मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अक्टोपसको स्वाद


विश्वकप फुटबलमा ज्योतिसिको ठूलो चर्चा कमाएको अक्टोपस हामी नेपालीलाई फोटोमा देख्दा र भिडियोमा हेर्दा सम्म पनि घिन लागेर आउँछ तर त्यहि देख्दै घिन लाग्दो समुद्री जीव अक्टोपस मान्छेहरुले खान्छ भन्ने कुरा सुन्दा तपाई हामीलाई अचम्म लाग्नु स्वोभाबिक नै हो । 
ताको खारागे
 हो, त्यहि अक्टोपस विश्वोका केहि देशहरु जापान, भुटान चिन लगायतका अन्य देशमा खाने गरिन्छ, विभिन्न परिकार बनाएर । यसको मासु खाने देशमा जापान पहिलो स्थानमा आउँछ स्वास्थको लागि राम्रो हुन्छ भनेर जापानमा यसलाई आगोमा पोलेर (ताको याकि) तेलमा फ्राई गरेर(खारागे) अनि काँचै (सासिमी) को रुपमा पनि खाने गरिन्छ । 
ताको सासिमी
 अक्टोपस हेर्दाखेरि जस्तो सुकै भएपनि आफैले खाईहेर्दा मिठै लागेको थियो मलाई जापान आएको झन्डै ६ महिनापछी मैले चाख्ने मौका पाएको थिएँ, सासिमीको रुपमा काँचै जस्तो देखिएपनि खाउँखाउँ लाग्ने बनाउने रहेछ एकचोटी खाएपछी सासिमी । यदि तपाइहरुपनि कुनै दिन जापानया अन्य कुनै देश जानुभयो भने अक्टोपसको मासु चाख्न नबिर्सनुहोला ..........
ताको याकी




फोटो स्रोत: जापानी वेबसाइट 


0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan