मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

दुइ बर्ष <दुइ दिन

 कविता 

कृष्ण के श्रेष्ठ "काल्स"


यो दुइ दिन 
मेरो लागि 
जापान बसाइको
दुइ बर्ष 
भन्दा पनि 
लामो लागिरहेछ, 
किनकि जब 
क्षण क्षणमा म 
घडी हेरेको हुन्छु तर 
सुइ 
पटक्कै नसरेको देख्दा 
घडीसंगै रिस उठेर आउछ 
तर 
घडीलाई केको दोष र ?
दोष त जापानी 
व्यस्त समयलाई छ
किनकि मेरा यी दुइ बर्ष 
जबर्जस्ति मलाई
अति ब्यस्तकर बनाई
मलाई कुनै समय काटेको पत्तो पनि दिएको थिएन 
यथार्थमा भन्नु पर्दा
२ बर्ष 
मेरोलागि २ दिन भन्दा छोटो लागेको छ 
तर म भोलिको पर्खाईमा 
अर्थात् 
नेपाल आउने दिनको पर्खाइमा
हिजोदेखि कुरिरहेको छु 
सेकेन्ड सेकेन्ड सुइँको फन्को गनेर 
अपसोच !
समय स्थिर छ 
जहिले हेरेपनि 
दिन ढलेको हुन्न
घाम उदाइरहेकै देख्छु 
 नेपाल जाने दिन आइपुग्न 
अझै 
दुइ बर्ष हैन 
धेरै बर्ष बाँकि होला  
अनि
घडीको सुइले 
लाखौ फन्को मार्नुपर्छ होला 
अनि मात्र 
मेरो यो दुइ दिन 
अर्थात 
नेपाल जाने दिन आउनेछ 
म यहि पर्खाइमा 
मेरो बाकि रहेको 
अबको बर्ष (दुइ दिन)
सकी नसकी बिताईरहेछु 
कुनै काम बिना 
फुर्सद नै फुर्सदमा 
लमतन्न 
खाटमा सुतेर
छटपटी अनि खुसि बोकेर 
पर्खिरहेछु 



0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture