धेरै पछि बल्ल आज (september 4)फुर्सद मिल्यो मलाई घुम्नजान । कयौं महिना वितिसकेका थिए मेरा दिनहरू जापानमा घुम्न जान्छु भन्दा भन्दै । कहिले कलेज बिदा हुदैन, कहिले काम बिदा हुदैन त कहिले कोही जाने साथी हुदैन । त्यसैले मेरो जापानको रमाइला ठाऊँहरु घुम्ने रहर अपूरोनै थिए आज सम्म । जापान आएर घुम्न गएको भनेकै कलेजले कहिलेकाँही घुमाउन लादा खेरी मात्र हो । त्यसैले आज भने घुम्न गएरै छाडछु भनेर एक महिना अघि काम बिदा लिएको थिए । अनि साथिहरुलाई पनि बिदा लिन लगाएको थिए, तर दुखको कुरा साथिहरु सबै जना गरेर हामी ३ जना मात्र भइयो, जापानको ब्यस्तताले गर्दा । तैपनी जाने निधो गरियो योकोहामा नजिकैको हाकोने(रास्ट्रीय निकुन्ज )
|
बाटोमा देखिएका दृश्य |
बिहानको ८ बजे हाम्रो यात्रा सुरुभयो । रेलमा करीब डेड घण्टा लाग्यो हामीलाई गन्तब्य पुग्नको लागि । बाटोमा धेरै हाम्रा नेपालको जस्तै पहाड़ , खेतबारि पनि देखियो । मेरो साथी बिकास त्यों देखेर ”जापान पनि मेरो चितवन जस्तै रहेछ, अचम्मै लाग्यो जापान मा पनि यस्तो छ भनेर भन्दै थियो । हुन पनिहो यहाँ अलिकति शहर छोडेर जाने हो भने धानका फाँट , सखरखण्डको बारि अनि आलुबारि देख्न पाइन्छ । डेड घण्टाको यात्रा पछि हामी पहाड़ चड़ने रेलमा सफ़र गर्यौँ त्यहाको घना जंगल भित्र । यात्रामा खोला, फूलहरुको रमाईला अनि घना जंगलको दृश्य हेर्ने मौका मिल्यो हामीलाई त्यहाँ ।
|
जंगलमा देखिएको दृश्य |
अनि अनौठो प्रकारको केबलकार चढ्न तिर लाग्यौं हामी । हेर्दाखेरी ठ्याक्कै रेल जस्तो देखिने यो केबल कार झन्डै ३० देखि ४० डिग्रीको ठाडै उकालो माथि चढ़ने रहेछ । यसलाई पनि डोरीले नै तानेको हुदोरहेछ केबल कार लाई जस्तै ।
|
अनौठो केबलकार |
त्यसपछि हाम्रो नेपालको जस्तै केबलकार चढ़न तर्फ लाग्यौं , दुरुस्तै मनकामनाको जस्तो केबलकार रहेछ । यहाँ पनि चढ़ने ठाऊँ उस्तै , अनि आकार पनि उस्तै । तर यहाको केवलकार भने जमीन बाट नजिकै माथि बाट गुडदो रहेछ । सायद यहाँको बनजंगल देखाउनको लागि त्यसो गरिएको हुनसक्छ । धेरै सुन्दर देखिन्छ बनजंगल, पहाड तालहरु केबलकारबाट हेर्दाखेरी । अर्को कुरा यहाका कुनै रुख काटिएको पनि हुन्न रहेछ, अत्यन्तै घना जंगल ।
|
केबलकार स्टेसन |
|
केबलकार |
केबलकारको यात्राको क्रममा एउटा डांडां मा पुगेपछि भने धेरैनै माथि पुगिन्छ , तल तिर खतरनाख मरुभूमि देखिन्छ (नक्कली) तर पनि अलिअलि डर लाग्दो रहेछ त्यहा पुग्दा किनकि मरुभूमिबाट डरलाग्दो नक्कली धुवा पनि उडिराहेको देखिने भएकोले ।
|
नक्कली मरुभूमि |
ओर्लेर हामी कालो अण्डा पकाउने ठाऊँ हेर्नगयौ, निकै तातो थियो पोखरीको वरीपरी ८० डिग्री जति । रमाइलो कुरा यो कालो अण्डा खाइयो भने धेरै लामो बाचिन्छ रे यिनिहरुका अनुसार ।
|
कालो अण्डा |
फेरी हामी पानीजहाजमा ताल परिक्रमा गर्नको लागि केबलकार बाटै तल झर्यौ, ताल निकै ठुलो रहेछ । बीचमा पानीजहाज रोकिएको थियो । अनि हामी केहिछिन त्यहा फोटो खिच्नतिर लाग्यौं । वरिपरीका रमाइलो दृश्य हरु क्यामरामा कैद पनि गर्योऊ । अनि पानीजहाज चल्ने समय भएपछि जहाज माथी बसेर समुन्द्री हावा खादै, रमाइलो दृश्य हेर्दै अनि फोटो खिच्दै रमायौं हामी सबै जना । दुखको कुरा बादल लागेको कारणले फूजी हिमाल भने हामीले देख्न पाईएन ।
|
हामी तीनजना (बिकास , पिटर अनि म कृष्ण ) |
|
म अनि पानी जहाज |
|
तालको बीचमा पानी जहाज |
आजको यात्रा रमाइलो भयो हाम्रो, प्रकृति संग रमाउने मौका मिल्यो जस्तो अनुभब भयो हामी तीन जनालाई पनि । अनि फुर्सद निकल्नु पर्दों रहेछ जस्तो लाग्यो कहिले कही घुम्नको लागि पनि । तर घुम्दा घुम्दा धेरै थाकिएछ अनि भोक पनि लागेछ क्यार । खानासाना खाएर हामी बिस्तारै आफ्नो गन्तब्य फर्कने निधो गरि रेलमा भित्र छिर्योऊ । निंद्रा झुपुझुपु लागेको थियो सिटमा बसेको केही क्षणमै भुसुक्कै पो निदाईएछ ..............................
Related Posts : आफ्नै कुरा
रमाइलो यात्रा रहेछ। बर त्यो कालो अण्डा त ठ्याक्कै हाम्रो काली गण्डकीमा पाइने सालीग्राम जस्तै पो देखिने रहेछ :) ( अण्डा नै कालो हो कि, कालो बनाइएको हो ?)
सायदै केमिकल मिसाएर यस्तो बनाईएको हुनुपर्छ दिलिप दाई, जापानिजहरु प्राय खानेकुरा सबैमा अनेक थरिका केमिकल, सस , रक्सि मिसाएर बनाऊछन त्यसैले ।
सायदै केमिकल मिसाएर यस्तो बनाईएको हुनुपर्छ दिलिप दाई, जापानिजहरु प्राय खानेकुरा सबैमा अनेक थरिका केमिकल, सस , रक्सि मिसाएर बनाऊछन त्यसैले ।