नछुँदैमा पोलिदिने, अैंशेलुको झाङ नारी
नछुँदैमा पोलिदिने, अैंशेलुको झाङ नारी
कहिल्यै पनि नत्तातिने सुत्केरीको आङ नारी
मात लागेन खै किन जति धेरै पिए पनि
पिउदा झनै पिऊ लागने शिवजीको भाङ नारी
जायज कुरा गरेँ पनि वम झैं पडकिरने
त्यों बेलाको युद्ध भूमि रुकुम र दाङ नारी
झैझगडा भैरन्छ बिना अर्थ यो मायामा
जोडदानी नजोडिने फलामको राङ नारी
जता नोट उतैतिर, लोभि दिने त्यो नजर
जति भएनी नपुग्ने रुपिँयाको चाङ नारी
खै, किन यति विधि व्यङ्गय गर्नुभयो, "नारी" भन्ने शब्द जोडेर, यो कुरा त थाहा भएन ! अनि मलाई लाग्छ, सबै मा यो कुरा लागु हुँदैन तर पनि कसै कसैलाई चाँहि बिझ्न सक्छ है !
यो एउटा व्यंग्य मात्र हो, मैले मात्र आजभोली बढीरहेको नारी यथार्थलाई दर्साउन खोजेको हो