मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

दुइ भाषामा गजल


日本語 (japanese)गजल

कृष्ण  के श्रेष्ठ "काल्स"
  
        日本語               नेपालीमा उल्था
とげに はなは さかないでしょ     काँडामा फूल फूल्दैन  हैन र?
わたしを みて なかないでしょ       मलाई हेरेर रुंदिनौ हैन र?

きみから とおく はなれても      तिमीदेखि टाढा छुटिएपनि
てがみ ひとつ くれないでしょ     चिठी एउटै लेख्दिनौ हैन र?

ひとりぼち でさびしく いても       एक्लो तिमीबिना एक्लिए पनि
こころのドアひらかないでしょ      मनको ढोका खोल्दिनौ हैन र?

きみの ためにしんでもぼくは     तिम्रो लागि म मरे भने पनि
なきながらぼく だかないでしょ      रुदैरुदै मलाई अँगाल्दिनौ हैन र?



द्वाल्खा (dolkha bhasha)गजल
सत्य श्रेष्ठ 



सुख म्वालेन पिपान पिपान चोंइउरी खँ दालाउ ।
थउ बुय ठाइँ त्वार्त गिबिङ वइँउरी खँ दालाउ ।।

हातिरी मद हतले छिन् छिजी तु उ चा लुङाकु -
निस्पा लाहा फयन मेबेनाप फोंइउरी खँ दालाउ ।

दोल्ती व तामाकोशीय सुचउ लोखु थउ नाप दक्के,
हेंङउ, वङउ ऐराकपेन तोंइउरी खँ दालाउ ।

गौरीशंकर व शैलुङय सिच्चउ फस त्वार्त त्वार्त,
युरोप, अमेरिका, खाडीकु मोंइउरी खँ दालाउ ।

डिङन दोचों, यल्ले चोन्सङ ब्वाङन आउ तु या,
नुलु दोलखा दकेइमल,  मोडोंइउरी खँ दालाउ ।

माफ गर्नुहोला ,यस गजलको नेपालीमा उल्था केहि दिनमा उपलब्ध गराउने छु 





0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan