मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

विदेशी समय

कथा 

कृष्ण  के श्रेष्ठ "काल्स"

"ल त गएँ है, फेरी भेटौला नी पछि"
म साथी संग बाईबाई गर्दै  काममा जान हतारहतार गरि रेल चढ्नको लागि हस्यांगफस्यांग गर्दै ट्रेन स्टेसन तिर लम्किन्छु ।
दौडदै हातको घडी हेर्छु, झन्डै १५ मिनेट जति ढिलो भैसकेको हुन्छु म । अनि काममा ढिलो पुगिन्छ  भनेर मलाई एकदमै डर लागेर आउँछ र आतिएर दौडको रफ्तार बडाउदै लैजान्छु मैले ।

स्याँ स्याँ गर्दै केहि क्षणमा म स्टेसन पुग्छु तर ट्रेन आउन पनि अझै ३ -४ मिनेट बाँकि हुन्छ । म सोच्छु " कतै मलाई कामबाट निकाल्ने पो होकी ढिलो भयो भनेर? धेरै गाली पो गर्ने हो की ?" "हैन, यति सानो कुरामा त किन मलाई कामबाटै निकालि  हाल्ला र ? एकचोटी लाई त माफ गरिदिन्छ होला नी" यस्तै यस्तै मनोबादहरु मेरा मनमा खेलिरहे । केहि क्षणको पर्खाई पछि ट्रेनमा चढेर काममा जान्छु हतारिदै,  हतारमै लुगसुगा  लगाएर करिब ५ मिनेट जति ढिलो म काममा छिर्न सफल हुन्छु ।

काममा छिर्ने बित्तिकै  ग्राहकहरुको निकै लामो लाइन लागिसकेको देक्छु ।  मेरो सट्टामा  मेनेजर आफै काम गरिरहेको हुन्छ । 
मेनेजर अलि थाकिएको अनि रिसाएको अनुहारमा  काम गरिरहेको जस्तो मैले अनुमान गर्छु । जापानी भाषामा मैले "नमस्कार" गरें । उत्तरमा उनले टाउको मात्र हल्लाए । अनि मैले डराएर सानो स्वरमा "ढिलो भएकोमा माफ गर्नुहोला सर एकछिन बाटोमा काम पर्यो त्यसैले  ।" "एकछिन  पर्ख" उनले भने ।

केहि क्षण पछि ग्राहक हरु सबै फर्किए , अनि मलाई कुरा गर्न अफिस कोठामा लगेर गए । अनि  सोधे ढिलो हुनुको कारण । "साथीसंग भेट्दा अलिकति ढिलो भयो सर "मैले बताएँ । "तिमीलाई साथी ठूलो की काम ठूलो ? अनि किन ढिलो हुन्छ भनेर फोन नगरेको यहाँ ?" अलि रिसाएझै गरि  प्रश्न सोध्यो । "सरि सर एकचोटी को लागि माफ गर्नुहोला, अब आइन्दा यो घटना फेरी दोहोर्याउने छैन । मलाई त नेपालमा जस्तै ५ मिनेट जति ढिलो हुदा केहि हुदैन जस्तो लाग्यो, त्यसैले फोन नगरेको सर ।"

"अहँ यस्तो कुरा चल्दैन जापानमा । समय भनेको समय हो , जसले समयको पालना गर्दैन, त्यो यहाँको लागि काम छैन । अहिले तिमीले गर्दा यहाँ धेरै ग्राहकहरुलाई पर्खाउनु पर्यो । ग्राहक भनेको देबता हो हाम्रो ।" "हैन सर , मलाई यहाँको सिस्टमको बारेमा त्यति थाहा थिएन त्यसैले .................।" "सरि कृष्णजी आजै बाट कामबाट बाईबाई ........................"हातले बाईबाई गर्दै भन्यो ।

मेरा आँखाबाट आँसुका धारा बगे ,  छाँगाबाट खसे जस्तै भयो मलाई ।  रुँदैरुँदै हात जोडेर धेरै बिन्ति गर्छु मैले, तर अफसोच, ऊनको कठोर मन मेरो आँसुले पगाल्न सकिन । अन्तमा  मलाई कामबाट निकालेरै छाडे । म केहि नबोलेर बाहिर निस्कन्छु, मेरा  आँखामा आँसु छ्चाल्कीरहेको हुन्छ । अनि मैले आफ्नो नेपाली काम सम्झन्छु त्यसबेला,  नेपालीको कमलो मन पनि सम्झन्छु । अनि धिक्कार्छु नेपालीको कामगर्ने शैली, अनि समयलाई वास्ता नगर्ने  वानिलाई ।

 र अन्तमा अबदेखि कहिल्यै पनि समयलाई हेलचेक्र्याई नगर्ने प्रण गर्दै नयाँ कामको खोजीमा लाग्दछु.........................

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture