मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

धेरै पछिको फुर्सद

धेरै पछि बल्ल आज (september 4)फुर्सद मिल्यो मलाई घुम्नजान । कयौं  महिना वितिसकेका थिए  मेरा दिनहरू जापानमा  घुम्न जान्छु भन्दा भन्दै । कहिले कलेज बिदा हुदैन, कहिले काम बिदा हुदैन त कहिले कोही जाने साथी हुदैन । त्यसैले मेरो जापानको रमाइला ठाऊँहरु घुम्ने रहर अपूरोनै थिए आज सम्म । जापान आएर घुम्न गएको भनेकै कलेजले कहिलेकाँही घुमाउन लादा खेरी मात्र हो । त्यसैले आज भने घुम्न गएरै छाडछु भनेर एक महिना अघि  काम बिदा लिएको थिए । अनि साथिहरुलाई पनि बिदा लिन लगाएको थिए, तर दुखको कुरा साथिहरु सबै जना गरेर हामी ३ जना मात्र भइयो, जापानको ब्यस्तताले गर्दा । तैपनी जाने निधो गरियो योकोहामा नजिकैको हाकोने(रास्ट्रीय निकुन्ज )
बाटोमा देखिएका दृश्य 
बिहानको ८ बजे हाम्रो यात्रा सुरुभयो । रेलमा करीब डेड घण्टा  लाग्यो हामीलाई गन्तब्य पुग्नको लागि । बाटोमा धेरै हाम्रा नेपालको जस्तै पहाड़ , खेतबारि पनि देखियो ।  मेरो साथी बिकास त्यों देखेर ”जापान पनि मेरो चितवन जस्तै रहेछ, अचम्मै लाग्यो जापान मा पनि यस्तो छ  भनेर भन्दै थियो । हुन पनिहो यहाँ अलिकति शहर छोडेर जाने हो भने धानका फाँट , सखरखण्डको बारि अनि आलुबारि  देख्न पाइन्छ  । डेड घण्टाको यात्रा पछि हामी पहाड़ चड़ने रेलमा सफ़र गर्यौँ त्यहाको  घना जंगल भित्र । यात्रामा खोला, फूलहरुको  रमाईला अनि घना जंगलको दृश्य हेर्ने मौका मिल्यो हामीलाई त्यहाँ  ।
जंगलमा देखिएको दृश्य 
 अनि अनौठो प्रकारको केबलकार चढ्न तिर  लाग्यौं हामी । हेर्दाखेरी ठ्याक्कै रेल जस्तो देखिने यो केबल कार झन्डै ३० देखि  ४० डिग्रीको ठाडै उकालो माथि चढ़ने रहेछ  । यसलाई पनि डोरीले नै तानेको हुदोरहेछ  केबल कार लाई जस्तै ।

अनौठो केबलकार 
त्यसपछि हाम्रो नेपालको जस्तै केबलकार चढ़न तर्फ लाग्यौं , दुरुस्तै मनकामनाको जस्तो केबलकार रहेछ । यहाँ पनि चढ़ने ठाऊँ  उस्तै , अनि आकार पनि  उस्तै ।  तर यहाको केवलकार भने जमीन बाट नजिकै माथि बाट गुडदो रहेछ । सायद यहाँको बनजंगल देखाउनको लागि त्यसो गरिएको हुनसक्छ । धेरै सुन्दर देखिन्छ बनजंगल, पहाड तालहरु  केबलकारबाट  हेर्दाखेरी । अर्को कुरा यहाका कुनै रुख काटिएको  पनि हुन्न रहेछ, अत्यन्तै घना जंगल ।

केबलकार स्टेसन 
केबलकार 
केबलकारको यात्राको क्रममा  एउटा डांडां  मा पुगेपछि भने धेरैनै माथि पुगिन्छ ,  तल तिर खतरनाख मरुभूमि देखिन्छ (नक्कली) तर पनि अलिअलि डर लाग्दो रहेछ त्यहा पुग्दा किनकि  मरुभूमिबाट डरलाग्दो नक्कली धुवा पनि उडिराहेको देखिने भएकोले ।
नक्कली मरुभूमि 
ओर्लेर हामी कालो अण्डा पकाउने ठाऊँ हेर्नगयौ,  निकै तातो थियो पोखरीको वरीपरी ८० डिग्री जति  । रमाइलो कुरा यो कालो अण्डा खाइयो भने धेरै लामो बाचिन्छ रे यिनिहरुका अनुसार ।


कालो अण्डा 
फेरी हामी पानीजहाजमा ताल परिक्रमा गर्नको लागि केबलकार बाटै तल झर्यौ, ताल निकै ठुलो रहेछ । बीचमा पानीजहाज रोकिएको थियो । अनि हामी केहिछिन त्यहा फोटो खिच्नतिर लाग्यौं । वरिपरीका रमाइलो दृश्य हरु क्यामरामा कैद पनि गर्योऊ । अनि पानीजहाज चल्ने समय भएपछि जहाज माथी बसेर समुन्द्री हावा खादै, रमाइलो दृश्य  हेर्दै अनि फोटो खिच्दै  रमायौं  हामी सबै जना । दुखको कुरा बादल लागेको कारणले फूजी हिमाल भने हामीले देख्न पाईएन ।

हामी तीनजना (बिकास , पिटर अनि म कृष्ण )
म अनि  पानी जहाज
तालको बीचमा पानी जहाज

आजको यात्रा रमाइलो भयो हाम्रो, प्रकृति संग रमाउने मौका मिल्यो जस्तो अनुभब भयो हामी तीन जनालाई पनि । अनि फुर्सद निकल्नु पर्दों रहेछ जस्तो लाग्यो कहिले कही घुम्नको लागि पनि  । तर घुम्दा घुम्दा धेरै थाकिएछ अनि भोक पनि लागेछ क्यार । खानासाना खाएर हामी बिस्तारै आफ्नो गन्तब्य फर्कने निधो गरि रेलमा भित्र छिर्योऊ । निंद्रा झुपुझुपु लागेको थियो सिटमा बसेको केही क्षणमै भुसुक्कै  पो निदाईएछ ..............................











3 comments:

  1. Dilip Acharya said...
     

    रमाइलो यात्रा रहेछ। बर त्यो कालो अण्डा त ठ्याक्कै हाम्रो काली गण्डकीमा पाइने सालीग्राम जस्तै पो देखिने रहेछ :) ( अण्डा नै कालो हो कि, कालो बनाइएको हो ?)

  2. Krishna said...
     

    सायदै केमिकल मिसाएर यस्तो बनाईएको हुनुपर्छ दिलिप दाई, जापानिजहरु प्राय खानेकुरा सबैमा अनेक थरिका केमिकल, सस , रक्सि मिसाएर बनाऊछन त्यसैले ।

  3. Krishna said...
     

    सायदै केमिकल मिसाएर यस्तो बनाईएको हुनुपर्छ दिलिप दाई, जापानिजहरु प्राय खानेकुरा सबैमा अनेक थरिका केमिकल, सस , रक्सि मिसाएर बनाऊछन त्यसैले ।

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan