मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

दोलखामा(डाकस) लाखेजात्रा शूरु



आदर्श प्रधान

lakhe

ऐतिहासिक पृष्ठभूमि र धार्मिक सहिष्णुता बोकेको दोलखा जिल्लाको दोलखा शहरमा सदा झै यस बर्ष पनि श्रावण महिनाको शूरुवातसंगै परम्परागत जात्रा लाखेनाचको शुभारम्भ भएको छ ।


रोचक प्रसंगले बाधेको यो लाखेनाच उर्फ डाकसको आफ्नै बिशेषता छ । पौरानिक कथा तथा बुढापाकाहरुको भनाईलाई उद्घृत गर्दा लाखेनाच उर्फ डाकसलाई राक्षसको रुप मानिन्छ । तसर्थ राक्षसले देवताहरुलाई धेरै दुख दिएपछि हार खाएर कालिन्चोक भगवतीको शरणमा गएर स्तूती गर्न थाल्छन् । 

स्तुती देखि खुशि भएका कालिन्चोक भगवतीले सबै कुरा बुझेर देवताहरुसंगै दोलखा शहर आइपुग्छ । र यज्ञ गर्न थाल्छन् । यो देखेर राक्षस रिसाएर यज्ञ बिध्वंश गर्न यज्ञ भइरहेको ठाँउमा गएर लातै लातले हानेर यज्ञको जगलाई नै भत्काई दिन खोन्छन यो सहन नसकि कालिन्चोक भगवती रिसाएर राक्षसलाई लखेट्दै लान्छ । लखेट्ने क्रममा राक्षसहरु पोखरीमा गएर लुक्न खोज्छन् यो थाहापाएर पोखरीमा नै गएर जलयुद्ध गरेर राक्षसको बध गरिदिन्छ । र यहि खुशियालीमा देवताहरु गाँउदै नाच्दै आफ्नो गन्तब्य स्थानमा लाग्छन् । यीनै कथा बोकेको यो लाखेनाच उर्फ डाकस शुरुमा हेर्नेको लागि डरलाग्ने पनि हुन्छ र आकर्षण पनि त्यतिकै हुन्छ ।


जनैपूर्णिमाको दिन अन्त्य हुने यो लाखेनाच उर्फ डाकस स्थानिय यूवाहरुको सक्रियतामा दिउसो र बेलुका गरेर दिनमा दुइ पटक हुने गर्छ । आफ्नै बाजामा रम्ने यो लाखेनाच उर्फ डाकस दिउसो डर लाग्ने ,राती डर नलाग्ने हुन्छ बरु पुराना तथा आधुनिक संगितमा नाच्ने भएकोले थप छुट्टै आकर्षण हुन्छ । लाखेनाच उर्फ डाकस जात्राको आकर्षण पछि सयौं मान्छेहरुको घुँइचो लाग्ने जात्रामा गाईजात्रा, हिलेजात्रा ,ट्वाकलप्याखान (१६०० गोपीनीको नाच) ,भैरबकुमारीको जात्रा र कृष्णअष्टमी आदि लाखेनाच उर्फ डाकस भन्दा महत्वपूर्ण मानिन्छ ।

हामी त हेर्न जान्छांै तपाई पनि जाने होइन त ?

 फोटो: शिवजी प्रधान

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan