मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

काम र समय

    लघु कथा 



कृष्ण के श्रेष्ठ "काल्स"
 
     ला!अलराम बजेको त पत्तै पाइनछु, अब ढिलो हुनेभो काममा जानलाइ पनि । खावाई(जापानी नाम) बिहान आंतिदै थिए ।
       
     हुन त हिजो बेलुका देखि नै उनको सन्चो पनि थिएन । टाउको पनि दुखेको थियो अनि ज्वोरो पनि आएको थियो त्यसैले पनि होला आज ५ पटक सम्म अलराम बज्दा पनि चाल पाउन नसकेको होला ।
        
    तरपनि सकिनसकी उठ्ने कोसिस गर्छन, टाउको अझै पनि टिनटिन दुखिरहेको हुन्छ, ज्वोरो पनि त्यस्तै हुन्छ । तर उ काममा जानको लागि लुगसुगा लगाउन तयार हुन खोज्छ ,तर सक्दैनन । खाट बाट उठ्न खोज्छ , तर उठ्न पनि सक्ने अवस्था हुदैन । उसलाई रिंगटा लागेको अनुभब हुन्छ, ढल्न खोज्छ, अनि बिस्तारै फ्रिज खोलेर जुस खान्छन ।
         
     सानो तिनो बिरामी भए पनि जापानमा बिदा दिने चलन हुदाहुदै पनि उनले बिदा माग्नको लागि काममा फोन गर्ने कुनै कोसिस सम्म पनि गर्दैन । बरु कसरि काममा समयमा नै पुग्ने हो? त्यतातिर उनको ध्यान हुन्छ, किनकि उनलाई थाहा छ कि जापानमा काम र समयको महत्व कति हुन्छ भनेर ।
           
     हतारहतार लुगा लगाएर, सकिनसकी ट्रेन स्टेसन तिर दौडिन्छन उनि केहि खानै नखाई । बीच बीचमा उनि घडी हेर्छन । उनीसंग थोरै समय मात्र बाँकि हुन्छ काममा पुग्नको लागि । त्यसैले झन् दौडाइको रफ्तार अझ बढाउछन् । 

तर उनले सधै चड्ने ट्रेन छुटिसकेको हुन्छ जतिसुकै दौडे पनि ।

      ट्रेन आइरहेको आवाज सुनेर स्वाँस्वाँ गर्दै स्टेशन को सिंडी उक्लन्छ. । ८० को स्पिडमा कुदिरहेको ट्रेन एकछिन यात्रु भर्न रोकिएको हुन्छ । खावाई आँखै नहेरी ट्रेन भित्र छिर्न खोज्छ, त्यहि दुर्भाग्यबस ट्रेनको ढोका बन्द भै चल्न थाल्छ । खावाई सान त्यहि ८० को स्पिडमा चलेको ट्रेनमा ठोक्किन्छन बेजोड तरिकाले । र on the spot उनको मृत्यु हुन्छ कि, उनको मुखबाट आया! भन्ने आवाज सम्म पनि आउन पाउदैन ।  

         उनको मुखबाट रगत बगिरहेको हुन्छ, एउटा हात भांचिएको अबस्थामा हुन्छ ट्रेन ले पनि अर्जेन्ट ब्रेक लगाउछ र रोकिन्छ । तर उनलाई उठाउन, त्यहाँ प्रहरी बाहेक अरु कोहि जापानीहरु पनि आउँदैनन, किनकि उनीहरु पनि आआफ्नै काममा जानको लागि हतारिदै दौडिरहेका थिए ।  

   फोटो : एउटा उदाहरण मात्र हो । 








0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture