मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

ओस्यौगाचु お正月

(ओस्यौगाचु सिन नेन) जनवरी १ तारिख जापानी नयाँ बर्ष एउटा जापानको लागी महत्वोपूर्ण दिनको रुपमा लिइने गरिन्छ । त्यसैले यस दिनलाई नेपालको दशै भन्दा पनि केहि फरक नपर्ला, किनकि जापानी नया बर्षमा प्राय सबै जसो आ आफ्नो जन्म घर फर्केर दशैमा जस्तै परिवारहरु संग रमाइलो गरि धुमधाम संग मनाउने गर्दछन भने प्राय सबै सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा पनि गरिएको हुन्छ ।


यस दिन आफ्ना साथीभाई, परिवारहरु मिलेर रमझम गर्ने चाड भएको कारणले गर्दा नयाँ बर्षका दिन प्राय सबै जस्तो स्थानहरु ब्यस्त नै हुने गर्दछन । जापानीहरु यस दिन ओसेची रयौरी (जापानी विभिन्न परिकार) खाने गर्दछन । ओसेची खाना हरुमा कालो भटमास, आलु लगायत सुपहरु खाने गर्दछन । यसका अलाबा मोची चामलबाट बनेको एक किसिमको खाना पनि खाने गरिन्छ ।



नेपालको दशैमा जस्तै यहाँ पनि जापानी गुम्बा, मन्दिरहरुमा दर्शनार्थीहरुको ठुलै भीड लाग्ने गर्दछ । बिषेस त नयाँ बर्षको अघिल्लो दिन कावासाकी को कावासाकी दाइसी र सिबुयाको गुम्बामा निकै घुइंचो लाग्ने गर्दछ । साथै अघिल्लो दिन ठुलाठुला मनोरन्जनात्मक कार्यक्रम बिंगो, काउन्ट डाउन सो लगायत ओहानाबी(fire works) हरुको समेत आयोजना गर्ने गरिन्छ ।



 अनि नयाँ बर्षको सुरुवात संगै आफ्ना साथी ... परिवार हरुलाई पोस्ट कार्ड पठाएर नयाँ बर्षको सुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ, भने आ आफ्ना घरको ढोकामा एक किसिमको सल्लाको पात बाट बनेको रुख राखेर नयाँ बर्षको स्वागत गर्ने गरिन्छ । 


जस्तो जे सुकै भए पनि अब आउँदो नयाँ बर्ष सुखद. रमाइलो संग बितोस यहिनै मेरो शुभकामना यहाहरुलाई ।  
यहाँहरुको २०१२ साल सुभ रहोस । happy new year 2011..............
良いお年を。。。。。。。。。。。。




0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan