गजल
कृष्ण के श्रेष्ठ "काल्स"
परिश्रमले सुनैसुन फलाउनेछु आमा फर्की
नरुनु भो पर्दैन अव अशान्ति भयो भनि
बुद्धका शान्ति दिप जलाउनेछु आमा फर्की
देश बनाउन बनेका हाम्रा यी नेताहरुका
भ्रष्टचारी खम्बाहरु ढलाउनेछु आमा फर्की
बिजुलीबत्ति नपुगेका अँध्यारो गाउँघरमा
झिलिमिली बत्ति बलाऊनेछु आमा फर्की
कुम्भकर्णझैँ सुतेका देशका कमिलालाई
काम गराईगराई दलाऊनेछु आमा फर्की
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment