मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

तीस तला माथी बाट

मंगलबार अस्तिको दिन केहि काम बिशेषले गर्दा जापानको अति ब्यस्त रेल स्टेसन सिन्ज्युकु र सिबुयामा अबस्थित योयोगी पार्कमा म र मेरा साथीहरुसंग गएको थिएँ । त्यहि मौका पारेर ३० तला अग्लो बिल्डिङबाट केहि दृश्य हरु कैद गर्ने मौका पाएको थिए । हुन त यस बिल्डिङभन्दा अग्लो बिल्डिङबाट पनि फोटो खिच्ने चाहना त थियो तर केहि समस्याले गर्दा सकिरहेको थिइन । आज त्यहि फोटोहरु यहाँ राख्ने कोसिस गरेकोछु । 

३० तला माथि बाट देखिएको सिन्ज्युकु बजार

फोटो खिच्न लाग्दै मेरा साथी बिमल

बाहिर नियाल्दै(म )

बाहिरी दृश्य

बिकसित घरहरु 

लडिएला कि ? थोरै डर

ब्यस्त शहर बीचमा यस्तो सुन्दर पार्क

हरियो बृक्ष
सिरिसिरी बतास
न्यानो अंगालो
(बस्दा बस्दै फुरेका हाइकु)

फोटो खिच्न पोज दिदै

आहा ! कति राम्रो हरियाली .....


0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture