा ठुलो ज्वालामुखी बिष्फोटन हो |
बिष्फोटनका कारण कम्तिमा ७ जनाको निधन भएको र कयौं व्यक्ति तातो लाभाले पुरिएको अनुमान गरिएको  द जापान न्युजले जनाएको छ | नागानो र जिफुको बिचमा रहेको उक्त माउन्टेनमा बिहान ११ :५३ बजे बिष्फोट भएको जापान मिटेरोलोजी एजेन्सीले जनाएको छ |

5. जापानमा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

29 September 2014 18:24 

जापानमा शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ
 र जापानको यो समाचार पनि हेर्नुहोस अनि कति सम्म सहि हो या गलत? मुल्यांकन गर्नुहोस |

 御嶽山頂、新たに5人心肺停止 有毒ガスで捜索打ち切り
20149291536

 御嶽山の噴火で、長野県警は29日午後、山頂付近で新たに心肺停止状態の5人を確認したと明らかにした。これまでに登山者4人の死亡が確認されており、心肺停止状態の人は計32人となった。

御嶽山 山頂付近 新たに5人心肺停止
929 1519
御嶽山 山頂付近 新たに5人心肺停止

長野と岐阜の県境にある御嶽山の噴火で、警察によりますと山頂付近で新たに5人が心肺停止の状態で倒れているのが見つかりました。
今回の噴火では、これまでに4人が死亡、27人が心肺停止になっていて、これで心肺停止の人は合わせて32人となりました。

At least 36 people are believed to have died when Mt Ontake erupted unexpectedly on Saturday.

आशा छ पछिपछि यस्ता गल्तिहरु नदोहोरिओस यहि चाहन्छौ हामी पाठक हरु ।

जापानमा ज्वालामुखी बिष्फोट



जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित  ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा  ज्वालामुखी विस्फोट भएको छ ।  सन् २००७ मार्च महिना पछि भएको यो ज्वालामुखी बिस्फोट मा अहिले राती १० बजे सम्ममा एक जनाको मृत्यु, २७ जना घाइते र १०  जना अचेत अबस्थामा रहेको कुरा आसाही सिन्बुन्ले जनाएको छ  । साथै करिब २५० जना भन्दा बढी पहाड चढीरहेका हरु पनि सुरक्षित स्थल तिर झरिरहेको कुरा पनि उल्लेख गरिएको छ ।

कसरि गएको थियो त ज्वालामुखी बिस्फोट भिडियो हेर्नुहोस....









कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान
 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan