 |
पृष्ठभूमिमा गौरीशंकर हिमाल(दाहिनेतिर निलो जस्तामा चम्पूजा क्याफे) |
दोलखा जिल्लाको दोलखा बजार अर्थात अभयपुरमा अबस्थित चम्पूजा सायद दोलखामा पुग्नुहुने सबैको लागि सुनिसकेको नाम हुनुपर्छ । जुन ठाउँ एउटा मनोरम दृश्यावलोकन गर्ने स्थलको रुपमा चिरपरिचित रहदै आएको छ ।
त्रिपुरा उद्यान संगै रहेको त्रिपुरासुन्दरी मन्दिर, पूर्वमा गौरीशंकर हिमालको चमकता, अनि उत्तरमा कालिन्चोक मन्दिरको थुम्का , दक्षिणमा कलकल बग्ने तामाकोसी नदि लगायत चारैतिर देखिने हरिया वनको मनोरम दृश्य अनि सिरिसिरी चल्ने चिसो बतासको स्पर्शले जोसुकैलाई घन्टौं सम्म पनि त्यहीं बसिरहुँ जस्तो बनाईदिन्छ चम्पूजा पुगिसकेपछि, त्यस्तो मोहनी छ चम्पूजा संग ।
प्रकृतिलेनै बनाई दिएको त्यहाँ अबस्थित् ठुलो ढुंगा, जुन फोटो खिच्ने उत्तम स्पोटको रुपमा स्थापित छ । जहाँबाट चारैतिरको सुन्दरताको अबलोकन गर्न सकिन्छ । यो स्थान मायाको जोडी हरुको मायाको बातमार्ने एकान्त लभ स्पोटको रुपमा पनि परिचित छ । त्यसैले धेरै जसो समय जोडीहरुको उपस्थिति धेरै रहेको हामी देख्न सक्छौं ।
केहि बर्षअघि मात्र यहाँ आउने पर्यटक हरुको वृद्धिलाई ध्यानमा राखी चम्पुजा क्याफे नामक रेस्टुरेन्ट पनि खोलिएको छ । जुन त्यहाँ घुम्न आउने पर्यटक हरुको थकाईमार्ने र भोकमार्ने थलो बनेको छ ।
त्यसैले यदि तपाई हरु पनि यदि दोलखा अथवा दोलखा भिमेश्वोर जानुभएको खण्डमा अबश्य पनि चम्पूजालाइ नबिर्सनुहोला ।
अब हामी पनि लाग्ने हो कि एकछिन चम्पूजा तिर ?
 |
गौरीशंकर हिमाल |
|
|
|
|
| |
मनोरम दृश्य | | | |
 |
तामाकोसी |
 |
ठुलो ढुंगा |
 |
त्रिपुरासुन्दरी मन्दिर |
 |
भ्यू पोइन्ट |
 |
त्रिपुरा उद्यान |
 |
देब्रेतिर हरियालि |
 |
त्रिपुरा उद्यान प्रवेश द्वार |
Related Posts : मेरो दोलखा
0 comments:
Post a Comment