मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

उत्कृष्ट त्रिवेणीधाम (कालिञ्चोक)



अनिलचन्द्र श्रेष्ठ

तपस्वीहरुको तपोभूमि हो–कालिञ्चोक । प्रकृतिसँग रमाउनेहरुको क्रिडास्थल हो – कालिञ्चोक । धर्मकर्म गर्नेहरुको पुण्यभूमि हो–कालिञ्चोक । प्रकृतिको वरदान हो – कालिञ्चोक । प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो–कालिञ्चोक । र हो–पर्यटन वर्ष २०११ मा दोलखा जिल्लाको पर्यटकीय गन्तब्य मध्येको एक प्रमुख पर्यटकीय गन्तब्य पनि ।


सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटरको दुरीमा अवस्थित कालिञ्चोक मन्दिर समुन्द्र सतहदेखि करीव ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको छ । पैदल यात्राबाट सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रुपमा गाडिको सुविधा पनि रहेको छ । अनेकौ किंवदन्ती र पौराणिक कथाहरुमा समेत वर्णित यसको महिमा ब्यापक छ । विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदशैं, बडा दशैं, नववर्षका दिन भब्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरुको बाक्लै उपस्थिति हुन्छ । प्रकृतिका छटाहरु नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरुङ्गीका कर्णप्रिय वाणीहरुले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ । जाडोको समयमा हिउँ पर्ने भएकाले हिउँमा रमाउन जानेहरुको संख्यामा पनि उल्लेख्य उपस्थिति रहन्छ । त्यसै गरी चैत–वैशाखको समयमा सेताम्य फूलेका चिमालले झनै कालिञ्चोकको शोभालाई बढाउने गरेको पाईएको छ ।

यात्राका क्रममा देखिएका अटल स्निग्ध हिमश्रृङ्खलाले संवेदनशील मनहरुलाई तरंगीत गर्दछ । बनकुञ्जभित्र चरिरहेका बन्यजन्तुहरु देख्न पाउँदाको क्षण कम रोमाञ्चकारी हुँदैन । यात्रा गर्दा बाटैमा पर्ने देउराली–गैरी–कुरीका शेर्पा समुदायले गरेका आतिथ्य सत्कारले पुनः कालिञ्चोकको यात्रा गर्न आमन्त्रण गरे झै लाग्छ । बाटैभरी बोराका बोरा छुर्पी शहरतिर लान हिडेका भरियाहरुलाई देख्दा–कालिञ्चोकको छुर्पीहरुले उचित ठाउँ पाए झैं लाग्छ ।

विगत २०६७ मंसिर १९ देखि २५ गते सम्म दोलखा पर्यटन विकास समितिको आयोजना तथा दोलखाका अन्य संस्थाहरुको सहयोगमा कालिञ्चोक महोत्सवको आयोजना गरिएको थियो । सोचेजस्तो सफलता हात नलागेता पनि यस महोत्सवले थोरै मात्रामा भएपनि कालिञ्चोकको प्रवद्र्धनमा सहयोग मिलेको छ ।
कालिञ्चोकका अलौकिक विशेषताहरुलाई केलाउँदै दोलखा पर्यटन विकास समितिले पुनः आगामी २०६८ वैशाख १ देखि १५ सम्म कालिञ्चोक महोत्सवको आयोजना गर्दैछ । समग्र दोलखा जिल्लालाई नै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न लागीपरेका समितिका अध्यक्ष बैकुण्ठनारायण प्रधान पर्यटन वर्ष २०११ मा कालिञ्चोकलाई आन्तरिक एवं वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनाउने चटारोमा छन् आजभोलि । पर्यटन वर्ष २०११ अवधिभरी जिल्लाका महत्वपूर्ण स्थानहरुमा महोत्सव गर्ने योजना समेत बनाइसकेका प्रधानका अनुसार–कालिञ्चोकलाई क्लयध क्पष् क्उयचत, न्याि ऋयगचकभ, च्यअप ऋबिmदष्लन, एबचबनष्मिष्लन, क्पथ म्ष्खष्लन, एष्अलष्अ क्उयत को रुपमा पनि विकास गर्न सकिने तथ्यहरु अगाडि सार्छन् । यसका लागि दोेलखा पर्यटन विकास समिति मात्र नभएर जिल्लाभरीका सरकारी तथा गैरसहकारी संघसंस्थाहरु एवं जिल्लावासीहरुको सकारात्मक सहयोग पाउने कुरामा पनि विश्वस्त छन् प्रधान ।


आन्तरिक, बाह्य, धार्मिक पर्यटकहरु बढाउने उद्देश्यले आयोजना गर्न लागेको यो महोत्सवले दोलखाको पर्यटन विकासमा धेरै मात्रामा सहयोग पुग्ने देखिन्छ । जिल्लाका संघसंस्थाहरुको सकारात्मक सहयोग पाएको खण्डमा पर्यटन वर्ष २०११ मा जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा उदाउने छ कालिञ्चोक । जसको लागि दोलखा जिल्लावासीको सहयोग अपरिहार्य छ ।

स्थानीयहरुको खिचातानी, राजनैतिक दलका आपसी बेमेल जस्ता कुराहरुले गर्दा पनि कालिञ्चोकको प्रवद्र्धनमा ठेस पुगेको छ । विगत केही समय अगाडि केवलकार राख्ने कुराले पनि ब्यापकता पाएको थियो । तर सानो सोच र बेमेलका कारणले नै उक्त कुरा आजभोलि हराइसकेको छ ।

त्यसै गरी दोलखा जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतीक, पुरातात्वीक, साहसिक, प्राकृतिक तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट मात्र नभई दोलखा जिल्लाको गौरीशंकर हिमाल, दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी मन्दीर, कालिञ्चोक मन्दिर, कालिमन्दीर, शैलुङ्गेश्वर महादेव, बिगुको टासी गुम्बा, मलारप्पा मेडिटेसन सेन्टर लप्ची, देवलाङ्गेश्वर महादेव देवलाङ, हलेस्वर महादेव सुरी, हलेश्वर महादेव माली बैतेश्वर महादेव नाम्दु, जिरेश्वर महादेव जिरी, ढुङ्गेश्वर महादेव जिरी, कालिनागथान सुनखानी, रामबोले देवी ठूलोपातल, गाईखुरा महादेवको मन्दिर सुकाठोकर, माहाँकाल मन्दिर माटी तथा त्रिवेणीधाम चर्नावती जस्ता बिभिन्न धार्मीक तथा तिर्थस्थलको गन्तव्य स्थलको कारण स्थानीय जनताहरुमा आस्थाको केन्द्र बनेको बिभिन्न धार्मिक मन्दिरहरु मध्ये कालिञ्चोक मन्दिर धार्मीक दृष्टिकोणले मात्र नभई पर्यटकिय रुपले पनि महत्वपूर्ण मानिन्छ ।

प्रवद्र्धनको कमीले पनि हुनसक्छ कालिञ्चोक जस्तो गरिमामय स्थानले पर्यटकीय गन्तब्यको सूचीमा उचित स्थान नपाएको । दोलखाका स्थानीय, राजनैतिक दल, सरकारी तथा गैरसरकारी निकायहरुले चाहेको खण्डमा पर्यटन वर्ष २०११ को उद्घोषसँगै प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम बन्ने अवसर पाउनसक्छ–कालिञ्चोकले । अन्यथा जहिल्यै पर्यटकीय सम्भावनाको सूचीमा मात्रै दरिने छ दोलखाबासीको प्रिय–कालिञ्चोक यसैले विना पूर्वाग्रह यस स्थलको धार्मिक, प्राकृतिक अनी पर्यटकिय महत्वका साथ गरिमालाई आफ्नै पहिचान दिन लगाउन र यस लाई बाहिर ल्याउनको लागि सम्पूर्ण राजनैतिक दल र दोलखा जिल्लावासीहरुको जिम्मेवारी हुन आएकोले यस शुभ कार्यको थालनीको लागि जिल्लावासी सदबुद्धि प्रदान गरोस् भनी दोलखा भीमसेन संग प्राथना गर्दछु । धन्यवाद ।

साभार : बाँपिझ्याला

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan