
बुझ्दैन मन
मिठामिठा कुराहरु बोलेपनि बुझ्दैन मन
मनकोढोका फुकाएर खोलेपनि बुझ्दैन मन
मेरैलागि मायामोह सम्हालेर राखीराखी
मुटुभित्र सदभाबले घोलेपनि बुझ्दैन मन
भोक प्यास छाडेर रातौं दिन मेरैलागि
अंगालोमा बाधिएर झोलेपनि बुझ्दैन मन
भेटहुदा सर्माउदै मेरैसामु आइतिमी
लोभिनजर घन्टौसम्म टोलेपनि बुझ्दैन मन
पिडामा म तडपिएर दुख्दाखेरी मनमेरो
तिमि आइ हत्केलाले मोलेपनि बुझ्दैन मन
0 comments:
Post a Comment