मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भुल्छौ भन्ने के थाहा?

 गजल
 कृष्ण के श्रेष्ठ "काल्स"

चटक्कै माया मेरो, भुल्छौ भन्ने के थाहा?
काँडासरी गुलावमा, फूल्छौ भन्ने के थाहा?

खुव भन्ने गथ्र्यौ  म नै  राजकुमार तर
अर्कैसंग हातसमाई , डुल्छौ भन्ने के थाहा?

म वाहेक अन्त आँखा  लगाउँदिन भन्नेले
जो भेट्यौ त्यै संग, घुल्छौ भन्ने के थाहा?

तिम्लाई मात्र दिएको  चोखो मेरो मायालाई
तराजुमा  पैसा संग तुल्छौ भन्ने के थाहा?

दुख गरीगरी पाको चोखो तिम्रो माया मैले
क्षणभरमै  घातगरि, असुल्छौ भन्ने के थाहा?

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture