मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

....नयाँ सालले

 गजल 

 कृष्ण के श्रेष्ठ "काल्स"


गोली बम बारूदहरु फालिआओस नयाँ सालले
बुद्धको शान्तिदीप वालिआओस नयाँ सालले

 भात्किएका झुपड़ी र भासिएका बाटो खन्न
बिकासको पाईला चालिआओस नयाँ सालले

लुछाचूड़ी गरि गरि, हाम्री यी नेपाल आमाको 
च्यातिएको चोली टालिआओस नयाँ सालले 

देश बनाऊन आएका नेताजी भनाउँदाहरुको 
भ्रस्टाचारी खाबो ढालिआओस नयाँ सालले

भोकमरी र गरिबीले मर्न लाग्या जनतालाई
खुवाएर खानेकुरा पालिआओस नयाँ सालले

जे हुनु भो पूराना ति, अतितका कर्तुत बिर्सि
सत्कर्मको थालनी थालिआओस नयाँ सालले


2 comments:

  1. yashoda said...
     

    ramro gajal...............

  2. sagun said...
     

    fine yar ho ma pani yestai apekcha gardachu yo naya salma. keep ur gajal writing up.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan