गजल
नेतानेता मिलिजुली, चलाउँदैछन् देशैलाई
कठैबरा! चितामाथी, जलाउँदैछन् देशैलाई
चुम्थ्यो होला विकासले, सगरमाथा चुचुरोनै
अल्मलाई बाटोबिचै, छलाउँदैछन् देशैलाई
गाउँ बेसी शहरमा, छर्दैथियो ज्ञानको ज्योति
जबर्जस्ति थकाएर, गलाउँदैछन् देशैलाई
खाँबो धेरै हुँदा पनि, फेरिएन मुहार खै त ?
भत्ताखाइ जनताको, ढलाउँदैछन् देशैलाई
चिन्ता छैन कसैलाई, मरोस या बाँचोस देश
आफू मात्र बाँचि किन, थलाउँदैछन् देशैलाई?
मोजमै छन् ठुलाबडा, कुर्सि भए के चाहियो र?
आफ्नो स्वार्थ पुरागर्न, दलाउँदैछन् देशैलाई
पीडाबाट छट्पटिदै, दन्किएर जल्दा नेपाल
बेदनाका आँसुथपि , बलाउँदैछन् देशैलाई
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment