पसले बिनाको पसल
गेट बाहिर राखिएको खुल्ला पसल |
पसले बिनाको पसल |
पहिलो फोटोमा एउटा छाताको मुनि सुन्तला बेच्न राख्न राखिएको छ , जहाँ छेउमा एउटा पैसा राख्ने बाक्सा राखिएको छ । यहाँ बाटोमा हिड्ने मान्छेहरूले किन्न मन लगेमा झोलामा राखिएको सुन्तला लिएर, तोकिएको पैसा राखेर जान्छन । त्यसैले यो पसलमा पसले भन्नु नै बिश्वास हो र बिश्वास कै कारोबार भएको मलाई लाग्छ ।
यस्तै दोस्रो फोटोमा सुन्तला, मुला, आलू जस्ता फलफूल अनि तरकारी र त्यसको भाउ लेखेर टालिएको छ, अनि पछिल्तिर एउटा टिभी राखिएको छ, जसले त्यहा आउने ग्राहक हरुको भिडियो कैद गर्ने गर्दछ । यहाँपनि कुनै पसले छैन, आउने ग्राहकले आफैले सामान लिएर तोकिएको रकम हालेर किन्ने गर्दछ्न ।
यी दुई पसल देख्ने बेलामा म अनि मेरा साथीहरु सधै कुरा गर्ने गर्दछौ, हाम्रो नेपालको बारेमा अनि नेपाली चलन, बिस्वास अनि यस्तै यस्तै बिषयका बारेमा । यदि नेपालमा पनि यस्तै बिस्वास भैदिएको भए नेपाल आज कता पूगीसक्थ्यो होला, चोरी डकैती का समाचारहरु अखबारमा छापिने थिएनन होला । खैर, भबिश्यमा यस्तै पसल नेपालमा पनि भएको हेर्ने आशाको साथ .....................
यस्तो पसलको निर्माणमा हामी नेपालीले आफ्नै वानि नसुधारी हुदैन जस्तो मलाई लाग्छ , तपाईहरुलाई कस्तो लाग्छ ? लेख्नुहोला ।
really good blog(dolkhanepal) i like this
fans of this dolkhanepal blog
pls
now
i make about nepal tourism blog pls all
Pls Review my this blog i need suggest http://itsnepal.blogspot.com
hope i will find ur suggestion
thank u its nepal..........