
दिमाग खराब भो
म संग आइनौ, दिमाग खराब भो
पिरती लाइनौ, दिमाग खराब भो
कसरि गरूँ म, विश्वास तिमीलाई?
कसमै खाइनौ, दिमाग खराब भो
प्रेम पत्र मैले , जतिसुकै लेखुँ खै ?
फिर्ता पठाईनौ, दिमाग खराब भो
तिम्रैलागि भनि, लेखिएका गीतमा
स्वर भै गाइनौ, दिमाग खराब भो
बिरक्तेर एक्लै, हुँदा म एकान्तमा
आई फ़काइनौ, दिमाग खराब भो
आफूभन्दा धेरै, गर्दा नी मायामोह
मनमा छाइनौ, दिमाग खराब भो
मैले रोइ बस्दा, आफु मात्र हाँसेर
किन हसाइनौ, दिमाग खराब भो
0 comments:
Post a Comment