मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

को पाखे ?

                               कथा                                       
अनिता श्रेष्ठ "अर्पिता"

आज समिता यति रोई कि त्यसको वारेमा साध्य छैन् विगतमा जुन सम्वन्ध दाजु सँग थियो त्येा सम्वन्ध टुटेपछि उन्केा मन चिन्ताले रन्थनिएकेा थियो  । पहिला जति सम्वन्ध थियो अहिले त्यो सम्वन्ध दाजु सँग टुटिसकेको थियो किनकी दाजु र वहिनी विच धेरै कुराले पनि होइन सानो कुराले सम्वन्ध टुटेको थियो ।  त्यही भएर विगत १० वर्षदेखि न त समिता नेपालमा आइन न त दाजुले नै वोलाएको थियो । तर्सथ मन जति फुटेपनि विगतको मिलनको कुरा पनि समिताको नजरमा वारम्वार आउने गर्दथ्यो भने दाजुको नजरमा पनि आएकेा थियो । समिता, विगतमा कति दाजु सँग मिलनसार थिइन । दाजुले पनि कम्ति पुल पुलाएर पालेकि थिइनन् त? त्यसकेा सिमाना नै छ्रैन् । गाउँमा हुर्केर, वढेर पढेर यी दुईजनाको जिन्दगी वडो राम्रो सँग वितेको थियो । दाजुले खन्थे भने वहिनीले कोदो रोप्थे ।  दुवैजनाले जहिले पनि एउटा विषयमा छलफल गर्थे दाजु मान्छेहरु पढेपछि किन गाउँमा वस्दैन होला हगि  - दाजु जवाफ दिन्थे "होइन नानु त्रि्रो दाजु म त वसेको छु नि  त्यसैमा ढुक्क मानन् वरु तिमी चाँही नवस्ने होला -" अँ दाजु पनि त्यस्तो  त म कहिले गर्दिन । भनेर समिता पुल पुलिएर दाजुलाई जवाफ दिन्थिन् ।

 "अहिलेको जति हाम्रो गाउँको डाक्टर, इन्जिनियर र सवैजना गाउँमा वसकेा भए चाँही हाम्रो गाउँ उन्नतिको शिखरमा पुग्दथ्यो कि - " त्यो त होनि सवैजना विदेशमा छन् । विदेशीले छात्रवृतिको नाममा राम्रा राम्रा वुद्धिजिवीलाई उतै तान्दो रहेछ त हेर न माथिल्लो गाउँको विवेक, तल्लो गाउँको टिका, वल्लो गाउँको रमेश सवै अष्टेलिया, अमेरिका र कता छन् कता सवै राम्रा विद्याथीहरु  विदेशीहरुले तानेर लग्यो नि  - फेरि समिता सोध्छन  "दाजु छात्रवृति भनेको त राम्रो कुरा होइन र - त्यसवाट मान्छे कसरी व्रि्रेको भन्ने र -" त्यसमा  महेन्द्र सम्झाउँछ "हो राम्रो हो । तर विदेशीहरुले मानौ एम.एस.सी पढ्नलाई छात्रवृति दिन्छ भने उनीहरुको वि.एस.सी सम्म पढाउने पैंसा त जोगियो नि । अनि एमंएस.सिको छात्रवृति दिने त्यसपछि भने उनीहरुको देशको नागरिकता दिएपछि त्याँहा त सभ्य व्यक्तिहरु र जेहेन्दार व्यक्तिहरुमात्र जाने भयो जसवाट उनीहरुको राम्रा राम्रा व्यक्तिहरु मात्र पुग्ने भयो यसरी पुगेकेा राम्रा व्यक्तिहरुको समाज पनि सभ्य नै हुने भयो अनि उनीहरुको देशको विकास हुने भयो त्यही भएर अहिले अमेरिका , अष्ट्रलिया जस्ता विकसित मुलुकले मान्छे तान्ने कारण त्यो हो नानु
समिता कुरा वुझे जस्तो गर्दै "त्यसो भए त छात्रवृति दिनुपनि नराम्रो रहेछ त होइन र दाजु -" "होइन छात्रवृति दिनु राम्रो अनि पढेर नेपाल फर्किनु पनि राम्रो तर त्यही वस्नु चाँही नराम्रो " भनेेर महेन्द्र भन्दछ । अनि त्यहीवेला समिता भन्छ "दाजु म कोदोको रोटी वनाएर ल्याउँछु दाजु खर्न्र्दै गर्नुस अनि म आएपछि दुवैले कोदो रोप्ने है "
यतिकै सम्झेर समिता झल्यास हुन्छ ओहो विगतकेा ति दिनहरु कति रमाईलो थियो तर विदेशमा आएपछि के के न हुन्छ भन्थ्यो मात्र निरस, नरमाइलो, अनि दोस्रो नागरिक भएर जिउनु पर्ने, मेरो माष्टर ड्रि्रीको र्सर्टिफिकेट छ नि तर काम धेरै निम्न स्तरको गर्नुपर्ने ,फेरि यी गोराहरुलाई खुशी पार्न पनि गारहो - कस्तो ठाउँमा अल्झिदो  रहेछ भने घर फर्कौ भने समाजको अगाडी कसरी र्फकने नर्फने हो भने पनि जिन्दगीमा तेस्रो दर्जाको काम गरेर कसरी वस्ने, उफ दिक्क लाग्छ त्यो वेला कोेदो रोपेर, मकै र्छदा, धान काट्दाको दिन पनि कति रमाईलो हुन्थ्यो तर याँहा त आफु एक्लै हुने रहेछ न त विमारी हुँदा केाही हुन्छ । साथीहरु पनि कस्तो प्रकारको साथी नेपालमा त सवै साथीहरु झमघट भएपछि सवैकेा पैंसा पालो पालेा गरि तिर्छन तर विदेशमा त झमघट भएता पनि आफनो पैंसा आफैले नै तिर्नुपर्ने अचम्मको छ वावा ।
यसरी समितालाई विगतको क्षण खोले, फाँडो, ढिँडो खाएको क्षण नै प्यारो लाग्दछ । विदेश जाने वितिकै एउटा घर १५ वर्षो ऋणमा किनेको तलव त आधि त्यही ऋणर्कै लागि काट्दो रहेछ । त्यो ऋण नतिरे सम्म नेपाल पनि आउन नसक्दो रहेछ अनि त्यो ऋण तिर्दा तिर्दा रित्तो हुनेरहेछ । फेरि सामानहरु पनि त कति महँगो छ नि त्याँहा, चामलको मुल्य पनि कति वढी हरेक महँगो महँगो । वाहिरवाट हर्ेदा सुकिला मुकिला देखिएता पनि भित्र भित्र भने मान्छे रोवट मेसिन जस्तो भईसकेको हुने रहेछ । शुरुमा दाजुलाई पढेपछि फिर्ता आउँछु भन्ने मान्छे त अव त नेपालको अधिकृत स्तरको स्थाई जागिर पनि खुस्किसक्यो तै पनि समिता आउन सकेन । खाली उसलाई विगतकेा कुराले सताईरहन्थ्यो । दाजुले र्फक भन्ने कुरामा उसले शुरुमा याँहा घर किनिसकेको छु भनेर भन्दा महेन्द्र एकदम रिसाएकेा थियो । महेन्द्रलाई कैंयौ चोटि घुम्न आउनु भनेर समिताले  वोलाउँदा पनि मान्दै मान्दैन्थ्यो ।
यसरी नमानेकोले समिताले एकदिन दाजुचाँहीलाई पाखे शव्दको प्रयोग गरेको थियो त्यसपछि त महेन्द्रले समितालाई वास्ता गर्न छोड्यो । फोन कहिले पनि उठाएन र समिताले कैंयौ चोटि फोन गर्दा पनि कहिले उठाएन ।
महेन्द्रमा एउटा इगो थियो कि उ गाउँमा वसेर दुनियाँ वच्चाहरुलाई शिक्षा दिएर उनीहरु नै विदेशमा पुगेर तेस्रो लेवलको काम गर्दछ तिनीहरु चाँही सभ्य हुने जवकि आफनै गाउँमै वसेर सेवा गर्ने चाँही पाखे हुने - उसलाई सारै चित्त दुख्छ र यति चित्त दुख्छ कि साध्य नै हुँदैन् । विगतकेा वहिनी र अहिलेको वहिनीमा फरकपन आएकोले उन्लाई त यति दिक्क लाग्दछ कि त्यसलाई नापेर साध्य नै हुँदैन् उनी मन मनमा सोध्छ को पाखे ?
उतातिर फेरि समिता सोच्छ "दाजुलाई पाखे भन्नु मेरो ठूलो गल्ति भयो पाखे त म हो नि जसले गोराहरुको लुगा धोइदिने, वच्चा स्याहार गरिदिने, घर हेरिदिने, ट्वाइलेट सफा गरिदिने वास्तवमा त यस्तो जन्जालमा फस्दो रहेछ कि विदेश गएपछि समाजले भन्दा राम्रो तर आफूलाई नराम्रो म पो पाखे त -" फेरि वहिनी चाँहीको लुगा लगाएको पारा पनि दाजुचाँहीलाई  मन पर्दैन्थ्यो उन्लार्इर्र्महिलाले अर्धनग्न र पाइण्ट शर्ट लगाएकेा पटक्कै  मन पर्देन्थ्यो ।
आज दशैंको टिकाको दिन १० वर्षपछि दाजुलाई फोन गर्दछ दाजु फोन उठाउन जान मान्दैन् , भाउजु ,समाज सवैले दाजु चाँहीलाई सम्झायोे तर दाजु पटक्कै मान्दैन् । समिता उता वाट वेस्सरी रुन्छ र भाउजु सँग माफ माग्छ दाजुलाई भनिदिनुहुन भनेर । तर ढुंगावाट आँशु पलायो होला दाजुले वोल्न मानेन । उ सुटुक्क वाहिर निस्केर गयो । भाउजुले नन्दलाई दाजुलाई सम्झाइदिन्छु भनेर आश्वासन दिइन् ।
भाउजु चाँहीले कति सम्झाइन दाजु मान्दै मानेनन्  । पटक्कै मानेनन् । महेन्द्रलाई कहिले त वहिनी देखि घृणा लाग्दथ्यो कहिले त माया लाग्दथ्यो , कहिले रिस उठ्दथ्यो -  कहिले कुट्न मन लाग्दयो । उसले अव त यसलाई विर्सन्छु भन्दथ्यो झन वढी सम्झना आएर मुटु भित्र भित्र पोल्दथ्यो । झन विर्सन्छु भन्ने दिनमा सारै उ छटपटिन्थ्यो ।सानोमा वुवा, आमा नभएकोले भाउजु र दाईले छोरी जस्तै हर्ुकाएको वहिनी कसरी विर्सन सक्दथ्यो र सानोमा आफैले वोकि वोकि भात खुवाएको वहिनी आज यत्रो परिवर्तन ल जा भनेर भित्तामा हान्दथ्यो । फेरि आफनै हातको मुठि दुख्दथ्यो र चिर चिर रगत हातवाट निस्किन्थ्यो ।
यसैक्रममा एकदिन उनी के को कारणले हो वहिनीकेा फोन थिच्न पुग्दछ अनि उता वाट वहिनीले हेलो दाजु भन्छ । उसले पनि  भन्छ नानु तिमी र्फक त्रि्रो दाजुलाई हर्ट याटाक होला जस्तो छ । र्फकन्छौ होइन त - उता समिता भन्छ निश्चय नै फर्किन्छु दाजु । अनि कहिले र्फकन्छौ - तिहारमा, दाजु । अनि यही वस्छैा होइन त - हो दाजु । अनि तिमीलाई देशकेा माया लाग्छ होइन त -भनेर दाजुले सोध्छ त्यसमा वहिनी जवाफ दिन्छ , हो दाजु । तिमी पाखे होइनौ त - भनेर फेरि महेन्द्रले प्रश्न गर्दछ उतरमा वहिनीले हो दाजु  भन्छ । कसरी - जसले आफनो देशको माया विर्सन्छ उही पाखे हेा दाजु । हो अव चाँही त्रि्रो उतरको चित वुझ्यो भनेर महेन्द्र फोेनमा रुन थाल्छ । म तिहारमा आउँछु दाजु भनेर  वहिनीले पनि आश्वासन दिन्छ ।
तिहारमा वहिनी आउने वाटो महेन्द्रले कुरिरहन्छ । उता समिताको विदेशी केटा साथीले आउन नै दिदैन । महेन्द्र कुरिरहन्छ तर समिता आउँदैन् किनकि उसको एक त पन्ध्र वर्षो घरको ऋण नतिरी नेपालमा आउन नै दिदैनथ्यो तर्सथ भिसा नै दिएन ।  राजदुतावासले पाँच वर्षपछि मात्र नेपाल जान पाउँछौ पाँच वर्षो ऋण तिर अनि मात्र जाउ । त्यसको लागि उन्ले ऋण तिरिदिनको लागि उसको केटासाथीलाई गुहार्छ उ मार्न्र्दैन र भन्छ याँहा त आफै कमाउने हो आफै तिर्ने हो तिमी त कस्तो पाखे रहेछ मलाई पो त्रि्रो ऋण तिर भन्ने -
समिता छाँगा वाट खसेजस्तो हुन्छ जो चाँही जिन्दगीको साथी हुन्छ भनेर सँगै वसेको छ उसैले धोक्का दिने कस्तो विडम्वना - अव भने समिताले उ सँग वस्न नसक्ने कुरा वताउँछिन् जोन पनि यदि वस्न सक्दैनौ भने हुन्छ भनेर छोडेर जान्छ । समिता सोच्छ नेपालमा त श्रीमान हरु पनि कति सहयोगी हुन्छ । श्रीमतिको एक पैंसा नहुँदा पनि कमाएर खुवाउँछ तर याँहा त कस्तो होटलमा सँगै गएपनि आफनो पैंसा आफैले तिर्नुपर्ने - सहमति अलिकति नहुनसाथ डिभोर्स हुने, सभ्य त हाम्रै नेपाल नै रहेछ । पाखे, असभ्य, मुटुमा दयँा माया नभएको त यिनीहरु नै रहेछ । सभ्यताको नाममा आउने कैंयौ चेलीहरुले यस्तै जिन्दगी विताइरहेक छन् भने दाजुभाईहरुले पनि दुःख पाएका छन् ।

तिहारमा वहिनी नआएपछि दाजु चाँही आफै फोन गरि रुनथाल्छ । समिता पनि आफनो वास्तविक कुरा फोनमा भनेर रुनथाल्छ ।  समिताले ५ वर्षपछि मात्र आउने कुरा गर्न थाल्छ । त्यसमा दाजु पनि मनमा गर्‍हुँगो भारी वोकेर वस्छ । त्यसपछि हुँदा हुँदा पाँच वर्षवित्छ तैपनि फेरि इकोनोमिक क्राइसिस छ र देशवाट कसैलाई वाहिर जानको लागि भिसा दिदैन् । फेरि पाँच वर्षपछि समिता आउँछु भन्छ ।

यसरी समिताको पाँच वर्षवर्षो भाकामानै समय वितेको हुन्छ तर उ नेपालमा अझै आउन पाएको छैन् । यस्तो व्यस्त जिन्दगी जाँहा कसैले कसैलाई कुरा गर्ने, खाने समेत फुर्सद छैन् , एक्लो जिन्दगी - त्यसमा समिता सोच्छ र पछुताउँछ - को पाखे हो नेपाली कि  हामी विदेशमा लाग्ने - जसले देशलाई घात प्रतिघात गरेकेा छ - तर्सथ उन्ले को पाखे भनेर दाजुलाई विश्लेषणात्मक रुपमो चिठी पठाउनकेा लागि लेख्दै छन् त्यसमा चाँही उनी आफैलाई हरेक दृष्टिकोणवाट दाजुलाई खुशी वनाउन पाखे भएको प्रमाण जुटाउन खोज्दैछ । जसवाट चिठी पाउन साथ दाजु खुशी होस् ।


 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan