मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

गजल



सगुन श्रेष्ठ
सक्छौ भने मेरो मनको बास माग
हैन भने मेरो एउटा लास माग

निस्सासिएर कोठा भित्र एक्लिंछौ भने
बाँच्नलाई मेरो दुइ लहर सास माग

द्रौपति भई पाँच पाण्डव खोज्छौ भने
उही पुरानो दुर्योधनको, जुवा तास माग

यो प्राणलाई तिम्रो डोबमा मिलाउछौ
देउतासंग तिम्रो निम्ति दास माग

'सगुन' त्यागी एक्लिन खोज्दा भने
देखि तर्सिन एउटा त्रास माग

2 comments:

  1. satya said...
     

    wow bro, very tochy
    keep it up...
    congrats

  2. sagun said...
     

    thanks satya dai, it is an impetus for me and krishna has created the good platform as his blog is very wide enough

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan