मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

युवाको नयाँ परिभाषा

 विचार

अनिता श्रेष्ठ "अर्पिता"
मिति २०६७ आश्विन २३

एकजना वरिष्ठ नेता सँग मेरो वानेश्वरमा भेट भयो त्यही क्रममा कान्तिपुर पत्रिका हेर्दै थियौ त्यसैमा मुकेश अम्वानी अवको चार वर्षा विश्वकै धनी वन्ने भनेर समाचार छापिएको समाचार देखाउँदै नेताजीले भन्नुहुन्छ "हर्ेर्नुस त कति सानै उमेरमा यति प्रगति गरेकेा अम्वानीले । " कुरा त ठिकै थियो जावो आधि शताव्धिको उमेरमा यत्रो प्रगति गरिसकेको एक शताव्धिमा त कत्रो प्रगति गर्ने हेा । उनी त एक शताव्धिको उमेरमा विश्वको पहिलोको पनि पहिलो हुन के वेर - त्यही भएर होला ६० वर्षभन्दा तलको युवाहरुले केही गर्न नसकेको । दलमा हेर्यो ५० माथिकै दवा दवा, उच्च पदमा ६० को हाराहारीको युवाहरुको दवदवा, न्यायलयमा हेर्यो ६० माथिको दवदवा । त्यसैले ढाँटेर उमेर घटाउनेहरुलाई खै के भन्नु अहिलेको नयाँ परिभाषाले मान्छे त नमरुन्जेल सम्म युवा नै भइराख्छ । अझै झण्डै झण्डै मृत्युको मुखमा पुगेर पर्ुनजीवन प्राप्त गरेकोहरुले त युवाको उमेर कति हो भनेर निर्धारण नै गर्न सकिन्न । यो नयाँ परिभाषाले चारचोटी सम्म पनि वडा अध्यक्ष नजितेका राजनीति कर्मीहरु, उ पर क्षितिजमा वादलको घेरामा स्वर्णर्ीम भविष्यकेा सम्भावना देख्नेहरु ।
आखिर मान्छे नै पर्यो हामी आवश्यकता अनुसार परिभाषा वदल्न सक्छौ र यी सवै मान्छेले नै त वनाएकेा हेा नि ।  पटकाको उमेर वढाएर गोला वारुद एटम वम जैविक वममा वढोतरी गरिसकेकै छौ, पृथ्वी वृद्ध भएन भनेर मंगल ग्रहको यात्रा गरिसकेका छौं । मान्छे अनुसार प्रकृति चलेन भनेर मानव निर्मीत कृतिम पारस्थिकिय प्रणाली पनि वनाइसकेका छौं । २०१२ पछि चन्द्रमामा र्सवसाधारणलाई समेत घुम्ने अवसर आइसकेको छ , यो अवसरलाई पनि सदुपयोग गर्नको लागि ।
एउटा पार्टी  भर्खर सम्पन्न भएको महाधिवेशनले ६७ वर्षो व्यक्तिलाई आफनो पार्टीको  अध्यक्षमा चुन्छ अनि अखवारहरुमा लेखिन्छ अव पार्टर् नेतृत्व दोस्रो पुस्ताको युवा नेताहरुमा हस्तान्तरण भयो । उही पार्टी३४ वर्षो दुधेवालक पनि कल्कलाउदो युवा पनि केन्द्रीय सदस्यमा चुनाव जित्छ हर्ेर्नुस त कुन चाँही युवा - यसले गर्दा युवाको परिभाषा पनि वदलिएको हुनर्ुपर्दछ जस्तो लाग्यो । किनकि लोकले वुझेको अनि स्विकार्य गरेकेा युवा को उमेर ४५ वर्षमात्र सम्म मात्र हो यसलाई परिवर्तन गर्नुपर्ने हो कि
-  अर्को एउटा नेता अस्पतालवाट उपचार गरेर तंग्रिय पछि युवा जोश निकालेर वन्छ "अव म ८८ वर्षो मात्र भए म वालकै छु १०० वर्षेा युवा भएपछि देशको परिवर्तन हुने रहर लागेकेा छ र हुने पनि छु ।" त्यसैले ६० वर्षेा युवा उमेरमा निवृतवरण लिएकोको लागि पनि फेरि नयाँ जागिरको लागि आवेदन खुल्न सक्छ र ति अनुभवीयुवाहरुको  भावि दिनहरु समेत उज्वल हुने देखिन्छ ।  भर्खरै युवा हुने खेाज्नेले देशको उपल्ल्ाो दर्जामा पुग्न कम्तिमा पनि ६० वर्षो उमेर पार गर्न पर्नेछ । त्यसैले सवै नेपालीले ६० वर्षसम्म केही गर्न नसकेकोमा चिन्ता लिनु पर्दैन ६१ वर्षा पनि भाग्य चम्किन सक्छ खाली धर्ैयता र आयु वढाउन पर्ने मात्र खाँचो छ । राइटर वावुले त ८४ वर्षेा उमेरमा एस.एल.सी पास गरेर नाती सँग उच्च शिक्षा पढेर देखाईदिए । युरोपतिर त ८० वर्षेा उमेरमा नयाँ वैवाहिक सम्वन्धमा वाँधिन्छ र दाम्पत्य जीवनको शुरुवात गर्दछ नेपालमा पनि यदाकदा त शुरु भइसकेको छ । आखिर मान्छेकेा युवापन मृत्युवरण नगरेसम्म विरासत रहन्छ ।

निजामति कर्मचारीहरुकेा जम्मा जागिर खाने अवधि ५८ वर्षेा हो । कोही कोही ५८ पछिको युवाहरु अन्य डोनर, परियोजनामा गएर युवापन झन कायम गर्दछ । विगतमा निजामति कर्मचारी हुञ्जेेल एउटा वल्लोको सिन्को पल्लो सम्म नउठाउने, फिल्ड कहिले नजाने पनि, र्सवसाधारणले उसैलाई नमस्ते गर्नुपर्ने व्यक्तित्वहरु परियोजनामा छिरेपछि झोला बकाइदा सँग वोकेर युवा जोस निकालेर जुम्ला देखि हुम्ला सम्म, मेची देखि महाकाली सम्म दर्ुगम ठाउँमा घुम्ने गरेको पनि देखिन्छ । त्यस्तै विगतमा पारदर्शीताका कुरा गर्न डराउने व्यक्तिहरु पछि भने पारदर्शीता, प्रजातान्त्रिक निर्ण्र्ााप्रकृया र जेण्डर व्यालेन्सको कुरा गर्दै आफै झुक्दै र्सवसाधारणलाई नमस्ते गर्दै हिडेका युवाहरु पनि निजामति जागिरवाट परियोजनामा छिरेपछि देखिन थालेको छ । यदि ५८ वर्षपछि पो झन युवा हुने हो भने त निजामति कर्मचारीहरुकेा अवधि ८० वर्षसम्मको राख्न पाए चाँही देशले नयाँ काँचुली फेरेर सुशासन युक्त समाज वन्थ्यो कि तर्सथ समग्र कर्मचारीहरुले यसको अवधि वढाउनको लागि आन्दोलन गर्दा के फरक हुन्छ र - आन्दोलन नगरेसम्म याँहा हुने वाला केही छैन् ।

अर्को कुरा जनसाधारण व्यक्तिको मानसिकता देख्दा पनि परिभाषा वदल्नु पर्दछ जस्तो लाग्दछ । एकजना मान्छेलाई एकजना उन्कै उमेरले वाजे भनेर वोलायो । उसलाई लाग्दो रहेछ म भन्दा उ ठूलो तर अर्कोलाई लाग्दो रहेछ उ भन्दा उ ठूलो । यसैले दुवैले दुवैलाई वुढो देख्दो रहेछ र एउटालाई यति रिस उठ्यो कि - र अर्कोकेा उमेर सोध्यो आखिर दुवैको उमेर ६१ वर्षो रहेछ । यसमा आफु वुढो भएको देख्दैन् अर्कौलाई मात्र वुढो भएकेा देख्ने हाम्रो परम्परा छ  । मान्छे आफुले आफुलाई सँधै अरु भन्दा सानै देख्छ ।  जति आफु पाको हुँदै जान्छ अरुलाई केटाकेटी देख्छ र आफुलाई युवा नै देख्छ ।  मान्छे जव वालकवाट युवा हुन्छ उसले सोच्दो रहेछ मलाई भाई वहिनी नै भनेास । तर युवा हुँदा हुँदा कसैले दाई, दिदि अथवा अंकल अण्टि भन्दा उसको रिसको पारा चढेर आउँदो रहेछ । अनि त्यसेा भन्दा भन्दा वयस्क सम्म उसलाई पच्दो रहेछ । वयस्क हुँदा हुँदा अलि अलि सेतो फुल्न थालेको कपाललाई रातो कालोले रंगाएर हिड्न थाल्छ तर दारी जुँगा र अनुहारले त त्यस्तो देखाउँदन् ।   अनि त जव मान्छेले त्यही वेला वाजे वजै भनेर वोलायो भने त्यतिवेला उसलाई रिस उठेर आउँदो रहेछ । र त्यो कुरा महिना सम्म नै उन्केा दिमाखमा रहिरहँदो रहेछ । यसरी मान्छेलाई मानसिक रुपमा ड्रि्रेसन गराउनु भन्दा परिभाषा नै वदलि दिएको खण्डमा वाजे भनेर वोलाउनेले पनि गाली खान नपर्ने र वुढो हुनेलाई पनि चिन्ता नपर्ने । यसरी सहमतिकेा विन्दुमा पुग्नु जरुरी देखिन्छ । किनकि हामी वाहिर दुनियाँको मात्र कुरा गर्दछौ जसवाट आफूमा परेको मानसिक टेन्सनलाई चाँही कहिले वुझ्दैनौ अव धेरै अर्काको अधिकार मात्र उठाउने होइन कि आफनो अधिकारको वारेमा पनि कुरा गर्न सिक्नुपर्ने वेला आएको छ । महिला अधिकार , वाल अधिकार, मानव अधिकार, दलित अधिकार सवै अधिकारको कुराहरु निस्किसक्यो तर आफनो मानसिक अधिकारको वारेमा चाँही कहिले कुरा उठाउने त - आफनो र अर्काको मानसिक अवस्था सँधै उच्चरुपमा कायम राखिराख्न नयाँ आन्दोलन गर्नु आवश्यक देखिन्छ । यी आन्दोलन गर्दा शुरुमा ६० वर्षभन्दा माथिको मान्छेलाई वुढा वुढी र वाजे वजै भन्दा कारवाही सम्म गर्नुपर्ने हुनसक्छ तर कडा कारवाही गरेपछि त विस्तारै दाई दिदी भन्न थालिहाल्छ नि - तर्सथ यी आन्दोलनको लागि विस्तारै लाग्नु भन्दा पनि त्रि्र रुपमा रुपान्तरण हुने गरि क्रान्तिकारी कदम चाल्नुपर्ने आवश्यकता छ ।
अहिले १७ औ चोटि सम्म प्रधानमन्त्रि छान्न नसक्नु पनि सवै प्रधानमन्त्रि हुने उ वालक नै भएर हो - वालकहरु खेल्दा, हेपि वर्थ डे मनाएर केक वािलकालाई खुवाउँदा, ढोग्ने ढोगाउने गराउँदा, नाच्न पल्केका वालकहरुलेे राम्रोसँग काँहा कसरत गर्न सक्छ त - वालकहरु त वढी रमाउन नै मन पराउँछ नि - गिरिजा वावु सम्म स्वर्गीय नभएको भए पनि एकजना युवा नेता हुन्थ्यो तर अव त सवै वालक नै वालक पर्यो त्यही भएर रुपान्तरण हुन गाहो भएकेा छ । याँहा त देशको लागि कसलाई के मतलव छ र - सवै आफनो आफनो व्यक्तिगत जिन्दगीमा कसरी युवापन कायम गरेर रुपान्तरण गर्ने भनेर सोचिराखेको छ -

तर्सथ, संविधान सभा गर्नु भन्दा अगाडि युवाको नयाँ परिभाषा वदल्नु जरुरी छ । समय काँहा पुगिसकेको छ तर युवाको परिभाषा चाँही पुरानै छ अनि त संविधान सभा आलु वन्नु त - तर्सथ संविधान सभा हुनुभन्दा अगाडि फेरि ६० वर्षमाथिका युवाहरुलाई मात्र सहभागी गराएर दोहोरो चुनाव गराउनु पर्छ अव त एक वर्षो म्याद पनि सकिन लागि सक्यो । यसमा सवभन्दा विश्वलाई समेत समझदारमा ल्याउन सक्ने पोइन्ट भनेको युवाको परिभाषा वदलेर सम्विधान सभामा पुनः जाने जसमा ६० वर्षो नयाँ जोसका युवाहरुले मात्र चुनावमा भाग लिन पाउनेे गर्नुपर्ने नियम वनाउनु जरुरी देखिन्छ । यो नियम वनाइएन भने देशलाई यी दुधे वालकले डुवाउन सक्छ । तर्सथ यो विषयमा फेरि आन्दोलन गर्नुपर्ने जरुरी पनि देखिन आउँछ । फेरि पनि यो संविधान सभा पनि त  होइन नि  यो त बाल सभा हो किनकी बालकहरुको बाहुल्यता छ । त्यसैले संविधान बनी हालेपनि बाल संविधान बन्नेछ । त्यसैले बालसभाबाट संविधान खोज्नेहरुको बुद्धि परिक्षण गर्नु आवश्यक छ । बाल सभा बाल बजेट प्रस्तुत गर्ने सहमति भएर पनि बाल अर्थमन्त्री बाल सभासदबाट कुटिए । यहि त हो नि बालगिद्धी । र वजेट भाषण अध्यादेशवाट हुने भयो ।
वालकहरु पनि कुरा नमिलेर कुरा मिलाउन कहिले सगरमाथा, कहिले गोदावरी, कहिले पाँचतारा हेाटल, कहिले गोरखा कहिले कता कता घुम्छन्, खेल्छन्, रमाउँछन् अनि टेलिभिजनमा नाटक देखाउँछन् । तर वालकका मस्तिष्क राम्रो सँग विकास हुन नसकेकोले जति विदेशीहरुले आएर तालिम दिदा पनि,सम्झाउँदा र  विदेश जाँदा पनि केही परिवर्तन भएको छैन् ।
तर्सथ युवाकेा परिभाषा यसरी गर्न सकिनेछ ।
विषय र प्रशंगले अर्को अर्थ नलागेमा
-१)     "ऐन" भन्नाले युवा ऐन, २०६७  सम्झनर्ुपर्दछ ।
-२)     "नियमावली " भन्नाले युवा नियमावली २०६८ सम्झनर्ुपर्दछ ।
-३)     "नवजात शिशु" भन्नाले  जन्मेको दिन देखि २५ वर्षो सम्मलाई सम्झनर्ुपर्दछ  ।
-४)    "नावालक" भन्नाले २६ देखि ४० वर्षसम्मकोलाई सम्झनर्ुपर्दछ  ।
-५)    "किशोर र किशोरी" भन्नाले ४० देखि ६० वर्षसम्मकोलाई सम्झनर्ुपर्दछ ।
     -६) "युवा भन्नाले" ६० देखि ८० वर्षो सम्मलाई लिनर्ुपर्दछ ।
७) "पौढ भन्नाले" ८० देखि १०० वर्षो सम्मलाई लिनर्ुपर्दछ ।
८) "वृद्ध भन्नाले" अव देखि वृद्ध शव्द हटाइएको सम्झनु पर्दछ र कसैले वृद्ध कसैलाई भनेमा नेपाल सरकारको नियमानुसार कडा भन्दा कडा कारवाही गरिनेछ ।

अस्तु

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture