मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

मारे हुन्छ नेतालाई


गजल 
(खबरदारी)

 कृष्ण के श्रेष्ठ"काल्स"

जनताको खबरदारीले मारे हुन्छ नेतालाई
पट पट तातो तेलमा तारे हुन्छ नेतालाई

झुठा आस्वासन दिई कुर्सी पाउन जानेको
टुप्पीसुप्पी तानी तल झारे हुन्छ नेतालाई

सानातिना जनतालाई आहारा बनाउनेलाई
भ्यागुतोलाइझैँ भुइँमा पछारे हुन्छ नेतालाई

देश सबै भ्वान्ग़पार्ने यी मुसा सामन्तीहरु
नर्क लोक तिरै बसाई सारे हुन्छ नेतालाई

बदमास मात्र गरिगरि देश बिगार्ने सबैलाई
कालोमोसो दलि चारपाटे पारे हुन्छ नेतालाई


2 comments:

  1. Anonymous said...
     

    गजल प्रभावकारी छ । लय मिलाउनु होला ।

  2. वेदनाथ पुलामी said...
     

    वेकामे नेताहरुले वाक्कै लगाए -सबै जनताहरुलाई !
    कहिल्यै समस्या सुल्झाउने भएनन तिनले !
    कृष्ण जी तपाईले त नेता मार्ने अनुमति नै दिनु भएछ !

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan