मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

रगतको नाता

अनिता श्रेष्ठ "अर्पिता"

         राती १ वजे जन्मेकी जिनाकी  आमा  घरपरिवारको राम्रो स्याहार सुसार रेखदेख राम्रो नभएको कारणले गर्दा अपसोच जिना जन्मेको केहि समयमानै मृत्यु भयो । अनि  त्यस वच्चालाई २ घण्टाको अन्तराल सम्म पनि नाभी नकाटी रगतमा डुवाएर राखे ।  परिवारको केहि सदस्यले "आमा खाने मुल्याहा यसलाई पनि लगेर गाडीदेऊ " भन्ने भाषा प्रयोग भएपछि गाँउकै कुनै मानिसले सास भएको वच्चा भनेर नाभी काटी थाङ्नामा गुडुल्काएर राखे र विहान उज्यालो भए पछि आमालाई दाहासस्कार गर्न लगे । अनि  जिनालाई  गाईको दूध खानदिएर दश -वार दिन सम्म पालेर राखेछन् ।
यो कुरा रमाले सुनेपछि वच्चाको घरमा उनी गइन । त्यति बेला वच्चाको हालत साह्रै विग्रिएको रहेछ । आँखा सुन्निएर ठूलो ठूलो र चाकमा पनि घाउनै घाउ भएको रहेछ । रमाको मनमा दयाको भावना जागृत भयो अनि वच्चाको परिवारसंग यो वच्चा मलाई दिनुस् भन्ने कुरा गरिन ।  उसको वावा,दिदि, दाई, भाउजु सवैको सहमतमा कोक्रोमा वच्चा वोकेर लगे । रमा पनि वच्चा पाएपछि सारै खुशि भइन किनकि उन्केा वीहे भएको १५ वर्षभन्दा वढी हुँदा पनि वच्चा भएकेा थिएन । तर्सथ त्यो वच्चा पाउँदा श्रीमान श्रीमति दुवै खुशी भएका थिए ।
त्यस वच्चालाई स्याहार सुसारको निम्ति धेरै ध्यान दिएर कोक्रो वोकि वोकि विधालयको प्राङ्गणमा रमा पुग्थे । वच्चा सन्तोकी भएको कारणले गर्दा दिउँसोको समयमा धेरै सजिलो हुन्थ्यो ।  जव रात पथ्र्यो जिनाले झगडा गर्न सुरु गर्थि र उसलाई लिटो दुध खान दिएर सुताउँथि । रातको समयमा कुनै समयमा रातभरिनै सुत्दैन थिई र कुनै समयमा चार ,पाँच पटक उठेर थर्मसमा राखेको दुध खुवाउदै सुताउथे र वच्चाको खोपको लागि कहिले कता पुर्‍याउथे कहिले कता पुर्‍याउथे ।  वच्चा हटिलो मोटिलो हेर्न लायकको भई ।  तैपनि रमाले मनमा अनेक कुरा खेलाउँथ्यो कतै वच्चा फेरि उसकेा वुवाले पो लाने हो कि  भनेर ।
जिनासंग रमाउदाको क्षण र  जिनासंग समय विताउदा रमा र उसकेा श्रीमानले  सारा दुःख , पिडा सवैनै भुल्ने गर्दथे । एक छिन नदेख्दा पनि  के हरायो के हरायो भन्ने भान भई रहन्थ्यो उनीहरुमा । अनि कहिले कहिँ यी दुवै दम्पतीले जिनाको वारेमा यस्तो किसिमको भावना लेख्ने अनि गाउने गर्दथे :

मेरो जिना सानो छ ।
लडि लडि खेल्द छ ।
वुवुमाम खान्छ ।
ताता तुतु वोल्दछ ।
अहिले जिना सानो छ ।
पछि ठूलो हुने छ ।
समाजसेवी वन्ने छ ।

यसरी जीना सँग जति दुःख हुँदा पनि खुशी रहन्थे । जीनाकेा प्रवेश सँगै त्यो घरमा एउटा रमाइलोपन छाएको थिए । दुवैले जीनालाई राम्रो वोडिगंमा पढाउनकेा लागि सल्लाह सरसल्लाह गरिरहन्थे । तर्सथ जिनालाई पढाउनकेा लागि दुवै दम्पतीले आफनो जागिर काठमाण्डौमा सारेर उतै घर वनाउँछन् ।
जिना पनि  पढेर ६  कक्षा पुगिसकेको हुन्छ । एकदिन स्कुलवाट र्फकदै गर्दा एकजना गाउँका छिमेकिले जिनालाई भेट्दा  "तिम्रो  भाग्य ठूलो रहेछ यस्तो ठाउँमा पढ्ने तेरो काँहाको भाग्य थियो र - तिमी त एउटा गरिवको छोरी त हौ नि , तिम्रो  आमा मरेर यता ल्याएको" भनिन । त्येा सुन्ने वितिकै वच्चीले शुरुमा त होइन होइन भनिन् । तर, जव उनी स्कुल जान्थे  त्यहाँ पनि सवैले तिमी अर्काको छोरी हेा भन्थे त्यसैले  हो कि जस्तो उनलाई लागेर आमा वुवालाई सोधिन उनले । तर आमा वुवाले अर्काकेा कुरा पत्याउनु हुँदैन भनेर थामथुम गर्थे ।
एकदिन वेलुका रमा अफिसवाट फर्किइन् । जिनालाई ज्वरो आएकेा थियो । रमा आँतिएर हस्पिटल जान्छ । हस्पिटलमा पुगेपछि जीनाले मेरो वावा सँग लगिदेउ भन्छे । त्यसपछि अति नै ज्वरो आएकोले रमाले श्रीमानलाई वोलाउँछे । जव श्रीमान आइपुग्छे उनी कराउँछिन........मेरो आफनै वुवा.....................। यो सुनेर रमाले भन्छिन "छोरी यही त तिम्रो वुवा हो नि "। तर उनी जोरका साथ रुन्छिन मलाई मेरै वुवा चाहिन्छ ............।
अपसोच, अस्पताल राखेको ६ महिना हुँदा पनि बिरामी ठिक भएन । तर्सथ डाक्टरले उन्केा वुवालाई गाउँवाट वोलाउनकेा लागि अनुरोध गर्दछन् । रमाले गाउँवाट उन्को वुवालाई वोलाउन लाउँछ । वुवा पनि अस्पतालमा आइपुग्छ । त्यसपछि रमाले नानु "तिम्रो  वुवा आइपुग्यो" भन्नसाथ जिनाले आँखा उगार्दछे  र "वावा" भनेर आफनो वावालाई अँगालो हाल्दछ । अनि वावालाई मलाई पनि सँगै लैजाउ भन्छिन् । तर वावाले भन्छ "नानु तिमी यही वस याँहा कस्तो राम्रो छ । जुँका लाग्दैन् त्याँहा त एकदम दुःख छ । जुका लाग्छ घाँस काटनु पर्दछ । अर्काको भनिभुतो गर्नुपर्दछ । फेरि १२ जना त तिम्रै अरु  दिदि वहिनीहरु छन् । तर्सथ याँहा भए रमा म्याडमले कस्तो राम्रो माया गर्नुभएकेा छ । छेारी यही वस याँहा सुख पाउँछ ।" भनेर सम्झाउन खोज्छ, तर छोरी मान्दिनन । उनि रुदै भन्छे "वावा तपाईले जे गर्नुहुन्छ  म पनि त्यही गर्दछु । जे खानुहुन्छ त्यही खान्छु । तपाईलाई जुकाले टोकेमा मलाई पनि टोक्छ ...तर्सथ मलाई लानुहोस् बाबा, म गाउँ मै जान्छु तपाई संग  ।"  डाक्टर लगायत सवैले सम्झाउँदा पनि केही लागेन ....................................। उन्लाई आफनै रगतकेा मायाले तानिरहेको थियो होला  । तर्सथ वावासँग पछि पछि लागिन हात छोड्ने मानिनन उनले । उन्लाई रोक्नेका लागि रमा गइन तर अहँ सकेन । रमा र रमाको श्रीमान मुर्छा परेर रोइरहिन.................रोइरहिन ।

1 comments:

  1. BIna said...
     

    Very lovly story
    keep it up didi

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan