मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

आफ्नै देशबाट

आज म आफ्नै देश नेपालबाट मैले पहिलो ब्लागिंग गर्दैछु । बिदेशी भुमिबाट ब्लग लेख्नु र आफ्नो देशमै बसेर लेख्नुमा  छुट्टै आनन्द लागिरहेको छ । लोडसेडिंगको कारणले गर्दा अरु कुरा लेखा पाएको छैन । त्यसैले एउटा गजल लेख्ने कोसिस गरेको छु ।

गजल  


भावनामा डुवि गजल गाउँछु म त देशको लागि
गाली ताली वाह!वाह! पाउँछु म त देशको लागि

शेर का खाबो माथी रदिफ र काफिया मिलाई 
गजलकै छानो बनाई छाउँछु म त देशको लागि 
 
के कविता के को गीत? हात मा हात मिलाएर
साइनो मायाप्रितीको लाउँछु म त देशको लागि
 
आँखाभरी आँसुनै आँसु बोकीहिड्ने नेपालीलाई
पेट मिची मिचीकन हसाउँछु म त देशको लागि
 
जनताहरुको सुख दुख सबैमाझ गजल बनाई
सुनुसुनु लाग्ने गरि सुनाउँछु म त देशको लागि

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture