मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

आरोह अवरोह.....




मैले ब्लग लेख्न सुरु गरेको पनि दुइबर्ष बितिसकेछ । सुरुसुरुमा धेरै कठिन प्रयास गरि जानीनजानी ब्लग चलाउन सुरुगरेको थिएँ मैले । ब्लगको मुहार राम्रो बनाउनको लागि मैले रातारात नसुतेर पनि बनाउने गर्थे । ती मेरा सुरुका दिनहरु सम्झदा अहिले यो मेरो ब्लगलाइ मेरो जिन्दगि भरिनै समय दिन्छु जस्तो लागेर आउँछ, जस्तो सुकै बाधाहरु आइपरेपनि । हेरौं अब कति सम्म अघि बढ्न सकुँला ?

ब्लगको नयाँ डिजाइन
लेख्ने कुराहरु धेरै छन् , तर यो बिदेशी व्यस्तताले गर्दा मैले चाहेर पनि ब्लगलाई त्यति धेरै समय दिन सकिरहेको छैन । फुर्सदको बेलामा केहि गजल, कविता, कथा, स्थान परिचय लगायतका सामाग्रीहरु लेखेर पस्कने गरेको छु । सायद मेरा यी रचनाहरु त्यति राम्रा त छैनन् होला तर पनि मैले लेख्ने काम भने छोड्न सक्दिन त्यसैले निरन्तर लेखि रहने विश्वास दिलाउन चाहन्छु । 


धेरै समय बितिसकेपछि आफुलाई मन पर्ने यहि ब्लगको डिजाइनमा अलिकति चित्त बुझेन जस्तो महसुस भयो मलाई,  त्यसैले मैले मेरो ब्लगको डिजाइनमा केहि फेरबदल गर्ने कोसिस गरेकोछु । अनि ब्लगको टाईटल पनि परिबर्तन गरेर आरोह अवरोह राखेको छु । तपाईहरुलाई कस्तो लाग्यो मेरो यो नयाँ ब्लगको डिजाइन? के गर्दा राम्रो हुन्छ होला? सल्लाह सुझाब दिनुभयो भने म आभारी हुनेथिएँ । 
बाँकि अर्को भेटमा ........ 


 

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan