मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

हिउँसंगका चार दिन



यहि डिसेम्बरको पहिलो हप्ता जापानको उत्तरी भेग अर्थात होख्खाईदोउ (प्राय हिउँ परिराख्ने ठाउं)को  भ्रमणमा जाने मौका मिलेको थियो मलाई । चार दिनको भ्रमणमा कलेजका साथीहरु अनि टिचर गरि जम्मा ३७ जनाको समूह थियो । भ्रमणको पहिलो दिन जापानको अति व्यस्त हानादा विमानस्थलबाट हामी डेड घन्टे आकाशे यात्रा पुरा गरि सिन्चितोसे बिमानस्थल पुगेका थियौं । त्यतिबेला त्यहाको मौसम निकै जाडो थियो । त्यसैले बाक्लो लुगा, टोपी लगाएर हाम्रो यात्राको सुरुवात गर्यौं ।
त्यहाँ हामीलाई लिनको लागि  गाडी आएको रहेछ, त्यसैले हावाको चिसो सिरेटोसंगै गाडीको यात्रा सुरुगर्यौं । बाटो बाटोमा धेरै रमाइला ठाउँहरुको अबलोकन गर्दै बिहानको खाना रेस्टुरेन्टमा  खाईवरी हामी अर्को स्पोटको यात्राको लागि निस्कियौं । करिब आधा घन्टाको यात्रापछि  भालुको मुर्ति कुदने ठाउंमा पुग्यौं । डेड घण्टा जति लगाएर हामीले काठको मुर्ति बनाउने कोसिस गरेका थियौं । 
यस्तै यस्तै रमाइला ठाउँहरुको अबलोकन गरि हामी जापानको हिउँ संग लडिबुडी गर्दै  ४ दिनको यात्राका क्रममा खिचिएका केहि रमाइला फोटोहरु राख्ने जमर्को गरेकोछु । आफुलाई मन परेका धेरै फोटोहरु खिच्ने कोसिस गरेको थिएँ त्यसैले यहाँ त्यस्ता केहि रमाइला, अविस्मरनिय जुन मलाई मन परेका फोटोहरु राख्ने कोसिस गर्दैछु ।

यात्राको पहिलो  दिन:

काठको भालु बनाउने मेरो प्रयास
जापानी पोसाकमा मेरा टिचर साथी बिमल अनि म
जापानी खानाको परिकारहरु

दोश्रो दिन:

जापानी ठिटीहरुसंग हिउँमा खेल्दै
दिउसोको खाजा चाइनिजहरु संग
Whisky बनाउने कारखानाको अबलोकन
Whisky को चुस्की लिदै
मेरो साथीको फोटो खिच्ने खुबी
तेस्रो दिन:

टिचरसंग बिहानको खाना खादै
जापानी घण्टाघर
क्रिसमसको चहलपहल
टिचरहरु संग घुमघाम
बाटोमा देखिएका सेताम्मे हिउँका दृश्य
सिसाको गिलास बनाउदै
जमेको हिउँ फालेर मजा लिदै
चौथो दिन अर्थात अन्तिम दिन:


हिउँले पुरिएको गाडी
चिडियाखानामा देखिएको जिराफ
सेतो भालु
सिंह
पेन्गुइन
बाटोमा देखिएका घरहरु


जेहोस चार दिनको यात्रा रमाइलो संगनै बित्यो हिउँसंग लडिबुडी खेलेर होख्खाईदोउमा । जिन्दगीकै एउटा रमाइलो यात्राको अनुभब लिएर फेरी आफ्नो उही गाउँ योकोहामा आकासे यात्रागर्दै फर्कियौं चिसो हावा छोडेर , सेतो हिउँ कुल्चेर अनि रमाइला क्षणलाई बिर्सेर .......

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan