मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

द्धाल्खा नेपाल भाषाको स्वाहा कहिले सम्म ?

  
    -व्यङ्गयात्मक रचना

सगुन श्रेष्ठ
        भी.न.पा-२, दोलखा
    '
      "बाबु मेरो दुबै आँखा गुम्यो । अस्ति भर्खरै हो, जन आन्दोलन भाग २ को क्षण मैले आँखा गुमाउन पुगें  । तपाईंलाई थाहा छ, मेरो आँखा भएको भए मैले के-के देख्थें ?  संसार पाउथें, खुसि पाउथें र यसैको तरङ्गमा वयलि  खेल्थें
।' म रत्नपार्कको शान्ति वाटिकामा कसैलाई र्कुदै थिएं त्यतिनै खेर मैले कोही एउटा महिलालाई भेटें जो एउटा सेतो छडिको स
हाराबाट चलायमान थियो । हो, यिनै महिलाको आवाज हो यो । एउटा अन्धोको लागी आँखा कति प्यारो हुँदो रहेछ । त्यो
अन्धोलार्इं मात्र थाहा हुन्छ । हामीलाई आँखाको महत्व होशपुर्बक ज्ञात नहुन सक्छ तर जब यो गुम्न थाल्छ, अवश्यनै हामीलाई यसको  महत्व बढेर आउँछ ।
   प्रसंङ्ग द्धाल्खा नेपाल भाषाको । हामीसंग अहिले लेख्य स्वरुपमा नभए पनि बोलिचालिमा यो हदैसम्म स्थापित रहिआएको छ । यो छ र त हामीसंग यसको महत्वको ज्ञात छैन । जब यो गुम्छ, अनि हामीलाई अवश्य ज्ञात हुन्छ - यो हाम्रो पहिचान, संस्कृति र कला । हो, यो हाम्रो इतिहास, वर्तमान र भविष्य हो । धेरै समाज भाषाशास्त्रीको अध्ययनको प्रतिफल पश्च्यात यी भनाइहरुको उदय भएको हो । त्यसैले भाषाशास्त्री Crystal -@))@_ भन्छन् 'भाषाको मरण भनेको व्यक्तिको मरण जस्तै हो । ' हामीलाई लाग्ला नाथे एउटा भाषा मर्दछ मलाई के को टाउको दुखाई, तर याद गरौं -भाषा संगसंगै हामी पनि मरिराखेका हुनेछौ । भाषा हाम्रो पहिचान हो । यसैमा हाम्रो अस्तित्व हुन्छ । यदि हाम्रो अस्तित्व नै समाप्त हुन्छ भने के हाम्रो भौतिक शरीरले मात्रै हाम्रो अस्तित्व राख्ला र - म मेरो द्धाल्खा नेपाल भाषाको समुदायमा, द्धाल्खा नेपाल भाषीको रुपमा चिनाउन चाहन्छु । त्यसरी नै नेपाली समुदायमा नेपाली भाषाको रुपमा चिनाउन चाहन्छु । अन्तराष्ट्रिय भाषाको रुपमा स्थापित अंग्रेजी भाषिक समुदायमा नेपाली-अंग्रेजी भाषीको रुपमा चिनाउन चाहन्छु । यो नै समाज भाषाशास्त्रको केन्द्र हो ।
    हालसालै देखिएको उपराष्टपतिको सपथ ग्रहणमा भाषा-प्रकरणको विवाद एउटा भाषाप्रतिको लगाव ठान्छु चाहे राजनीति मिसिएको नै किन नहोस् । यस्तो सम्मान सबै भाषिक समाजमा हुनु आवश्यक छ । आफ्नो भाषा कति प्यारो हुन्छ भन्ने कुरा हामी 'घूर' उपन्यासका उपन्यासकार धीर कुमार श्रेष्ठलाई सोध्न सक्छौ । उहाँलाई द्धाल्खा नेपाल भाषिक समुदायको सदस्य ठान्छु तर उहाँसंग यस भाषाको ज्ञानको अभाव भने पक्कै छ । त्यो पिडा उहाँमा छ र यस्तो पिडाले महत्वको बोध गराउँछ किनकि नेवारी भाषिक समुदायमा यदि अर्को नेवारी सदस्यले नेवारी बोल्न सकेमा जति आत्मियता हुन्छ त्यति अरु भाषाको प्रयोगबाट नहुन सक्दछ । यस्ता अनगिन्ती उदाहरण भित्र म पनि रुम्मलिएको छुं । किर्तिपुरमा प्रथम वर्षअध्ययन गर्दैगर्दा क्यान्टिनको दाइ नेवारी पाएको थिएँ । त्यहाँ मैले खाजाको रुपमा मासको रोटीलाई मास-मारी भनेर माग्न थालेंछु, त्यतिखेरै उहाँले पहिल्याइसक्नु भएछ म नेवारी नै हो । त्यसै दिनदेखि नै उहाँले राजधानीमा बोलिने नेवारी म संग बोल्न थाल्नुभयो तर म भने खाली बुझ्छु  र टोल्याएर 'अँ' मात्र भन्न भ्याउँछु । मलाई थाहा छ अरु भाषाको प्रयोगले हाम्रो नेवारी समुदायको एक्यभाव वा तादात्मय शुन्य हुन सक्दछ । त्यसैले मैले अरु भाषाको प्रयोग गर्ने आँट पनि गरिन ।
    यि प्रसंङ्गहरु उठाइरहनुको पछाडि एउटै यक्ष प्रश्न छ -आखिर बुज्रुक द्धाल्खा नेपाल भाषिक समुदायको सदस्यहरुले किन आफ्नो भाषा बिर्सदै छन् - बाहिर भाषा र संस्कृति संरक्षणको खोल ओड्ने र भित्र भने अंग्रेजी प्रतिको मोहबाट आफ्नो अर्को पुस्तालाई ओतपोत गराउने प्रवृति कहिलेसम्म हावी हुने - उनीहरुले सोच्दा हुन्- यो नेपाल भाषाले खालि अर्को भाषा अध्ययनलाई अफ्ठ्यारोपन सिर्जना गर्दछ तर एउटा भाषाशाष्त्रको विद्यार्थीको हेतुले भाषाशास्त्री Wesgerber को भनाइ उद्धरण गर्न चाहन्छु । उनी भन्छन- 'एकभाषी र बहुभाषीको सोच एउटै हुन्छ । त्यहाँ कुनै पनि अप्ठ्यारो परिस्थितिहरु देखा पर्दैन । यसले के पुष्टि गर्छ भने एकभाषी र बहुभाषी बीचको भिन्नता अप्ठ्यारो परिस्थितिबाट होइन बरु भाषाको ज्ञान र क्षमताबाट हुन सक्दछ । धेरै भाषा जान्ने मानिस जुनसुकै समुदायमा सजिलै घुलमिल हुन सक्दछ । ऊ हरेक भाषिक समुदायको सदस्य हुन सक्दछ जस्ले तादात्मय सिर्जना गर्दछ । यसरी नै भाषिक ज्ञानको वृद्धीले अरुभन्दा पृथक बन्न सक्ने कलाले पनि प्रसिद्धि भने अवश्य पाँउछ किनकि यसको प्रमाण UNO का उप-सचिव कुल चन्द्र गौतम अझै जीवितै छन् ।
    अहिले यदा कदा काठमाण्डौं घुम्दा म द्धाल्खा नेपाल भाषीहरु भेट्छु  । उनीहरुले आफ्नो छोराछोरीलाई भने नेपाली भाषा र अंग्रजी भाषाको  मात्र ज्ञान  दिइराखेका हुन्छन् जसले  गर्दा उनीहरुको सन्ततीहरु आफ्नो भाषिक समुदायबाट अलाग्गिएका  पाउनेछन् र पक्कै सराप्नेछन् - यी सब पुर्खाको बुज्रुकपनले हाम्रो पहिचान ध्वस्त भएको हो । पहिचानको ध्वस्तपन भनेको अस्तित्वको समाप्ति हो । आखिर आफ्नो अस्तित्व नै छैन भने के को लागी बाँच्ने - के को लागी आखिर नेवारी हो भन्ने - के को लागी आफ्नो थर नामको पछाडि बेसहारा झैं तुन्द्रुङ्ग झुण्डयाउने - भित्र खोक्रो ओखरको स्वरुपको खोल ओड्नु भन्दा बरु कुनै भाइटिका कुरेर त्यस्तो खोक्रो  ओखर खोल्सो वा नदीमा बगाउनु जाति होला ।
  Mummy / Daddy भन्ने बित्तिकै उनीहरु सभ्य परिवारका सदस्य हुन सक्दैनन भन्ने कुरा American University का प्रोफेसर सम्राट उपाध्यायका छोरा र छोरीका 'आमा' भन्ने सम्बोधनबाट प्रष्ट हुन्छ चाहे उनीहरु अमेरिकामै जन्मेको किन नहोस् । के यो भाषा प्रतिको सम्मान होइन र ? के यो भाषिक पहिचान होइन र ? तर हामीले आफ्नो भाषिक पहिचान बिर्सन खोज्दा लाग्छ - थुक्क बुज्रुक  भनाँउदाहरु, तिमीहरु आफ्नो छोराछोरीको अस्तित्व संकटमा पार्दैछौ । यस्तो अन्याय सायद कुनै ग्रामिण बाबु आमाले पनि नर्गलान । सदियौ बर्षो पुर्खाको कमाईलाई एक पुस्तामै स्वाहा गदैछौ । आखिर यस्तो स्वाहा कहिले सम्म ?
       
 

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan