मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

तामाकोसी आयोजना शिलान्यास 'आर्थिक क्रान्तिको सुरुआत'

 हिरिप्रसाद भट्टराई/सन्तोष कार्की 

दोलखा, जेठ ४ गते । प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोसी आयोजना नेपालको जलस्रोत इतिहासमै कोसेढुङ्गा भएको विचार व्यक्त गर्दै आयोजना शिलान्यासले आर्थिक क्रान्तिको सुरुआत भएको बताउनुभएको छ ।
बुधबार दोलखाको लामबगरस्थित गोङ्गरमा माथिल्लो तामाकोसी जलविद्यु्त् आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले सो कुरा बताउनुभयो । उहाँले मुलुकमा रहेको अपार जलस्रोतको भरपुर उपयोग गर्न सके नेपाल केही वर्षमै आर्थिक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजना समयमै सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजना समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबीचको सहमति र पहल आवश्यक रहेको उहाँले जोड दिनुभयो । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले माथिल्लो तामाकोसी आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि सबै दलहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । तामाकोसी आयोजनाले जलस्रोतमा नेपालीहरूकै स्वामित्व स्थापित गर्ने अभियानको सुरुआत भएको उहाँको भनाइ छ ।
रक्षामन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोसी जस्तै अन्य आयोजनाहरू पनि स्वदेशी लगानीमा बनाउनेतर्फ सरकारले ध्यान केन्दि्रत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यस्तै ऊर्जामन्त्री गोकर्ण विष्टले माथिल्लो तामाकोसी आयोजना मुुलुकको ऊर्जा सङ्कट समाधानको प्रमुख आधार भएकाले जलस्रोतमा नेपाली जनताको स्वामित्व स्थापित गर्ने प्रक्रियाको सुरुआत भएको धारणा राख्नुभयो ।
सञ्चारमन्त्री अग्नि सापकोटाले माथिल्लो तामाकोसी आयोजना बहुआयामिक महìवको भएकाले यसले नेपालीको स्वाभिमान बलियो बनाएको बताउनुभयो ।
आयोजनाका निमित्त कार्यकारी अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्काले तामाकोसीमा अझै पनि जल माफियाहरूको चलखेल कायम रहेको तर्फ सचेत गराउँदै यसतर्फ सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीमबहादुर तामाङले माथिल्लो तामाकोसी नेपालीका लागि गौरवको विषय भएकाले आयोजना निर्माण कार्य बिना अवरोध अघि बढाउन सबै राजनीतिक दलहरूको सहयोग र पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माथिल्लो तामाकोसी आयोजनाको प्रधानमन्त्री खनालले बुधबार भव्य समारोहका बीच शिलान्यास गर्नुभएको हो । आयोजना स्थल दोलखाको लामाबगरस्थित गोङ्गरमा भएको शिल्ाान्यास कार्यक्रममा सभासद्, राजनीतिक दलका प्रमुख सचेतक, जलस्रोतविद्, जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शिल्ाान्यास कार्यक्रमका लागि करिब ३० लाख रुपियाा खर्च भएको अनुमान छ ।
यसअघि आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तय गरिए पनि वित्तीय व्यवस्थापनबिना नै शिलान्यास गर्न लागिएको भन्दै सर्वत्र विरोध भएपछि स्थगित भएको थियो । आयोजनाको शिलान्यासपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको टोली राजधानी फर्किसकेको छ । तामाकोसी आयोजनामा कर्मचारी सञ्चयकोषको दस, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको दुई/दुई अर्ब रुपियाा ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनामा नेपाल सरकारको ११ अर्ब आठ करोड लगानी रहनेछ । आयोजनाले विद्युत् प्राधिकरणसाग भएको विद्युत् खरिद सम्झौता अनुसार व्यापारिक उत्पादन भएको वर्ष प्रतियुनिट बिजुली चार रुपियाा छ पैसामा प्राधिकरणलाई बिक्री गर्नेछ । आयोजनाको ६८ किलोमिटरको प्रवेश मार्ग चिनियाा कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सुधार गरिरहेको छ । ४५६ मेगावाट क्षमताको प्रथम चरणको यो आयोजना सन् २०१५ भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
त्यस्तै दोस्रो चरणमा सन् २०१७ सम्म र तेस्रो चरण सन् २०२० भित्र गरी उक्त आयोजनाअन्तर्गत कुल छसय मेगावाट विद्युत् उत्पादन गरिने जानकारी दिइएको छ । हाल ६८ कि.मि. प्रवेशमार्ग निर्माणको चरणमा रहेको र मुआब्जा वितरण लगायतका कार्य पूरा भइसकेको बताइएको छ ।
त्यस्तै स्थानीय बासिन्दालाई १० प्रतिशत, सञ्चयकोषमा कोष कट्टी गरेका सञ्चयकर्ता, प्राधिकरणलगायतलाई २४ प्रतिशत गरी शतप्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपियाा छ ।

साभार स्रोत : गोरखापत्र 

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan