मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

प्रकृति, जापान र मार्च ११


 

कृष्ण के श्रेष्ठ काल्स
योकोहामा जापान
टुकुटुकु हिड्ने नानीजस्तै भाथ्यो जापान  
मार्च एघारमा
जुनदिन
९ रेक्टर स्केलको भयानक भूकम्पले
घरहरु
निकैबेर दाँयाबाँया लच्किएका थिए
तर
रोक्न सकेनजापानी प्रविधिले
न त
फुकुसिमा र सेन्दाईका पक्कि घरहरुलाई थामेर रोक्न सके
न अनाबिक भट्टी पड्किनबाट जोगाउन सके
प्रकृति त आखिर प्रकृतिनै रहेछ
तथापी,
जीवन बचाउन मान्छेहरु भागाभाग गर्दैथिए.
कोहिभने,
डराएर भित्रभित्रै टेबलमुनि लुक्दै थिए
तर रोकेन भूकम्प
आखिर, ध्वस्त बनाएरै छाड्यो
कयौंबर्ष लगाएर बनेका ती बिकसित शहरहरु
तर,
यी अविचलित जापानीहरु
सडक चर्कादाचर्कदै, घर हल्लिदा हल्लिदैपनि खालीखुट्टा दौडदै थिए
बाँच्ने आशामा
तर फेरी
अर्को बिपत्ति,
प्रविधिलाई धम्कि दिनलाइ होकी ?
खै किन हो?
बेतोडको रफ्तारमा मुठी कसेर आयो
डरलाग्दो सुनामी.......
फेरीपनि
जापान प्रकृतिसंग जित्न सकेन 
किनकि,
चाहेर पनि छेक्न सकेन सुनामीलाई
बरु
१७ मिटर अग्ला अनि बलिया पर्खाललाइ पनि
फोडेर बगाइदियो...
अनि,
भूकम्पबाट बचेका  घरहरुलाई पनि
कठै!
सोतर पारि मिल्काइदियो
र बनायो
बेग्लै, अति कहालीलाग्दो
डरलाग्दो
एउटा नयाँ
प्राकृतिक मसानघाट...
जहाँ,
धेरै अग्ला गगनचुम्बी
बलिया घरहरुको लास गाडिएको थियो
चितामा
महंगा गाडीहरुपनि जल्दै थिए
सिकर्मी, डकर्मी र इन्जिनिएर हरुपनि
खरानी बन्दै थिए
भन्दैथिए
लौन, बचाऊ हामीलाई अझै बाँच्न देउ
एकदिन
अबस्य पनि प्रकृतिलाई जितेर देखाउनेछौ

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture