मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जीन्दगीको चोला कस्तो ?


 गजल



आखिरीमा मर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?
दु:खै मात्र गर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

चाहेजस्तो हुन्न रैछ, जीन्दगीको गोरेटोमा
सयौं खोला तर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

फूलीरहुँ जस्तो लाग्छ, फूल जस्तै हाँसीखुसी
ओइलिएर् झर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

गन्तव्यमा पुग्नलाई, लामो यात्रा पार गर्दा
खाडलमै पर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

नचाहँदा नचाहँदै, बाँच्न स्वार्थी दुनियामा
पापीपेट भर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan